PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • उद्योगीलाई मार पर्नेगरि सरकारले काम गर्दैनः गृहमन्त्री खाण

    उद्योगीलाई मार पर्नेगरि सरकारले काम गर्दैनः गृहमन्त्री खाण

     बुटवलः गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन्। व्यवसायीलाई मारमा पर्नेगरि सरकारले कुनै पनि काम नगर्ने मन्त्री खाणले बताए। शनिबार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनमा खाणले उद्योगीले उठाउँदै आएका विद्युत आपूर्ति तथा ट्रंक लाइनका समस्या समाधानको पहल गर्ने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसीप नेपाल हुने

    साफ महिला च्याम्पियनसीप नेपाल हुने

    काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो। साफको बंगलादेशमा सम्पन्न साधारणसभाले अध्यक्षमा निर्विरोध कजी महोम्मद सलाउद्दिनलाई निर्वाचित गरेको छ। उनी…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसीप नेपाल हुने

    साफ महिला च्याम्पियनसीप नेपाल हुने

    काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो। साफको बंगलादेशमा सम्पन्न साधारणसभाले अध्यक्षमा निर्विरोध कजी महोम्मद सलाउद्दिनलाई निर्वाचित गरेको छ। उनी…

    विस्तृतमा पढ्नुस्

  • घोषणाको एक सातामै वामदेवको दलमा विवाद, ‘गौतम संयोजकबाट निष्कासित’

    घोषणाको एक सातामै वामदेवको दलमा विवाद, ‘गौतम संयोजकबाट निष्कासित’

    काठमाडौँः पार्टी घोषणको एक सातामै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद भएको छ। एकता अभियानमा जोडिएका चार दलले संयोजक वामदेव गौतमलाई कारबाही गरेका छन्। संयुक्त विज्ञप्ति निकाल्दै चार दलले गौतमलाई संयोजकबाट निष्कासन गरेर युवराज सफललाई जिम्मेवारी तोकेका छन्।  एकता अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समावादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले संयोजकबाट गौतमलाई हटाएर सपललाई संयोजक तोकेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • अल्ट न्यूजका सह-संस्थापक जुबैरलाई पठाइयो १४ दिनको न्यायिक हिरासतमा

    अल्ट न्यूजका सह-संस्थापक जुबैरलाई पठाइयो १४ दिनको न्यायिक हिरासतमा

    भारतमा संचालित ‘अल्टन्यूज’का सह संस्थापक मोहम्मद जुबैरलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। प्रहरी हिरासतमा रहेका जुबैरलाई आज मेट्रोपोलिटन मजिस्ट्रेट सिन्ग्धा श्रीवास्तवको इजलासमा पेस गरिएको थियो। प्रहरीले जुबैरमाथि अनुसन्धान गर्न समय चाहिने भन्दै १४ दिनको न्यायिक हिरासतको माग गरेका थिए। जुबैरका वकिलले जमानतका लागि अपील गरेका थिए। तर, अदालतले उक्त अपील खारेज गरेको स्थानीय मिडियाले जनाएको छ। गत सोमबार जुबैरलाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?

    ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एमाले निकट अखिल नेपाल किसान महासंघले च्यासलमा आयोजनाम गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले चामल आयातको विरोध गरेका हुन्। '४९ अर्बको चामल आयात कसरी भयो, हामीले सरकार छोडेपछि?,'ओलीको प्रश्न थियो। ३ करोडभन्दा कम जनसंख्या र उर्ब फाँट भएको देशमा यति धेरै मात्रामा चामल आयत हुनु अनौठो…

    विस्तृतमा पढ्नुस्

  • रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको युक्रेनको दाबी

    रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको युक्रेनको दाबी

    युक्रेनी अधिकारीहरुले रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको बताएका छन्। ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित २१ जनाको मृत्यु भएको युक्रेनको ‘डिएसएनएस’ आपतकालीन सेवाले जनाएको हो। सेरहिभकास्थित एक गाउँमा १६ जनाको र एक होलिडे रिसोर्टमा पाँचजनाको मृत्यु भएको हो। रसियाले केहीदिनदेखि युक्रेनी शहरमा मिसाइल आक्रमण गरिरहेको अधिकारीहरुले बताएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको विद्यार्थी संगठनमा फुट : उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा विशेष भेला आयोजक समिति गठन

    माओवादी केन्द्रको विद्यार्थी संगठनमा फुट : उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा विशेष भेला आयोजक समिति गठन

    काठमाडौं  : नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मा विभाजन आएको छ। संगठनका उपाध्यक्ष पवन कार्कीले विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेका छन्। कार्कीको संयोजकत्वमा १९९ सदस्यीय आयोजक समिति घोषणा भएको छ।   गत असोज १४ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएपछि संगठनमा विवाद बढ्दै गएको छ। सोही विवादका कारण लामो…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबिच भेटवार्ता

    सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबिच भेटवार्ता

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र अजरबैजानका सभामुख साहिबा गफारोवाबिच आज भेटवार्ता भएको छ।  अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबिच भेट भएको हो। छलफलका क्रममा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलन सफलरुपमा आयोजना गरेकोमा बधाई ज्ञापन गरेका थिए। उनले असंलग्न आन्दोलनका आदर्श महत्वपूर्ण भएको उल्लेख गर्दै यसका आदर्श र एजेन्डाप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

    स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

    काठमाडौं : स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्। शनिवार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन्। दलको विकल्प दल नै भएकाले…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या : फरार श्रीमान् समातिए

    श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या : फरार श्रीमान् समातिए

    काठमाडौं : श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले युवकलाई नियन्त्रणमा लिएको हो। मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। शुक्रवार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीय श्रीमती बबिता…

    विस्तृतमा पढ्नुस्

  • बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : मन्त्री भुसाल

    बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : मन्त्री भुसाल

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन्। ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्। नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणले…

    विस्तृतमा पढ्नुस्

  • गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना हुनुपर्छ : मन्त्री बडू

    गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना हुनुपर्छ : मन्त्री बडू

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। शनिवार दिवंगत गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बडूले नेपालमा जी. पी. कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्। ‘अब एउटा जी.पी. कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ। विभिन्न नेताहरुको नाममा छन्। तर जी.पी. कोइराला एउटा मान्यता हो। एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो। त्यसकारण गिरिजाप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त राष्ट्रसंघ मुख्यालय पुगे प्रधानसेनापति शर्मा, असार १९ गते स्वेदश फर्किने

    संयुक्त राष्ट्रसंघ मुख्यालय पुगे प्रधानसेनापति शर्मा, असार १९ गते स्वेदश फर्किने

    काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्। उनले शुक्रवार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय पुगेर उच्च अधिकारीबिच छलफल गरेका थिए। शर्माले अफिस अफ मिलिटरी अफेयर्सका मिलिटरी एड्भाइजर जेनरल बिरामे डोप, डिपार्टमेन्ट अफ पिस अपरेसन्सका अन्डर सेक्रेटरी जनरल जेन पिरेरी ल्याकरोक्सलगायतका अधिकारीसँग भेट गरेका थिए। पदाधिकारीसँगको भेटका क्रममा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका साथै संयुक्त राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • जब नक्सालमा रहेको तारको पोलमा आगलागी भयो …

    जब नक्सालमा रहेको तारको पोलमा आगलागी भयो …

    काठमाडौं : काठमाडौंको नक्सालको नाग पोखरी नजिकै इन्टरनेटहरूको तारले जेलिएको पोलमा आगलागी भएको छ। मध्यान्ह अचानक आगलागी भएपछि यस क्षेत्रको विद्युत् तथा इन्टरनेट सेवा केही समयको लागि अवरुद्ध गरिएको छ। पोलमा आगो लागेपछि सुरक्षाकर्मी र जुद्ध वारुणयन्त्रको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलमा सर्ट सर्किट तथा अन्य कारणले आगलागी हुने गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • मसाल जुलुससहित राप्रपाको प्रदर्शन, २२ बुँदे कार्यान्वयनका लागि दबाब

    मसाल जुलुससहित राप्रपाको प्रदर्शन, २२ बुँदे कार्यान्वयनका लागि दबाब

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरेको २२ बुँदे माग कार्यान्वयनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मसाल जुलुससहित प्रदर्शन गरेको छ। राप्रपाले सबै जिल्लामा शुक्रबार साँझ एकैसाथ प्रदर्शन गरेको हो।  निर्णय कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरेकाले जनदबाबका लागि भन्दै राप्रपाले प्रदर्शन गरेको हो।  असार १ गते राप्रपाले २२ बुँदे माग प्रधानमन्त्री देउवलाई हस्तान्तरण गरेको थियो।  राप्रपाले राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • बाँदरझुलामा ४ वटा गैँडा मारेर फरार रहँदै आएका सिकारी समूहका मुख्य दुई नाइके पक्राउ

    बाँदरझुलामा ४ वटा गैँडा मारेर फरार रहँदै आएका सिकारी समूहका मुख्य दुई नाइके पक्राउ

    काठमाडौं : गैँडा मार्ने सिकारी समूहका मुख्य दुई नाइकेहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका-९ घर भएका ४३ वर्षीय रामकुमार प्रजा र सोही स्थानका ४३ वर्षीय बमबहादुर प्रजा रहेका छन्। रामकुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलवार मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो। यस्तै, बमबहादुरलाई बिहीवार ब्यूरोको विशेष सहयोगमा धादिङको मलेखु क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज र इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • एक्लो जीवन बिताइरहेका ४० वर्ष पुगेका सबै महिलाहरुले सामाजिक सुरक्षा भत्ता पाउने

    एक्लो जीवन बिताइरहेका ४० वर्ष पुगेका सबै महिलाहरुले सामाजिक सुरक्षा भत्ता पाउने

    काठमाडौं : ४० वर्ष उमेर व्यतीत गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो। त्यसैगरी, सम्बन्ध विच्छेद गरेर श्रीमानको…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुर मुद्दामा फरार रहेका शर्मा र गुरुङ पक्राउ

    बैंकिङ कसुर मुद्दामा फरार रहेका शर्मा र गुरुङ पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो। ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाका लागि आवासीय राजदूत खत्रीलाई मेक्सिकोको पनि जिम्मेवारी

    अमेरिकाका लागि आवासीय राजदूत खत्रीलाई मेक्सिकोको पनि जिम्मेवारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell