PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • राष्ट्रियसभामा पेस भयो दुईवटा विधेयक

    राष्ट्रियसभामा पेस भयो दुईवटा विधेयक

    काठमाडौं : राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक-२०७९ पेस गरेका हुन्। यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए। यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

    हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विकृतिबारे बोल्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दावी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएका हुन्। संविधान बनाउने बेलामा आफूहरुले धेरै पर गएर सम्झौता गर्नुपर्ने बाध्यता आइलागेको स्मरण गर्दै उनले सम्झौता गरेर बनाएको संविधान भएकाले त्यसमा अप्ठेरो मान्नु नपर्ने भनाइ राखे। उनले भने, ‘राजनीतिमा केही विकृति छन्।…

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ। सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ। नेपालको कानुन विपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै…

    विस्तृतमा पढ्नुस्

  • सुन चार महिनायताकै सस्तो, दुई दिनमै तोलामा ३ हजार रुपैयाँ  घट्यो

    सुन चार महिनायताकै सस्तो, दुई दिनमै तोलामा ३ हजार रुपैयाँ  घट्यो

    काठमाडौंः सुन चार महिनायताकै सस्तो भएको छ। दुई दिनमा तीन हजारभन्दा बढीले घटेर सुनले चार महिनापछि तोलाको ९५ हजार रुपैयाँभन्दा तल ओर्लिएको हो। बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर बिहीबार सुन प्रतितोला ९४ हजार  ६ सय रुपैयाँ निर्धारण भएको  नेपाल सुनचाँदी व्यवासायी महासंघले  जनाएको छ । बुधबार सुन तोलाम १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा…

    विस्तृतमा पढ्नुस्

  • बारामा पेस्तोलसहित दुईजना पक्राउ

    बारामा पेस्तोलसहित दुईजना पक्राउ

    वीरगंज : बारा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन्। बुधवार बेलुका साढे ६ बजे सिम्रौनगढ-१ स्थित एक पोखरी नजिकबाट उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए। पोखरीको डिलमा उनीहरुले सर्वसधारणलाई पेस्तोल देखाई धम्की दिइरहेको सूचना आएपछि इलाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ‘परस्त्री’ को प्रदर्शन मिति सर्‍यो, 'के घर के डेरा’ तिहारमा रिलिज हुने

    ‘परस्त्री’ को प्रदर्शन मिति सर्‍यो, 'के घर के डेरा’ तिहारमा रिलिज हुने

    काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ। गत हप्ता छायांकन सकिएको यो फिल्म कात्तिक ६ गते रिलिज हुने पक्का भएको हो। निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘परस्त्री’ को प्रदर्शन मितिलाई लाई सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागेका हुन्। घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तय गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रज्ञा प्रतिष्ठानमा, पदाधिकारी छान्न गृहकार्य

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रज्ञा प्रतिष्ठानमा, पदाधिकारी छान्न गृहकार्य

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले जानकारी दिए। आइतवार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमवार सहभागीहरुले धारणा राखेका राखेका थिए। मंगलवार र बुधवार बैठक बस्न सकेन।  मा‌ओवादीले पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो पूर्णता दिने तयारी गरेको छ। केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदीमा बसाइँ सरेर जानेको संख्या तेब्बर बढी

    भीमफेदीमा बसाइँ सरेर जानेको संख्या तेब्बर बढी

    काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी छ। आर्थिक वर्ष २०७८-७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ। यसरी पालिकाबाट चालु आर्थिक वर्षमा २९ परिवारका १४४  भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन्। गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको संख्या अत्याधिक रहेको गाउँपालिकाका सूचना अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा कुन दिन कतिजनामा देखियो हैजा, कोरोनाको सक्रिय संक्रमित कति?

    काठमाडौं उपत्यकामा कुन दिन कतिजनामा देखियो हैजा, कोरोनाको सक्रिय संक्रमित कति?

    काठमाडौं : काठमाडौं उपत्यकामा हैजा फैलिने त्रास बढ्दै जाँदा कोरोना भाइरस संक्रमितको संख्यामा पनि वृद्धि भएको छ। असार २१ गतेसम्म उपत्यकामा २१ जनामा हैजा पुष्टि भइसकेको छ। यी मध्ये अस्पतालमा पाँचजनाको उपचार भइरहेको छ। असार २ गते पहिलोपटक बागबजारको एकै परिवारका दुईजनामा हैजा देखिएको थियो। असार ३ गते १ जना, असार ५ गते २ जना,  असार ६ र ७ गते थप…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनापछि घट्यो कच्चा तेलको मूल्य, अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १०० डलरभन्दा कम

    दुई महिनापछि घट्यो कच्चा तेलको मूल्य, अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १०० डलरभन्दा कम

    काठमाडौं : दुई महिनापछि पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। यसअघि अप्रिलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो। मे महिनापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। तर ब्रेन्ट कच्चा तेल भने अप्रिल २५ देखि १०० डलरभन्दा कम भएको छैन। वेस्ट टेक्सास…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका राष्ट्रपतिले रसियाका राष्ट्रपति पुटिनलाई भने : इन्धन आयातमा सहयोग गर्नुस्

    आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका राष्ट्रपतिले रसियाका राष्ट्रपति पुटिनलाई भने : इन्धन आयातमा सहयोग गर्नुस्

    श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षे रसियाका राष्ट्रपति भ्लादमिर पुटिनलाई इन्धन आयातमा सहयोग गर्न आग्रह गरेका छन्। सन् १९४८ मा बेलायतमा स्वतन्त्र भएयताकै खराब आर्थिक स्थितिसँग जुधिरहेको श्रीलंकाले रसियासँग सहयोग मागेको हो। राजपाक्षले पुटिनसँगको कुराकानी निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्। केहीदिन अघि श्रीलंकाका उर्जा मन्त्रीले पेट्रोल संचय निकै कम भएको बताएका थिए। बुधवार सयौं मानिसले कोलोम्बोमा सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    काठमाडौं : नेपालले राष्ट्रसंघीय फोरममा कोरोना भाइरस महामारीका कारण विश्वभर देखा परेको संकटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ। अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसंघीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा…

    विस्तृतमा पढ्नुस्

  • कर्नाटकमा दुई समुदायबिच झडप, बजारमा आगजनी

    कर्नाटकमा दुई समुदायबिच झडप, बजारमा आगजनी

    भारतको कर्नाटकस्थित केरुरमा दुई समुदायबिच झडप हुँदा तीनजना घाइते भएका छन्। बुधवार साँझ दुई समूहबिच हिंसात्मक झडप भएको थियो। झडपपछि आक्रोशित युवाहरुले शहरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि प्रशासनले त्यहाँ ‘सेक्सन १४४’ लागू गरेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। उनीहरुसँग सोधपुछ भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले आज घोषणा गर्लान् आफ्नो उत्तराधिकारी ?

    प्रचण्डले आज घोषणा गर्लान् आफ्नो उत्तराधिकारी ?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्नेछ। बुधवार १ बजे बस्ने तय भएको बैठक स्थगित भएको थियो। माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित गरिएको जनाइएको थियो। आइतवारबाट बैठक सुरु भएकोमा सोमवार सहभागीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रश्न गरेका थिए। माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बनेपछि मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते

    चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते

    काठमाडौं : चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।   कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  घाइतेमध्ये ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु

    बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु

    काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय सरकार चुन्न मतदान भइरहेको छ। कडा सुरक्षा व्यवस्थाबिच बिहान ७ बजेबाट मतदान सुरु भएको हो। गत बैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरिएको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो। दुवै पार्टीले एकअर्कालाई बुथ कब्जा गरि मतदानमा धाँधली गरेको आरोप लगाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • त्यो 'सेक्स स्क्याण्डल' जसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि बढ्दैछ राजीनामा दिनुपर्ने दबाब

    त्यो 'सेक्स स्क्याण्डल' जसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि बढ्दैछ राजीनामा दिनुपर्ने दबाब

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ। बोरिसका नजिकका सांसद संलग्न भएको भनिएको ‘सेक्स स्क्याण्डल’लाई लिएर उनको सरकारमा रहेका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि बोरिसमाथि राजीनामा दिनुपर्ने दबाब बढेको हो। तर, उनले भने राजीनामा नदिने बताएका छन्। मंगलवार बेलायतका अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका थिए। त्यसपछि अन्य केही मन्त्रीहरुले पनि राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • पाँच पोखरीमा बाढीका कारण जोखिममा रहेका बस्ती स्थानान्तरणको काम सुरु

    पाँच पोखरीमा बाढीका कारण जोखिममा रहेका बस्ती स्थानान्तरणको काम सुरु

    काठमाडौं : असार १ तथा त्यसपछि आएको बाढीका कारण क्षति पुगेका बस्ती स्थानान्तरणको काम सुरु भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकामा याङ्ग्री लार्के खोलामा आएको बाढीबाट प्रभावित भएकाको स्थानान्तरणको प्रक्रिया सुरु भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेषगरी याङ्ग्री, सुनचौर, माइखर्क, भाङ्च्युङ र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढीपीडितलाई यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोली क्यानडासँग पराजित

    नेपाली क्रिकेट टोली क्यानडासँग पराजित

    काठमाडौं: नेपाली क्रिकेट टोली क्यानडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। क्यानडास्थित मेफल लिफ क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर फिल्डिङमा उत्रिएको नेपाली टोलीले ८३ रनको लज्जास्पद हार ब्यहोरेसँगै क्यानडाले सिरिज जितेको हो। सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाउँदा अरोन जोनशनले ४४, अमर…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि आयोगले माग्यो सरकारसँग १० अर्ब बजेट

    चुनावका लागि आयोगले माग्यो सरकारसँग १० अर्ब बजेट

    काठमाडौं: निर्वाचन आयोगले सरकारसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि १० अर्ब रुपैयाँ माग गरेको छ। २०७४ सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको भन्दै आयोगले यसपटक हाल बजार मूल्य बढेको भन्दै रकम बढाएर बजेट माग गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको निर्वाचन आयोगको आयुक्तको टोलीले मतदानस्थल र मतदान केन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell