PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता धनगढीमा फागुन २९ गतेदेखि

    प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता धनगढीमा फागुन २९ गतेदेखि

    कैलाली : धनगढीमा यही फागुन २९ गतेदेखी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा फागुन २९ गतेदेखी चैत्र ३ गतेसम्म सातै प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न लागिएको प्रादेशिक सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीले जनाएको छ। मन्त्रालयले आईतबार बिहान पत्रकार सम्मेलन मार्फत प्रतियोगितावारे जानकारी गराएको हो। प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरी जोडिएको टीकापुर काण्डको मुद्दा बुधवारसम्म टुंगोमा पुग्ने

    रेशम चौधरी जोडिएको टीकापुर काण्डको मुद्दा बुधवारसम्म टुंगोमा पुग्ने

    कैलाली : तीन वर्ष अघि ९ जानको ज्यान जानेगरी घटेको टीकापुर घटनाको मुद्दा आगामी बुधवारसम्म टुंगोमा पुग्ने जिल्ला अदालत कैलालीले जनाएको छ। हेर्दाहेर्दैमा राखिएको मुद्दामा अहिलेसम्म प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले वकालतनमा परेको छ। अब वकालतनामा नपरे आइतबारसम्म बहस सकिने र बुधवारसम्म मुद्दाको टुंगो लाग्ने अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए।  गत बुधवारबाट बहस सुरु भएको उक्त मुद्दामा हालसम्म बादी नेपाल…

    विस्तृतमा पढ्नुस्

  • गाडी निषेध बाटोमा जान खोज्दा ११ को ज्यान जानेगरी यो हविगत

    गाडी निषेध बाटोमा जान खोज्दा ११ को ज्यान जानेगरी यो हविगत

    कैलाली : दार्चुलामा शुक्रबार राति ११ जनाको ज्यान जनेगरी भएको जिप दुर्घटना यातायात सञ्लनमा रोक लगाएको क्षेत्रमा जान खोज्दा भएको खुलेको छ। जिल्ला यातायात समिति दार्चुलाले २०७४ वैसाखबाट नै उक्त क्षेत्रमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो। तर, सवारी धनीहरुले मनोमानी रुपमा उक्त क्षेत्रमा यातायात सञ्चालन गर्ने गरेका कारण शुक्रबार राति ठूलो मानवीय क्षति भएको हो।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगियो 

    सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगियो 

    कैलालीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहराज मल्ललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। काठमाडौंमा उपचाररत मल्लको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो।  एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाँउस्थित मेदान्त अस्पताल लैजान लागीएको उहाँका प्रेस संयोजक गजेन्द्र ओझाले बताए। मल्ललाई हिजो नै लैजाने तयारी भएपनि मौसम खराबीका कारण एअर एम्बुलेन्सले उडान भर्न…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल राईजिङ स्टार टोलीको घोषणा, दशैँअघि दक्षिण अफ्रिका टुर जाने

    डीपीएल राईजिङ स्टार टोलीको घोषणा, दशैँअघि दक्षिण अफ्रिका टुर जाने

    धनगढी : धनगढी क्रिकेट एकेडेमीले (डीपीएल) मा सहभागी १९ वर्ष मुनिका खेलाडीहरु सम्मिलित डीपीएल राईजिङ स्टार टोली घोषणा गरेको छ। दक्षिण अफ्रिका भ्रमणमा जाने १९ वर्षमुनिका १५ जना खेलाडीहरुको नाम धनगढी क्रिकेट एकेडेमीले आज घोषणा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित १५ जनाको टीम घोषणा गरिएको एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए। डीपीएल राईजिङ स्टारको टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन, 'निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्छु, विप्लवको गतिविधि अस्विकार्य'

    सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन, 'निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्छु, विप्लवको गतिविधि अस्विकार्य'

    कैलालीः सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको बताएका छन्। बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले निर्मला बलात्कार हत्या कांण्ड अत्यन्त दुःखद कुरा भएको बताए। ओलीले भने ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो। अत्यन्त दुःखद कुरा हो।'  प्रधानमन्त्री ओलीले हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको बताइए। ‘हत्यारा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएलको इमर्जिङ स्टार यू–१९ टोलीले दक्षिण अफ्रिका भ्रमण गर्ने

    डीपीएलको इमर्जिङ स्टार यू–१९ टोलीले दक्षिण अफ्रिका भ्रमण गर्ने

    कैलालीः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको इमर्जिङ स्टार यू–१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ। डीपीएलको प्रदर्शनका आधारमा छनोट हुने १४ खेलाडीले दक्षिण अफ्रिका भ्रमणको अवसर पाउने भएका हुन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलन गरी दक्षिण अफ्रिका भ्रमणबारे जानकारी दिएको हो । धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको…

    विस्तृतमा पढ्नुस्

  • तीन दशकअघि काटिएको सडक कालोपत्रे शिलान्यास गर्न भोलि सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली

    तीन दशकअघि काटिएको सडक कालोपत्रे शिलान्यास गर्न भोलि सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली

    कैलालीः आजभन्दा तीन दशक अघि कच्ची सडक काट्न सुरु गरिएको सहजपुर–बोगटान सडकको शिलान्यास गर्न प्रधानमन्त्री ओली मंगलबार सुदूरपश्चिम आउने भएका छन्। २०४५ सालतिर कच्ची कटिङ सुरु भएको कैलालीको शहजपुर र डोटीको विकट क्षेत्र बोगटान जोड्ने सडक हालसम्म कालोपत्रे हुनसकेको थिएन। जसकारण कैलालीको चुरे, डोटीको बडीकेदार र बोगटानका स्थानीय नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।  सोही सडकको शिलान्यास गर्न ओली मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा समस्या, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

    सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा समस्या, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

    कैलालीः सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ लगिएको छ। छातीमा समस्या आएपछि हिजो मल्ललाई धनगढीको निसर्ग अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उनको उपचार सम्भव नभएपछि राति करिब १२ बजेतिर उनलाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ लगिएको हो। निसर्ग अस्पताल प्रशासनले आइतबार बेलुका एक विज्ञप्ति जारी गरेर मल्लको अवस्था चिन्ताजनक रहेको जनाएको थियो। विज्ञप्ति अनुसार मल्लको रोग प्रतिरोधात्मक क्षमता…

    विस्तृतमा पढ्नुस्

  • बिल फरफारक गरिदिए बापत ६० हजार माग गर्ने सब–इन्जिनियर घुससहित पक्राउ

    बिल फरफारक गरिदिए बापत ६० हजार माग गर्ने सब–इन्जिनियर घुससहित पक्राउ

    कैलालीः अख्तियारले कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले बजगाईलाई नगद ६० हजार घुससहित आज पक्रेको हो।   उनले कल्भड निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका सूचना अधिकारी राजन नेपालले जानकारी दिए।  बेलौरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेट अन्र्तगत निर्माण…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : पानीले मैदान हिलाम्मे, आजका दुवै खेल रद्ध

    डीपीएल : पानीले मैदान हिलाम्मे, आजका दुवै खेल रद्ध

    कैलाली : धनगढी प्रमियर लिग अन्तर्गत शनिबारका खेलहरु वर्षाका कारण रद्ध भए। शनिबार हुने भनिएको पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स तथा दोश्रो महेन्द्रनगर युनाइटेड र धनगढी स्टारको खेल रद्ध भएको हो। खेल रद्द भएसँगै चारवटै टीमले १/१ अंक बाँडेका छन्।  फाप्ला क्रिकेट मैदान पानीले हिलाम्मे बनेपछि खेल हुन नसकेको हो। बिहीवार रातिदेखिको झरीले मैदानमा पानी जमेको छ। शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • ससुरालीमा १८ किलो सुन लुकाएका तिरुवाको घरमा भेटियो थप साढे ५ किलो सुन

    ससुरालीमा १८ किलो सुन लुकाएका तिरुवाको घरमा भेटियो थप साढे ५ किलो सुन

    कैलालीः नेपाल प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट फेरि थप साढे ५ किलो सुन बरामद गरेको छ। पुनर्वासमा ससुराली घरमा १८ किलो सुन लुकाउने लक्ष्मण तिरुवाकै घरबाट गएराति १ बजेतिर प्रहरीले पाँच किलो ६ सय ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पढ्नुस्ः १८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • १८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ

    १८ किलो सुन काण्ड : महिनौं अनुसन्धान पछि सुनसहित प्रहरी जवान र उनका भाइ पक्राउ

    कैलाली  : प्रहरीले १८ किलो सुनसँगै प्रहरी जवान र उनका भाइलाई पक्राउ गरेको छ। कैलालीमा कार्यरत सादा पोशाकमा परिचालित हुने घुमुवा प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा पक्राउ परेका हुन्।  ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको सूचना पाएपछि अनुसन्धान थालेको  झण्डै २ महिनापछि पक्राउ परेको हो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा…

    विस्तृतमा पढ्नुस्

  • फरार बलात्कारी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दाया खुट्टामा गोली लागेपछि अस्पताल भर्ना

    फरार बलात्कारी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दाया खुट्टामा गोली लागेपछि अस्पताल भर्ना

    धनगढी: अदालत परिसरबाट हत्कडीसहित फरार एक अभियुक्तलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको छ।   कैलाली जिल्ला अदालतबाट भागेका २३ वर्षीय दिल्प दमाइलाई प्रहरीले गोली प्रहार गरेको हो। धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा प्रहरीले दमाइको खुट्टामा गोली प्रहार गरेको थियो। सेती अञ्चल अस्पलातमा उनको उपचार भइरहेको छ। बलत्कारको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका दमाई मंगलवार म्याद थप्न अदालत लगेको समयमा…

    विस्तृतमा पढ्नुस्

  • संघीय सरकारप्रति सत्तापक्षकै मन्त्रीको कटाक्षः समस्या प्रदेशमा हुन्छ, उपचार केन्द्रमा खोज्नुपर्ने?

    संघीय सरकारप्रति सत्तापक्षकै मन्त्रीको कटाक्षः समस्या प्रदेशमा हुन्छ, उपचार केन्द्रमा खोज्नुपर्ने?

    कैलालीः सुदूरपश्चिम प्रदेश सभाको वैठकमा सत्तापक्षकै मन्त्री र सांसदहरुले संघीय सरकारको आलोचना गरेका छन्। संविधानमा प्रदेशको एकल अधिकार भित्रका कुराहरु पनि संघले कटौटी गर्दै लगेको भन्दै मन्त्री सांसदहरुले संघीय सरकारको कार्यशैली प्रति प्रश्न उठाएका हुन्।  आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले संविधानमा प्रदेशको एकल अधिकारभित्रका कुराहरु पनि संघले प्रदेश सरकारलाई प्रदान नगरेको बताए। ‘संविधानमै प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • अदालतले थाल्यो टीकापुर घटनाका वादी पक्षका ४४ को बकपत्र, रेशम चौधरीसहित २७ थुनिँदा ३१ अझै फरार

    अदालतले थाल्यो टीकापुर घटनाका वादी पक्षका ४४ को बकपत्र, रेशम चौधरीसहित २७ थुनिँदा ३१ अझै फरार

    कैलाली: २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १ नाबालक र ७ प्रहरी मारिएको घटनाका केही अभियुक्त फरार रहेको र जिल्ला अदालतले थुनामा राख्न भनेका अभियुक्तहरु उपल्ला अदालतमा गएका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन।  तीन बर्षपछि गत साउनमा उक्त मुद्दा पहिलोपटक पेशीमा चढेको थियो। कैलाली जिल्ला अदालतले त्यतिबेला प्रतिवादी पक्षका ५६ जनाको बकपत्र गर्‍यो। त्यसपछि सक्कली मिसिल सर्बोच्चमा रहेकाले मुद्दाको…

    विस्तृतमा पढ्नुस्

  • रेफ्रीलाई बल र ब्याट हस्तान्तरण गरी डीपीएल उद्घाटन, खेल भने सोमबारबाटमात्र

    रेफ्रीलाई बल र ब्याट हस्तान्तरण गरी डीपीएल उद्घाटन, खेल भने सोमबारबाटमात्र

    कैलालीः धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको आज एक कार्यक्रमका बिच उद्वघाटन गरिएको छ। सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहमद सफिकलाई ब्याट र बल दिएर लिगको उद्घाटन गरे। प्रतियोगिताको उद्वघाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने छ। शनिबारबाट सुरु हुने भनिएको लिग बर्षाका कारण दुई दिन पछाडि सरेको हो। लगातारको बर्षाका कारण मैदान हिलाम्य भएपछि…

    विस्तृतमा पढ्नुस्

  • बिहेको दुई वर्षमै द्वन्द्वमा श्रीमान गुमाएकी गोमाको पीडा, ‘मिर्गौला फेल भयो, पेन्सनले के पुग्थ्यो?’ 

    बिहेको दुई वर्षमै द्वन्द्वमा श्रीमान गुमाएकी गोमाको पीडा, ‘मिर्गौला फेल भयो, पेन्सनले के पुग्थ्यो?’ 

    नाम: गोमादेवी वोहरा  बैंक: नेपाल बैंक लिमिटेड  खाता नम्बर: १३७१०१००१६७३८७०००००१  विगत १७ बार्षदेखि गोमा देवीको साहरा बनेको बैंक खाता। नेपाल प्रहरीमा जागीरे श्रीमान नृप बहादुर वोहराले सशस्त्र द्वन्द्वमका क्रममा २०५८ सालमा शहादत प्राप्त गरे। उनका नाममा यो बंैक खातमा आउने रकमले गोमा देविको आर्थिक जोहो टरेको थियो।  ०५८ साल फागुन ४ गते तत्कालिन माओवादीले अछाम मंगलसेनमा गरेको आक्रमणमा परेर प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • डीपीएलको ट्रफी सार्वजनिक, मैदान हिलाम्मे भएपछि खेल सर्ने सम्भावना 

    डीपीएलको ट्रफी सार्वजनिक, मैदान हिलाम्मे भएपछि खेल सर्ने सम्भावना 

    कैलालीः तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो। डीसीएका  अध्यक्ष सुवास शाही र डीपीएलका सद्भावनादुत साउथ अफ्रीकी क्रिकेटर जोन्टी रोड्सले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्।  ट्रफी सावैजनिक गर्दै रोड्सले आफु डीपीएलको सद्भावनादुत हुन पाएकोमा खुसी व्यक्त गरे। ट्रफी सार्वजनिकीकरणका क्रममा डीसीएका  अध्यक्ष शाहीले…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वमा श्रीमान गुमाएकी गोमादेवीको साहरा बनेको बैंक खाता मृगौला फेलपछि रित्तिँदै  

    नामः गोमादेवी बोहरा  बैंकः नेपाल बैंक लिमिटेड  खाता नम्बरः १३७१०१००१६७३८७०००००१   विगत १७ बार्षदेखि गोमा देवीको साहरा बनेको यो बैंक खाता। नेपाल प्रहरीमा जागीरे श्रीमान नृपबहादुर वोहराले सशस्त्र द्वन्द्वका क्रममा २०५८ सालमा शहादत प्राप्त गरे। उनका नाममा यो बैंक खातामा आउने रकमले गोमादेवीको आर्थिक जोहो टर्दै आएको थियो।  ०५८ फागुन ४ गते तत्कालिन माओवादीले अछाम मंगलसेनमा गरेको आक्रमणमा परेर प्रमुख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell