काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जानेहरु ठगिँदा कारबाही गर्न अप्ठेरो भइरहेको बताएका छन्। राज्यले 'फ्रि भिसा फ्रि टिकट'को नीति लागू गरिसकेको भएपनि अहिले पनि वैदेशिक रोजगारीमा जानेहरु ठगिइरहेको उनको भनाइ छ। मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कुँवरले ठगिँदा प्रमाणहरु नहुने भएकाले कारबाही गर्न समस्या भएको बताए। 'एकातिर फ्रि भिसा फ्रि टिकट भन्ने अर्कोतिर…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण फलदायी र उपलब्धीमुलक भएको बताएका छन्। आइतवार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि दाहालले यस्तो बताएका हुन्। नड्डाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्ड आज भाजपा मुख्यालय पुगेका हुन्। त्यसक्रममा प्रचण्डलाई भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा ब्रिफिङ गरिएको थियो। ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा नेपाल टस हारेर स्कटल्याण्डविरुद्ध ब्याटिङमा उत्रने भएको छ। स्कटल्याण्डको ग्लासगोमा नेपालले सुरुवाती ब्याटिङ गर्नेछ। स्कटल्याण्डले यसअघिको खेलमा नेपालसँग पराजय ब्यहोरेको थियो भने नामिबियालाई दुईपटक हराएको थियो। अर्कोतर्फ नेपालले नामिबियासँग दुईपटक पराजय ब्यहोर्दा स्कटल्याण्डमाथि जित निकालेको थियो। घरेलु टोली स्कटल्याण्ड नेपाललाई हराउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ भने नेपाल स्कटल्याण्डलाई…
काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४८० केजी सुन राजस्वको दायरमा आएको छ। करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन विदेश गएर नेपाल फर्किएका मानिसको साथमा पाइएको हो। यसरी सुन ल्याउँदा यात्रुले तिरेको राजस्वबापत गएको आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ सङ्कलन गरेको छ। राजस्वको…
काठमाडौं : मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न गिरोहलाई सार्वजनिक गरेको हो। प्रहरीले रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको छ। भारतमा गएर मिर्गौला दान गरेबापत् प्रतिव्यक्ति पाँच…
काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ। त्यस्तै, १२ जना घाइते भएका छन्। सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको हो। घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल…
काठमाडौं : काठमाडौंको व्यापारिक हब असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक क्षेत्र मुक्त बनाउने अभियान सुरु भएको छ। स्थानीय क्लब र व्यापारीहरुको संयुक्त प्रयासमा सो क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु भएको हो। प्लास्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आह्वान गर्दै अहिले विभिन्न स्थानमा सूचना टाँसिएको छ। सरकारले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि त्यसको प्रयोग रोकिएको छैन।
काठमाडौं : फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र सङ्कलन गर्न थालेको छ। यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो। आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो। कुहिने र नकुहिने फोहोरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ। महानगरले सङ्कलित फोहर उठाउनका लागि…
काठमाडौं : विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ। बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनु परेकाले जिल्लावासीलाई कठिन भएको छ। अहिले दैनिक जिल्लाको तापक्रम ३८ देखि ४० डिग्रीसम्म पुग्ने गरेको छ। अत्यधिक गर्मीका कारण मानिसहरुलाई घर बाहिर निस्कन सकस भएको छ। गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित…
काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डीबिच भेटवार्ता भएको छ। नड्डाको निमन्त्रणामा शुक्रवार नयाँ दिल्ली पुगेका प्रचण्डले आज भाजपा मुख्यालय पुगेका थिए। मुख्यालयमा नड्डासँगै भारतका विदेश मन्त्री डा एस जयशंकरको उपस्थिति थियो भेटका क्रममा द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ। जयशंकरसँग प्रचण्डले शनिवार छुट्टै भेट गरेका थिए। यस्तै,…
काठमाडौं : धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा ४९ जना डेङ्गुका बिरामी पहिचान भएका हुन्। परीक्षण गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना गरि ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो। पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला,…
बलिउड फिल्म ‘शहजादा' आगामी १० फेब्रुअरी २०२३ मा रिलिज हुने पक्का भएको छ। कार्तिक आर्यन र कृति सेननको मुख्य अभिनय रहने यो फिल्म भ्यालेन्टाइनको अवसरमा रिलिज हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ। रोहित धवन निर्देशित यस फिल्ममा मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। साथै फिल्ममा परेश रावल, रोनित रोय, सचिन खेडेकर, सन्नी हिन्दुजालगायतको अभिनय रहेको छ। टी सिरिजले निर्माण गरेको फिल्मलाई…
बुटवल : लुम्बिनी प्रदेश सरकारले दुईवटा प्रादेशिक अस्पतालहरुमा निःशुल्क टिकट र बेडको व्यवस्था गरेको छ। आइतबारदेखि लागू हुने गरि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको हो। स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पुर्याउने उद्देश्यले सुरु भएको निःशुल्क सेवाको आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे। कार्यक्रममा सम्बोधन गर्दै उनले…
काठमाडौंः ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। बर्दीया मधुवन नगरपालिका-६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको…
काठमाडौं: नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पस्पर्धा गर्न लागेको हो। स्कटल्याण्डको ग्लास्गोमा खेल पौने ४ बजे सुरु हुनेछ। स्कटल्याण्डले यसअघिको खेलमा नेपालसँग पराजय ब्यहोरेको थियो भने नामिबियालाई दुईपटक हराएको थियो। अर्कोतर्फ नेपालले नामिबियासँग दुईपटक पराजय ब्यहोर्दा स्कटल्याण्डमाथि जित निकालेको थियो। घरेलु टोली स्कटल्याण्ड…
रसियाले युक्रेनमाथि आक्रमण गरेको १४४ दिन पुगेको छ। यसबिच ९१ लाखभन्दा बढी युक्रेनबाट पलायन भएका छन्। सबैभन्दा बढी मानिस पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ ४६ लाख २७ हजारभन्दा बढी युक्रेनी पुगेका छन्। युक्रेन ‘इन्भेड’को प्रयासमा रहेको रसियामा १६ लाख २६ हजारभन्दा बढी युक्रेनी शरण लिन पुगेका छन्। त्यसपछि हंगेरीमा ९ लाख ४९ हजारभन्दा बढी, रोमानियामा ८ लाख ३१ हजारभन्दा…
काठमाडौं : पशुपति क्षेत्रमा आजबाट पौराणिक धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु गर्न पूर्ण रुपमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै आजबाट उत्श्रृङखल क्रियाकलापहरु पूर्ण रुपमा रोक लगाइएको जानकारी दिएको हो। सो क्षेत्रमा हरेक बिहान मर्निङ वाकका नाममा धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को संगित/साउण्ड सहित जुम्बा डान्स गर्ने, साइक्लिङ गर्ने तथा…
काठमाडौंः सरकारले गत वैशाख १३ गते लगाएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल-माथि गरेको छ। कुरकुरे, लेज, टीभीदेखि गाडीसम्मको आयात प्रतिबन्धलाई निरन्तरता दिएको सरकारले मोबाइल र मोटरसाइकल आयातमा थप कडाइ गरेको छ। यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। अब भने ३०० डलरभन्दा माथिको मोबाइल आयात गर्न पाइँदैन। यसैगरी मोटरसाइकलको हकमा पनि सीसी…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज सम्पन्न खेलमा नेपालले नामिबियासँग लज्जास्पद हार ब्यहोरेको छ। नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभमा १३६ रनमा समेटिँदा ६३ रनको लज्जास्पद हार ब्यहोरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड विइसेले ३४, जेजे स्मिथले…
काठमाडौंः सरकारले बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ। विधेयकले द्वन्द्वकालीन घटनाको वर्गीकरण गरेको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भएमा व्यक्ति हत्या मानव अधिकार उल्लङ्घनको घटनामात्र हुनेछ। यस्ता घटनामा क्षमदान समेत हुन सक्ने छ। गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा भने क्षमदान नहुने प्रस्ताव विधेयकमा छ। विधेयकले निःशस्त्र व्यक्ति तथा…