काठमाडौं : नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ। प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगढी जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरि सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो। हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो।…
काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजाका बिरामी फेला परेका छन्। पानीको स्रोतबाट हैजा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। हैजाको पहिलो केस असार २ गते पुष्टि भएको थियो। काठमाडौंको बागबजार बसोवास गर्ने एकै परिवारका दुईजनामा हैजा देखिएको थियो। असार ३ गते ललितपुरको सानेपान-३ निवासीमा हैजा देखिएको थियो। यस्तै, असार ५ गते काठमाडौंको डिल्लीबजार निवासीमा हैजाको…
काठमाडौं : बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन्। उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दावी छ। सोमवार संसद् भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सीसीटीभी फुटेज…
काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्याउनु भएको बताए। उनले बाँकी…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्र प्रसाद शर्मा (कोइराला)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसद्मा छिट्टै छलफल हुने आश्वासन दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका बेला उनको यस्तो भनाइ आएको हो। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसद्मा सो महाअभियोग…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। अर्थमन्त्री शर्माको सम्बन्धमा संसद् भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए। उनले…
काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ। यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका हुन्। उनले जारी केन्द्रीय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त गरिएको जानकारी दिए। पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान…
काठमाडौं : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकबाट सो विधेयक सर्वसम्मतिले पारित भएको हो। संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६’ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, बैठकले सो विधेयकका सम्बन्धमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनमा उल्लेखित १५ संशोधनहरु स्वीकृत…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन्। मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धि उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए। सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले…
काठमाडौं : नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाब दिएको छ। निगमले सोमवार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाब दिएको हो। निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधान न्यायाधीश सुशिला कार्की र डा. गोविन्द केसीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन्। 'अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुन सक्दैन । आधारभुत नैतिकता समेत गुमाएका व्यक्तिहरु मन्त्री पदमा बसिरहँदा त्यो पदको समेत गरिमा खण्डित…
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीस्थित कर्साघाटमा निर्माण सम्पन्न भएको पुलको नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका छन्। सोमवार उक्त पुलको उद्घाटन गर्दै नेता पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति गरेर निर्माण सम्पन्न हुन लागेका योजनालाई बिथोल्न नहुने बताएका छन्। निर्माण सम्पन्न भएका योजनामा जस लिने नाममा स्थानीयमा अनावश्यक भ्रम सिर्जना गरेर अलमलमा पारेको…
सन् २०२१ मा अस्ट्रेलियामा राष्ट्रव्यापी जनगणना भयो। सो गणनाबाट अस्ट्रेलियामा जनसंख्या वृद्धिका साथै त्यहाँको धर्म, भाषासम्बन्धित प्रारम्भिक तथ्यांक पनि सार्वजनिक भएको छ। अस्ट्रेलियाको तथ्यांक विभागले गत साता सार्वजनिक गरेको विवरण अनुसार ३१ डिसेम्बर २०२१ सम्म अस्ट्रेलियाको जनसंख्या २ करोड ५७ लाख ६६ हजार ६०५ रहेको छ। १० अगस्ट २०२१ मा भएको जनगणनामा ८० प्रतिशत नागरिक पूर्वी अस्ट्रेलियामा बस्दै आएको खुलेको छ।…
काठमाडौं : पछिल्लो केही दिनयता विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी हुने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने सुन तस्करीका केही घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ। त्यस्तै, आज बिहान विमानस्थल हुँदै नौलो तरिकाबाट अवैध रुपमा सुन ल्याउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवकले बालबालिकाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको देखिएको छ।…
काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली लागि ३२ वर्षीय दीपक सिंहको मृत्यु भएको खुलेको छ। भारतीय दुतावासका एक कर्मचारीले दिएको जानकारी अनुसार सिंहले आफैले बोकेको हतियारले आफैलाई आज बिहान गोली प्रहार गरेका हुन्। शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महारागजंग लगिएको छ। घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ। दूतावासका कर्मचारीको अनुसार घटनाको जानकारी नेपाल…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा राख्न नहुने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण प्रक्रियामा भएको अनैतिक कार्यबारे अर्थमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै शर्माको आलोचना गरेका हुन्। सीसीटिभी फुटेज ३ महिनासम्म सुरक्षित गर्नुपर्ने अनिवार्य प्रावधान विपरीत अर्थ मन्त्रालयले १३ दिनमै सीसीटिभी फुटेज डिलिट गरेकोप्रति उनले आपत्ति जनाए। 'भिडियो डिलिट किन…
काठमाडौं : राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति समेत जनाइन्। ‘बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज…
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। पहिलो दिनको…
काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको छ। गोली चल्दा एक जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। तर नेपाल प्रहरीले यस विषयमा भने औपचारिक रुपमा जानकारी दिएको छैन। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले घटनाबारे कुनै पनि औपचारिक जानकारी नआएको बताए। प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले आफैंले गोली चलाएर आत्महत्या गरेको खुलेको छ। तर प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको सहयोग लिएर…