काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै उम्मेदवारी दिएका मध्ये १० जनाको दरखास्त स्वीकृत भएको जनाएको हो। मन्त्रालयका अनुसार बोर्डका उम्मेदवार पदमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की परेका छन्।…
हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक बैवाहिक बन्धनमा बाँधिएका छन्। विवाह भएसँगै जेनिफरले आफ्नो नाम पछाडि एफलेकको थर समेत जोडेकी छिन्। लोपेजले आइतबार भेगासमा न्युजलेटरमार्फत आफूहरुले बिहे गरेको जानकारी दिएकी छिन्। ‘प्रेम सुन्दर छ। र, २० वर्षको प्रतीक्षा पछि, मैले थाहा पाएँ कि प्रेम पनि धैर्यवान हुन्छ। ठ्याक्कै हामीले चाहिएको जस्तै भएको छ,’ जेनिफले न्युजलेटरमा लेखेकी…
काठमाडौं : वाग्मती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने भएको छ। प्रदेशसभाको १० औँ अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यसअघि असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँचवटा अध्यादेश स्वीकृत…
काठमाडौं : राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् अन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन्। प्रतियोगितामा राईले तेस्रो स्थान प्राप्त गर्न सफल भएको टिम व्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन्। राजुले १७० सेमी उचाइ समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन्। २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन गर्दै फिजिकतर्फ पदक जित्न…
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउनका लागि नै गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको दाबी गरेका हुन्। एमालेको संगठनमा रहेका एम…
काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। प्रहरी निरीक्षक होमबहादुर थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्। प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा लगायत रहेका छन्।
कुनै बेला श्रीलंकामा 'हिरो' मानिन्थे राजापाक्षे दाजुभाइ। अहिले उनीहरु 'भिलेन'मा परिणत भएका छन्। चर्को आर्थिक संकटका कारण श्रीलंकामा दुई दशक लामो राजापाक्षे शासनको अन्त्य भएको छ। दाजु महिन्दा राजापाक्षे राष्ट्रपति हुँदा भाइ गोतावया राजापाक्षे देशका सेना प्रमुख थिए। दुबैको सक्रियतामा तीन दशक लामो गृहयुद्धको अन्त्य भयो। कुनैबेला राजापाक्षे मानवअधिकारवादी नेता थिए। तर, पछि उनलाई मानव अधिकार उल्लंघनदेखि अल्पसंख्यकको नरसंहार गरेको…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका माओवादी नेताहरूसँग छलफल गरेका छन्। सोमवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए। सरकारले संघीय संसद्मा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको…
फ्रान्सको पूर्वी र दक्षिणी क्षेत्रबाट १६ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। डढेलो बढ्दै जाँदा उनीहरुलाई सुरक्षित स्थानमा लगिएको सरकारी अधिकारीहरुले बताएका छन्। त्यहाँको प्रख्यात पर्यटकीय क्षेत्र गिरोन्डे पनि खाली गराइएको छ। युरोपका धेरै देशहरुमा अहिले डढेलो लाग्दा तापक्रम ह्वात्तै बढेको छ। बेलायतमा आजको तापक्रम ४१ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ। स्पेनको मिजास हिलमा पनि डढेलो फैलिरहेको छ।…
काठमाडौंः बैङ्कको एटिएम मेसिन फोर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक किशोरलाई नियन्त्रणमा लिएको छ। गत शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोड स्थित एनआईसी एसिया बैङ्कको एटिएम फोर्न छिरेका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोक बस्ने वर्ष १९ को नरेश पुन मगर रहेका छन्। उनलाई शनिवार नियन्त्रणमा लिएर अदालतबाट चोरी…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। स्कटल्याण्डको ग्लासगोमा सम्पन्न खेलमा नेपालको ब्याटिङ आज पनि जम्न नसक्दा ८ विकेटको फराकिलो हार ब्यहोरेको हो। योसँगै ४ खेलको सिरिजमा नेपालले ३ खेलमा पराजय र १ खेलमा जित निकालेको छ। नेपालले नामिबियासँग दुई र स्कटल्याण्डसँग एक खेलमा पराजय ब्यहोर्दा स्कटल्याण्डसँग एक जित निकाल्न सफल…
बुटवल : लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम परिवर्तन गरेको छ। असार ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आइतवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि सवारी चालकको दरबन्दी थप्नेसम्मको निर्णय भएको जानकारी दिए। प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार केही मन्त्रालयको नाम हेरफेर गरिएको हो। लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो तीन दिने भारत भ्रमण सफल भएको बताएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँगको संवादका क्रममा उनले भने, 'जस्तो अपेक्षा गरिएको हो। अपेक्षा गरिए अनुसार सफल भएको छ। कतिपय कुरामा त सोचे भन्दा राम्रो पनि भएको छ।' उनले भारतमा रहँदा विभिन्न सरकारी अधिकरी तथा पार्टीका नेतृत्वसँग भएको भेटमा नेपाल र नेपालीको हितलाई केन्द्रमा…
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा संशोधनमा सरकारले आफ्नो राय नलिएको भन्दै आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलमप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सरकारले संसदमा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको हो। पीडित र सरोकारवालसँग पनि छलफल नभएको भन्दै आयोगले चिन्ता पनि व्यक्ति गरेको छ। ‘मानवअधिकारसँग प्रत्यक्ष…
बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन्। आइतवार नगरसभामा विवाद बढ्दै जाँदा अधिकृत ज्ञवालीले एकपक्षीय ढंगबाट काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा जनप्रतिनिधिहरुले ताला लगाएका हुन्। नगरपालिकाको १२औँ नगरसभाको तेस्रो र चौँथो बैठकको उपस्थिति र गणपुरक संख्यामा ज्ञवालीको भुमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिहरुको आरोप छ। उपप्रमुख…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा पनि ब्याटिङको खराब लयलाई नेपालले निरन्तरता दिएको छ।स्कटल्याण्डको ग्लासगोमा जारी खेलमा नेपालको ब्याटिङ आज पनि जम्न सकेन। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३५.५ ओभरमा अलआउट हुँदै १२८ रन बनायो। नेपालका लागि आशिफ शेखलले सर्वाधि ४० रन बनाउँदा कप्तान सन्दीप लामिछानेले २२, बिनोद भण्डारीले १३ तथा देव खनाल…
काठमाडौं : चार किलो लागू औषध ‘हिरोइन’ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले दुई विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा एक दक्षिण अफ्रिका र एक भारतीय नागरिक रहेको ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए। दक्षिण अफ्रिकाबाट दुबई हुँदै एक दक्षिण अफ्रिकी पुरुष असार ३१ गते काठमाडौं आएर ठमेलमा…
काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष आइतवार भुसालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको बताइएको छ।
काठमाडौं : भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ। बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य-पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ। उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ। साथै, अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने…
काठमाडौं : मिर्गौला तस्करीका घटना नौला होइनन्। तर, विभिन्न तरिका अपनाएर मिर्गौला तस्करी हुने गरेको छ। सडक बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर मिर्गौला तस्करी भइरहेको खुलेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले तस्करी गर्ने पाँच जनालाई आज सार्वजनिक गरेपछि यो गिरोहको बारेमा खुलासा भएको हो। प्रहरीले रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमल बहादुर…