काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी…
काठमाडौं उपनिर्वाचन अन्तर्गत बारा २ को मतगणना जारी छ। जारी गणनामा जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगका अनुसार यादवले २२ हजार ५५२ मत पाएका छन्। यादवलाई जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। कुशवाहाले १८ हजार ९२३ मत पाएका छन्। यादव र कुशवाहाको मतान्तर तीन हजार ६२९ रहेको छ। यस्तै एमाले उम्मेदवार…
हेटौडाः वाग्मती प्रदेश सभाले दुई विधेयक पारित गरेको छ। मंगलबारको प्रदेश सभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित गरेको हो। सदस्यलाई संशोधनका लागि दिइने समय निलम्बन गरेर विधेयक पारित गरिएको हो। सांसद रत्न ढकालले प्रदेश सभा नियमावली २०७४ को नियम ११०(१) को सो व्यवस्था निलम्बनको प्रस्ताव गरेका थिए। नियम निलम्बनपछि स्वास्थ्य मन्त्रीको समेत…
धुस्कुन : सामुदायिक विद्यालय सुधार्न के गर्नुपर्ला? सामुदायिक शिक्षाका सरोकारवालाले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी - ३ धुस्कुनस्थित मेहन्द्र प्रताव माविमा यसबारे बहस गरेका छन्। धुस्कुन र चोकटीमा रहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक-शिक्षिका लक्षित कार्याशालामा यसबारे बहस भएको हो। महेन्द्रप्रताप मावि र वडा शिक्षा समितिको संयुक्त आयोजनामा शनिवार र आइतवार आयोजित कार्यशालामा प्रा.डा .विद्यानाथ कोइरालाले प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष तथा…
काठमाडौं : विश्वभर घरमै बसेर श्रम गर्नेहरुलाई संगठित गर्दै उनीहरुको हितमा काम गर्न स्थापित होमनेट इन्टरनेशनलको दोस्रो सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा भाग लिन २९ देशका १२७ जना गृह श्रमिक काठमाडौं आइपुगेका छन्। कोभिड १९ महामारीको समयमा भर्चुअल माध्यमबाट सम्पन्न पहिलो सम्मेलनपछि भौतिक उपस्थितिमा दोस्रो सम्मेलन नेपालमा आयोजना गरिएको हो। यसअघि भर्चुअल रुपमा भएको सम्मेलन पछि पहिलो पटक संस्थामा आबद्ध गृह श्रमिकहरुले…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइजमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। आर्मीको जितमा जिलेस्पी कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२ औँ मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुबै टोलीले अवसरहरु बनाए पनि गोल भने गर्न सकेनन्। शुक्रवार नै सम्पन्न बाँकी…
काठमाडौं : प्रतिनिधिसभाबाट ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ बहुमतले स्वीकृत भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताइन्। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त…
नेपालमै बनेको यात्री मोटरसाइकल सडकमा गुड्दै गर्दा ट्राफिकले रोकेर बाइक चलाउन नपाउने भन्दै रोके। ट्राफिकले बाइक चलाउन रोकेका दृश्यहरु भाइरल भएपछि स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता नदिएको भन्दै आलोचना भयो। त्यसपछि सरकारले यात्री मोटरसाइकल्ससँगै अन्य सरोकारवालासँग छलफल अघि बढायो र स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गर्न कानुन बनाउनेबारेमा कुरा अघि बढाउने बतायो। कानुन बन्ने र कार्यान्वयनमा ल्याउने सरकारले वाचा धेरै…
काठमाडौं : बारा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम छ। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले उनलाई पछ्याइरहेका छन्। नेकपा एमालेका पुरुषोतम पौडेल तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा न्युरोड टिम एनआरटी फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लले एनआरटीलाई ३-१ गोलअन्तरले हराएको हो। खेलको १४ औँ मिनेटमा एफिक एमिनीले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। तर,४० औँ मिनेटमा एनआरटीका सञ्जीव बिस्टले लालमिन्जामाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै इन्ज्युरी समयमा सेटपिसमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ मा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये आरटी पीसीआरबाट ९२ जनामा र एन्टीजेन परीक्षणबाट ४४ जनामा संक्रमण देखिएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९० रहेको छ।
काठमाडौं : पब्लिकेशन नेपालयले दुई साहित्यिक कृति एकैसाथ ल्याउने भएको छ। कविता र लघुकथा एकएक कृति ल्याउन लागेको हो। केही दिनमै कविता संग्रह ‘ओ पेङ्दोर्जे’ सार्वजनिक गर्ने तयारीमा छ नेपालय। कवि राजु स्याङ्तानका कविता संग्रहमा ५१ वटा कविता छन् भने तिनलाई ६ वटा फरक खण्डमा समावेश गरिएको छ। स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा जोडिँदै आएका छन्। सीमान्तकृत समुदाय,…
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने योजनाको घोषणा गरेका छन्। उनले आफ्नो चुनावी क्याम्पेनका लागि म्यानेजरसमेत नियुक्त गरिसकेका छन्। ह्वाइट हाउसमा बस्ने सबैभन्दा पाका राष्ट्रपति बनेका बाइडेनले फेरि निर्वाचन लड्ने घोषणा गरेका हुन्। 'मिड टर्म' निर्वाचनमा राम्रो नतिजा ल्याएको जस लिएका बाइडेनलाई डेमोक्रेट पार्टीभित्रै बाट अरुले चुनौती दिने सम्भावना भने कम रहेको बताइन्छ। रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी सदनलाई गराइएको छ। सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरिएको जानकारी सदनलाई जानकारी गराएका हुन्। व्यापारी दुर्गा प्रसाईसँग करोडौं रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो।
काठमाडौं : गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा गत शनिवार विश्वासको मत नपाएपछि पद मुक्त भएका थिए। अधिकारी पदमुक्त भएसँगै प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। उनले नयाँ सरकार गठन गर्न बिहीवारसम्मको समय दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति…
काठमाडौं : फ्लाइ दुबईको उडानमा समस्या हुँदा भ्रमपूण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही प्रक्रिया अघि बढाएको छ। हिजो राति काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा समस्या आएको थियो। सुरुमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै विमान फिर्ता आउने तयारी गरिएको बताइए पनि पछि भने विमान दुबई तिरै लागेको थियो। फ्लाइ दुबईका प्रवक्ताले भने काठमाडौंबाट टेक अफ गरेलगत्तै चरा ठोक्किँदा असहज…
काठमाडौं : संसद्मा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले यही बैशाख ८ गते बाँकेको नरेनापुरमा आगालागीबाट धेरै घर जलेर नष्ट हुनाका साथै २५ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएकाले पीडितलाई…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्। चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए। सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै उनले भने भने, 'मेरो प्रमुख एजेन्डा सुशासन नै हो। यही अपेक्षालाई आम जनताले…
काठमाडौं : फुटपाथ ओगटेर बनाएको भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ। आज महानगर प्रहरीसहितको टोलीले बिट हटाएको हो। गत चैत २५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका थिए। सर्वसाधारण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुलक कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले…
काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्। ५४ हजार १७६ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११,२१४ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए। गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए।…