कैलालीः जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको टोलीले यूपी ३१ ए के ७३४८ नम्बरको कारबाट २५ लाख रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ सहित भारत पालिया खिरी घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने अतुल बर्मालाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको गाडीमा भारतीय २ हजार र ५…
काठमाण्डौं: चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन्। पराराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वाङ यी आइतबार काठमाडौं आइपुग्ने उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन। नेपालमा रहँदा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र विदेशमन्त्री…
श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल प्रभावित गरेपछि खेल ४२ ओभरमा छोट्याइएको थियो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्न सफल भयो। श्रीलंकाका लागि कमिल…
अमेरिकन र्यापर निक्की मिनाजले विहीवार गरेको एउटा ट्वीटले उनका फ्यानहरुलाई निकै चकित तुल्यायो। निक्कीका फ्यानहरु चकित त भए नै तर साथमा दुखी पनि भए। माइक्रो ब्लगिङ साइट ट्वीटरका २० करोड फ्यानहरुलाई चकित पार्दै निक्कीले विहीवार आफूले र्यापबाट सन्यास लिएको घोषणा गरेकी छिन्। उनले परिवारलाई समय दिन चाहेको पनि बताएकी छिन्। I’ve decided to retire & have my family. I…
काठमाडौं : दुई साता लामो सिंगापुर बसाईपछि स्वदेश फर्किएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर भेटेका छन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओली सिंगापुरबाट आज मध्यान्न मात्रै स्वदेश फर्किएका हुन्। दुई अध्यक्षको भेटमा प्रधानमन्त्रीले राजनीतिक…
श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल प्रभावित गरेपछि खेल ४२ ओभरमा छोट्याइएको थियो। नेपालले पुरै ४२ ओभर खेलेर ९ विकेटको क्षतिमा १५९ रन बनाएको हो। नेपालको लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेले। उनले ८५ बलमा ५४…
सन् २००८ तिर एउटा भनाइ विश्वभरि नै अत्यन्त चर्चित भएको थियो– ईश्वरले मात्र मलाई सत्ताबाट हटाउन सक्छ। र, यसो भन्ने व्यक्ति थिए– जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबे। उनले त्यसै वर्ष राष्ट्रपतिको चुनावअघि भनेका थिए– तपाईंले चुनाव हार्नु भयो भने राजनीति त्याग्नु सर्वोत्तम हुन्छ। तर चुनावको पहिलो चरणमा नै विपक्षी उम्मेदवार मोर्गन चांगिराईसँग पराजित भएपछि भने मुगाबेले आफ्नो पहिलेको भनाइ सर्लक्क उल्टाउँदै…
काठमाडौः भारतको सबैभन्दा पुरानो तथा लोकप्रिय आयुर्वेदिक औषधि निर्माता ग्रुप वैद्यनाथ समूहले नेपालमा पनि भेटेनरी औषधि उपलब्ध गराउने भएको छ। वैद्यनाथ समूहका अध्यक्ष भरत भूषण श्रीखण्डे र नेपालका लागि आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिव्यसन प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ढकाल बिच नेपालमा औषधि बिक्रीका लागि हालै सम्झौंता भएको छ।सम्झौंता कार्यक्रममा राष्ट्रिय खोप उत्पादन प्रयोगशाला वरिष्ठ पशु चिकित्सक उमेश दाहाल पनि सहभागी…
काठमाडौं : २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त हुन पुगेका काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माणमा दक्षिण कोरियाले सहयोग गर्ने भएको छ। ऐतिहासिक महत्व रहेको साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र दक्षिण कोरियाको सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस्तै ती क्षेत्रसँगै निर्माण हुने स्मार्ट सिटीहरुको विकासका लागि पनि दक्षिण कोरियाले सहयोग…
फुटबलको २२ औ विश्वकप कतारमा हुँदै छ। पहिलो पटक कुनै अरब देशमा विश्वकप फुटबल हुन लागेको हो। कतारका ३ वटा शहरका ८ वटा स्टेडियममा खेल हुनेछ। विश्वकप हुने ८ स्टेडियम मध्ये रस अबु अबुद स्टेडियम कतारको राजधानी दोहामा रहेको यस्तो स्टेडियम हो कन्टेनरबाट बन्ने छ। यो स्टेडियम १००० कन्टेनरबाट बन्ने छ जसका लागि चीनबाट ९० वटा कन्टेनर कतार पुगिसकेको छ।…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ। फिल्म 'सोच' एकल प्रदर्शनमा आएको हो। पूजन सिंह 'प्रभाकर प्रकाश'को कथा तथा निर्देशन रहेको फिल्म देशभरका ६ दर्जन हलहरुमा प्रदर्शनरत छन्। फिल्ममा प्रज्वल गिरी, नीता ढुंगाना, विशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतको अभिनय रहेको छ। फिल्मलाई गंगा रजकले निर्माण गरेकी हुन्। कृष्ण आचार्यको पटकथा…
भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्ने बताएका छन्। प्रदेश ३ का सात जिल्ला महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन्। 'भक्तपुरमा चुनाव हुँदैछ। यसपटक कांग्रेसले जित्नुपर्छ' कोइरालाले भने, 'देशको स्थिति जटिल भएकाले कांग्रेस अघि बढ्नुपर्ने अवस्था आइसकेको छ।' भक्तपुरको बोडेमा प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रमको…
भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान–२ मा पठाएको ल्यान्डर ‘विक्रम’ आज राति चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने भारतीय सञ्चारमाध्यमलगायत बिबिसीले समेत जनाएको छ। चन्द्रयानलाई दक्षिणी ध्रुवमा सफल अवतरण गराउन सकेमा यसो गर्ने भारत पहिलो देश बन्नेछ। अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्ना कुनै पनि अन्तरिक्ष यान अवतरण गराएका छैनन्। रसियाले भने त्यहाँ आफ्नो अन्तरिक्ष यान अवतरण गराउने योजनामा छ।…
श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले आजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको छ। पानीले खेल प्रभावित बनाउदासम्म नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ। नेपालको लागि रित गौतम अभिजित २१ रन र कप्तान रोहित कुमार पौडेल २ रनमा खेलिरहँदा पवन सर्राफ ४ रन र आशिफ शेख ७ रनमा पभेलियन फर्किए। यता, श्रीलंकाका लागि दिल्सन मधुसांकाले…
बाँकेः सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले ५२ करोड रुपैयाँ रकम अपचलन गरेको आरोपमा…
जलेश्वरः बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ। सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए। तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई…
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का नामले परिचित मनास्लु हिमालको चुचुरोमा पु्र्याइने भएको छ। आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लैजान लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीवार हस्तान्तरण गरे। मनास्लुको चुचुरोमा…
चरिकोटः दोलखाको कालिञ्चोक गाउँपालिका -९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका -३ जफेका २४ वर्षीय अनीश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका-३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का पवन पौडेल घाइते भएका छन्।…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कंदैछन्। प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका…
गोरखाः गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा पठाइएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 'थुनछेक बहसपछि थुनामा राखेर कारवाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो', जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भने। केरौँजाका व्यवसायी…