काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको छ। उडान लगत्तै ठूलो आवाजले पड्किएको सुनिएको छ। विमान अझै पनि आकाशमै फन्को मारिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आकस्मिक अवतरणका लागि त्रिभुवन विमानस्थलमा दमकल, फमको तयारी गरिँदै छ। विमानमा भएको इन्धन घटाउने उपायस्वरुप अहिले विमान नेपाली आकाशमा निरन्तर फन्को लगाइरहेको बुझिएको छ।
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको छ। उडान लगत्तै ठूलो आवाजले पड्किएको सुनिएको छ। विमान अझै पनि आकाशमै फन्को मारिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आकस्मिक अवतरणका लागि त्रिभुवन विमानस्थलमा दमकल, फमको तयारी गरिँदै छ। विमानमा भएको इन्धन घटाउने उपायस्वरुप अहिले विमान नेपाली आकाशमा निरन्तर फन्को लगाइरहेको बुझिएको छ। थप…
काठमाडौंः चितवन २ को उपनिर्वाचनको जारी मतगणनामा इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मतगणना सकिएको छ। कूल ९ हजार ४४१ मत खसेकोमा १९७ बदर भएको छ। कूल सदर मतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार हजार ३५८ मतसहित अग्रता कायम राखेका छन्। यसअघि मंसिर ४ मा भएको निर्वाचनमा गाउँपालिकामा एमालेले राम्रो मत पाएको थियो। इच्छाकामना एमालेको पकड क्षेत्र मानिन्छ। लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले…
काठमाडौं : ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल आयोजनाको घोषणा भएको छ। नेपालस्थित युरोपियन युनियनको आयोजनामा बैशाख १५ गतेबाट सुरु हुने फेस्टिभलको १२ औं संस्करण नेपालका तीनवटा प्रदेशमा हुनेछ। महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा बैशाख १५ देखि १७ गतेसम्म आयोजना गरिनेछ। दोस्रो चरण बैशाख २० देखि २२ गतेसम्म कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्धालय सुर्खेतमा हुनेछ। त्यस्तै, फेस्टिभलको अन्तिम प्रदर्शनी भने बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म काठमाडौंस्थित चलचित्र…
काठमाडौं : नेकपा एमालेले संसदका तीनवटा समितिको नेतृत्व पाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भएको सहमति अनुसार एमालेले तीन समितिको नेतृत्व पाउने भएको हो। लेखा समिति अन्य दुईवटा विषयगत समिति एमालेको भागमा परेका हुन्। एमालेका संसदीय दलका सचेतक महेश बर्तौलाले समिति भागबन्डामा सहमति जुटेको बताएका हुन्। ‘लेखा समिति र…
काठमाडौं : सत्ता गठबन्धन र एमालेबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल गर्न विशेष समिति बनाउने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सिंह दरवारमा भएको छलफलमा उक्त सहमति भएको हो। उक्त विधेयकमाथि गठबन्धन र एमालेबिच मतान्तर बढेपछि पछिल्लो समय प्रचण्डले ओलीसँगको हिमचिम बढाएका थिए।…
काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६४ जनामा आरटी पीसीआर परीक्षण गर्दा र ४९ जनामा एन्टिजेन गर्दा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं : सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताए। मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिएका हुन्। 'दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको…
काठमाडौं : अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो। काठमाडौंसँगै लमजुङमा फिल्मको छायाङ्कन गरिनेछ। निर्देशक लक्ष्मण सुवेदीले फिल्मको छायाङ्कन सुरु भएको फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मण सुवेदीकै निर्माण र लेखन रहेको छ। फिल्ममा मलिकाका साथै भोलाराज…
काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन्। दोस्रोमा नेकपा एमालेका रामप्रसाद न्यौपाने र तेस्रोमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ छन्।
काठमाडौं : प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ। मध्यरातबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले पछ्याइरहेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल भने तेस्रोमा छन्। मध्यरातदेखि सुरु भएको मतगणनामा स्वर्णिमले आफ्नो अग्रता कायमै राखेका छन्।
काठमाडौं : अदालत परिसरभित्रै होहल्ला गरि अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पक्राउ पर्नेमा गोरखा नगरपालिका-३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत सोमवार नेपाल र साउदी अरेबियाबिचको खेल वर्षाका कारण रद्द भएको छ। ९ बजेबाट खेल सुरु गर्ने तालिका भएपनि आइतवारबाटै सुरु भएको वर्षाले गर्दा आज तय खेलमा टस समेत हुन सकेन। र, दुवै टोलीले १/१ अंक बाँडेका छन्। योसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपालको एक खेल बाँकी छँदा ५ अंक छ। अर्थात नेपालले सेमिफाइनलमा…
काठमाडौं : प्रतिनिधिसभा बारा क्षेत्र नम्बर २ को मतगणना भइरहेको छ। बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।
बारा : बारा - २ मतगणना शुरु भएको छ। कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो। मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ। बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो। यसअघि शनिवार गण्डकीमा एमाले सरकार ढलेको थियो। गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए। गिरीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले घोषण…
लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभामा विश्वासको मत माग्दै गिरीले आफ्नो कार्यकालमा गरेका कामहरुको प्रगति विवरण सुनाएका छन्। उनले सडक, जलस्रोत तथा सिचाइँ लगायतका पूर्वाधारको काम गर्नुका साथै सामाजिक विकासमा जोड दिएको बताएका…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले)का गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको थियो। गएको चैत १२ गते माओवादीसहित अन्य सत्ता सहयात्री दल गिरी नेतृत्वको सरकारबाट बाहिरिएका थिए।…
गौर : आम जनता पार्टीका नेता निवेश यादवले एक लाख विरुवा रोप्ने घोषणा गरेका छन्। सोमवार सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै नेता यादवले एक लाख वृक्षारोपण गर्ने अभियानको घोषणा गरेका हुन्। आम जनता पार्टीका प्रचार प्रसार विभाग उपप्रमुख यादवले उक्त अभियान रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका गाउँहरुमा लागू गर्ने जनाएका छन्। रौतहट क्षेत्र नम्बर १ को दुइटै…
बारा : बारा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न निर्वाचनको मतगणना अब केही बेरमा हुने बताइएको छ। सबै राजनीतिक दल, उम्मेदवार र उनीहरुका प्रतिनिधिहरु मतगणना स्थलमा आइसकेको र अब छिट्टै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मुकेश काफ्लेले जानकारी दिए। मतगणनाको तयारी भइरहेको उनले बताए। बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका…