काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को लागि अमेरिकालाई पत्र पठाउँदा आफूलाई नबताइएको बताएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँँदा सो कुरा बताइएको भए सबुत प्रमाण सदनमा पेश गर्न चुनौती समेत दिएका छन्। ओलीले हस्त लिखित मिति राख्ने प्रचलनबारे पनि आफू अनभिज्ञ भएको समेत बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)…
काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अनैतिक तरिकाले भएको आरोप लगाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा ओलीले अहिलेसम्म विश्वमा नै नभएको अनैतिक तरिकाले बजेट निर्माण भएको आरोप लगाएका हुन्। भने,'अहिलेसम्म बजेट निर्माणको काम अहिलेसम्म विश्वमा अनैतिक काम भएको छैन होला देशको अर्थतन्त्रको विरुद्ध।' बजेट बनाउने बेलामा अनाधिकृत मानिसलाई प्रवेश गराएको आरोप समेत उनले लगाएका छन्। बजेट…
काठमाडौं : सरकारले वैदेशिक एवं कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फतमात्र गर्न निर्देशन दिएको छ। असार ६ गतेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गर्दै सबै मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। पछिल्लो समय अमेरिकासँग भएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा पत्राचार गर्दा मन्त्रालय अनविज्ञ देखिएको थियो। साथै यस विषयमा जानकारी नपाएको मन्त्रालयले जनाएको छ। त्यस्तै एमसीसी लगायतका विषयमा पनि…
काठमाडौं : जनता समाजवादी पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छिन्। आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर जसपाले तीन मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको…
काठमाडौं : लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बसपार्कबाट प्रहरीले कटुवा पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ। एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने 'चिनक' भनिने ३४ वर्षीय मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन्। उनीहरु चढ्ने यूपी…
काठमाडौं : मधेश प्रदेश सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुरु भएको जानकारी दिए। यसअघि प्रभु बैंकसँग सम्झौता गरि छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए। सम्झौतापत्रमा…
काठमाडौंः उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट भएको छ। दिउँसो कार्यालयमा बसिरहेका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हिरालाल भुसालले आक्रमण गरेका हुन्। आइतबार दिउँसो कार्यालय समयमा एक शाखा अधिकृत र उपसचिवबिच विवाद भएको थियो। विवाद उत्कर्षमा पुग्दा कुटपिट समेत भएको अदालतमा कार्यरत एक कर्मचारीले जानकारी दिए। मुद्दाको विषयलाई लिएर विवाद भएको देखिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंमा पनि कर्मचारीबिच कुटपिट भएको थियो। पिटाइ खाने…
‘मिस इण्डिया २०२२’ को उपाधि कर्नाटककी सिनी शेट्टीले जितेकी छिन्। जुलाई ३ मा मुम्बईमा भएको ग्राण्ड फिनालेमा शेट्टीले मिस इण्डियाको ताज पहिरिएकी हुन्। त्यसैगरी, राजस्थानकी रुबल शेखावत फर्स्ट रनर-अप घोषित हुँदा उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर-अप बनिन्। २१ वर्षीय मिस इण्डिया सिनी हाल चार्टड फाइनान्स एनालिस्टको कोर्ष गरिरहेकी छिन्। फिनालेमा बलिउड सेलिब्रेटीहरु कृति सेनन, मलाइका अरोडा, नेहा धुपिया, मनीष पल, राजकुमार…
काठमाडौं : नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए। सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन…
काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक परामर्शलाई जारी राखेका छन्। दुई दिन लगातार आफू पक्षीय नेताहरुसँग परामर्श गरेका कोइरालाले आइतबार कांग्रेसका पुराना नेताहरुसँग छफल गरेका छन्। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार आइतबार बलबहादुर केसी, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द र विपीन कोइरालासँग छलफल गरेका हुन्। छलफलमा नेताहरुले कांग्रेसमा इमान र आदर्शको राजनीतिक सकिएको बताएका थिए।…
काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन्। अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग साझा अवधारणाबारे बताएका हुन्। उनले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भूराजनीतिक तनाब, हतियारको…
काठमाडौं: प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएर आइतबार मात्र दर्ज्यानी चिह्न पाएका १७ जनाको पदस्थापन गरिएको छ। पदस्थापन निर्णय अनुसार प्रदेश नम्बर १ को प्रहरी प्रमुखमा सुदीप गिरीलाई जिम्मेवारी दिइएको छ। उनी बढुवा अघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। त्यस्तै श्याम ज्ञवालीलाई साइबर व्यूरोमा पदस्थापना गरिएको छ। डिआइजी रामदत्त जोशीलाई गण्डकी प्रदेश प्रहरी प्रमुखमा पदस्थापना गरिएको छ। दुर्गा…
काठमाडौँः नेकपा (एमाले) ले गठबन्धनको घेराबन्दीसँगै आन्तरिक समस्याका कारण स्थानीय तहका पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको समीक्षात्मक निष्कर्ष निकालेको छ। आइतबार बसेको सचिवालय बैठकले लोकप्रिय मतमा पार्टी पहिलो भएको दाबी समेत गरेको छ। बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘लोकप्रिय मतमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुन सकेको निष्कर्ष निकालेको छ। साथै, घेराबन्दीसँगै आन्तरिक समस्याका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेकाले…
हेटौँडाः मकवानपुरको वाग्मती गाउँपालिका ७ स्थित धरान चतरा सडकखण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दिउँसो ४:३० बजेको समयमा दुर्घटना भएको हो। वाग्मती ९ बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती बोकेर हिँडेको ना ७ त ८०७३ नम्वरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्थामा गम्भीर रहेको…
बुटवल : रुपन्देहीको बुटवललगायत आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा चोरीका ९ वटा मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी ठगबहादुर केसीले जानकारी दिए। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ का १८ वर्षीय क्यानोन क्षत्री, १९ वर्षीय करण बस्नेत, १८ वर्षीय बरुण कुमाल, १८ वर्षीय आन्नद परियार, १८…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। असार २६ गतेको लागि अर्को पेशी तोकिएको हो। पटक-पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो। कामु प्रधानन्यायाधीशले आज ५ बजेसम्म बहस सक्न अधिवक्तालाई…
काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्यानी चिन्ह पाउने प्रहरी नायब महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी,…
काठमाडौं : राहदानी विभागले हालसम्म चार लाख बढी विद्युतीय राहदानी वितरण गरेको छ। विभागले गत मंसिर १ गतेदेखि विद्युतीय राहदानी वितरण थालेको थियो। यसअवधिमा विभागले चार लाख १६ हजार २३५ विद्युतीय राहदानी प्रिन्ट गरेर वितरण गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। यसअवधिमा विभागमा राहदानीको राजस्ववापत तीन अर्ब १७ करोड ४६ लाख २० हजार ७३१ रुपैयाँ राजस्व संकलन भएको…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार १२० जनाको परीक्षणका क्रममा ५३ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या केही बढ्दै गएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३३ पुगेको छ।
काठमाडौं : अमेरिकासँगको सैन्य साझेदारीका लागि यसअघि भएका पत्राचारमा परराष्ट्र मन्त्रालयको संलग्नता नरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। अमेरिकी सेनासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागिताका लागि यसअघि नेपालबाट भएका पत्राचारमा मन्त्रालयको संलग्नता नभएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। पछिल्लो समय एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको छ। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई…