काठमाडौं : लोक शैलीको गीत ‘पीपल डाँडे साईली’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो। यो गीतमा गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको आवाज सुन्न सकिन्छ। गीतको शब्द तथा संगीत पनि प्रेमराजाले नै तयार पारेका हुन्। दीपक नेपाली निर्देशित गीतको भिडियोमा प्रेमराजाका साथै दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय तथा नृत्य रहेको…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको छ। आज बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे। प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधहरु सहभागी छन्। एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार संचालन लगायतका विषयमा प्रशिक्षण दिँदैछ।
काठमाडौं : नेकपा एमालेले बढ्दो महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ। इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै साउन १६ गते एमालेले काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने जनाएको हो। सरकारविरुद्ध हुने प्रदर्शन वसन्तपुरबाट सुरु हुने र उपत्यकाका तीनैवटा जिल्ला कमिटी र जनसंगठन परिचालन हुने जनाइएको छ। जनप्रदर्शनका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एमालेले कमिटी पनि बनाएको छ।
काठमाडौं : कर्णाली प्रदेशसभाको बैठक संचालन गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गरेका छन्। सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक संचालन गर्न उनले बैठक बोलाएका हुन्। सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले जानकारी दिए। मंगलबार प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको…
काठमाडौं : पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड पुनः संचालन भएको छ। आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि संचालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो। सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग संचालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले…
काठमाडौं : बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ। अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला…
काठमाडौं : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मंगलबारमात्रै यस प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको हो। संक्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ। मंगलबार गड्डाचौकी…
काठमाडौं : सत्तारुढ दलका विद्यार्थी संगठनहरुले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्। बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँसेर उनीहरुले विरोध जनाएका छन्। ‘अवैध गभर्नर राजीनामा दे’ नारा लेखिएको ब्यानर उनीहरुले बैंक परिसर भन्दा अघि टाँसेका थिए। एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको बर्खास्ती माग गरेका हुन्। सरकार…
काठमाडौंः तपाइले आजभोलि ट्याक्सी अथवा बसमा छुटेको वा हराएको सामान फिर्ता पाएका समाचारहरु सुन्नु भएको होला। ट्याक्सीमा छुटेका हजारौँ रुपैयाँ र सुनका गहना समेत ट्याक्सी चालकले ट्राफिकलाई र ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाउने गरेका छन्। पछिल्लो समय उजुरी परेका मध्ये धेरै जसो सामानहरू भेटिने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछन्। गएको आर्थिक वर्ष २०७८/७९ मा सामान हराएको भन्दै उजुरी…
काठमाडौं : झापा गाउँपालिका-५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो। आगलागीबाट…
श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए। राष्ट्रपति पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कार्यवाहक राष्ट्रपति रनिल पनि चुनावी दौडमा छन्। उनीविरुद्ध उत्रेका छन् डुल्लास अलाहप्पेरुमा र अनुरा कुमार दासनायके। डुल्लास…
काठमाडौं : प्रदेश १ को यातायात व्यवस्था कार्यलय झापाले ट्रायल सेन्टर बनाउन जग्गा खोज्न थालेको छ। कार्यलयले उक्त ट्रायल सेन्टर बनाउन एक बिगाहा जग्गा भाडामा लिने तयारी गरेको हो। यसभन्दा अघि भएको ट्रायल सेन्टर सार्नुपर्ने भएकाले अर्को जग्गा भाडामा लिन लागिएको कार्यलयको भनाइ छ। कार्यलयले पुरानो संरचना मर्मत गर्न मन्त्रालयलाई आर्थिक भार पर्ने कारण देखाउँदै निजी व्यवसायीले तयार गरेको संरचनामा…
अस्ट्रेलियामा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। संक्रमण दर बढ्न थालेपछि अस्ट्रेलियन सरकारले नागरिकहरुलाई घरबाटै काम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न सूचित गरेको छ। प्रधामन्त्री एन्थोनी अलबानिजले 'वर्क फ्रम होम' सबैका लागि उपयुक्त नहुने भए पनि नागरिकको सुरक्षा प्राथमिकतामा राखिनुपर्ने बताएका छन्। उनले घरबाटै काम गर्ने विषय कम्पनी र कामदारबिचको विषय भएको भन्दै समझदारीमा काम गर्न उनले…
हेटौंडा : वाग्मती प्रदेशले गत आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा प्रदेश सरकारले मात्र ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रूपैयाँ खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत…
कैलाली : टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ। दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो। यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ। टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया…
काठमाडौं : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। मंगलवार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पहिरो हटाएर राजमार्ग संचालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा…
काठमाडौं : आज देशभर बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतर्फ रहेको पनि महाशाखाले जनाएको छ। हाल लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भागका धेरै स्थानहरूमा…
काठमाडौं : पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। मंगलवार थप ३५७ जनामा संक्रमण पुष्टि भयो। जसमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा भेटिए। मंगलवार काठमाडौंमा ११९ जनामा संक्रमण देखिँदा ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनामा गरि उपत्यकामा कूल १५४ जनामा संक्रमण पुष्टि भयो। अन्य जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ। हाल देशभर १ हजार ९८२ जना सक्रिय कोरोना…
बेलायतको कन्जर्भेटिभ पार्टी अहिले नयाँ नेता छनोट प्रक्रियामा व्यस्त छ। बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ ‘टोरी लिडर’ चुन्न मतदान भइरहेको छ। हालसम्म चार चरणमा निर्वाचन भइसकेको छ। जसमा ऋषि सुनकले आफ्नो अग्रता कायम राखेका छन्। पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा ११५ मत पाएका उनले चौथौ चरणमा ११८ मत पाए। सुनकलाई…
बेलायतको तापक्रम पहिलोपटक ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। लिङ्कनशिरको तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको हो। यसअघि बेलायतमा अधिकतम तापक्रम सन् २०१९ मा ३८.७ डिग्री सेल्सियम मापन गरिएको थियो। तापक्रमण वृद्धि भएसँगै बेलायतका कयौं स्थानमा आगलागीका घटना भएको अधिकारीहरुले जनाएका छन्। युरोपभर डढेलोले तापक्रम बढ्दा त्यसको असर बेलायतमा पनि परेको छ। वेनिङटनमा घाँसबाट आगो फैलिएको थियो। जसकारण ८ वटा…