PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • कुटपिट गरी व्यक्ति हत्या गर्ने दोर्जे लामा पक्राउ

    कुटपिट गरी व्यक्ति हत्या गर्ने दोर्जे लामा पक्राउ

    गोरखाः हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। 'लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल छनोटः नेपालको लज्जास्पद पराजय, कुवेतसँग ७-० ले पराजित

    विश्वकप फुटबल छनोटः नेपालको लज्जास्पद पराजय, कुवेतसँग ७-० ले पराजित

    विश्वकप फुटबल तथा एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको छ। कुवेतको जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल ठूलो गोल अन्तरले पराजित भएको हो।  नेपालले खेलको छैटौँ मिनेटमा नै गोल खाएको थियो। यस्तै, पहिलो हाफको १३औँ मिनेटमा दोस्रो गोल खायो। पहिलो हाफमा २–० ले अघि रहेको कुवेतले दोस्रो हामा पनि आक्रमक खेल खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • अब एटिएमबाट दैनिक ६० हजारमात्र निकाल्न सकिने

    अब एटिएमबाट दैनिक ६० हजारमात्र निकाल्न सकिने

    काठमाडौँः चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रति कारोबार पाँच हजारदेखि अधिकतम २० हजार रुपैयाँमात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ। यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेशपछि रोकियो एनओसीको निर्वाचन

    सर्वोच्चको आदेशपछि रोकियो एनओसीको निर्वाचन

    काठमाडौँः नेपाल ओलम्पिक कमिटी (एनओसी) को शुक्रबारका लागि तय भएको कार्यसमितिको निर्वाचन स्थगित भएको छ। सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ। यही भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

    धनगढीमा पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

    कैलालीः कैलाली प्रहरीले चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ६ मटियारीका सञ्जय राना, सोही ठाउँका कमल बिक र वडा नम्बर -३ का रुद्रप्रसाद अधिकारी रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अब दूधको पनि बढ्यो भाउ, लिटरमै ६ रुपैयाँ वृद्धि

    अब दूधको पनि बढ्यो भाउ, लिटरमै ६ रुपैयाँ वृद्धि

    काठमाडौः किसान र डेरी उद्योगको लागत बढेको भन्दै दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन निर्णय भएको छ। कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउन सहमति दिएका छन्। यो सहमतिसँगै दुग्ध विकास बोर्डको बैठक अहिले केहीबेरमा बस्दैछ। बोर्डका एक अधिकारीका अनुसार बोर्ड बैठकको प्रमुख प्रस्तावनै दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने राखिएको छ। ‘दूधको मूल्य लिटरको ६ रुपैयाँ बढाउने…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

    फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

    ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन्। फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४१ करोड ९० लाख (४१९ मिलियन) फेसबुक अकाउन्टका जानकारी सार्वजनिक भएका हुन्। जानकारी सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका १३ करोड ३० लाख (१३३ मिलियन),  भियतनामका ५ करोड (५० मिलियन) र यूकेका १ करोड ८० लाख (१८ मिलियन) फेसबुक प्रयोगकर्ताका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ एटिएम ह्याकसम्बन्धमा छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन

    यस्तो छ एटिएम ह्याकसम्बन्धमा छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन

    काठमाडौं : चिनियाँ ह्याकरहरुले एटिएमको सिस्टम नै ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी गरिएका सबै म्याग्नेटिक स्ट्रिप कार्डहरु (नन् चिप- चिप नभएका कार्ड) तीन महिनाभित्र हटाएर चिपयुक्त कार्डहरु मात्र प्रयोगमा ल्याउन सुझाव दिएको छ। उक्त ह्याकिङको फरेन्सिक एक्सपर्टद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गराइने र उनीहरुले दिने सुझावहरु कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा सुरु भयो ‘चलचित्र पत्रकारिता कार्यशाला’

    पोखरामा सुरु भयो ‘चलचित्र पत्रकारिता कार्यशाला’

    पोखरामा ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ। कार्यशाला चलचित्र पत्रकार संघ र चलचित्र विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको हो। बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले कार्यशाला उद्घाटन गरे। पोखराको नेपाल पर्यटन बोर्डको सभा हलमा तीन दिन लामो चल्ने…

    विस्तृतमा पढ्नुस्

  • उर्लंदो सय करोड अभियान २०२० को नेपालबाट आरम्भ हुने

    उर्लंदो सय करोड अभियान २०२० को नेपालबाट आरम्भ हुने

    काठमाडौै: बालिका तथा महिलाहरुमाथि हुने अन्याय र शोषणविरुद्धको 'उर्लंदो सय करोड अभियान २०२०' नेपालबाट आरम्भ हुने भएको छ। दक्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि, लेखक कमला भसिनले सुरु गरेको वान बिलियन राइजिङ् नेपालमा भदौ २१ गते अर्थात् ७ सेप्टेम्बर २०१९ देखि सुरु हुन लागेको हो। पुरुष प्रधानता र लैङ्गिकताले निम्त्याएको अवस्थाबारे खुलेर लेख्ने गरेकी भसिन हाल नेपालमा छिन्।  उनी अभियान घोषणाका लागि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा डेंगुको प्रकोप उच्च, २३ जनाको उपचार हुँदै

    वीरगंजमा डेंगुको प्रकोप उच्च, २३ जनाको उपचार हुँदै

    वीरगंजः एक महिनाअघि सुनसरीको धरानबाट सुरु भएको डेंगुको प्रभाव पर्सा, बारामा पनि देखिएको छ। दुई साताभित्र वीरगंजका विभिन्न अस्पतालमा करिब दुई दर्जनलाई डेंगु रोग फेला परेको हो। केहीको अस्पतालमै उपचार भइरहेको चिकित्सकहरुले बताएका छन्। नेपाल चिकित्सक संघ नारायणी वीरगंजका महासचिव तथा नारायणी अस्पतलाका डा. उदयनारायण सिंहका अनुसार वीरगंजमा हालसम्म बारा र पर्साका २३ जनामा यो रोग भेटिएको छ। हालसम्म कसैको…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो: कमला भसिन

    बलात्कार यौन अपराध होइन, यो त शक्तिको उन्माद हो: कमला भसिन

    दक्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि अनि लेखक हुन् कमला भसिन। पाँच दशकदेखि निरन्तर लैङ्गिक समानता, गरिबी निवारण, मानव अधिकार र शैक्षिक विकासमा बहस गर्दै आएकी छिन् उनी। नारीवादी विचारका कारण चर्चित भसिन नारीवादीहरुको सञ्जाल ‘संगत’का संस्थापक हुन्। सन् २००२ मा संयुक्त राष्ट्रसंघको जागिर छाडेपछि उनले संगतमार्फत् काम गर्दै आएकी छिन्। यो संस्थाले महिलाविरुद्धको हिंसा अन्त्य गर्न र न्याय, समानता,…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल छनोटः नेपालले आज कुवेतको सामना गर्दै

    विश्वकप फुटबल छनोटः नेपालले आज कुवेतको सामना गर्दै

    विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज कुवेतको सामना गर्दैछ। आइतबार कुबेत पुगेको नेपाली टिमले घरेलु टिमसँग आज राति १०ः४५ बजे जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्ने छ। सन् १९८२ विश्वकपमा समेत सहभागी भइसकेको फुटबलमा अनुभवी कुवेतसँग उसैको मैदानमा नेपालले प्रतिस्पर्धा गर्नेछ। त्यसबाहेक  कुवेतले सन १९८० को एसिया कप उपाधि पनि उचालेको थियो। अहिले १५६ औं स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप यू-१९ क्रिकेट आजदेखि, फोटोमा हेर्नुस् नेपाली खेलाडीको अभ्यास

    एसिया कप यू-१९ क्रिकेट आजदेखि, फोटोमा हेर्नुस् नेपाली खेलाडीको अभ्यास

    श्रीलंकामा आजबाट सुरु हुने एसिया कपको ट्रफी बुधबार सार्वजनिक भएको छ। प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, युएई र कुवेत रहेका छन्। प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग शुक्रबार खेल्नेछ। त्यस्तै दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • एटिएममा चिनियाँ भाषाको प्रयोग पनि लुटिनुको एक कारण

    एटिएममा चिनियाँ भाषाको प्रयोग पनि लुटिनुको एक कारण

    काठमाडौं : चिनियाँले एटिएमबाट मच्चाएको 'लुट'को अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको टोलीले एटिएममा प्रयोग भएको चिनियाँ भाषालाई पनि कारण देखाएको छ। नेपाली र अंग्रेजी भाषाको मात्र प्रयोग गर्दै आएका बैंकहरुले पछिल्लो समय एटिएममा चिनियाँ भाषा पनि प्रयोगमा ल्याएका छन्। नेपालमा लुट्न आएकाहरु नेपाली र अंग्रेजी दुवै भाषा नबुझ्ने चिनियाँ नागरिक छन्। पक्राउ परेका ६ जनासँग प्रहरीले दोभाषे प्रयोग गरे…

    विस्तृतमा पढ्नुस्

  • पंजावको एक पटका कारखानामा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५० बेपत्ता

    पंजावको एक पटका कारखानामा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५० बेपत्ता

    नयाँ दिल्ली : भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। ५० जना मानिसहरु अझै हराइरहेको हुनाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोटनका बेला कारखानामै रहेका ५० जना मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ। देशको उत्तरी राज्य पंजावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा रहेको एउटा पटाका कारखानामा आगलागी भएको भारतीय…

    विस्तृतमा पढ्नुस्

  • बर्खास्तमा परेका प्रदेश मन्त्री खत्रीसँग ५ लाख धरौटी माग

    बर्खास्तमा परेका प्रदेश मन्त्री खत्रीसँग ५ लाख धरौटी माग

    काठमाडौं : उच्च अदालत पाटनले कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भएका खड्क बहादुर खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेश सरकारका मन्त्री रहेका खड्कलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयानका लागि पेश गर्न अदालतले आदेश जारी गरेको थियो। न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाह्वान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार…

    विस्तृतमा पढ्नुस्

  • दशैं आयो, बसको अग्रिम टिकट असोज पहिलो साताबाट

    दशैं आयो, बसको अग्रिम टिकट असोज पहिलो साताबाट

    काठमाडौं : दशैंका लागि असोज पहिलो साता बसको अग्रिम टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार बोलाएको बैठकमा असोज पहिलो साता अग्रिम टिकट खोल्ने प्रारम्भीक सहमति भएको हो। ‘असोज पहिलो साता अग्रिम टिकट खोल्न प्रारम्भीक सहमति भएको छ। तर, यातायात व्यवसायीले आफ्नो बैठक डाकेर मात्रै निर्णय गर्न आग्रह गरेकाले मिति घोषणा हुन सकेन्,’ विभागका एक अधिकारीले भने। बैठकमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • रसिया र भारतले गरे इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा

    रसिया र भारतले गरे इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा

    रसिया र भारतले इरानसँग व्यापारिक सम्बन्ध कायमै राख्ने घोषणा गरेका छन्। दुवैले बुधबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै इरानसँग वैध तवरबाट नै आर्थिक र व्यापारिक साझेदारी जारी राख्ने आफूहरुको योजना रहेको घोषणा गरेका हुन्। रसियाली समाचार एजेन्सी आरआइएले रसियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले रसियाली सहर भ्लाडिभोस्टकमा यसबारे गरेको वार्तापछि जारी गरेको संयुक्त वक्तव्यलाई उद्धृत गरेको बेलायती समाचार एजेन्सीले रोयटर्सले उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन बिबरलाई किन आयो आत्महत्या गर्ने सोच?

    जस्टिन बिबरलाई किन आयो आत्महत्या गर्ने सोच?

    क्यानेडियन पप गायक जस्टिन बिबर सानै उमेरदेखि नै आफ्नो गायनका कारण संसारभरि चिनिए। जस्टिनले सानै उमेरमा पाएको स्टारडमले उनको जीवनमा निम्त्याएका भयानक परिणामहरुका बारेमा इन्स्टाग्राममा लेखेका छन्। कुनै समयमा आफूलाई आत्महत्या गर्ने सोच पनि आएको कुरा उनले उक्त इन्स्टाग्राम पोस्टमा उल्लेख गरेका छन्। सानै उमेरमा पाएको स्टारडमले उनले कसरी जीवनमा गलत फैसला गरे र त्यसले कसरी उनलाई संसारमै घृणित व्यक्ति बनायो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell