PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • ‘पुटिनका लागि गोली खान्छु’ भन्दै फर्मुला वानका पूर्व सुप्रिमोले भने : जेलेन्स्की कमेडियन नै रहन चाहन्छन्

    ‘पुटिनका लागि गोली खान्छु’ भन्दै फर्मुला वानका पूर्व सुप्रिमोले भने : जेलेन्स्की कमेडियन नै रहन चाहन्छन्

    फर्मुला वानका पूर्व सुप्रिमो बर्नी एसेल्टनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिन ‘फस्ट क्लास पर्सन’ रहेको बताएका छन्। यस्तै, उनले पुटिनका लागि ‘बुलेट’ खान तयार रहेको समेत बताएका छन्। युक्रेनमाथि रसियाले आक्रमण गरेपछि पुटिनको आलोचना भइरहेको छ। यसैबिच ब्रिटिश टिभी शो गुड मर्निङ ब्रिटेनमा बर्नीलाई ‘के पुटिन अझै उनका साथी हुन्?’ भनेर प्रश्न सोधिएको थियो। जवाफमा उनले भने, ‘म अझै पनि उनको…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बाइक र साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

    दाङमा बाइक र साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

    काठमाडौं : दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको। यस्तै, अन्य दुईजना घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक  मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • तारक मेहताका उल्टा चश्मामा नयाँ नट्टु काकाको इन्ट्री

    तारक मेहताका उल्टा चश्मामा नयाँ नट्टु काकाको इन्ट्री

    भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने ‘तारक मेहताका उल्टा चश्मा’मा नट्टु काकाको भूमिकामा नयाँ कलाकारलाई भित्र्याइएको छ। यसअघि नट्टु काकाको भूमिका निर्वाह गरिरहेका घनश्याम नायकको निधन भएपछि शोमा नयाँ कलाकारलाई प्रवेश गराइएको हो। शुक्रवारको शोमा भेटरन थिएटर कलाकार किरण भट्टलाई नयाँ नट्टु काकाका रुपमा प्रस्तुत गरिएको छ। भट्ट र नायक साथी थिए। उनले नायकले निर्वाह गरेको भूमिकालाई न्याय दिन आफूले…

    विस्तृतमा पढ्नुस्

  • कपिल देवपछि पहिलोपटक भारतीय टेस्ट क्रिकेट टोलीको जिम्मेवारी तेज बलरलाई‍

    कपिल देवपछि पहिलोपटक भारतीय टेस्ट क्रिकेट टोलीको जिम्मेवारी तेज बलरलाई‍

    भारत र इंग्ल्यान्डमा जारी टेस्ट क्रिकेटमा भारतीय टोलीको कप्तानी जसप्रीत बुमराहलाई दिइएको छ। १ जुलाईदेखि जारी टेस्ट क्रिकेटमा रोहित शर्माको सट्टामा बुमराहलाई कप्तानीको जिम्मेवारी दिइएको हो। रोहित शर्मालाई बुधवार कोरोना भाइरस संक्रमण देखिएको थियो। रोहित दोस्रोपटक कोरोनाबाट संक्रमित भएका हुन्। बुमराह भारतीय टोलीका तेज बलर हुन्। करिब ३५ वर्षपछि भारतीय टोलीका तेज बलरलाई टेस्ट क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा करिब २०० वटा शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने, संकेत चिह्न लगाउने काम जारी

    काठमाडौं महानगरमा करिब २०० वटा शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने, संकेत चिह्न लगाउने काम जारी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र संकेत चिह्न लगाउने तयारी गरेको छ।   काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय संचालनका लागि महानगरभित्रका ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ। सर्वसाधारणलाई सहज होस् भनेर महानगरले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए।  प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको पूर्णपाठले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न रोकेको छैन : मन्त्री श्रेष्ठ

    सर्वोच्चको पूर्णपाठले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न रोकेको छैन : मन्त्री श्रेष्ठ

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन्। निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीसँग भर्चुअल छलफलका क्रममा श्रेष्ठले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका हुन्। उनले भने, ‘अदालतको सम्मान गर्दै राष्ट्रको गौरवको आयोजना यो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘यदि तपाईं हाँस्न चाहनुहुन्छ भने, तपाईं सही ठाउँमा हुनुहुन्छ’

    ‘यदि तपाईं हाँस्न चाहनुहुन्छ भने, तपाईं सही ठाउँमा हुनुहुन्छ’

    खाबी, टिकटक प्रयोगकर्ताहरुको लागि यो नाम नौलो होइन। शब्दविहीन छोटो र रमाइलो भिडियो बनाउने उनी टिकटकमा निकै प्रख्यात छन्। उनी हालसालै टिकटकमा सबैभन्दा बढी पछ्याइएका व्यक्ति पनि बनेका छन्। टिकटकमा उनलाई १४ करोड ३६ लाखभन्दा बढी मानिसहरुले फलो गरेका छन्। लामो समय टिकटकमा सबैभन्दा बढी फलोअर हुने सूचीको पहिलो नम्बरमा रहेकी चार्ली डि'मिलियोलाई पछि पार्दै उनी शीर्ष स्थानमा आएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री देउवासँग भारतका नयाँ राजदूतको शिष्टाचार भेट

    राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री देउवासँग भारतका नयाँ राजदूतको शिष्टाचार भेट

    काठमाडौं : नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीवार राष्ट्रपति निवासमा आयोजित एक समारोहमा उनले प्रमाणपत्र बुझाएका हुन्। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई एक महिनाअघि नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो। केहीदिन अघिमात्रै उनी काठमडौं आएका थिए। राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएर श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘प्रसाद २’ निर्माणको घोषणा

    फिल्म ‘प्रसाद २’ निर्माणको घोषणा

    काठमाडौंः फिल्म ‘प्रसाद २’को औपचारिक घोषणा भएको छ। सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। यसअघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए। सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन्। पाण्डेको फिल्म क्षेत्रको पहिलो अनुभव हो। निर्माता सुभाषसँग पाण्डेले निर्माणमा साझेदारी गरेका हुन्। कार्यक्रममा पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा व्यवसायिकता…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

    गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

    पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ। बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर, बैठकमा सभापति दिपक कोइरालाबाहेक सबै अनुपस्थित भए। छलफलमा अर्थमन्त्री रामजी…

    विस्तृतमा पढ्नुस्

  • महाराष्ट्रमा अब शिंदे सरकार, उद्धवसँग बदला लिएर उपमुख्यमन्त्री बनेका देवेन्द्रको मोदीले गरे प्रशंसा

    महाराष्ट्रमा अब शिंदे सरकार, उद्धवसँग बदला लिएर उपमुख्यमन्त्री बनेका देवेन्द्रको मोदीले गरे प्रशंसा

    शिवसेनाका बागी विधायक एकनाथ शिंदे भारतको महाराष्ट्रका नयाँ मुख्यमन्त्री बनेका छन्। राजभवनमा आयोजित एक कार्यक्रममा उनलाई राज्यपाल भगत कोश्वारीले सपथ दिलाएका हुन्। शिंदे आफ्नै दल शिवसेनाका प्रमुख उद्धव ठाकरे नेतृत्वको सरकारलाई असफल बनाएर सत्तामा पुगेका हुन्। सर्वोच्चले विधानसभामा बहुमत परीक्षणका लागि स्वीकृति दिएपछि बुधवार उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। करिब १० दिन शिंदेसहितका बागी विधायक भारतीय जनता पार्टी शासित असाममा…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पूर्पक्षको लागि थुनामा, डिल्लीबजार कारागार चलान

    यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पूर्पक्षको लागि थुनामा, डिल्लीबजार कारागार चलान

    काठमाडौं: बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ। बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंको आदेश अनुसार थुनामा पठाइएको हो। काठमाडौं प्रहरीले अभियुक्तलाई जेठ २१ गते रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। वार्डेनले  होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका…

    विस्तृतमा पढ्नुस्

  • असंलग्न आन्दोलनको सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छः सभामुख सापकोटा

    असंलग्न आन्दोलनको सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छः सभामुख सापकोटा

    काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। अजरबैजानको राजधानी बाकुमा बिहीबारदेखि सुरु भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले असंलग्न आन्दोलनका मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ कोसेढुङ्गा सावित भएको तथा त्यसले आन्दोलनभित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

    मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

    काठमाडौं : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्। बिहीवार किसानहरुले विभिन्न पाँच बुँदे माग राख्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन्। किसानहरूले अदालतको आदेशअनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजनाहरूमा एकरूपता गरी किसानहरूको हकहित सुनिश्चितता हुनुपर्ने, विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • देउवाले पार्टीको नेतृत्व गर्न नसकेको नेता चन्द्र भण्डारीको आरोप

    देउवाले पार्टीको नेतृत्व गर्न नसकेको नेता चन्द्र भण्डारीको आरोप

    काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन्। बिहीवार नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुगेका नेता भण्डारीले देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका हुन्। सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको भण्डारीको टिप्पणी थियो। अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले पारित गर्‍यो स्थानीय तह निर्वाचनको प्रतिवेदन

    कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले पारित गर्‍यो स्थानीय तह निर्वाचनको प्रतिवेदन

    काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिएको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

    राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच राजदूतहरुले शपथ ग्रहण गरेका हुन्। कतारका लागि नेपालका राजदूत डा नरेशविक्रम ढकाल, चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले राष्ट्रपति समक्ष शपथ लिएका हुन्। सो क्रममा परराष्ट्रमन्त्री डा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले सरकारलाई भन्यो : विद्युतीय मतदान यन्त्रको लागि कानुन छ, आवश्यक निर्णय गर्नु

    निर्वाचन आयोगले सरकारलाई भन्यो : विद्युतीय मतदान यन्त्रको लागि कानुन छ, आवश्यक निर्णय गर्नु

    काठमाडौं : निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि गठन भएको समितको प्रतिवेदन सरकारलाई पठाएको छ। विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक कानुन भएको निर्वाचन आयोगको ठहर छ। प्रतिवेदनमा नेपाल भित्र बनेका मेसिनहरु तत्काल व्यवस्था नहुने भए साउन अन्तिमसम्म अरु देशमा निर्मित यन्त्रको प्रबन्ध गर्न पनि सरकारलाई आग्रह गरिएको छ। 'स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • गुपचुप जलाउँदै गरेको १४ वर्षीया किशोरीको शवलाई प्रहरीले लियो नियन्त्रणमा, आमासहित ३ जना पक्राउ

    गुपचुप जलाउँदै गरेको १४ वर्षीया किशोरीको शवलाई प्रहरीले लियो नियन्त्रणमा, आमासहित ३ जना पक्राउ

    वीरगंज : पर्साको बहुदरमाई नगरपालिका-७ विश्रामपुरको छपकैया टोलस्थित शम्सानघाटमा जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ। विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारीको शव गएराति जलाउँदै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। गुपचुप किसिमले शव जलाइरहेको गाउँलेले प्रहरीमा सूचना दिएपछि ती किशोरीको आधा जलेको शरीर नियन्त्रणमा लिई अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

    ‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

    काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप र रेनुका साथै दिया मास्के, प्रकाश घिमिरे,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell