PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • पाइलपलाइनबाट पेट्रोलियम : उद्घाटनकै दिन घटाइयो भाऊ

    पाइलपलाइनबाट पेट्रोलियम : उद्घाटनकै दिन घटाइयो भाऊ

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबारदेखि लागू हुने गरी तीनखाले इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो। नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले तेलको मूल्य घटाएको हो। अब काठमाडौंका उपभोक्ताले पेट्रोल लिटरको १ सय ७ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य लिटरको ९५ रुपैयाँ कायम भएको छ। निगमले खाना पकाउने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता, दुई पक्षीय हितबारे छलफल

    प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता, दुई पक्षीय हितबारे छलफल

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। आज बिहान भएको भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। आइतबार नेपाल आएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रदीप…

    विस्तृतमा पढ्नुस्

  • आत्महत्या गर्ने नेपालीको संख्या वर्षेनी बढ्दो, एक वर्षमा ५ हजारले गरे आत्महत्या

    आत्महत्या गर्ने नेपालीको संख्या वर्षेनी बढ्दो, एक वर्षमा ५ हजारले गरे आत्महत्या

    काठमाडौं‌ : प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो प्रत्येक वर्ष ५ हजार मानिसले आत्महत्या गरेको देखिन्छ। गएको आर्थिक वर्ष ०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिकवर्ष ०७४/७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ ह्याकर प्रकरण : खराबी पत्ता नलाग्दै नेप्सले चलायो कार्ड, फरेन्सिक टोलीले दिएन प्रतिवेदन

    चिनियाँ ह्याकर प्रकरण : खराबी पत्ता नलाग्दै नेप्सले चलायो कार्ड, फरेन्सिक टोलीले दिएन प्रतिवेदन

    काठमाडौं : प्रणालीको खराबी पत्ता नलाग्दै नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले कार्डको प्रयोग सुरु गरेको छ। नेप्सको प्रणालीमा आबद्ध बैंकहरुले पूरै प्रणाली परिवर्तन नगरी कार्ड चलाउन नहुने बताइरहँदा नेप्सेले भने 'सिस्टम ओपन' गरेको हो। 'कहाँ समस्या छ भन्ने थाहा छैन। पुरानै प्रणाली अनुसार कार्ड चलाउँदा अझै लुट मच्चिन सक्छ', एक बैंकका प्रमुख कार्यकारीले भने, 'नेप्सले न सिस्टम परिवर्तन गर्छ…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईसँग खेल्ने, होला पुनरागमन?

    विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईसँग खेल्ने, होला पुनरागमन?

    काठमाडौं : विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज चाइनिज ताइपेईको सामना गर्दैछ। सेप्टेम्बर ५ मा भएको पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार बेहोरेको नेपालले आज ताइपेईसँग खेल्न लागेको हो। आज बेलुकी ५ बजे ताइपेई स्टेडियममा खेल हुनेछ। ताइपेई पनि यसअघिको खेलमा पराजित भइसकेको छ। जोर्डनसँग भएको समूह चरणको खेलमा ताइपेई २-१ ले पराजित भएको थियो। नेपाल रहेको समूहमा ताइपेई तुलनात्मक रुपमा सहज मानिएको…

    विस्तृतमा पढ्नुस्

  • अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

    अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौँ : भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। नेपाल र भारत दुवै देशका प्रधानमन्त्री एकैसाथ स्विच थिचेर पाइपलाइनको औपचारिक रुपमा उद्घाटन गर्दैछन्। मंगलबार मध्याह्न १२ः१५ मा दुवै देशका प्रधानमन्त्रीले एकैसाथ परियोजना उद्घाटन गर्नेछन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्ज आउनेछ। लामो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावटको मुद्दा, साढे सात करोड बिगो दाबी

    नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावटको मुद्दा, साढे सात करोड बिगो दाबी

    काठमाडौँः राजस्व अनुसन्धान विभागले बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७३/०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोगमा विभागले सोमबार बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो। विभागले उद्योगले तीन आर्थिक वर्षमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौँ : प्रम ओली

