काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्ने ने क पाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठले बैठकमा सांगठनिक एकताका विषयमा छलफल हुने बताए। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सचिवालयको पहिलो बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा…
काठमाडौँः प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाश चन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले प्रकाशलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो। चितवन मेडिकल कलेजको सेवा बन्द गर्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शालिकराम शर्माले जानकारी दिए। 'अस्पतालजस्तो अत्यावश्यक सेवालाई प्रभाव पार्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौँ' शर्माले भने। एक सातादेखि विभिन्न माग राखेर…
काठमाडौँः निजी क्षेत्रका कम्पनीहरूले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएरमात्र कारोबार गर्नुपर्ने भएको छ। आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी 'नो योर कस्टमर' निजी कम्पनीहरूले पनि ग्राहकसँग माग्नुपर्ने भएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको हकमा यो व्यवस्था लागू हुनेछ। निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक भएको छ। सरकारले यसमा सरोकारवालाहरूसँग…
काठमाडौँः मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा चार लाख ४७ हजार मतदाताले भाग लिने भएका छन्। निर्वाचन आयोगले ३७ जिल्लाका १५४ वडा कार्यालयबाट प्रारम्भिक रूपमा संकलन गरेको तथ्यांक त्रृटि सच्याउने प्रयोजनका लागि समय पनि दिएको छ। मतदाता विवरणमा कुनै दाबी विरोध तथा त्रृटि भएमा असोज १ गतेदेखि ५ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ। मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा…
प्रख्यात स्मार्टफोन निर्माता कम्पनीले नयाँ आइफोन बजारमा ल्याएको छ। गत राति एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सिइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन्। कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र ११ प्रो म्याक्स गरेर तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ। नयाँ आइफोनका साथमा नयाँ आइओएस पनि सार्वजनिक गरिएको छ। आइओएस १३ र ए १३ बायोनिक प्रयोग गरेर बनाइएको नयाँ आइफोन…
यतिबेला नेपाली कांग्रेस दोस्रो चरणको हिमाल पहाड मधेश-तराई राष्ट्रिय जागरण अभियानमा जुटेको छ। अभियानमा प्रदेशस्तरीय नेताहरु खटिएका छन्। जागरणमा खटिरहँदा एकै मञ्चमा केन्द्रीय नेताहरुको अन्तरकलह पनि छताछुल्ल भइरहेकै छ। एकले अर्काका कमजोरीबारे आलोचना गर्नेदेखि संसदमा बलियो प्रतिपक्षीको भूमिका निभाउन नसकेको आरोप पनि लागिरहेको छ। अन्तर्घातीलाई कारबाही गर्नेदेखि नेतृत्वको कमजोरीका विषय पनि मञ्चदेखि कार्यकर्ता तहसम्म उठेका छन्। यिनै सेरोफेरोमा नेपाली कांग्रेसका…
काठमाडौँः नेपाल बार एशोसिएसनले एनसेलको लाभकर निर्धारण प्रक्रिया रद्द सम्बन्धी सर्वोच्च अदालतको फैसला अध्ययनका लागि समिति गठन गरेको छ। लाभकरको फैसला सम्बन्धमा पछिल्ला समयमा संसद् र विभिन्न फोरममा टिकाटिप्पणी बढेको भन्दै बारको आकस्मिक रुपमा बसेको कार्यसमिति बैठकले अध्ययन समिति बनाएको हो। वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन भएको हो। समितिमा वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, डा. चन्द्रकान्त…
बेइजिङ : जर्मन विदेश मन्त्री हेइको मासले हङकङका प्रख्यात आन्दोलनकरी जोशुआ वोङलाई भेटेपछि चीनले मंगलबार आक्रोश व्यक्त गरेको छ। चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कुनै पनि देशलाई नभएको भन्दै चीनले आक्रोश व्यक्त गरेको रोयटर्सले बताएको छ। जर्मन पत्रिका बिल्डले सोमबार बर्लिनमा आयोजना गरेको कार्यक्रममा वङले माससँग भेट गरेका थिए। रिहाइ हुँदा बखतका सर्तहरु उल्लंखन गरेको आरोपमा वोङलाई आइतबार हङकङको…
काठमाडौं : फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई पराजित गरेको छ। आज भएको खेलमा नेपालका लागि अन्जन विस्टले दोहोरो गोल गर्दै समूह चरणमा नेपाललाई पहिलो जित दिलाए। उनले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए। उनले फेरि ६३ औं मिनेटमा अर्को गोल गर्दै २–० गोलान्तरले नेपाललाई जित दिलाए। ताइपेइले खेलमा फर्कन…
काठमाडौं : प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगीता हुने भएको छ। भदौ २७ गते हुने फुटसल प्रतियोगीतामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुने आयोजकले बताएको छ। प्रतियोगीतामा प्लस टुदेखि स्नात्तकोतर सम्मका विद्यार्थीको सहभागीता हुने बताइएको छ। विजेता टिमलाई १ लाख पचास हजार बराबरको भ्रमण प्याकेज प्रदान गरिने आयोजकले बताएको छ। जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङ सहित काठमाडौं-पोखरा दुईतर्फि यातायात…
काठमाडौं : श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यूएईसामु २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। यूएईलाई नेपालले ३४.४ ओभरमा १२५ रनमै अलआउट गर्दै जित दर्ता गराएको हो। युएईलाई सस्तोमै समेट्न नेपालका सागर ढकालले ३ तथा रसिद खान, सूर्य तमाङ…
कीर्गिस्तानमा जारी नाडेज्दा कपको आज भएको खेलमा ताजकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम फाइनलमा प्रवेश गरेको छ। सावित्रा भण्डारीको गोलसँगै नेपालले ताजकिस्तानमाथि १–० गोल अन्तरले जित निकाल्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको ८५ औ मिनेटमा सावित्रा भण्डारीले गरेको गोल आजको खेलमा निर्णायक बन्न पुग्यो। उज्बेकिस्तान विरुद्धको खेलमा कप्तान निरु थापा घाइते भएसँगै रेणुका नगरकोटीले कप्तानी सम्हालेकि थिइन। …
काठमाडौं : फिल्म 'सेल्फि किङ'को शुभमुहुर्त गरिएको छ। आज बिहान भक्तपुरको गणेश मन्दिरमा सेल्फि किङको शुभमुर्हुतसँगै छायांकन पनि सुरु गरिएको छ। फिल्मको छायांकनको लागि दशैं अघि र दशैंपछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ। जसअनुसार दशैं अघिको छायांकन आजदेखि सुरु भएको छ। विशाल सापकोटाले निर्देशन गर्न लागेको यस फिल्ममा विपिन कार्की र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्।…
काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमण सकेर चीनका विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार साँझ नेपाल आइपुगेका विदेशमन्त्री वाङ आज स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे। नेपाल बसाइका क्रममा सोमबार…
काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले सरकारको कामप्रति व्यंग्य गरेकी छिन्। उनले आज संसदमा बोल्दै सांसदहरुले आफ्नो जिल्लामा जाँदा जनतालाई के संदेश दिने भन्ने विषयमा चिन्ता लागेको बताइन्। उनले भनिन्, 'जनताको माझ के सन्देश लिएर जाऔँ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाजको बोर्ड थन्किएको छ, टिकट काट्नका लागि आह्वान गर्नुहुन्छ, जनता लाइनमा छन् टिकट पाएका छैनन् भनेर जाऔँ की…
नेपालमा मात्रै होइन दक्षिण एसिया भरी नै डेंगुले यतिबेला प्रकोपको रुप लिएको छ। दक्षिण एसियाली देशका सरकार, स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरु अब के गर्ने भनेर सोचिरहेका छन्। डेंगुका कारण फिलिपिन्समा सयौंको मृत्यु भइसकेको एएफपीले बताएको छ। भियतनाममा डेंगुका विरामी तीन गुणाले वृद्धि भएको त्यहाका अधिकारीहरुले बताएका छन्। मलेसिया, म्यानमार र कम्बोडियाका अस्पतालहरु डेंगुका विरामीले भरिभराउ छन्। बढ्दो तापमान र कम प्रतिरोधात्मक…
काठमाडौं : प्रतिनिधिसभाका सदस्य मोहन बानियाले एनसेल प्रकरणको फैसलामा घोटला भएको भन्दै न्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्। मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद बानियाँले न्यायलयले आफ्नो क्षेत्राअधिकार मिच्दै आएको आरोप लगाए। उनले भने, 'न्याय क्षेत्र, जसलाई हामी रक्षक भन्छौं, रक्षक नै भक्षक भयो भने त्यो क्षेत्रलाई हामीले के औषधि गर्ने? महाअभियोगको प्रस्ताव ल्याउने कि नल्याउने? यो ल्याउनैपर्छ।' उनले थपे, 'राष्ट्रलाई…
काठमाडौं : नेपाली कांग्रेसले वीपी कोइरालाको १०६ औं जन्म जयन्ती देशभर मनाउँदैछ। कोइरालाको जन्म जयन्तीकै अवसरमा दोस्रो राष्ट्रिय जागरण अभियान शुरु गरेको कांग्रेसले देशभरका प्रत्येक प्रदेश तहमा १०६ वटा विरुवा रोप्ने कार्यक्रम बनाएको छ। जागरणको उद्घाटनमा ३३० प्रदेश गरी देशभर एकै दिन ३४ हजार ९८० विरूवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ती विरुवालाई…
काठमाडौं : प्रहरीले एक जना सार्पसुटरलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जागतीबाट खटिएको टोलीले भक्तपुरको भातेढिकुरबाट एक जनालाई नियन्त्रणमा लिएको हो। बाराको फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका ३८ वर्षीय शम्भुप्रसाद साहलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरमा एसपी सविन प्रधानले जानकारी दिए। ‘विशेष सूचनाको आधारमा साहलाई नियन्त्रणमा लिएर तलासी गर्दा एक थान हतियार फेला परेको हो,‘ उनले भने। साहको…
काठमाडौँ : भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन्। भारतीय जनता पार्टीले मोदी र प्रधानमन्त्री ओलीले स्विच थिचेको फोटो ट्विट गर्दै यसको जानकारी गराएको छ। PM @narendramodi jointly inaugurates the Motihari-Amlekhganj (Nepal) petroleum…