काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका-११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ। पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ। दासले हरिवन बजारमा संचालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा…
काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्। लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत विश्वका सबैजसो ठूलो टी २० लिग खेलेको अनुभव छ। लंका…
बुटवल : भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनीस्थित मायादेवि मन्दिरमा तीन महिनामा २२ लाख ९७ हजार रुपैयाँ दानवापतकव रकम उठेको छ। मंगलवार सकिएको गणनामा उक्त रकम भेटी वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए। भट्टराईको नेतृत्वमा आइतवार दानपेटिकाको रकम गणना शुरु गरिएको थियो। यहाँ रहेका दानपेटिकाको रकम त्रैमासिक रुपमा गणना गर्ने गरिन्छ। गणनामा विकास कोषका कर्मचारी, प्रहरी,…
जनकपुरधाम : अपहरणमा परेको १५ दिनपछि प्रहरीले एक बच्चालाई अपहरणमुक्त गराउन सफल भएको छ। गत असार ६ गते जनकपुरधामबाट अपहरणमा परेका ३ वर्षीय बालक सोहन चौधरीलाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो। भारतको सीतामढी बर्गिनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा अपहरणमा परेको सूचना पाएलगत्तै प्रहरीले खोजतलास गर्दै जाँदा महोत्तरीको पिपरा गाउँपालिकाको वडा नम्बर-४ बाट फेला पारेको जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। ‘विधेयक फिर्ता लिने निर्णय भएको हो,’ उनले भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो। सरकारमा…
जनकपुरधाम : स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकम सहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ। मंगलवार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका-१ ईनर्वा चेक प्वाईन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३…
काठमाडौं : प्रहरीले नेपाली नक्कली नोट सहित दुई युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सर्लाहीको बसबरीया गाउँपालिका बस्ने २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गङ्गा कुमार यादवलाई नियन्त्रणमा लिएको हो। काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ चेकपोइन्टमा चेक गर्ने क्रममा सर्लाहीबाट आउँदै गरेको ना ३४ प ५५७० नम्बर मोटरसाइकलमा आएका उनीहरूको साथमा नक्कली नोट भेटिएको हो। प्रहरीले उनीहरूको साथबाट एक…
हेटौँडा : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलवार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। वाग्मती प्रदेशसभाको…
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्ध हटेसँगै पाकिस्तान फुटबल फेडेरेसनले साफ च्याम्पियनसिपमा सहभागिता जनाउन छलफल अघि बढाएको छ। फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्ध १५ महिनापछि यही हप्ता मात्रै हटेको थियो। प्रतिबन्ध हटेसँगै पाकिस्तानले नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ। पाकिस्तान फुटबल संघले महिला साफमा सहभागिताका लागि साफका महासचिवसँग…
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २० जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १ रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको…
काठमाडौं : मोरङमा जन्तीमाथि आक्रमण भएको छ। आज बिहान मोरङ जहदा गाउँपालिका वडा नम्बर २ मझारेस्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाबाट जन्ती गएको थियो। मोरङको जहदा गाउँपालिकामा जन्ती पुगेपछि केही समूहले आक्रमण गरेको थियो। आक्रमणबाट तीन जना जन्ती घाइते समेत भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै एउटा मोटरसाइकल जलाएका थिए। प्रहरीले आक्रमण गर्ने…
जनकपुरधाम : मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज प्रतिवेदक बुझाएको छ। जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिएपछि सरकारको मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा समिति गठन गरेको थियो।…
काठमाडौं : लागुऔषध प्रकरणमा धरौटीमा रिहा भएसँगै र्यापर लाहुरे (आशिष राना) को नयाँ गीत सार्वजनिक भएको छ। लाहुरेकै शब्द र स्वर रहेको सार्वजनिक ‘बिरामी’ बोलको गीतमा उनकै वास्तविक जीवन चित्रण गरिएको छ। गीतमा रोहित शाक्यले संगीत भरेका छन्। शाक्यकै निर्देशन रहेको भिडियोमा लाहुरेका साथै उत्तम राई, सुभम बोहोरा र सुजित सञ्जित लगायतका कलाकारहरूको अभिनय रहेको छ। मन्जित लामा र रेवत श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई…
काठमाडौं : सिन्धुपाल्चोकस्थित सुकुटे बिचमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले अनुसन्धानको क्रममा काठमाडौंको कलङ्कीबाट तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शुक्रवार महिला भक्तपुरबाट सुकुटे बिच रमाइलो गर्न भन्दै पुगेकी थिइन्। त्यही सुकुटे बिचमा पुगेका तीन जना युवकले करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। 'हामी कहाँ उजुरी…
बुटवल : चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ लागेर विष्ट घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने…
काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आज बिहान करिब ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ स्थित सिमानामा दुर्घटना भएको हो। रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरबाट…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्। मंगलवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो भनाइ राखेका हुन्। उनले सो विधेयकमा सरकारले…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको सिरिजको तयारीमा रहेको नेपाली टोली यतिबेला क्यानडामा छ। त्यहाँको स्थानीय क्लबसँग दुईवटा अभ्यास खेल खेलेको नेपालले आज क्यानडासँग एकदिवसीय अभ्यास खेल खेल्दैछ। आज राति पौने ९ बजे क्यानडाको मेपल लिफ क्रिकेट मैदानमा खेल सुरु हुनेछ। नेपालले क्यानडासँग अर्को एकदिवसीय अभ्यास खेलेर स्कटल्याण्ड जानेछ। आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९ औं स्थानमा…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीलाई पूर्णता र कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्। मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकपछि अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। 'अध्यक्ष कमरेडले भोली नाम प्रस्ताव गर्ने तय भएको छ। बैठकको अध्यक्षता उहाँले नै गर्ने भएकाले नाम प्रस्ताव…
काठमाडौं : विवेकशील साझा युवा सङ्गठनले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही अघि बढाउन माग गरेको छ। सङ्गठनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा पेश हुने अघिल्लो राति अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनधिकृत व्यक्तिहरुले आर्थिक विधेयकमा करको दायरा थपघट गरेको विषय गम्भीर राष्ट्रद्रोह भएको सङ्गठनको ठम्याई छ। सङ्गठनले…