    नेपाललाई छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौँ : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको बताएका छन्। आज चिनियाँ विदेशमन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सो कुरा गरेको ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए। प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणका बेला भएका सहमती कार्यान्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको उनले बताए। 'हामी विगतका सहमतीअनुसार…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका दुई जिल्ला इन्चार्ज ने क पामा प्रवेश

    विप्लव समूहका दुई जिल्ला इन्चार्ज ने क पामा प्रवेश

    ललितपुर : नेत्र विक्रम चन्द 'विप्लव' समूहका दुई जना जिल्ला इन्चार्जहरु नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। रामेछापका इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र सिन्धुपाल्चोकका इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’ ने क पामा प्रवेश गरेका हुन्। सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा विप्लव समूहका काभ्रे जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री वाङ र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट, आर्थिक सहयोगबारे कुराकानी

    चिनियाँ विदेशमन्त्री वाङ र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट, आर्थिक सहयोगबारे कुराकानी

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको सम्बन्धलगायत आर्थिक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ। नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा मनाङमा चिनियाँ सहयोगमा अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • अन्तरिक्षमा एकैपल्ट १०४ स्याटलाइट पठाउन सफल के सिवन : एक सामान्य किसानका छोराको कथा

    अन्तरिक्षमा एकैपल्ट १०४ स्याटलाइट पठाउन सफल के सिवन : एक सामान्य किसानका छोराको कथा

    हिजो बिहान अर्थात् ७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलुरुस्थित इसरो (इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन) को कार्यालयबाट फर्कन लागेका बेला इसरोका प्रमुख के. सिवन साह्रै भावुक भए। त्यसको केही घन्टाअघि मात्र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको चन्द्रयान–२ सँग इसरोको सम्पर्क विच्छेद भएको थियो। चन्द्रयान–२ सँगको सम्पर्क विच्छेदले गर्दा भारतीय ल्यान्डर ‘विक्रम’ चन्द्रमाको सतहमा अवतरण गरे नगरेको कुनै जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र चीनबीच भए तीन वटा समझदारी

    नेपाल र चीनबीच भए तीन वटा समझदारी

    काठमाडौं : नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सो हस्ताक्षर भएको हो। मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • कलेज पढ्ने किशोरीलाई दुर्व्यवहार गरेपछि पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

    कलेज पढ्ने किशोरीलाई दुर्व्यवहार गरेपछि पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

    काठमाडौः पूर्व सभासद् योगेन्द्र घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले २०७० को संविधानसभा सदस्य घिसिङलाई नियन्त्रणमा लिएको हो। सार्वजनिक सवारीमा एक युवतीलाई दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई नियन्त्रणमा लिएको परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। 'एक कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको उजुरी आएपछि हामीले नियन्त्रणमा लिएका हौं', उनले भनिन्। घिसिङ तत्कालीन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सभासद थिए। पार्टीले घिसिङलाई साधारण सदस्यमा समेत नरहने…

    विस्तृतमा पढ्नुस्

  • भारतको मोतिहारीदेखि अमलेखगंजसम्म क्रसबोर्डर पेट्रोलियम पाइप : सुरक्षाको जिम्मा सेनालाई

    भारतको मोतिहारीदेखि अमलेखगंजसम्म क्रसबोर्डर पेट्रोलियम पाइप : सुरक्षाको जिम्मा सेनालाई

    काठमाडौं : भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्म ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन भोलिदेखि सञ्चालन हुनेछ। यो पेट्रोलियम पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो। उक्त पेट्रोलियम पाइपलाइनको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर गर्ने छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्ज आउनेछ। पाइपलाइनबाट…

    विस्तृतमा पढ्नुस्

  • डेंगुको उपचारपछि आज डिस्चार्ज भए कृषि मन्त्री खनाल

    डेंगुको उपचारपछि आज डिस्चार्ज भए कृषि मन्त्री खनाल

    काठमाडौं : कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज भएका हुन्। सामान्य ज्वरो आएपछि मन्त्री खनाल १८ गते पुल्चोकस्थित निदान अस्पतालमा जाँच गराउन पुगेका थिए। त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले सोही दिन साँझै ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेश मन्त्री वाङ आउँदा डुबेको नेपाली रकमको कुरा गर्ने कि नगर्ने?

    चिनियाँ विदेश मन्त्री वाङ आउँदा डुबेको नेपाली रकमको कुरा गर्ने कि नगर्ने?

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नोटबन्दी गरेपछि नेपाली र नेपालका बैंकसँग रहेको ७ करोड भारु 'खोस्टा' सरह भयो। ती खोस्टा साट्नका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग दुई पटक टेलिफोन वार्ता गरे। त्यसपछि पनि भारतीय प्रधानमन्त्री र मन्त्रीहरु आउँदा होस् या नेपाली प्रधानमन्त्री र मन्त्रीहरु भारत जाँदा सबैले उक्त रकम सटहीको मागलाई निरन्तरता दिँदै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • जब स्टेडियममा रुख रोपियो...

    जब स्टेडियममा रुख रोपियो...

    अस्ट्रियाको ४९ वर्ष पुरानो एक स्टेडियमले अनौठो र पर्यावरण सुधारसँग सम्बन्धित पहल गरेको छ। यो स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ। सन् १९६० को दशकमा ठूला प्रतियोगिताहरुसमेत हुने यस मैदानमा पछिल्लो समय कुनै पनि खेल गतिविधि भएका थिएनन्। ३० हजार दर्शक क्षमता भएको मैदानको बीचमा अहिले करिब ३०० रुखहरु रोपिएका छन्। अब यो स्टेडियममा दर्शकहरु फुटबल म्याच हेर्न नभएर रुखको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले समात्यो काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने समूह, नियम उल्लंघन गर्ने जो सुकैलाई कारवाही गरिन्छ : एसएसपी ढकाल

    प्रहरीले समात्यो काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने समूह, नियम उल्लंघन गर्ने जो सुकैलाई कारवाही गरिन्छ : एसएसपी ढकाल

    काठमाडौं : उपत्यकाभित्र मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय प्रदीप खड्गी, २५ वर्षीय रोशन खड्का र चितवन भरतपुर महानगरपालिका वडा नम्बर २१ बस्ने २० वर्षीय अन्जन विक रहेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। प्रहरीले राजधानीको बसुन्धरा,…

    विस्तृतमा पढ्नुस्

  • नाडेज्दा कपः नेपाल उज्बेकिस्तानसँग पराजित

    नाडेज्दा कपः नेपाल उज्बेकिस्तानसँग पराजित

    कीर्गिस्तानमा जारी नाडेज्दा कपको आज भएको खेलमा नेपाल आज उज्बेकिस्तानसँग पराजित भएको छ। पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि सहज जित निकाल्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा बलियो मानिएको उज्बेकिस्तानसँग पराजित हुन पुग्यो। काराकोलस्थित सेन्ट्रल स्टेडियममा आज भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको थियो। खेलको ३४ मिनेटमा पहिलो गोल तथा  ५१ औं मिनेटमा अर्को गोल खाँदै नेपाल २–०…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री मातृका यादव पार्टीको कार्यक्रममा किन उक्लिएनन् मञ्चमा?

    मन्त्री मातृका यादव पार्टीको कार्यक्रममा किन उक्लिएनन् मञ्चमा?

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले सशस्त्र द्वन्द्वका क्रममा मारिएका तत्कालीन माओवादीका नेता सुरेश वाग्लेलाई स्मरण गर्‍यो। केन्द्रीय कार्यालय धुम्बाराहीमा आज एक कार्यक्रम आयोजना गरी पार्टीले उनलाई सम्झना गर्‍यो। सोमबार बिहान आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेका सम्बन्धमा आफ्ना धारणा राखे। तर, वाग्लेको २१ औं स्मृति दिवसको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell