विराटनगर : अर्थमन्त्री डा प्रकाश शरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा गर्ने बताएका छन्। कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्ने उनले बताए। बिहीवार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा महतले कर्मचारीहरुलाई भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ,…
रामदेवी खड्का- मुगु : छायाँनाथ रारा नगरपालिका-१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ। गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छिन्। उनका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ। उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य छन्। ‘मेरो पालामा त अझै…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार नेपाल र कतार आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ९ बजे समूह ‘ए’को अन्तिम खेलमा नेपाल र कतार आमने सामने हुँदैछन्। सोही समयमा समूह ‘बी’का हङकङ र कुवेत मुलपानी मैदानमा भिड्नेछन्। समूह ‘ए'’बाट नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह ‘ए’मा ओमन ६ अंक जोडेर शीर्षस्थानमा छ भने ५…
काभ्रेपलाञ्चोक : चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन्। तीमध्ये ५९ जनाको मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार…
चन्द्रकला भण्डारी- झापा : सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्। आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन्। सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नम्बर १५ को ग्वालाबस्ती र सिसौडाँगीका…
ढोरपाटन : गलकोट नगरपालिका-२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्षका भए। उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो। दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनी अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्छन्। पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित छन्। केही वर्षयता आयातित विद्युतीय ‘साउण्ड सिस्टम’ले पञ्चबाजा ओझेलमा पर्न थालेका छन्।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले आर्सनलमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको ७ औँ मिनेटमा केभिन डी ब्रुइनाको गोलमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा जेन स्टोन्सले ब्रुइनाको पासमा गोल थप्दा पहिलो हाफमा सिटी २-० गोलले अघि रह्यो। दोस्रो…
काठमाडौं : साङ्गीतिक रियालिटी शो ‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्माले जितेका छन्। बुधवार काठमाडौंमा भएको ‘ग्रान्ड फिनाले’मा विश्वकर्मा लोकस्टारको पहिलो सिजनको विजेता घोषित भएका हुन्। शिर्ष पाँच फाइनालिस्टलाई पछि पार्दै विजेता बनेका विश्वकर्माले १५ लाख रुपैयाँ पुरस्कार समेत पाएका छन्। फिनालेमा बलरामसहित पीएन साइँला, सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी र राजेन्द्र घर्तीमगर भिडेका थिए। त्यसैगरी, लोकस्टारको फर्स्ट रनरअप घोषित…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर पराजित भएको छ। बेङ्ग्लोरस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली २१ रनले पराजित भएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर ८ विकेट गुमाएर १७९ रनमा समेटियो। कोलकत्ताका लागि जेसन रोयले सर्वाधिक ५६ रन बनाउँदा कप्तान…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्यदेखि आंशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न तेस्रो खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले जित निकालेको हो। शेर्पाको जितमा पिस्टोन मुताम्बाले दुबै गोल गरे। उनले खेलको १० र १९ औँ मिनेटमा गोल गरेका थिए। अर्कोतर्फ जावलाखेलका एन्कोटो मासोअबीले ७२ औँ मिनेटमा…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन्। पहिलो हाफ सुस्त रहेको खेलको दोस्रो हाफ केही प्रतिस्पर्धात्मक बने पनि गोल भने हुन सकेन। खेलको सुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर रिबाउन्ड भएको थियो। ६८ औँ मिनेटमा थ्रीस्टारले गरेको गोलमा रेफ्रीले अफसाइड…
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै उनले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन्। 'अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या…
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। यस्तै, ८२ जना संक्रमित थपिएका छन्। हाल देशभर ३६१ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन दिएको छ। सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन दिएको छ। सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।…
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को टिजर सार्वजनिक भएको छ। अमेजन प्राइमले बनाएको वेब सिरिजमा सोनाक्षी प्रहरीको भूमिकामा देखिएकी छिन। टिजरमा २७ युवतीको हत्याको केस सुल्झाउन सोनाक्षी लागेको देखाइएको छ। क्राइम ड्रामा सिरिजमा सोनाक्षीका साथै विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ। ८ भागको यो वेब सिरिज राजस्थानी शहरमा छायाङ्कन गरिएको हो। सो वेब सिरिज रिलिज अघि नै…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बुधवार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातबाट प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। यस्तै, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृती दिएको छ। यसैगरि, बैठकले युवा वैज्ञानिक कोष…
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको बताइका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा श्रेष्ठले कोसी प्रदेश नाम राखेको विरोधमा ओलीलाई कालो झण्डा देखाइएको बताएका हुन्। कालो झण्डा देखाउनेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए। ओलीले केही समय अघि कोसी नामाकरण उपयुक्त भएको बताएका थिए। प्रदेश १…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्। बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरेका छन्। एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। 'खेतको होस् या बारीको…