PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • मंसिरमै शिलान्यासको तयारीमा निजगढ विमानस्थल, १ लाख २५ हजारमात्र रुख काटिने

    मंसिरमै शिलान्यासको तयारीमा निजगढ विमानस्थल, १ लाख २५ हजारमात्र रुख काटिने

    काठमाडौं : पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास मंसिरभित्रै गर्ने भएका छन्। 'मंसिरभित्रै शिलन्यास गर्नका लागि विभिन्न मन्त्रालयसँग छलफल गरिरहेका छौं। यो गेम चेन्जर परियोजना समयमै शिलन्यास गरेर काम अघि बढाउन लागिरहेका छौं,' मन्त्री भट्टराईले भने। भट्टराई मन्त्री भएपछि मंसिरभित्रै निजगढ विमानस्थल शिलन्यास गर्ने बताएका थिए। विमानस्थल निर्माणका लागि आवश्यक केही प्रकृयाहरु समेत अघि बढेका छन्। सरकारले १७ दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको म्यान्मार भ्रमणमा जहाज भाडामात्रै पौने करोड, २४ जना बोक्न १५८ सिटे जहाज चार्टर!

    राष्ट्रपति भण्डारीको म्यान्मार भ्रमणमा जहाज भाडामात्रै पौने करोड, २४ जना बोक्न १५८ सिटे जहाज चार्टर!

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्। राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज 'लुम्बिनी' चार्टर गरेको छ। चार्टर गरिएको विमान १५८ सिटे हो। भ्रमण दलमा राष्ट्रपति भण्डारीसहित २४ जना यात्रु छन्। यो चार्टर उडान बैंककदेखि म्यान्मारका लागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यान्मार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दियो। काठमाडौंदेखि बैंककसम्म…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक रसभरी भित्र्याउने महाराजजीका नाती गोपाल, भन्छन् 'राणाहरुले त्यसबेला दरबारमा मात्र रसभरी बेच्न सक्ने निर्णय गरिदिएका थिए रे'

    पहिलोपटक रसभरी भित्र्याउने महाराजजीका नाती गोपाल, भन्छन् 'राणाहरुले त्यसबेला दरबारमा मात्र रसभरी बेच्न सक्ने निर्णय गरिदिएका थिए रे'

    काठमाडौः गोपाल 'शर्मा' जोगाइ रिजेन्सी ब्यांकेट, रिजेन्सी बुटिक होटल र गणगौर फुड्स एण्ड सर्भिसेसका संचालक हुन्। १० वर्ष अघिसम्म अमृत भण्डारबाट मिठाइ बेच्ने गरेका गोपालले त्यसयता गणगौर मिठाइ संचालन गरिरहेका छन्। उनको बाजेको पालादेखि नै मिठाइ व्यवसाय सुरु भएको थियो। उनले अन्य व्यवसायसँगै बाबु बाजेको व्यवसायलाई निरन्तरता दिएका हुन्।  पछिल्लो समय मिठाइमा हुने गरेका बिभिन्न अखाद्य वस्तुको प्रयोग र मिसावटका…

    विस्तृतमा पढ्नुस्

  • यी अन्तर्राष्ट्रिय जहाज जो नेपालमा उडान गर्ने प्रतीक्षामा छन्

    यी अन्तर्राष्ट्रिय जहाज जो नेपालमा उडान गर्ने प्रतीक्षामा छन्

    काठमाडौं : भ्रमण वर्षको पूर्व सन्ध्यामा पाँच वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गर्न चासो देखाएका छन्। पर्यटन मन्त्रालयका अनुसार थाइ एयर एसिया, जजिरा, भिस्तारा, स्पाइस जेट, फिन एयरले उडान गर्न चासो देखाएका हुन्। मन्त्रालय स्रोतका अनुसार कतिपयले उडान अनुमति माग्दै मन्त्रालयमा आवेदन दिइसकेका छन्। आवेदन दिएका केही कम्पनीको मन्त्रालयले अध्ययन गरिरहेको छ। मन्त्रालय स्रोतका अनुसार थाइ एयर एसिया हाल…

    विस्तृतमा पढ्नुस्

  • धानखेतमा हेलिकप्टरको आकस्मिक अवतरण : प्रतिकूल मौसममा किन उडाइए हेलिकप्टरहरु

    धानखेतमा हेलिकप्टरको आकस्मिक अवतरण : प्रतिकूल मौसममा किन उडाइए हेलिकप्टरहरु

    काठमाडौं : काठमाडौंको मौसम प्रतिकूल छ भनेर जान्दाजान्दै पनि हेलिकप्टर कम्पनीले उडान भर्दा आज बिहान लुक्लाबाट उडेका १० हेलिकप्टरमध्ये केही हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण गर्नुपर्‍यो। तीन दिनदेखि बिग्रिएको लुक्लाको मौसममा अलि कति सुधार भएलगत्तै  लुक्लाको सुर्केबाट उडाएका थिए हेलिकप्टर।  तर, हतारहतार पर्यटकलाई राखेर उडान गर्दा विभिन्न स्थानमा हेलिकप्टरको आकस्मिक अवतरण गर्नुपर्‍यो।  लुक्लाको मौसम तीन दिनदेखि लगातार बिग्रिरहेको छ, मौसम खुलेको छैन। आइतवारदेखि बिग्रिएको…

    विस्तृतमा पढ्नुस्

  • पोखराको क्षेत्रीय एयरपोर्टलाई सजिलो बनाउन दशैंपछि डाँडा नै काट्ने तयारी, विमानस्थलको आधा काम सकियो

    पोखराको क्षेत्रीय एयरपोर्टलाई सजिलो बनाउन दशैंपछि डाँडा नै काट्ने तयारी, विमानस्थलको आधा काम सकियो

    काठमाडौं : पोखरा क्षेत्रीय विमानस्थल निर्माण काम करिब आधा सकिएको छ। गएको साउनसम्मको प्रगति विवरण अनुसार विमानस्थल निर्माण कार्य ४७ प्रतिशत सकिएको विमानस्थलका उपनिर्देशक विनेश मुननकर्मीले जानकारी दिए। हाल विमानस्थलमा टर्मिनल विल्डिङको ९० प्रतिशत काम सकिएको बताउँदै उनले भने, 'टर्मिनल विल्डिङको काम ९० प्रतिशत सकिएको छ।आउँदो डिसेम्बरभित्र भवनको छानो छाउने काम सकिनेछ। टर्मिनल विल्डिङ बाहेक १३ वटा भवन मध्ये १०…

    विस्तृतमा पढ्नुस्

  • एटिआरका ठूला जहाज थप्दै निजी वायुसेवा कम्पनी

    एटिआरका ठूला जहाज थप्दै निजी वायुसेवा कम्पनी

    काठमाडौं : नेपालका तीन निजी वायुसेवा कम्पनीले ७० सिट क्षमताका एटिआर-७२ जहाज संचालनमा ल्याउने भएका छन्। नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हाल संचालनमा रहेका सिम्रीक एयरलाइन्स, सौर्य एयरलाइन्स र सीता एयरले आगामी एक वर्ष भित्रै एटिआर-७२ जहाज संचालनमा ल्याउन गृहकार्य सुरु गरिसकेको छ। नेपालमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत उडान सुरु गरेको सौर्य एयरलाइन्सले एक वर्षभित्र तीनवटा एटिआर-७२…

    विस्तृतमा पढ्नुस्

  • जापान उडानमा निगमको लापरवाही: भिसा नपाएर 'कन्ट्री मेनेजर' स्वदेश फिर्ता

    जापान उडानमा निगमको लापरवाही: भिसा नपाएर 'कन्ट्री मेनेजर' स्वदेश फिर्ता

    काठमाडौं: अगस्टको २९ तारिखबाट जापानको ओसाका उडान सुरु गर्न लागेको नेपाल वायुसेवा निगमका जापान‘कन्ट्री मेनेजर’भिसा नपाएका कारण स्वदेश फिर्ता भएका छन्। एक वर्षअघिदेखि जापानको ओसाका शहरमा उडान भर्ने तयारी गरिरहेको निगमले सन्तोष पाण्डेलाई जापानको ‘कन्ट्री मेनेजर’को रुपमा जापान पठाएको थियो। पर्यटक भिसामा जापान पुगेका पाण्डेले ‘वर्क पर्मिट’ नपाएपछि स्वदेश फिर्ता भएका हुन्। पाण्डेले ‘वर्क पर्मिट’भिसाको लागि गैर आवासीय नेपाली संघका पूर्व…

    विस्तृतमा पढ्नुस्

  • संकटको सामना : विमानमा बम फेला परे के गर्ने?

    संकटको सामना : विमानमा बम फेला परे के गर्ने?

    काठमाडौं : विमानभित्र नै बम फेला पर्‍यो भने के गर्ने? कसरी यात्रुलाई उद्धार गर्ने र बमको डिस्पोज गर्ने? शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सङ्कटकालीन’ पूर्व अभ्यास गरियो। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो। यसरी गरिन्छ विमान भित्र भेटिएको बमको डिस्पोज 'फुल स्केल एमर्जेन्सी एक्सरसाइज' का लागि विमानस्थलले काल्पनिक…

    विस्तृतमा पढ्नुस्

  • 'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ…' कोलकाता डायरीमा नअटाएको त्यो काइँयो

    'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ…' कोलकाता डायरीमा नअटाएको त्यो काइँयो

    काठमाडौं : सानो छँदा एयरपोर्ट नजिकैको घरबाट उडिरहेको जहाज नियालिरहन्थेँ। स्कुलबाट फर्केपछि छतमा पुग्यो। माछा आकारका ढुंगा खोज्यो अनि त्यही ढुंगाको पाइलट बनेर खुबै उडाइन्थ्यो जहाज। कौशीको पर्खालमा घोटेर ढुंगाको जहाज उडाउँदा धरर कोरिएर आएको आवाज र तानिएका लामा धर्काहरु प्लेनले छोडेको धुँवा जस्तै लाग्थ्यो। गत जेठ १७ गते शुक्रबार विहान आठ बजे पहिलोपटक काठमाडौं-कोलकाता सिधा उडानका लागि बुद्ध एयरको…

    विस्तृतमा पढ्नुस्

  • पाथीभरा, साराङकोट लगायत पाँच स्थानमा बन्दैछन् केबलकार, थपिँदै सात अर्बको लगानी

    पाथीभरा, साराङकोट लगायत पाँच स्थानमा बन्दैछन् केबलकार, थपिँदै सात अर्बको लगानी

    काठमाडौँः नेपालको पहिलो केबलकार स्थापना गरेको चितवन कोइ समूहले चारवटा नयाँ केबलकार बनाउने भएको छ। २१ वर्षअघि मनकामना केबलकार स्थापना गरेको समूहले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा केबलकार  निर्माण गर्न लागेको हो। समूहले अहिले यही मोडलमा साराङकोटमा अन्नपूर्ण केबलकार  निर्माण गरिरहेको छ। जग्गा व्यवसायी कालु गुरुङ र जापानी समूहमा टाकासी मियाहराको लगानीमा निर्माण भइरहेको यो केबलकार  दशैंसम्म सञ्चालनमा आउनेछ। समूहका…

    विस्तृतमा पढ्नुस्

  • हाइवेलाई रनवे बनाउने सरकारको योजना, कति सम्भव ?

    हाइवेलाई रनवे बनाउने सरकारको योजना, कति सम्भव ?

    काठमाडौँ :  ‘राष्‍ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍ने धावनमार्गको रूपमा विस्तार गरिनेछ।' राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको २१८ बूँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विमानस्थलबारे तीन बूँदा उल्लेख थिए। त्यसमध्ये एउटामा राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा विस्तार गर्ने अर्थात् हाइवेलाई रनवे बनाउने नीति छ।  नागरिक उड्डयन प्राधिकरण र सडक विभागका अधिकारीहरुसित पहिलोपोस्टले यसबारे जिज्ञासा राख्दा उनीहरु राष्ट्रपतिबाट…

    विस्तृतमा पढ्नुस्

  • खसीको मासुको भाउ एकाएक किन बढ्यो?

    खसीको मासुको भाउ एकाएक किन बढ्यो?

    काठमाडौं : भारतबाट आयात बन्द भएपछि खसीको मासुको मूल्य प्रति किलो दुई सय रुपैयाँसम्म बढेको छ। काठमाडौंसहित देशका शहरी क्षेत्रमा खसीको मासु प्रति किलो १२ सय रुपैयाँसम्म पुगेको छ। जिउँदो खसीको मूल्य पनि प्रतिकिलो १५० रुपैयाँसम्म बढेको छ। सरकारले पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाईका साथ कार्यान्वयन गर्दै मापदण्ड नपुगेका खसीबोका आयात बन्द गरिदिएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा…

    विस्तृतमा पढ्नुस्

  • विजय लामालाई किन निगमको प्रवक्ताबाट हटाइयो?

    विजय लामालाई किन निगमको प्रवक्ताबाट हटाइयो?

    काठमाडौं : नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन विजय लामालाई निगमको प्रवक्ता पदबाट हटाएको छ।  निगमका कार्यकारी अध्यक्ष मदन खरेलले लामालाई दिएको पत्रमा 'तत्कालैदेखि लागू हुने गरी तपाईँले हाल सम्हाली आई रहनु भएको प्रवक्तावाट हटाइएको' उल्लेख छ।   नेपाल नागरिक उड्डयन प्राधिकरण निगमका प्रवक्ता तथा पाइलट दुवै भई गर्दै आएको दोहोरो भूमिका कारण हवाई सुरक्षामा असर परेको उल्लेख गर्दै पत्र पठाएपछि उनलाई प्रवक्ताबाट हटाइएको…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थल बन्द भएको २४ मिनेटपछि उड्यो ड्रागन एयरको विमान

    विमानस्थल बन्द भएको २४ मिनेटपछि उड्यो ड्रागन एयरको विमान

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भइसकेको २४ मिनेटपछि शनिबार राति १० बजेर २४ मिनेटमा ड्रागन एयरको विमान उडेको छ। विमानस्थल रनवे स्तरोन्नतिका लागि अप्रिल १ तारिखदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने सूचना जारी गरिएको छ। यसअघि नेपाल वायुसेवा निगमको विमान केही समयअघि राति १० बजिसकेको भन्दै उडान अनुमति दिइएको थिएन।  'आज ड्रागन एयरको यो जहाज यता आइपुग्नै ढिला भएको…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीसँग जोड्न चर्को रस्साकस्सी

    दिल्लीसँग जोड्न चर्को रस्साकस्सी

    काठमाडौं : भारतीय वायुसेवा कम्पनी जेट एयरवेज बन्द भएपछि काठमाडौं-दिल्लीको बजार हिस्सा लिन एयरलाइन्स कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ। यो रुटको बजार लिन सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा कम्पनी इन्डिगोले उडान थप्दैछ। जेटले दिल्ली-काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो। निगमले वैशाख १८ गतेदेखि दैनिक दुई वटा उडान गर्ने भएको छ। जेटले उडान भर्दा निगमले दैनिक एउटा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीब्र बन्दै, ठूला विमानको आपतकालीन अवतरण अहिले नै गर्न सकिने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीब्र बन्दै, ठूला विमानको आपतकालीन अवतरण अहिले नै गर्न सकिने

      काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ। यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो। यसअघि विटुमिन हालेर धावनमार्ग निर्माण भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब आयोजनाका निर्देशक प्रदीप अधिकारीले तीन महिनामै धावनमार्ग तयार भएको बताए। २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाई रहेको धावनमार्गमा  २६ सेन्टिमिटर मोटाइको कंक्रिट ढलान गरिएको उनले बताए। यो धावनमार्गमा…

    विस्तृतमा पढ्नुस्

  • सचेत गराउँदा गराउँदै दुर्घटना ! सोमबारमात्र लुक्लामा डेढ सय उडान

    सचेत गराउँदा गराउँदै दुर्घटना ! सोमबारमात्र लुक्लामा डेढ सय उडान

    काठमाडौं : एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले आइतबार दुर्घटनाग्रस्त समिट एयर टेकअफ गर्ने समयमा सचेत भएर अघि बढ्न पाइलटलाई सुझाब दिएको पाइएको छ। समिट एयरको पाइलटबीच भएको अन्तिम संवादमा एटीसीले ‘टेक कसन प्रोसिडिङ ट्राफिक’ (सावधानी अपनाएर अगाडि बढ्नु) भनेका छन्। र, पाइलटले ‘डिपार्टिङ ट्राफिक इन्साइट’ (अगाडि ट्राफिक हेरेर उडान गर्दैछु) भनेका छन्। समिट एयर भन्दा अघि तारा एयरको ९ एन एकेके…

    विस्तृतमा पढ्नुस्

  • लुक्ला दुर्घटना ‘लाइभ’ हेर्दा : रनवेबाट सीधा नगई एक्कासी दायाँ मोडिएर कसरी हेलिकप्टरमा ठोक्कियो विमान?

    लुक्ला दुर्घटना ‘लाइभ’ हेर्दा : रनवेबाट सीधा नगई एक्कासी दायाँ मोडिएर कसरी हेलिकप्टरमा ठोक्कियो विमान?

    काठमाडौँ : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो। पहिलोपोस्टलाई प्राप्त सिसिटिभी फुटेज अनुसार मनाङ एयरको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै समिटको विमान ठोक्किन आएको थियो।  रनवेको दायाँ भागमा रहेको हेलिकप्टर पार्किङ स्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा विमान…

    विस्तृतमा पढ्नुस्

  • लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

    लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

    काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।  लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell