PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • बजेट छानबिनमा संसदीय समितिः भरतमोहन र पौडेलको बजेट पनि थिए कठघरामा, विगतमा थामथुम मात्र हुँदा यो पटक के होला?

    बजेट छानबिनमा संसदीय समितिः भरतमोहन र पौडेलको बजेट पनि थिए कठघरामा, विगतमा थामथुम मात्र हुँदा यो पटक के होला?

    काठमाडौँः लामो रस्साकस्सीपछि अन्ततः प्रतिनिधि सभामा बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवादमा छानबिन हुने समझदारी बनेको छ। सहमति अनुसार ११ सदस्यीय समिति गठन भएको छ । जेठ ३० गतेदेखि सुरु भएको विवाद २४ दिनपछि छानबिन समिति गठनसँगै साम्य भएको हो। समितिले अब बैठक सञ्चालनका लागि सभापति र कार्यविधि तय गर्ने छ। समितिलाई कार्यविधि तय गर्ने र संयोजक चयन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाको 'हिति प्रणाली' बारे पुस्तक लोकार्पण

    काठमाडौं उपत्यकाको 'हिति प्रणाली' बारे पुस्तक लोकार्पण

    काठमाडौं : काठमाडौं उपत्यकाको हिति (ढुङ्गेधारा) प्रणालीबारे लेखिएको पुस्तक लोकार्पण भएको छ। बुधबार पाटनमा पद्मसुन्दर जोशीद्वारा लेखित् पुस्तक ' हिति प्रणाली - इतिहास, वर्तमान , भविष्य' लोकार्पण गरिएको हो। कार्यक्रममा जोशीले हितिको विकास, निर्माण प्रक्रिया, संचालन प्रणाली, उपयोगिता, विनाशको कारण र संरक्षणको आवश्यकताका बारेमा प्रस्तुती दिएका थिए। उपत्यकामा जल संचय गरेर पानी पुर्याउने हो भने हिति प्रणालीलाई संरक्षण गर्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता

    दार्चुलामा तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता

    काठमाडौँः दार्चुलाको ब्यास गाउँपालिका २ मा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। भारतबाबाट नेपाल आउँदै गर्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्। बुढाथोकी दिउँसो साढे तीन बजे भारीसहित दुम्लिङ नजिक भारतबाट नेपाल आउँदै गर्दा तुइन चुढिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाण बेपत्ता बुढाथोकीको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। खाणले दार्चुलाका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभामा एकैदिन तीन पटक ‘सांसदको खोजी’, कोरम नपुग्दा पारित भएन विधेयक

    प्रतिनिधि सभामा एकैदिन तीन पटक ‘सांसदको खोजी’, कोरम नपुग्दा पारित भएन विधेयक

    काठमाडौँः प्रतिनिधि सभामा एकैदिन तीन पटक गणपुरक संख्या यकिन गर्नुपरेको छ। बुधबार साँझसम्म चलेको बैठकमा चलेको बैठकमा कोरम नपुगेपछि विधेयक पारितको प्रक्रिया नै रोकिएको छ।  तीन पटक गणपुरक यकिन माग भएकोमा दुई पटक संख्या पुगेन। एकपटक भने संख्या पुगेको थियो।  पहिलो पटक नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले औषधि तेस्रो संशोधन विधेयकमा विचार गरियोस् प्रस्तावका क्रममा संख्या यकिनको माग गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी आयोजनाको लागि विश्व बैंकबाट ५९.६ मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    खानेपानी आयोजनाको लागि विश्व बैंकबाट ५९.६ मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं : सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ। अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार श्रेष्ठलाई हटाएर संगीतकार बास्कोटालाई ल्याउने निर्णय गरेको हो। बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धि…

    विस्तृतमा पढ्नुस्

  • जग्गा भाडा प्रकरणबारे निवर्तमान प्रमुख जिसीको स्पष्टोक्ति : कानुन र विधि अनुसार नै भाडामा लगाइएको हो

    जग्गा भाडा प्रकरणबारे निवर्तमान प्रमुख जिसीको स्पष्टोक्ति : कानुन र विधि अनुसार नै भाडामा लगाइएको हो

    पोखरा : पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। जिसीले बुधवार एक विज्ञप्ति निकाल्दै पोखरा उपत्यका नगर विकास समितिको स्वामित्व आज मात्र पाएको राष्ट्र बैंक चोकस्थित पर्यटकीय बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिले पायो

    पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिले पायो

    पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। बसपार्क बनेको एक वर्षपछि पर्यटन विभागले आज एक कार्यक्रमका बिच उपत्यका नगर विकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो। बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरावासीलाई बधाई दिए। उनले पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा उत्साह थप्ने अपेक्षा…

    विस्तृतमा पढ्नुस्

  • सेवाग्राहीबाट घुस लिँदै गर्दा वीरगंजमा एक सबइन्जिनियर रंगेहात पक्राउ

    सेवाग्राहीबाट घुस लिँदै गर्दा वीरगंजमा एक सबइन्जिनियर रंगेहात पक्राउ

    वीरगंज : सेवाग्राहीसँग घुस लिँदै गर्दा वीरगंजस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनियर पक्राउ परेका छन्। सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन्। सबडिभिजन वन कार्यालय वसन्तपुर र सबडिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नम्बरको कारबाट ९० किलो गाँजा बरामद, दुई जना पक्राउ

    भारतीय नम्बरको कारबाट ९० किलो गाँजा बरामद, दुई जना पक्राउ

    वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले वीरगंज-२८ बगहीबाट ९० किलो गाँजा बरामद गरेको छ। बगहीको बाटो हुँदै लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने पूर्व सूचनाका अधारमा प्रहरीले बगही जाने सडक खण्डबाट यूपि ७० बिके ९९५५ नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा ९० किलो…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘पोन्नियिन सेलवान’को पोस्टरमा यस्तो छ ऐश्वर्याको लुक

    फिल्म ‘पोन्नियिन सेलवान’को पोस्टरमा यस्तो छ ऐश्वर्याको लुक

    फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई देख्न सकिन्छ। फिल्मको निर्माण कम्पनी लायका प्रोडक्सन र मद्रास टाकिजले ऐश्वर्याको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेको छ। पोस्टरमा सारी र गहनामा सजिएकी ऐश्वर्याको दमदार लुक देख्न सकिन्छ। फिल्ममा उनको पात्रको नाम नन्दिनी हो जहाँ उनी पाजुवुरकी रानीको भूमिकामा छिन्। Vengeance has a beautiful face! Meet…

    विस्तृतमा पढ्नुस्

  • मंसिर २ वा ४ गते चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव, देउवाले के दिए जवाफ?

    मंसिर २ वा ४ गते चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव, देउवाले के दिए जवाफ?

    काठमाडौं : निर्वाचन आयोगले मंसिर २ वा ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। निर्वाचन आयोगको आयुक्तहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तय गर्न प्रस्ताव गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। ‘मंसिर २ वा ४ गते चुनाव गर्न ठिक हुन्छ भनेर भनेका छौँ,’ उनले भने। यस्तै, आयोगले एकै चरणमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा अर्थमन्त्रीको प्रश्न : कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु?

    प्रतिनिधिसभामा अर्थमन्त्रीको प्रश्न : कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु?

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सीसीटीभी फुजेट डिलिट भएको विषयमा खण्डन गरेका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले आफूलाई सीसीटीभी फुटेजको क्षमताबारे कुनै पनि जानकारी नभएको बताएका हुन्। अर्थमन्त्री शर्माले भने, 'कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु? कति वर्ष पहिले राखेको सीसीटीभीबारे मलाई कसरी थाहा हुन्छ?' पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री जनार्दन शर्माले गरे पदबाट राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले गरे पदबाट राजीनामा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले आफूले छानबिनका लागि सहयोग गर्न पदबाट राजीनामा दिएको बताएका छन्। ‘म हजारौँ छानबिनका लागि तयार छु। एउटा मात्रै होइन, गरियोस्। हिजो छानबिन समिति नबनेका होइनन्। आज आम नागरिकले प्रश्न उठाएका कारण। भ्रम सिर्जना गराएका कारण। सत्य तथ्यले नै स्पष्ट गर्नेछ भन्ने कुरा यहाँ राख्छु,’ उनले भने। पछिल्लो समय बजेट निर्माणको दिन जेठ…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई अर्थमन्त्री शर्माले सोधे : मैले संसद्मा बोल्न नपाउने गरी के कारणले नैतिकता गुमाएँ?

    एमालेलाई अर्थमन्त्री शर्माले सोधे : मैले संसद्मा बोल्न नपाउने गरी के कारणले नैतिकता गुमाएँ?

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आफूले नैतिकता नगुमाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई जवाफ फर्काएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा अर्थमन्त्री शर्माले मन्त्रीमा बस्ने र संसद्मा बोल्ने नैतिकता गुमाएको भन्दै उनलाई बहिष्कार गरेपछि शर्माले जवाफ फर्काएका हुन्। ‘मैले संसद्मा आउएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ। न मैले कोरोनामा बदमासी गरेँ। न मैले व्यापारीलाई सामान भित्र्याउन अनुमति दिएँ। न मैले चकलेटको…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्मालाई बोल्ने समय दिएपछि एमालेले गर्‍यो संसद् बहिष्कार, ‘अर्थमन्त्रीले संसद्मा बयान दिने होइन, समितिले बयान लिन्छ’

    अर्थमन्त्री शर्मालाई बोल्ने समय दिएपछि एमालेले गर्‍यो संसद् बहिष्कार, ‘अर्थमन्त्रीले संसद्मा बयान दिने होइन, समितिले बयान लिन्छ’

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि प्रतिनिधिसभाको बैठकमा समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ। आपत्ति जनाएर एमालेले शर्मालाई बहिष्कार गरेको छ। एमालेका सांसद योगेश भट्टराईले शर्मालाई संसद्मा मन्त्रीको हैसियतले बोल्ने नैतिक अधिकार नभएको बताए। ‘मन्त्रीबाट राजीनामा दिएर बोल्नुस् हामी सुन्न तयार छौँ। उहाँलाई मन्त्रीको हैसयितमा बोल्ने नैतिक अधिकार छैन्,’ उनले भने। अर्थमन्त्रीका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • ६ जना एसएसपीको काज सरुवा : काठमाडौं परिसरमा बोहरा, उपत्यका अपराध अनुसन्धान कार्यालयमा भट्टराई

    ६ जना एसएसपीको काज सरुवा : काठमाडौं परिसरमा बोहरा, उपत्यका अपराध अनुसन्धान कार्यालयमा भट्टराई

    काठमाडौं : नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। सरुवा अनुसार जिल्ला प्रहरी परिसर,काठमाडौंको जिम्मेवारी एसएसपी भरतकुमार बोहराले पाएका छन्। परिसरमा कार्यरत एसएसपी सुदीप गिरी डीआइजीमा बढुवा भएपछि पद रिक्त रहँदै आएको थियो। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनकराज भट्टराईको काज सरुवा भएको छ। एसएसपी विकासराज खनाल लागुऔषध नियन्त्रण ब्युरोमा पुगेका छन्। नेपाल प्रहरीको प्रवक्ता रहेका एसएसपी…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन, १० दिनभित्र रिपोर्ट दिन निर्देशन

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन, १० दिनभित्र रिपोर्ट दिन निर्देशन

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिन भित्र समितिलाई छानबिनको रिपोर्ट दिन निर्देशन दिइएको छ। प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले समिति गठन भएको जानकारी गराए। संसदीय छानबिन विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला विक, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला कुमारी यादव, सुरेन्द्र यादव र सिताराम महतो सदस्यका…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीमाथि उठेको प्रश्न सत्य भए राजीनामा स्वभाविक हो : झलनाथ खनाल

    अर्थमन्त्रीमाथि उठेको प्रश्न सत्य भए राजीनामा स्वभाविक हो : झलनाथ खनाल

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले यस्तो बताएका हुन्। उनले अर्थमन्त्रीमाथि उठेको सवालहरुको हेलचेक्र्याँइ गर्नु नहुने बताए। उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरुलाई समावेश गराएको हो भने…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति, एमालेको अडान : राजीनामा दिएर सहयोग गर्नुस्

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति, एमालेको अडान : राजीनामा दिएर सहयोग गर्नुस्

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपबारे छानबिनका लागि ११ सदस्यीय छानबिन समिति बन्ने तय भएको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच ११ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। एमालेले अहिले आफ्नो तर्फबाट समितिमा रहने सांसदहरुको नाम टुंगो लगाइरहेको छ। एमालेबाट ४, कांग्रेस र नेकपा (माओ‌वादी केन्द्र)बाट २/२ तथा जनता…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक

    फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक

    काठमाडौं : फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसरमा आगामी कात्तिक ४ गते रिलिज हुने यस फिल्मको सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुनेछ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजको नेतृत्व गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो। फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell