काठमाडौं : सारा सिर्पाइलीको मुख्य भूमिका रहेको फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी पुस २९ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। यस फिल्मको वितरण अधिकार वितरक कम्पनी एफडी र जीजीए समूहले खरिद गरेका छन्। फिल्मलाई दुई दशकदेखि द्वन्द्व निर्देशनमा सक्रिय अष्ट महर्जनले निर्देशन गरेका हुन्। उनको यो पहिलो निर्देशकीय डेब्यू हो। प्रेम कथामाथि बनेको फिल्ममा सारा…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शर्त दोहोर्याएको छ। शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले राजीनामा माग गरेको थियो। बुधवारको बैठकमा शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेपछि एमालेले उनलाई बहिष्कार गर्ने बताएको थियो। त्यस लगत्तै प्रतिनिधिसभाको बुधवारको बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटाले छलफल थालेका थिए। एमालेले राजीनामा दिनुपर्ने…
काठमाडौं : विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई नियन्त्रणमा लिएको हो। उनले ९ जना विभिन्न मानिसलाई न्युजिल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको महाशाखाका एसपी दिनेश आचार्यले जानकारी दिए। न्युजिल्यान्डमा मासिक १ लाख ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै ९…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। प्रज्ञा प्रतिष्ठानमा बुधवार १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक रमेश मल्लले बैठक स्थगित भएको जानकारी दिए। माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित भएको हो। माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बनेपछि मंगलवार बैठक रोकेर प्रचण्डले खुमलटारमै छलफल…
काठमाडौं : दिउँसो २ बजेसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक १ बजेसम्म पनि बस्न नसकेपछि बैठक स्थगित भएको हो। संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको जानकारी दिएको छ। अर्थमन्त्री जनार्दन शर्मा प्रकरणको कारण संसद् बस्न ढिला भएको हो। आज बजेट निर्माणको क्रममा उठेका विवादबारे अर्थमन्त्री शर्माले जवाफ…
काठमाडौं : काठमाडौंको मखन टोलमा एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केशरत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ। शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को दोस्रो संस्करणको लागि आवेदन खुला भएको छ। फेलिज इन्टरनेशनल आयोजक रहेको यस प्रतियोगिताको निर्णायक सार्वजनिकसँगै आवेदन खुला गरिएको हो। ‘मिस्टर एण्ड मिस टिन’मा १६ वर्षदेखि २१ वर्षसम्मका युवा युवतीहरू सहभागी हुन पाउने छन्। अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट गर्ने बताइएको छ। यस प्रतियोगिताको अडिसन १६ जुलाईमा द ब्रिटिस कलेज, थापाथलीमा हुनेछ।…
काठमाडौंः आइतवार सार्वजनिक विदा हुने भएको छ। गृहमन्त्रालयले इदको अवसरमा बिदा दिन लागिएको हो। मन्त्रालयले विदा दिनेबारेमा निर्णय गरिसके पनि सार्वजनिक भने गरेको छैन। 'विदा दिने निर्णय भइसकेको छ। केही समयमा नै विदा सार्वजनि गर्ने छौं,' गृहमन्त्रालयका एक कर्मचारीले भने। मुस्लिम आयोगले गृहमन्त्रालयलाई विदाको लागि सिफारिस गरेको थियो।
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति बनाउने बारेमा छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास खुमलटारमा मंगलवार राति समिति बनाउनेबारेमा छलफल भएको हो। अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत मान्छेलाई संलग्न गराएर करका दर हेरफेर गराएको आरोप छ। पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सिसिटिभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उक्त विषयलाई…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माका एकपछि अर्को काण्ड सार्वजनिक भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।अर्थमन्त्रीका हरेक क्रियाकलापमा 'सही छाप' गरेका मरासिनी अर्थमन्त्री शर्मालाई हटाउन दबाब परिरहेका बेला घर बिदामा बसेका हुन्। यसबारेमा बुझ्न खोज्दा मरासिनी सम्पर्क आएनन् भने मन्त्रालयका अधिकारीहरुले भने बिदामा बसेको पुष्टि गरेका छन्। अर्थसचिवको सचिवालयले आज एक दिन स्वास्थको कारण देखाएर मरासिनीले बिदा लिएको जानकारी दिएको छ।…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ। सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ।…
काठमाडौं : बेँसीशहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्य हुने भएका छ। आज बिहान ८ बजेदेखि सुरु भएको सडक निर्माण कार्यका कारण एक हप्तासम्म सो सडकखण्ड बन्द हुने भएको हो। सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीशहर-चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले…
काठमाडौं: कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो। सभामुख राजबहादुर शाहीले बैठक संचालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबिच पटक-पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन। ‘प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री…
काठमाडौं : जुन १९ मा नेपालको सगरमाथा क्षेत्र पुग्ने लक्ष्य लिएर एक टोली काठमाडौंबाट निस्कियो। मनसुन लागिरहेकोले लुक्लासम्म विमान जाने सम्भावना रहेन। खरिखोलासम्म गाडीमा र त्यहाँबाट टोलीको पदयात्रा सुरु भयो। टोलीको नेतृत्व गरेका थिए डा शिव देवकोटाले। सँगै थिए अमेरिका, मेक्सिकोबाट आएका पर्यटकहरु। सगरमाथा जाने यो ‘अफ सिजन’ हो। यसपटक उनीहरु हिमाल हेर्ने रहरले मात्रै सगरमाथा क्षेत्र जाँदै थिएनन्। खुम्बु क्षेत्रमा पाइने…
काठमाडौं : अमेरिकी डलरको भाउ करिब एक रूपैयाँले बढेर १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यससँगै डलरको भाउ सर्वाधिक उचाइमा पुगेको छ। डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा…
अस्ट्रेलियाको न्यू साउथ बेल्समा गएको बाढीका कारण घरहरु डुबानमा परेको सिड्नी हेरल्ड मर्निङले जनाएको छ। ८५ हजार भन्दा बढीलाई स्थानान्तरण गर्ने निर्देशन र सूचना जारी भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिजले बाढी पीडितहरुलाई सरकारको तर्फबाट सहयोगको घोषणा गरेका छन्। उनले तत्कालका लागि पीडितहरुलाई १००० अमेरिकी डलर राहत दिने बताएका छन्। बालबालिकालाई भने ४०० अमेरिकी डलर दिइनेछ। राहत रकम बिहीवारबाट प्रदान गरिनेछ।…
मुलुक आर्थिक संकटको बाटोतिर तीब्र रफ्तारमा गइरहँदा त्यसका चालक अर्थात् अर्थमन्त्री जनार्दन शर्माका गतिविधि लोकतन्त्रका लागि एउटा लज्जाको विषय बनेको छ। पछिल्लो समय अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ प्रकरणका कारण राजनीतिको केन्द्रमा रहेका छन् शर्मा। प्रधानमन्त्री शेरबहादुर देउवाको राज्य संयन्त्रलाई चिनाउने एउटा बलियो बिम्व पनि हुन् उनी। अर्थ मन्त्रालयबाट भिडियो त मेटाइएको छ तर मेटाइएको भिडियोले मुलुकको गजबको दृश्य सार्वजनिक…
काठमाडौं: नेपाली क्रिकेट टोली र क्यानडाबिच गएराति हुने भनिएको एकदिवसीय अभ्यास खेल वर्षाका कारण रद्द भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियाको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपाली टोली र क्यानडाको टोलीबिच तय पहिलो खेलमै वर्षा बाधक बनेको हो। नेपालले अब एक अभ्यास खेल क्यानडासँग खेलेर स्कटल्याण्ड जानेछ। क्रिकेट विश्वकप लिग २ मा वरीयता सुधार्न नेपालको लागि स्कटल्याण्ड सिरिज…
बेलायतका अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका छन्। बोरिस जोनसन नेतृत्वको सरकारले गरिरहेको कामप्रति असन्तुष्टी जनाउँदै उनीहरुले राजीनामा दिएका हुन्। राजीनामा दिँदै सुनकले भनेका छन्, ‘सरकार आफ्नो क्षमता र गम्भीरताका साथ चलोस् भन्ने मानिसहरुको उम्मिद ठिक हो। हामीहरु यसकै लागि लड्नुपर्छ। त्यसैले मैले राजीनामा दिएँ।’ उनले बेलायतले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको समेत बताएका…
काठमाडौं : वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका-७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी…