मंगल ग्रहको कक्षतिर तीव्र गतिमा हुर्रिँदै गइरहेको एउटा धुमकेतु (पुच्छ्रेतारा) फेला परेपछि खगोलविदहरु उक्त धुमकेतु अन्तरब्रह्माण्डीय (सौरमण्डल बाहिरबाट आएको) हो होइन पत्ता लगाउन जुटेका छन्। क्रिमियाका एक सोखिन खगोलविद गेन्नाडी बोरिसोभले पत्ता लगाएको उक्त धुमकेतुको नाम सुरुमा जिबी००२३४ राखिएको भए पनि पछि बोरिसोभकै नामबाट सि/२०१९ क्यु४ (बोरिसोभ) राखिएको रोयटर्सले जनाएको छ। यो धुमकेतु हाम्रो सौरमण्डल भित्रकै नभएको प्रमाणित भए बाहिरबाट…
सुर्खेत : हुम्लामा एक जना स्वास्थ्यकर्मी कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रवार विहान करिव साढे ८ बजेतिर चंखेली गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत ४२ वर्षीय लालबहादुर शाही सल्लीसल्ला लोतीखोला र कर्णाली नदीको दोभानमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। 'हामीलाई चंखेली–४ पिप्लाङका सुरबहादुर शाहीले विहान करिव ८ देखि साढे ८ बजेको विचमा लालबहादुर…
गत अगस्ट महिनामा अमेरिकाको बजेट घाटा २ सय अर्ब अमेरिकी डलर भएको अमेरिकाले जनाएको छ। अगस्ट महिनाको समेत घाटा रकम जोडेर यस वर्ष अगस्टसम्ममै १ खर्ब अमेरिकी डलर नाघेको अमेरिकाको अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। अर्थशास्त्रीहरुले भने अगस्टमा करिब १ सय ९५ अर्ब अमेरिकी डलर बजेट घाटा हुने अनुमान गरेका थिए। अमेरिकाको अर्थ मन्त्रालयका अनुसार यस वर्षको अगस्ट…
काठमाडौं : नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि भएको आक्रमणबारे बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि बाँके पुग्दैछन्। यस घटनाबारे आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन्। कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा हिजो बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र 'ख'को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित…
ललितपुर : संचारिका समूह नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ। संस्थाको २३ औं वार्षिक साधारणसभामा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । संचारिका समूह नेपालले स्थापना गरेको ‘संचारिका समानता पुरस्कार २०७५’ हिमाल खबरपत्रिकामा कार्यरत रामु सापकोटालाई प्रदान गरियो। हिमाल खबरपत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन अक्सिटोसिन पनि’ फिचरका लागि सापकोटा पुरस्कृत भएका हुन्। पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। संचारिका समूहले…
काठमाडौं : नेपाली कांग्रेसका सांसद डा डिला संग्रौलाले पछिल्लो पटक बनेका चलचित्रका कारण बलात्कारका घटना बढेको आरोप लगाएकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा राजनीतिको आँखामा चलचित्र विषयक प्यानल डिस्कसनमा सांसद संग्रौलाले उक्त भनाई राखेकी हुन्। "पछिल्लो चलचित्रमा राष्ट्र प्रेमभन्दा मायाप्रेम बढी भए", उनले भनिन्, "जसका कारण बलात्कारका घटना बढेका छन्। फिल्मकर्मीले यसबारे सोच्नुपर्ने हैन र?" राजनीतिको…
नयाँ दिल्ली : भारतको भोपालमा गणेशको ठूलो मूर्ति विसर्जन गर्ने गएका भक्तजन चढेको डुंगा डुब्दा ११ जनाको मृत्यु भएको एपीले बताएको छ। मध्य प्रदेश राज्यको राजधानी भोपालको एक तालमा सो दुर्घटना भएको थियो। तालबाट पाँच जनालाई उद्धार गरिएको प्रहरी अधिकारी अखिल पटेलले बताए। पटेलका अनुसार तालमा गणेशको ठूलो मूर्तिलाई विसर्जन गर्ने क्रममा सो दुर्घटना भएको हो। तालबाट ११ वटा शव निकालिएको उनले बताए।…
काठमाडौं : आज भदौ २७ गते शुक्रवार सिनेमा हलमा दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। यो साता नेपाली सिनेमा हलमा 'पासवर्ड' र 'हिरो नम्बर १' गरि दुईवटा फिल्म प्रदर्शनमा आएका हुन्। त्यसो त प्रमोशनको हिसाबमा 'पासवर्ड' घोषणादेखि नै चर्चामा छ। पासवर्डको प्रिमियरमा सहभागी हुन फिल्ममा आइटम डान्स गरेकी भारतीय अभिनेत्री सन्नी लियोनी बिहीवार नै नेपाल आएकी थिइन्। यता 'हिरो नम्बर वान'…
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस र समाजवादी पार्टीले दलभित्र छलफलको समय मागेपछि नागरिकता विधेयकको मतदान प्रक्रिया रोकिएको छ। आज सहमति नभए मतदान गराउने प्रस्ताव सत्तारुढ दल ने क पाका सांसदले प्रस्ताव राखेका थिए। बिहीवार पनि कांग्रेसले सरकारको धारणा चाहिने भन्दै समय माग गरेको थियो। विधेयकका अन्य विषयवस्तुमा करिब करिब सहमति भए…
यतिखेर बबरमहलस्थित नेपाल कला परिषदको ग्यालरीमा शिक्षासँग जोडिएका फोटोहरुको प्रदर्शन जारी छ। ‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’का लागि शुरु प्रदर्शनीमा देशभरिबाट १ सय ८२ जना फोटोग्राफरले पठाएका ६ सय ३६ फोटाहरुमध्ये निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटाहरु छानेको थियो, जुन अहिले प्रदर्शनमा छन्। युनेस्को नेपाल र सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानवस्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटो पत्रकार क्लबले प्रदर्शनीको आयोजना…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएका छन्। उनले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बाँके घटनाबारे जानकारी दिँदै उक्त घटनामा केही उच्छृखंल व्यक्तिहरुको संलग्नता रहेको जानकारी आफूले पाएको र प्रहरीले ३ जना पक्राउ गरिसकेको जानकारी पनि दिए। आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिकी सदस्य कांग्रेस सांसद…
साढे दुई सय वर्षअघि कान्तिपुर एउटा छुट्टै राज्य थियो। आज झैँ त्यतिबेला पनि यहाँ इन्द्रजात्राको रमझम थियो। तर रात नबित्दै यो राज्यले आफ्नो छुट्टै अस्तित्व गुमायो र तत्कालीन गोरखा राज्यमा विलय हुन पुग्यो। नेपाल एकीकरणको अभियानमा कान्तिपुर विजय एउटा मुख्य फड्को थियो। तर यसका लागि पृथ्वीनारायण शाहले धेरै तयारी गर्नुपरेको थियो। त्यतिबेलाको काठमाडौँ । स्केच : कर्कप्याट्रिकको सन् १८११ मा प्रकाशित पुस्तक।…
नेपालको शिक्षासँगै राजनीति पनि सँगसँगै आयो। भारतबाट अंग्रेज धपाइए। भारत स्वतन्त्र भयो। सँगसँगै नेपालमा पनि हामी नेपाली जनता र नेताहरू लडेर निरंकुशताको अन्त्य भयो। लोकतन्त्र आयो। लोकतन्त्र सँगसँगै शिक्षा प्रणाली पनि त्यतैबाट आयो। त्यो शिक्षा प्रणाली नेपालको हितमा थिएन। त्यो भारतको हितमा पनि थिएन। त्यो शिक्षा प्रणाली हाम्रो अनुकूलको थिएन। अलिकति इतिहास भन्छु। दोस्रो विश्वयुद्धपछि बेलायतको संसदमा शिक्षाबारे गम्भीर बहस…
नेपाली कांग्रेस अहिले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा छ। निर्वाचनमा नराम्ररी हारेको कांग्रेसलाई यो जागरणले तंग्रिने मौका प्रदान गर्ने विश्वास लिइएको छ। उसो त देश संघीयतामा गएको झन्डै दुई वर्षपछि कांग्रेसले प्रदेशको अभ्यासलाई बल्ल अंगीकार गरेको यो अभियानले देखाउँछ। तेस्रो चरणको अभियानसम्ममा कांग्रेसले आफूलाई महाधिवेशनको लागि तयार पार्ने देखिएको छ। तर, पनि स्थानीय तहका संरचना बनिसकेका छैनन्। प्रदेशमा कांग्रेसको उपस्थिति कमजोर…
ढाका : बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन्। जहाज एक हजार १०० मेट्रिक टन कोइला लिएर चट्टोग्राम बन्दरगाहतर्फ गइरहेको समय चट्टोग्रामबाट ३५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको बताइएको छ। उक्तस्थान राजधानी ढाकाबाट २४२ किलोमिटरको दूरीमा पर्छ। जल यातायात विभागका कार्यकारी निर्देशक महबुब रशिदले भने,…
लन्डन : ककपिटमा तात्तातो कफी पोखिएपछि ३ सय २६ जनालाई लिएर उडेको विमानलाई आपतकालीन अवतरण गराउन परेको छ। एटलान्टिक सागरमाथि रहेको विमानको ककपिटमा कफी पोखिएपछि विमानलाई अवतरण गराउन परेको हो। फ्रैंकफोर्डबाट मेक्सिकोको क्यानकनका लागि उडेको एयर बस ए ३३०-२४३ फ्लाइटलाई आयरल्यान्डको सानोनमा अवतरण गराउन परेको हो। ककपिटमा कफी पोखिएपछि विमानमा तार जलेको गन्ध आएको थियो। गन्ध र धुँवासमेत अनुभव गरेपछि…
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सामूहिक आक्रमण गरेका छन्। अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा क्षेत्र 'ख'को खजुरा गाउँपालिका वडा २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम चलिरहँदा आक्रमण भएको नेपाली कांग्रेसले जनाएको छ। कार्यक्रममा बर्दियाबाट खटिएका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल बोलिरहँदा बाँके कांग्रेस सभापति किरण कोइरालालगायतलाई आक्रमण…
काठमाडौं : चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने चलचित्र सम्मेलन आजबाट सुरु भएको छ। प्रज्ञा प्रतिस्ठानमा जारी चलचित्र सम्मेलनको पहिलो सत्रमा सिनेमा हेराइको सुरुवाती नेपाली अनुभव, दोस्रो सत्रमा लैंगिक प्रस्तुतिकरण र तेस्रो सत्रमा नेपाली चलचित्रमा राष्ट्रवाद लगायतको विषयमा छलफल गरिएको थियो। सम्मेलनमा बोल्दै कलाकार दिपकराज गिरीले चलचित्रले शिक्षा भन्दा पनि मनोरञ्जन प्रदान गर्नुपर्ने बताए। 'फिल्मको पहिलो…
किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। आज भएको फाइनल खेलमा नेपालले उज्बेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भएको हो। फाइनलमा नेपालका लागि दुबै गोल साबित्रा भण्डारीले गरेकी थिइन्। पहिलो हाफ १– ० ले पछि परेको नेपालले हाफ टाइम पछि २ गोल खाएको थियो भने २ गोल गरेको थियो। नेपाल समूह चरणमा पनि उज्बेकिस्तानसँगै पराजित भएको थियो। ६७ औं…
काठमाडौं : गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले भोजपुर जिल्लामा नेत्रविक्रम चन्द 'विप्लव' समूह र प्रहरीबीच गोली हानाहानका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्। गत असार २५ गते…