PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • प्रतिकुल मौसममा पनि उडान भर्ने योजनासहित धनगढी विमानस्थलमा भिओआर/डीएमइ जडानको काम शुरु

    प्रतिकुल मौसममा पनि उडान भर्ने योजनासहित धनगढी विमानस्थलमा भिओआर/डीएमइ जडानको काम शुरु

    कैलालीः देशकै दोस्रो लामो धावन मार्ग भएको धनगढी विमानस्थलमा भिओआर/डीएमई उपकरण जडानको काम शुरु भएको छ। कम भिजिबिलिटी र रात्रीकालिन उडानमा सहजता प्रदान गर्न भिओआरडीएमई जडानका लागि जाइकाको टोली काम गरिरहेको विमान स्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताए। हाल स्याटेलाइट बेसमा उडान भइरहेको धनगढी विमानस्थलमा अहिले विमान डिलेड हुने समस्याले यात्रूहरु मार्कामा छन्। उपकरण जडानपछि यो समस्या पूर्ण रुपमा समाधान भएर…

    विस्तृतमा पढ्नुस्

  • डीपीएलको तयारी अन्तिम चरणमाः विजेताले ३० लाख, उपविजेताले १२ लाख पाउने

    डीपीएलको तयारी अन्तिम चरणमाः विजेताले ३० लाख, उपविजेताले १२ लाख पाउने

    कैलालीः धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। ‘यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। अब दुलहीझै सिंगार्न मात्रै थोरै काम बँकी रहेको छ।’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पुर्पक्षका लागि कारागारमा रहेका बन्दीको मृत्यु

    पुर्पक्षका लागि कारागारमा रहेका बन्दीको मृत्यु

    कैलालीः कैलाली जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको मृत्यु भएको छ। मंगलबार उपचारका लागि काठमाडौं लैजाने क्रममा ५५ बर्षीय स्पन्दन राईको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बिरामी भएपछि माघ १८ गते सेती अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। थप उपचारका लागि लैजाँदै गर्दा राईको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ डीपीएलको तयारी, १५ फोटोमा हेर्नुस्

    यसरी हुँदैछ डीपीएलको तयारी, १५ फोटोमा हेर्नुस्

    कैलालीः सर्वाधिक धनराशीको धनगढी प्रीमियर लिग (डीपीएल)को तेस्रो संस्करण आउन केही दिन मात्रै बाँकी रहँदा प्रतियोगिता हुने मैदानमा व्यवस्थापनको काम अन्तिम चरणमा भइरहेको छ। माघ २६ गतेदेखि फागुन ११  गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।  विगतमा धनगढीको संघीय प्रहरी कार्यालयमा आयोजना भइरहेको प्रतियोगिताको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत बजेट, ६ महिनामा १.८८ प्रतिशत मात्रै खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत बजेट, ६ महिनामा १.८८ प्रतिशत मात्रै खर्च

    कैलाली: सुदूर पश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको ६ महिनामा अत्यन्त न्युनमात्र बजेट खर्च गर्न सकेको छ। चालु आर्थिक बर्षको ६ महिनामा पूँजीगत बजेट १.८८ प्रतिशत मात्रै खचै भएको सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। हालसम्म अख्तियारी पाएको ८ अर्ब ४१ करोड ६२ लाख पूँजीगत बजेट मध्य १५ करोड ७८ लाख २० हजार मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • झण्डै तीन दशकपछि साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना

    झण्डै तीन दशकपछि साकार हुँदै सुदूर पश्चिमको मेडिकल कलेज सपना

    कैलालीः २०४४ सालमा सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाका लागि छलफल चल्यो। त्यसपछि ०५६ सालमा सुदूर पश्चिममा मेडिकल कलेज स्थापनाको अवधारण ल्याउने जगत्गुरु शंकराचार्यले कैलालीको गेटामा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही बर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा क्षेत्रफल जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दियो, तर काम भने अघि बढेन।   त्यसको ७ वर्षसम्म फेरी मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको जीवन रक्षाको अपिल गर्दै सुदूरपश्चिमका चिकित्सक रिले अनसनमा

    डा. केसीको जीवन रक्षाको अपिल गर्दै सुदूरपश्चिमका चिकित्सक रिले अनसनमा

    कैलालीः अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलित भएका छन्। १५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनमा नआएपछि १६ औँ पटक अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरुले अनिश्चीतकालिन रिले अनसन थालेका हुन्। बुधवारबाट नेपाल मेडिकल ऐशोसियशनमा आवद्ध सुदुरपश्चीम प्रदेशका चिकित्सकहरुले केसीको मागमा ऐक्यवद्धता जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर अनिश्चितकालीन बन्द

    कञ्चनपुर अनिश्चितकालीन बन्द

    कैलाली : सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्द गरेका छन्। महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले मंगलबारदेखि अनिश्चितकालीन बन्द गरेका हुन् । बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प भयो।  संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको…

    विस्तृतमा पढ्नुस्

  • जग्गा अतिक्रमण हटाउन माग गर्दै कञ्चनपुरमा अनिश्चितकालिन बन्द

    जग्गा अतिक्रमण हटाउन माग गर्दै कञ्चनपुरमा अनिश्चितकालिन बन्द

    कैलाली: सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्द गरेका छन्। महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले मंगलबारदेखि अनिश्चितकालीन बन्द गरेका हुन्। बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ। संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ६ लेनको सडक: आयोजनाको अवधि ५ महिनामात्र बाँकी, ७५ प्रतिशत काम भने अधुरै

    कैलालीमा ६ लेनको सडक: आयोजनाको अवधि ५ महिनामात्र बाँकी, ७५ प्रतिशत काम भने अधुरै

    कैलाली: कैलालीको अत्तरिया–धनगढी सडकलाई छ लेनमा विस्तार कार्य कछुवा गतिमा छ। सम्झौता भएको १९ महिना भइसक्दा पनि सडक विस्तारको भौतिक प्रगति २५ प्रतिशतमात्रै सम्पन्न भएको छ। २०७४ सालको जेठ महिनामा उक्त सडकलाई दुई बर्षभित्रै छ लेनमा विस्तार गरिसक्ने गरी ठेक्का सम्झैता भएको थियो। कञ्चनपुर र कैलालीको सीमास्थित मोहना पुलदेखि अत्तरियासम्म सवारीको उच्च चाप हुने १४ किलोमिटर सडकलाई ६ लेनमा विस्तार…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णयः माघीमा सार्वजनिक बिदा, ४ गते प्रदेश सभा

    सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णयः माघीमा सार्वजनिक बिदा, ४ गते प्रदेश सभा

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको तेस्रो अधिवेशन आगामी माघ ४ गते बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा बिहिवार बसेको बैठकले हिउँदे अधिवेसन माघ ४ गते २ बजे बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुख मोहनराज मल्ललाई सिफारीस गर्ने निर्णय गरेको हो।  त्यस्तै मन्त्रिपरिषद् बैठकले माघ १ गते…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट धनगढीमा २१ लाख धनराशिको सुदुरपश्चिम खप्तड गोल्डकप

    भोलिबाट धनगढीमा २१ लाख धनराशिको सुदुरपश्चिम खप्तड गोल्डकप

    कैलाली: सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • वडा सचिवको ‘इन्ट्री’ रक्सी सेवनपछिमात्र, सेवाग्राही आजितः वडाध्यक्ष भन्छन्, ‘प्रहरी कहाँ १२ पटक पठाइसकें, सुध्रिएनन्’

    वडा सचिवको ‘इन्ट्री’ रक्सी सेवनपछिमात्र, सेवाग्राही आजितः वडाध्यक्ष भन्छन्, ‘प्रहरी कहाँ १२ पटक पठाइसकें, सुध्रिएनन्’

    कैलालीः ‘उहाँले बिहान ४ बजेबाट चिसो चिया पिउन शुरु गर्नु हुन्छ, हामी १२ बजे खाना खान्छौँ, उहाँलाइ चिसो चिया नै चल्छ,’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीको भनाई।  कार्यालयमा पुग्दा सेवाग्राहीहरु कार्यालय बाहिर आजित भएर बसेका थिए, वडा सचिव करुणाकर जोशी भित्र गफमा मस्त। कार्यालय समय भन्दा २ घण्टा अगावै रक्सीले मात्तिएर कार्यालयमा पुगेका वडा सचिवले ६…

    विस्तृतमा पढ्नुस्

  • एक किलो ३ सय ग्राम गैंडाको खाग सहित एक जना पक्राउ

    एक किलो ३ सय ग्राम गैंडाको खाग सहित एक जना पक्राउ

    कैलाली : १ किलो २ सय ९० ग्राम गैंडाको खागसहित धनगढीबाट एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका – ५ का ५१ वर्षीय चक्र भण्डारीलाई खाग सहित पक्राउ गरेको हो।  बाजुराको बुढीगंगा नगरपालिका– ३ स्थायी घर भएका भण्डारीलाई प्रहरीले धनगढी उपमहानगरपालिका– ६ जाँईँबाट हिजो बेलुका पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका ६ का ८२ वर्षीय गगन…

    विस्तृतमा पढ्नुस्

  • आयोजकसँग बदला लिँदै पिएफए अत्तरियाले उचाल्यो फारवेस्ट पशुपति कपको उपाधि 

    आयोजकसँग बदला लिँदै पिएफए अत्तरियाले उचाल्यो फारवेस्ट पशुपति कपको उपाधि 

    कैलालीः नाज ओभरसिज पिएफए अत्तरियाले चौथो संस्करणको फारवेस्ट पशुपति कपको उपाधि जितेको छ।  शनिवार धनगढी रंगशालामा आयोजक फारवेस्ट पशुपति युवा क्लबलाई टाईब्रेकरणमा हराउँदै च्याम्पीयन बनेको हो।  तेस्रो संस्रकणमा आयोजक फारवेस्ट पशुपतिसँगै फाइनलमा पराजित भएको बदला लिदैं पिएफए अत्तरीया चौथो संस्करणको विजेता बनेको हो। अत्तरियाले फारवेस्ट पशुपतिलाई टाईब्रेकरमा ५–३ ले पराजित गर्दै नगद चार लाख सहित ट्रफी हात पारेको छ। उपविजेता…

    विस्तृतमा पढ्नुस्

  • आमाको अवसानसँग सहादत भएको रविको सपना

    आमाको अवसानसँग सहादत भएको रविको सपना

    कैलाली : रंगीन दुनियाँमा चर्चित भएपछि सिन्दुरजात्रा जारी नै थियो। अभिनन्दन र सम्मानका कार्यक्रम भ्याइनभ्याइ। त्यही क्रममा अपर्झट खबर आयो - आमालाई करेन्ट लाग्यो। अस्पताल पुर्‍याउँदै गर्दा बिष्नादेवी वितिसकेकी थिइन्। त्यो खबर रविका लागि करेन्टभन्दा डरलाग्दो झड्का थियो। सम्मान र र्‍यालीका कार्यक्रमको सूची लामै थियो बिहानैदेखि। ती सबै थाँती राखेर उनी आमालाई भेट्न हान्निए।  नेपाल आइडल जितपछि सफलता साटिरहेका उनीसामु…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो नेपाल आइडल रविलाई सुदूर पश्चिममा मुख्यमन्त्रीले यसरी गरे स्वागत, ओडले भने 'यो जित तपाईँहरूको' 

    दोस्रो नेपाल आइडल रविलाई सुदूर पश्चिममा मुख्यमन्त्रीले यसरी गरे स्वागत, ओडले भने 'यो जित तपाईँहरूको' 

    कैलालीः नेपाल आइडलको विजेता भएपछि पहिलोपटक सुदूर पश्चिम प्रदेशमा आइपुगेका रवि ओडलाई प्रदेश सरकारले भव्य स्वागत गरेको छ। प्रदेश सरकारकै निमन्त्रणामा सुदूरपश्चिम आइपुगेका रविलाई सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी भब्य स्वागत गरेको हो।  यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओली रविको स्वागतका लागि धनगढी विमानस्थलमै पुगेका थिए।  स्वागत कार्यक्रमममा…

    विस्तृतमा पढ्नुस्

  • सुदुरपश्चिम प्रदेशको राजधानी आसपास घर भएका कांग्रेस प्रदेश सदस्यहरुले गरे घर भाडा फिर्ता गर्ने घोषणा

    सुदुरपश्चिम प्रदेशको राजधानी आसपास घर भएका कांग्रेस प्रदेश सदस्यहरुले गरे घर भाडा फिर्ता गर्ने घोषणा

    कैलाली: सुदूर पश्चिम प्रदेशमा राजधानी आसपासमै घर भएका नेपाली कांग्रेसका सांसदहरुले घर भाडा फिर्ता गर्ने घोषणा गरेका छन्। राजधानी नजिकै आफै घरमा बसेर पनि सांसदहरुले घर भाडा लिइरहेको विषयमा विरोध चुलिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले घर घाडा फिर्ता गर्ने बताए।  आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले धनगढीमै बस्ने आफु…

    विस्तृतमा पढ्नुस्

  • रविले नेपाल आइडल जितेपछि समर्थकहरु राति नै दीपावलिसहित सडकमा, भोलि विजय र्‍यालिको तयारी 

    रविले नेपाल आइडल जितेपछि समर्थकहरु राति नै दीपावलिसहित सडकमा, भोलि विजय र्‍यालिको तयारी 

    कैलाली : कञ्चनपुरका रवि ओडले नेपाल आइडल सिजन २ जितेपछि उनका समर्थकहरुले धनगढीमा राति दीपावलिसहित र्‍याली निकालेका छन्।  समर्थकहरुले धनगढीको पार्कमोडमा जम्मा भएर खुसियाली मनाएका हुन्। उनीहरुले रविको समर्थनमा 'नेपाल आइडल रवि ओड', 'जित कस्को रविको', 'नेपालको शान रवि ओड' लगायतका नारा लगायका थिए। रविको जितमा उत्साहित बनेका समर्थकहरु शनिबार धनगढीमा वृहत विजय र्‍याली निकाल्ने तयारीमा छन्। रविलाई सुदूरपश्चिमेलीको दह्रो समर्थन थियो।…

    विस्तृतमा पढ्नुस्

  • आमाको सपना पूरा गर्दै सुदूरपश्चिमका रवि ओड बने नेपाल आइडल

    आमाको सपना पूरा गर्दै सुदूरपश्चिमका रवि ओड बने नेपाल आइडल

    कैलाली : सुदूर पश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए। रविले २२ लाख नगद रुपैयाँसहित कार पाएका छन्।  गोल्डेन माइक विजेता विक्रम बराल फर्स्ट रनर्स अप भए। उनले बीस लाख नगद रुपैयाँ प्राप्त गरे। त्यस्तै झापाका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell