PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • निरा पाण्डे हत्या प्रकरणबारे गगन थापाले संसदमा उठाए प्रश्न

    निरा पाण्डे हत्या प्रकरणबारे गगन थापाले संसदमा उठाए प्रश्न

    काठमाडौं : कपनमा भएको निरा पाण्डे हत्या प्रकरणबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ। काठमाडौंमै दिउँसै व्यस्त ठाउँमा भएको हत्या प्रकरणमा सात दिनसम्म प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै प्रश्न गरिएको हो। नेपाली कांग्रेसका सांसद गगन थापाले चाँडो भन्दा चाँडो हत्यारा पत्ता लगाउन माग गरेका छन्। दिनदहाडै भएको घटनाले वरपरका मानिस समेत आत्तिएको सांसद थापाले बताएका छन्। त्यस्तै, प्रहरी प्रशासन प्रति विश्वास गर्ने वातावरण बनाउन पनि उनले गृहमन्त्रीलाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • 'चोर पुलिसः टम एन्ड जेरी' बनाउँदै मुकुन्द भट्ट

    'चोर पुलिसः टम एन्ड जेरी' बनाउँदै मुकुन्द भट्ट

    काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा फिल्म 'चोर पुलिसः टम एन्ड जेरी' बन्ने घोषणा भएको छ। बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ फिल्मको घोषणा गरेको हो। कमेडी जनारामा बन्ने फिल्ममा सुदीप चन्द्र बख्रेल निर्माताका रुपमा रहेका छन्। फिल्मको कथा निर्देशक भट्टसँगै नरेश नाथ योगी र सुमन सुनारले लेखेका हुन्। फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

    राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

    काठमाडौं : बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो। सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रही सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

    राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

    काठमाडौं : बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो। सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रही सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा,…

    विस्तृतमा पढ्नुस्

  • एमालेले भन्यो : सत्तापक्षकै सहभागितामा ओलीको कार्यक्रममा होहल्ला भयो

    एमालेले भन्यो : सत्तापक्षकै सहभागितामा ओलीको कार्यक्रममा होहल्ला भयो

    काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा होहल्ला भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सत्तापक्षकै संलग्नतामा ओलीको कार्यक्रममा होहल्ला भएको आरोप लगाएका हुन्। 'सत्ता पक्षकै त्यहाँभित्र सहभागी भएर भएको छ,' उनले भने। झापाको बुधवारेमा आयोजित ओली सहभागी भएको कार्यक्रममा होहल्ला भएको उनले बताए। विमानस्थलबाट कार्यक्रममा जाने क्रममा होहल्ला गरिएको उनको आरोप थियो।…

    विस्तृतमा पढ्नुस्

  • सांसद देवकोटाको माग : प्रधानमन्त्रीको कार्यकाल दुईपटकभन्दा बढी नहुने व्यवस्था गरौँ

    सांसद देवकोटाको माग : प्रधानमन्त्रीको कार्यकाल दुईपटकभन्दा बढी नहुने व्यवस्था गरौँ

    काठमाडौं : राष्ट्रियसभाको बुधवारको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ। बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए। उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ। समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रसियाको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराएका थिए। यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • 'एआई'लाई सोधेर खेलाडीको अन्तर्वार्ता छाप्दा जर्मन म्यागेजिनका सम्पादक बर्खास्त

    'एआई'लाई सोधेर खेलाडीको अन्तर्वार्ता छाप्दा जर्मन म्यागेजिनका सम्पादक बर्खास्त

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दिएको उत्तरको आधारमा चर्चित फर्मुला वानका खेलाडी माइकल सुमाकाको अन्तर्वार्ता छाप्दा एक म्यागेजिनका सम्पादक बर्खास्त भएका छन्। फर्मुला वानका रिटायर्ड खेलाडी सुमाकाको अन्तर्वार्ता एआईले दिएको 'रेस्पोन्स'का आधारमा जर्मनीको म्यागेजिन 'डाइ एक्टुएल' मा छापिएको थियो। एआईको उत्तरकै आधारमा अन्तर्वार्ता छापेको खुलेपछि सो म्यागेजिनका सम्पादक एनी होफम्यानलाई बर्खास्त गरि म्यागजिनको प्रकाशकले सुमाकाको परिवारसँग माफी मागेको छ। एनी सन् २००९ यता उनी म्यागेजिनमा काम गर्दै आएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • सात दिनदेखि रहस्यमा नै रहेको कपन निरा हत्या प्रकरण, अभियुक्तसम्म पुग्न सिसिक्यामराको सहारा लिँदै प्रहरी

    सात दिनदेखि रहस्यमा नै रहेको कपन निरा हत्या प्रकरण, अभियुक्तसम्म पुग्न सिसिक्यामराको सहारा लिँदै प्रहरी

    काठमाडौं : काठमाडौंको अधिकांश शहरी क्षेत्रमा अहिले सिसिक्यामरा राखिएका छन्। जसकारण त्यहाँ कुनै घटना भए सहजै पत्ता लगाउन सकिन्छ। धेरैले प्रहरीले गर्ने अनुसन्धानमा सिसि क्यामरालाई अनुसन्धानको माध्यमका रुपमा हरेका हुन्छन्। सिसिक्यामरा आफैँमा अपराधी समात्ने माध्यम त होइन तर पनि अभियुक्तसम्म पुग्ने साधन चाहिँ पक्कै बन्न सक्छ। तर, काठमाडौंको कपनमा भएको घटनामा सिसिक्यामराको सहयोगमा पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको छैन। सात…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलको भारतमा उपचार जारी : आलोचना बढेपछि शीतल निवासले गर्‍यो बचाउको प्रयास

    राष्ट्रपति पौडेलको भारतमा उपचार जारी : आलोचना बढेपछि शीतल निवासले गर्‍यो बचाउको प्रयास

    काठमाडौं : छातीमा 'इन्फेक्सन' देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अहिले भारतमा उपचार गराइरहेका छन्। दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ। अस्वस्थ भएपछि एक हप्ताअघि वैशाख ६ गते पौडेल एअर एम्बुलेन्समार्फत त्यसतर्फ लागेका हुन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले जनाएका छन्। भारत उपचारमा जाँदा आलोचना! राष्ट्रपति हुनसाथ सवारी लश्कर…

    विस्तृतमा पढ्नुस्

  • बेलायती मिडियाको दाबी : काबुलमा दूतावासको सुरक्षामा खटिएका नेपाली गार्डलाई बेलायतले जबरजस्ती 'डिपोर्ट' गर्‍यो

    बेलायती मिडियाको दाबी : काबुलमा दूतावासको सुरक्षामा खटिएका नेपाली गार्डलाई बेलायतले जबरजस्ती 'डिपोर्ट' गर्‍यो

    अफगानिस्तानमा तालिबानले राजधानी काबुल नियन्त्रणमा लिनुअघि बेलायती दूतावासका कर्मचारीहरुको सुरक्षामा खटिएका नेपाली गार्डहरुलाई बेलायतले ‘डिपोर्ट’ गरेको द गार्डियनले खुलासा गरेको छ। आफ्नो ज्यान जोखिममा राखेर दूतावासका कर्मचारीहरुको सुरक्षा गरेका १०० भन्दा बढी गार्डहरुलाई बेलायतले गोप्य रुपमा ‘डिपोर्ट’ गरेको द गार्डियनले उल्लेख गरेको हो। अफगानिस्तानबाट ‘एयरलिफ्ट’ गरेको केही समयपछि बेलायतले उनीहरुलाई इच्छाबेगर घर फर्काएको गार्डियनले दाबी गरेको छ। काबुलमा १०० भन्दा बढी नेपाली…

    विस्तृतमा पढ्नुस्

  • रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

    रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

    बुटवल : गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो। बैशाख १५ गतेदेखि ३१ गतेसम्म हरेक दिन बिहान १० देखि १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी आवगमन बन्द हुने…

    विस्तृतमा पढ्नुस्

  • डीआइजीको पदस्थापन : कोसी प्रदेशमा डीआइजी बास्तोला, सुदूरपश्चिममा बोहरा

    डीआइजीको पदस्थापन : कोसी प्रदेशमा डीआइजी बास्तोला, सुदूरपश्चिममा बोहरा

    काठमाडौं : केही दिनअघि बढुवा भएका डीआइजीको पदस्थापन भएको छ। डीआइजी विष्णुकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरत बहादुर बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन भएको छ। त्यस्तै, डीआइजी रवीन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, डीआइजी राजेशनाथ बास्तोला कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, चन्द्र कुबेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा टिप्न मनाङवासी लागे हिमाली भेगतर्फ

    यार्सागुम्बा टिप्न मनाङवासी लागे हिमाली भेगतर्फ

    मनाङ : बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन्। आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन्। मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन्। मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो। जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन्। यससँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित हुँदै, टिआरसीमाथि छलफल गर्न विशेष समिति बन्दै

    प्रतिनिधिसभाबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित हुँदै, टिआरसीमाथि छलफल गर्न विशेष समिति बन्दै

    काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकबाट संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ पारित गर्ने तयारी छ। आजको बैठकमा संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ माथि दफावार छलफल हुनेछ। आजै सो विधेयशमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पेस गर्ने कार्यतालिकासमेत रहेको छ। बैठकबाट सो विधेयक पारित गर्ने दलहरुको तयारी…

    विस्तृतमा पढ्नुस्

  • गाउँका मान्छेमा पाप हुँदैन! नपत्याए हेलम्बु जानु

    गाउँका मान्छेमा पाप हुँदैन! नपत्याए हेलम्बु जानु

    रुपक पुरी- सिन्धुपाल्चोक : विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ। भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास)को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो। बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गीन ध्वजापताकाले सिङ्गारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने…

    विस्तृतमा पढ्नुस्

  • आगामी बजेट तथा कार्यक्रमका लागि वाग्मती सरकारले माग्यो सुझाव

    आगामी बजेट तथा कार्यक्रमका लागि वाग्मती सरकारले माग्यो सुझाव

    हेटौंडा : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ। आव २०८०/८१ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेले सुझाव दिन सूचना जारी गरेको हो। बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू ३० बैशाख २०८० सम्म उपलब्ध गराउन विभिन्न संघ, संस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल,…

    विस्तृतमा पढ्नुस्

  • आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

    आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

    काठमाडौं : ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र सिर्जनशीलताको बढावा’ नाराका साथ बुधवार नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ। विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो)को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईमाथि सहज जित निकाल्दै गुजरात दोस्रो स्थानमा

    मुम्बईमाथि सहज जित निकाल्दै गुजरात दोस्रो स्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराएको छ। अहमदाबादस्थित नरेन्द्रमोदी स्टेडियममा सम्पन्न खेलमा गुजरातले मुम्बईमाथि ५५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ९ विकेट गुमाएर १५२ रनमा समेटियो। गुजरातका लागि शुभमन गिलले सर्वाधिक ५६ रन बनाउँदा बिस्फोटक ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

    बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

    काठमाडौं : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। २८ हजार ४१५ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्। उनका प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३,३३४ मत र नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell