काठमाडौं : अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का महासचिव किरण राईलगायतका टोलीले साउथ एसियन फुटबल फेडेरेसन(साफ)का महासचिव अनवरुल हक्व हेलललाई भेटेका छन्। राईको नेतृत्वमा बिहीवार बंगलादेश गएको नेपाली प्रतिनिधिमण्डलले आज ढाकास्थित साफ मुख्यालयमा हेलललाई भेट्दै नेपालमा साफ महिला च्याम्पियनसिप गराउन प्रस्ताव गरेको हो। नेपाली प्रतिनिधिमण्डलमा महासचिव राईसहित एन्फा कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका…
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पाठ्य पुस्तकको चरम अभाव गराएको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनायो। झाको कार्यकक्षमै अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेको बताइएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा भ्रष्टाचार गरेको, कागज खरिदमा अनियमितता गरेको, विभिन्न शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री…
काठमाडौं : पछिल्ला केही दिनमा देशभर कोरोना सङ्क्रमित थपिने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर ५० जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २ सय ९७ रहेका छन्। पछिल्लो २४…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए। पूर्व सञ्चारकर्मी रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। लामिछानेले दल दर्ताका लागि दिएको निवेदनलाई काउन्टर दिँदै स्वतन्त्र उम्मेदवारहरुले स्वतन्त्र शब्दको लामिछानेले अपव्याख्या गरेको भन्दै दल…
काठमाडौं : काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १७ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले अनुसन्धानको क्रममा सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ मा…
काठमाडौं : राष्ट्रियसभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ। राष्ट्रियसभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। त्यस्तै, मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको…
काठमाडौं : पोखरा महानगरपालिका-१७ ड्यामसाइटस्थित भर्जु ईन होटेलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। ४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगदसहित ४ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक यीन यिङ्बोसहित ४ जना रहेका छन्। होटेलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबिच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास खुमलटारमा शुक्रवार भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको बताइएको छ। भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाका अनुसार उनीहरूबिच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो। अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ। शुक्रवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको भन्दै एमालेले बहिष्कार गरेको हो। शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्मा सहभागी हुने सदनको कारवाही बहिष्कार गरिरहेको छ। एमालेका सांसद भैरवसुन्दर…
भारतको महाराष्ट्रमा राजनीतिक टकरावकाबीच शिवसेनाका नेता एकनाथ शिंदे नयाँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्। २०१९ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेपछि यो तीन वर्षमा तीन वटा सरकार बनिसकेको छ। पछिल्लोपटक शिवसेनाका बागी शिंदेले आफ्नै पार्टीका प्रमुख उद्धव ठाकरेलाई प्रतिस्थापन गरेका हुन्। आफ्नै पार्टीबाट असहयोग ब्यहोरेका ठाकरेले बुधवार राजिनामा दिएका थिए। सर्वोच्च अदालतले बुहमत परीक्षणका अनुमति दिएपछि बहुमत हात…
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ। निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया,…
काठमाडौं : फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने भएको छ। निर्माण टिमले शुक्रबार प्रदर्शन मिति सार्वजनिक गरेको हो। सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता फेस्टिभलमा छनौट भइसकेको फिल्म हो। फिल्मको कथा सुजितले नै लेखेका हुन्।…
काठमाडौं : डोल्पाको ठूलीभेरी नगरपालिका-९ डाँगीबाडामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। मृतक डाँगी डाँडीबागाका बासिन्दा हुन्।
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे राजधानीको बत्तिसपुतलीमा संस्थापन इतर समूहको बैठक बस्ने भएको हो। बैठक हिजोबाट सुरु भएको हो। बिहीवार करिब २ घण्टा चलेको छलफलमा डा.शेखर पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको थियो। हिजोको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चन्द्र भण्डारीले बैठकमा देशको…
काठमाडौं : मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपदका घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपदका घटनामा १८२ जना पुरुष, १०८ जना महिला र १४३ जना बालबालिकाको ज्यान गएको हो। सो अवधिमा भएका विपद्का घटनामा परेर २१० जना महिला, १३७…
काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली…
काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली…
काठमाडौं : जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको हो। आज बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन्। सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए। कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ। नेपाली सेनाले…
काठमाडौं : सशस्त्र प्रहरी बलमा रिक्त रहेको नायब उपरीक्षक पदमा ५६ जनालाई बुढवा गर्न सिफारिस गरिएको छ। साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायक उपरीक्षक पदमा ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई बुढवा सिफारिस गरिएको हो। बढुवामा सिफारिसमा चित्त नबुझे ७ दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिन प्रधान कार्यालयले सूचनामा उल्लेख गरेको छ। को को भए सिफारिस ?
काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ। आज सूचना जारी गर्दै महानगरले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको हो। पछिल्लो समय महानगरमा माग्नेको संख्या बढ्दै गइरहेको गुनासो आएपछि यस्तो निर्णय लिइएको हो। यद्यपि, कुनै धार्मिक कार्यका लागिर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा…