PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

  • वीरगञ्ज मेडिकल कलेजबाट तीन दिनकी सुत्केरी गायब

    वीरगञ्ज मेडिकल कलेजबाट तीन दिनकी सुत्केरी गायब

    वीरगञ्ज: वीरगञ्जका अस्पतालबाट नवजात शिशु हराएको भएको खबर सुन्नु भएको होला तर योपटक सुत्केरी आमा नै गायब भएकी छन्। वीरगञ्ज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट एक सुत्केरी आमा गायब भएकी छन्। यसअघि नारायणी अस्पतालबाट नवजात शिशु (छोरा) दुई पटक चोरी भएको घटना सार्वजनिक भइसकेको छ। सर्लाही, कविलास नगरपालिका वडा नम्बर २ पिपरियाका कृष्णदेव नन्दन मण्डलकी पत्नी ललिता देवी बुधवार राति…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल बेडबाटै गायब भएकी सुत्केरी ललितादेवी दुई दिनपछि भेटिइन्

    अस्पताल बेडबाटै गायब भएकी सुत्केरी ललितादेवी दुई दिनपछि भेटिइन्

    वीरगंज :  वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट बेपत्ता भएकी भनिएकी सुत्केरी जिल्ला अस्पताल बारामा फेला परेकी छन्। पर्सा प्रहरीले बारा प्रहरीको सहयोगमा उनलाई बाराको कलैयास्थित जिल्ला अस्पतालमा फेला पारेको हो ।पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बेपत्ता भएकी ललितादेवी जिल्ला अस्पताल बारामा फेला परेकी र उनलाई आफन्तको जिम्मा लगाएको जानकारी दिए। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रमोद सर्राफले सुत्केरीमा मानसिक समस्या…

    विस्तृतमा पढ्नुस्

  • सुपर ग्यास उद्योगको आगलागी; 'यसरी भयो त्रासदीपूर्ण घटना'

    सुपर ग्यास उद्योगको आगलागी; 'यसरी भयो त्रासदीपूर्ण घटना'

    वीरगञ्ज: मंगलबार राति भारतबाट ल्याइएका ४ वटा ग्यास बुलेटमध्ये एउटाबाट ग्यास कम्पनीको स्टक गर्ने ट्याङ्कीमा पाइपमार्फत भर्ने काम भइरहेको थियो। बिहान ६ बजेदेखि ग्यास लिक हुन थाल्यो। कम्पनीका कामदार तथा गाडीका चालक, सहचालकहरु त्रसित बनेका थिए। लिक भएको ग्यास नियन्त्रणभन्दा सबैको ध्यान सम्भावित आगलागीमै गयो। तत्काल दमकललाई खबर भयो। ग्यास लिक हुनसाथ दमकललाई खबर गरेर सबै बाहिर निस्केर दमकलको प्रतीक्षामा…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीः सबै बुलेट जले, घटनामा दुई जनाको मृत्यु

    वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीः सबै बुलेट जले, घटनामा दुई जनाको मृत्यु

    वीरगञ्ज: पर्साको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि परिचालित दमकल पनि जलेको छ। परिचालित बरुणयन्त्र जलेपछि आगलागी नियन्त्रणको थप कुनै पनि प्रयास भएको छैन।  घटनामा परी दुई जनाको मृत्यु भइसकेको छ। मृतक कामदार वा अग्नि नियन्त्रक भन्ने पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, जनजीवन सामान्य बन्दै

    वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, जनजीवन सामान्य बन्दै

    वीरगंज :  वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ। बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नेतृत्वबारे छलफल नै भएको छैनः माधव नेपाल

    वीरगंज :  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वम सरकारको नेतृत्व कसले गर्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरले वीरगंजमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले वाम गठबन्धनले बहुमतको सरकार बनाउने निश्चित भएपनि कसको नेतृत्वमा सरकार बन्ने विषयमा हालसम्म कुनै किसिमको छलफल नभएको बताए। उनले चीन, भारत वा विदेशी शक्तिको ईसारामा वाम गठबन्धन नबनेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • गण्डक नहरमा भारतीय दादागिरी, ‘पुसमा छाड्नु पर्ने पानी फागुनमा पठाउने’

    गण्डक नहरमा भारतीय दादागिरी, ‘पुसमा छाड्नु पर्ने पानी फागुनमा पठाउने’

    वीरगञ्ज: मध्य तराईको सिँचाईको अधारका रुपमा रहेको गण्डक नहरमा यस वर्ष पनि गहुँबालीका लागि समयमा पानी आउने सम्भावना न्युन भएको छ। पर्सा, बारा र रौतहट जिल्लासम्म करिव ८१ किलोमिटर दुरीमा फैलिएको गण्डक नहरमा फागुनदेखि पानी आउने बताइएको छ। एकातिर नेपाल सरकारको लापारबाहीले गर्दा बाढीको समयमा भत्किएका नहर हालसम्म मर्मत हुन सकेका छैनन्। अर्कातिर भारतीय पक्षको दादागिरी हावी छ। जसले किसान मर्कामा…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरीद्वारा चक्काजाम 

    म्यादी प्रहरीद्वारा चक्काजाम 

    वीरगंज : भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पर्साबाट खटिएका म्यादी प्रहरीले वीरगंजको घण्टाघरमा चक्का जाम गरेका छन्। दिउँसो साढे ३ बजेदेखि चक्का जाम गरेका हुन्। चुनावमा खटाएवापत जिल्ला प्रहरी कार्यालय पर्साले कम पारिश्रमिक दिएको भन्दै म्यादी प्रहरीहरुले विरोधस्वरुप चक्का जाम गरेको म्यादी प्रहरी कृपाशंकर मण्डलले बताए। पहिलो चरण अन्तर्गत पहाडी र हिमाली जिल्लामा खटेका म्यादी प्रहरीहरुले ६२…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा मधेसी गठबन्धनको सरकारका लागि समानुपातिकबाट १६ सिट आवश्यक

    प्रदेश २ मा मधेसी गठबन्धनको सरकारका लागि समानुपातिकबाट १६ सिट आवश्यक

    वीरगंज : ६ वटै प्रदेशमा समानुपातिक सिटको बाँडफाँट नहुँदै वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा प्रदेश नम्बर २ मा भने मधेसी गठबन्धनको सरकार बनाउन समानुपातिकबाट १६ सिट मात्र जरुरी रहेको देखिन्छ। आठ जिल्लाको प्रदेश नम्बर २ मा प्रदेश सभातर्फ ६४ प्रत्यक्ष, ४३ समानुपातिक गरी कूल १०७ सदस्यीय प्रदेश सभा रहने छ । प्रदेश सभामा सरकार बनाउन बहुमतको लागि ५४ सिट…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा प्रतिनिधिसभामा को अगाडी को पछाडी?

    पर्सामा प्रतिनिधिसभामा को अगाडी को पछाडी?

    वीरगंज: प्रतिनिधिसभा र प्रदेशसभातर्फ हालै भइरहेको मतगणनाको पर्सामा ढिलै भएपनि नतिजा घोषणा हुन थालेको छ। शुत्रवार साँझ ३ बजेपछि शुरु मतगणनाको दोस्रो दिन शनिवार दिउँसो ३ बजेसम्म २४ घण्टाको मत परिणाम अनुसार पर्सामा मुख्य रुपले काँग्रेस र मधेसी गठबन्धन बीच कडा प्रतिस्पर्धा भइरहेको छ। पर्साको उत्तरी भेगबाट मतगणना शुरु भएको हो। २४ घण्टाको प्रारम्भिक नतिजा अनुसार पर्साको दुई क्षेत्रमा काँग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

    पर्सामा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

    वीरगंज :  पर्सामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। पर्साका चार वटै क्षेत्रको मतदगणनाका लागि बिहान १० बजेदेखि सर्वदलीय बैठक बसिरहेको छ। वीरगंजको श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यमिक विद्यालयमा मतगणना गरिने छ। बैठकपछि मतगणना सुरु गरिने पर्साका मुख्य निर्वाचन अधिृकत नागेन्द्रलाल कर्णले जानकारी दिए।  मतगणनाका लागि तारजाली र सिसिटिभी मतगणनाका लागि कडा सुरक्षा निगरानीको व्यवस्था गरिएको छ ।पर्साको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ६५ प्रतिशत मत खस्यो, मतगणना भोली बिहानदेखि

    पर्सामा ६५ प्रतिशत मत खस्यो, मतगणना भोली बिहानदेखि

    वीरगंज : पर्सामा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मतगणना भोली शुक्रवार बिहान देखि शुरु गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले आज अबेर राती ९ बजेसम्म सबै मतपेटिका वीरगंज ल्याएर सुरक्षित पार्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलालकर्णले जानकारी गराए। उनले मतपेटिका ल्याउन ५० भन्दा बढि गाडीको सुरक्षा अधिकारीले व्यवस्था मिलाएको बताए। मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ४० प्रतिशत मतदान : उत्साह कम, मानवअधिकारको हनन भएको आरोप

    पर्सामा ४० प्रतिशत मतदान : उत्साह कम, मानवअधिकारको हनन भएको आरोप

    वीरगंज : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पर्सामा मध्यान्ह १ बजे सम्म ४० प्रतिशत मत खसेको छ। पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पर्सामा ढिलै मतदान शुरु पनि ११ बजे पछि मतदान केन्द्रमा मतदाताको संख्यामा बढ्दै गएको हो। पर्सामा ४ वटा निर्वाचन क्षेत्रमा ३५१ वटा मतदान छन्। सबै मतदान केन्द्रमा शान्तिपुर्वक मतदान भइरहेको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • चुनावी सुरक्षाका लागि तराईका जिल्लामा सुरक्षा निकायद्वारा भारतीय सवारीसाधन प्रयोग

    चुनावी सुरक्षाका लागि तराईका जिल्लामा सुरक्षा निकायद्वारा भारतीय सवारीसाधन प्रयोग

    वीरगंज :  पर्सामा राजनीतिक दलका नेता कार्यकर्तासँगै सुरक्षाकर्मीहरु पनि भारतीय सवारीसाधन प्रयोग गर्न थालेका छन्। निर्वाचनका बेला गाडी नपाएर राजनीतिक दलका उम्मेदवारसँगै पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारतीय गाडी भाडामा लिएर सुरक्षा व्यवस्थापनमा जुटेको छ।  सशस्त्र प्रहरीले भारतीय सुमोको पछाडिको नम्बर छोपेर गस्ती गर्ने गरेको छ।सीमा सुरक्षा कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले दर्जनौं भारतीय सवारीसाधन सहरदेखि ग्रामिण भेगसम्म…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा एमाले उम्मेदवार राजकुमार गुप्ताका भाइ तीन लाख नगदसहित पक्राउ

    पर्सामा एमाले उम्मेदवार राजकुमार गुप्ताका भाइ तीन लाख नगदसहित पक्राउ

    वीरगंज :  पैसा बाँड्न हिंडेका एमाले कार्यकर्ताहरु ३ लाख नगदसहित पर्साबाट पक्राउ परेका छन्।  सशस्त्र प्रहरीले पर्साको क्षेत्र नं ३ पर्ने पोखरीया नगरपालिका–९ सेमरबारी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नं ७ फुलकवलका अशोककुमार रौनियार, बासुप्रसाद यादव, वृजेश छन्। उनीहरु आज बिहान ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा एमालेको मतपत्र लिएर गाउँतिर जाँदै गरेको बेला…

    विस्तृतमा पढ्नुस्

  • मौन अवधि: टोलटोलमा मासु–भात र बैठक

    मौन अवधि: टोलटोलमा मासु–भात र बैठक

    वीरगंज : वीरगंजका मासु पसलमा यतिखेर राजनीतिक दलका नेताको अर्डर भ्याइनभ्याइ छ। वीरगंज – २ छपकैयामा तमन्ना फ्रेस हाउसका सञ्चालक अशहाव समानी बिहान ७ बजेदेखि १० बजेसम्म अर्डरकै काम भ्याइनभ्याइमा छन्।  मासुसहित भोज सबै दलका अगुवाले सञ्चालन गरिरहेका कारण बिक्री ह्वात्तै बढेको छ। एउटै वडाबाट करिब ६० देखि ८० किलो मासुको अर्डर आइरहेको समानीले बताए। खुद्रामा ३ सय २० रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा निर्वाचनका लागि ३२ सय कर्मचारी परिचालन, मध्यरातदेखि सीमा नाका बन्द हुने

    पर्सामा निर्वाचनका लागि ३२ सय कर्मचारी परिचालन, मध्यरातदेखि सीमा नाका बन्द हुने

    वीरगंज :  मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले आज विहानदेखि मतदान केन्द्रमा कर्मचारी खटाएको छ। पर्साको क्षेत्र नम्बर १, २, ३ र ४ का १६७ मतदानस्थल(३५१ मतदान केन्द्र)मा कर्मचारी निर्वाचन सामग्रीसहित प्रस्थान गरेका हुन्। मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले पर्सामा निर्वाचन सम्पन्न गराउन करिब ३२ सय कर्मचारी खटाइएको जानकारी दिए। आज साँझसम्म पर्साका चार वटै निर्वाचन क्षेत्रमा मतदान अधिकृतको टोली पुग्ने उनले…

    विस्तृतमा पढ्नुस्

  • के राजपा-फोरमका शीर्ष नेतालाई जिताउन वाम गठबन्धनले सहयोग गर्दैछ?

    के राजपा-फोरमका शीर्ष नेतालाई जिताउन वाम गठबन्धनले सहयोग गर्दैछ?

    वीरगंज : शनिबार बिहान सामाजिक सञ्जालमा स्रोतको हवाला दिँदै वाम गठबन्धनले कांग्रेसलाई मधेशमा एक्ल्याउने रणनीति अनुसार मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपाका अध्यक्ष मण्डलका ६ जना नेतालाई वाम गठबन्धनले सघाउने समाचार सार्वजनिक भयो।  तर वाम गठबन्धनका नेताहरुले हालसम्म राजपा–फोरम गठबन्धनका अध्यक्ष मण्डललाई सघाउने विषयमा आधिकारिक निर्णय वा समझदारी नबनेको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री चढेको गाडीमा हानियो दुई गोली, बालबाल बचे सिरहा १ का प्रतिनिधि सभा उम्मेदवार

    पूर्वमन्त्री चढेको गाडीमा हानियो दुई गोली, बालबाल बचे सिरहा १ का प्रतिनिधि सभा उम्मेदवार

    वीरगंज : संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री राजलाल यादवलाई लक्षित गरी उनी चढेको गाडीमा अज्ञात समूहले बिहीबार राति गोली हानेको छ।  लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा अज्ञात समूहले दुई राउन्ड गोली हानेको हो।  ‘बाटोमा अज्ञात दुई जनाले गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • पर्साका दलित भन्छन्, ‘नेताहरु भोट त माग्छन्, तर हाम्रोमा पानी पिउँदैनन्’

    पर्साका दलित भन्छन्, ‘नेताहरु भोट त माग्छन्, तर हाम्रोमा पानी पिउँदैनन्’

    वीरगंज : पर्साका दलित तथा अल्पसंख्यक समुदायले राजीतिक दलका नेताहरुको विकास नारा र व्यवहारबाट आजित भइसकेको बताएका छन्। नेताहरुको भनाई र गराई फरक हुने गरेकाले आफूहरुले नेताको आश्वासनमा विश्वास गर्न छोडेको उनीहरुले बताएका छन्। पर्सामा करिब ८० हजार हाराहारीमा डोम, चमार, मुसहर, मलाहलगायतका अल्पसख्यक समुदायको बसोबास छ। संविधानमा समाजिक कुरीति छुवाछुत भेदभाव हटे पनि पर्सामा यस्तो सामाजिक कुरीति अझै रहनु दु:खद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell