PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • युएस ओपन टेनिसको उपाधि राफेल नाडाललाई

    युएस ओपन टेनिसको उपाधि राफेल नाडाललाई

    न्युयोर्कमा सम्पन्न युएस ओपन टेनिसको उपाधि विश्व नम्बर २ राफेल नाडालले जितेका छन्। स्पेनका स्टार नाडालले फाइनलमा रुसका डेनिल मेडवेडेवलाई पराजित गरे। नाडालले ७–५, ६–३, ५–७, ४–६, ६–४ सेटमा संघर्षपूर्ण जित निकालेका हुन्। १९ औं ग्राण्डस्लाम जितेसँगै ३३ वर्षीय नाडाल आफ्ना प्रतिद्वन्दी रोजर फेडररभन्दा १ स्टेप पछि रहेका छन्। फेडररले २० पटक ग्राण्ड स्लेम जितिसकेका छन्। नाडालले यो सहित चौथो…

    विस्तृतमा पढ्नुस्

  • नाडेज्दा कपः नेपालले उज्बेकिस्तानको सामना गर्दै/ लाइभ भिडियाे

    नाडेज्दा कपः नेपालले उज्बेकिस्तानको सामना गर्दै/ लाइभ भिडियाे

    कीर्गिस्तानमा जारी नादेज्दा कपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दै छ। खेल दिउँसो ११ः४५ बाट सुरुहुने खेल काराकोलस्थित सेन्ट्रल स्टेडियममा  हुँदैछ। पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि ८–२ को जित निकालेको नेपाली टिम उच्च मनोबलका साथ उत्रने छ। नेपाल आजको खेलमा जित निकाल्दै नेपाल फाइनल यात्रा सहज बनाउन चाहन्छ। यद्यपि ताजकिस्तानलाई १२–० ले पराजित गरेकाे उज्बेकिस्तान बलियाे टाेली हाे। आजको उज्बेकिस्तान विरुद्दको…

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्रप्रति संकेत गर्दै प्रचण्डले भने ‘चिहानबाट भूतप्रेत ब्युँतिने कुरा विज्ञानले मान्दैन’

    राजतन्त्रप्रति संकेत गर्दै प्रचण्डले भने ‘चिहानबाट भूतप्रेत ब्युँतिने कुरा विज्ञानले मान्दैन’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन व्यवस्थाप्रति प्रतिक्रान्तिको गन्ध आइरहेको बताएका छन्। परिवर्तनकारी शक्ति र तिनका नेतृत्वलाई बदनाम गर्न अनर्गल प्रचार भइरहेको पनि अध्यक्ष प्रचण्डले बताए। २१औँ सुरेश वाग्ले स्मृति दिवसमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र जनताको अपेक्षा अनुसार परिणाम दिनेगरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।…

    विस्तृतमा पढ्नुस्

  • ‘सेल्फी किङ’मा विपीन कार्की र लक्ष्मी बर्देवाको जोडी, हाँस्य कलाकारको कथा भन्ने

    ‘सेल्फी किङ’मा विपीन कार्की र लक्ष्मी बर्देवाको जोडी, हाँस्य कलाकारको कथा भन्ने

    काठमाडौँः फिल्म ‘सेल्फी किङ’ को ‌औपचारिक घोषणा गरिएको छ। फिल्ममा विपीन कार्की र लक्ष्मी बर्देवाले स्क्रिन शेयर गर्ने भएका छन्। यसअघि लक्ष्मी बर्देवा फिल्म बुलबुलमा महिला टेम्पो चालकको रूपमा देखिएकी थिइन्। साथै नायिका केकी अधिकारीले पनि फिल्ममा अतिथिको भूमिका निर्वाह गर्दैछिन्। फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्। अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका विशालको यो डेब्यु निर्देशन हो।…

    विस्तृतमा पढ्नुस्

  • दसैंका लागि ४० अर्ब रुपैयाँको नयाँ नोट, असोज १४ बाट वितरण गर्ने राष्ट्र बैंकको तयारी

    दसैंका लागि ४० अर्ब रुपैयाँको नयाँ नोट, असोज १४ बाट वितरण गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं : दसैंका लागि असोज १४ गतेबाट नयाँ नोट वितरण सुरु गर्ने योजना बनाएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्षजस्तै यसपाली पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको हो। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने राष्ट्र बैंले जनाएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा बैंकले फिर्ता पाए चिनियाँ ह्याकरले लुटेको पैसा, भारतमा कति लुटियो अझै पत्तो छैन

    ६ वटा बैंकले फिर्ता पाए चिनियाँ ह्याकरले लुटेको पैसा, भारतमा कति लुटियो अझै पत्तो छैन

    काठमाडौं : चिनियाँहरुले प्रणाली ह्याक गरेर पैसा लुट्न प्रयोग गरेका एटीएमका सम्बन्धित बैंकहरुलाई भिसा नेटवर्कले लुटिएको रकम फिर्ता गरेको छ। अघिल्लो शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम बुथबाट पैसा झिकेका थिए। उनीहरुले भारत र नेपालबाट करिव साढे ३ करोड झिकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपालबाट झिकिएको पैसा बैंकहरुलाई फिर्ता गरिएको हो। नबिलको ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

    समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

    काठमाडौं : समाजवादी पार्टी नेपालको प्रचार विभागका उपप्रमुखमा विश्वदीप पाण्डे चयन भएका छन्। आज बसेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो। बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ। उनलाई मिडियामैत्री र मिडिया व्यवस्थापनमा कुशल व्यवस्थापकको रुपमा लिइन्छ।

    विस्तृतमा पढ्नुस्

  • विराटनगर गुरुकुल नाटक महोत्सवमा प्रदर्शन भयो ‘अँध्यारो बाटो’

    विराटनगर गुरुकुल नाटक महोत्सवमा प्रदर्शन भयो ‘अँध्यारो बाटो’

    विराटनगर : विराटनगरको हाटखोलास्थित गुरुकुलमा शुक्रवार शुरु भएको विद्यालय नाटक महोत्सवमा शनिवार नाटक ‘अँध्यारो बाटो’ मञ्चन भएको छ।  विराटनगरस्थित सत्यनारायण माविले तयार पारेको ‘अँध्यारो बाटो’ हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो। नाटकले सामाजिक परिवेश र समाजका बेथितीहरुलाई समेटेको थियो। सत्यनारायण माविकै शिक्षक लोकनाथ नेपालको लेखन तथा निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’ खासगरी चेलीबेटी बेचबिखन र उनीहरुको पुनःस्थापना गर्दा हुने…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीले नै समानुपातिक सांसदमाथि विभेद गरेको नवीना लामाको आरोप

    अर्थमन्त्रीले नै समानुपातिक सांसदमाथि विभेद गरेको नवीना लामाको आरोप

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद् नवीना लामाले आफ्नै सरकारको अर्थमन्त्री डा युवराज खतिवडाले समानुपातिक सांसदलाई विभेद गरेको आरोप लगाएककी छिन्। आजको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद लामाले नीति निर्माण तहमा नै विभेद गरिएको आरोप लगाएकी हुन्। एउटै सदनमा समानुपातिक र प्रत्यक्ष सांसदलाई अर्थमन्त्री खतिवडाले विभेद गरेको तर्क गर्दै सांसद लामाले प्रश्न गरिन्,  'सदनमा अर्थमन्त्रीले नै विभेद गर्नुभयो,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न : डेंगु नियन्त्रणका लागि सेना परिचालन किन?

    कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न : डेंगु नियन्त्रणका लागि सेना परिचालन किन?

    काठमाडौं : नेपाली काँग्रेसकी प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले डेंगु नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा ध्यानाकर्षण गराएकी छिन्। संग्रौलाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा डेंगु नियन्णमा सरकारले सुरुवातदेखि नै ध्यान दिन नदिएको आरोप लगाउँदै उक्त भनाइ राखेकी हुन्। डेंगु रोगका कारण ४ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै उनले संक्रमण न्यूनीकरण गर्नुको सट्टा स्वास्थ्यमन्त्री आफैंले सेना परिचालनको कुरा गर्नु ठीक नभएको बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • थारु कल्याणकारिणी सभाको ६ बुँदे माग, प्रधानमन्त्रीसँग पहल  गर्ने प्रचण्डको आश्वासन

    थारु कल्याणकारिणी सभाको ६ बुँदे माग, प्रधानमन्त्रीसँग पहल  गर्ने प्रचण्डको  आश्वासन

    ललितपुर : ललितपुर थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनीतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सभाले आन्दोलन राजनीतिक भएकाले समाधान पनि राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ। आइतवार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटारमा भेटी…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो जन्मदिनमा नाजिरले लेखे आमाका लागि कविता

    आफ्नो जन्मदिनमा नाजिरले लेखे आमाका लागि कविता

    काठमाडौं : भदौ २२ गते (आज) बिहानै अभिनेता नाजिर हुसेनले फेसबुकमा कविता पोस्ट गरे। आफ्नो जन्मदिनको उपलक्ष्यमा उनले आफ्नी आमालाई सम्बोधन गर्दै कविता लेखेका हुन्। उनकी आमा मीना हुसेनको केही वर्षअघि अस्वस्थताका कारण निधन भयो। उनी स्वास्थ्य स्वय‌ंसेविका थिइन्। साथै आफ्ना लागि शुभकामना पठाउने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्। उनी २८ वर्ष पुगेका छन्।   रंगमञ्च हुँदै फिल्मको पर्दामा छाएका…

    विस्तृतमा पढ्नुस्

  • यु १९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

     यु १९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं : श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा आज बंगलादेशको सामना गर्न लागेको हो। यता बंगलादेशले पहिलो खेलमा युएइलाई ६ विकेटले पराजित गरेको थियो। नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ। खेल आज बिहान  १०:१५ बजेबाट सुरु हुनेछ। नेपाल र बंगलादेशबीचका पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • 'लिलिबिलि' फिल्मका निर्देशक र वितरकबीच हिसाबकिताब विवाद

    'लिलिबिलि' फिल्मका निर्देशक र वितरकबीच हिसाबकिताब विवाद

    काठमाडौैं: 'लिलिबिलि' फिल्मको वितरक कम्पनी काफिया फिल्म्स् प्रालिका संचालक गोविन्द बहादुर शाहीले फिल्मका निर्माता र निर्देशकले शक्ति र पदको दुरुपयोग गरेको आरोप लगाएका छन्। शाहीले शनिवार विज्ञप्ति जारी गर्दै फिल्मको नाफा नोक्सानमा भएको विवादको सम्बन्धमा उनीहरुले शक्ति र पदको दुरुपयोग गरेर आफूलाई पक्राउ गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। फिल्मको प्रमुख वितरक कम्पनी काफिया फिल्म्स,  निर्माता सुदिप खड्का र निर्देशक मिलन…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी वरीयताः पारस गेल र धोनीभन्दा अगाडि

    आइसिसी वरीयताः पारस गेल र धोनीभन्दा अगाडि

    आइसिसीले टी २० को नयाँ वरीयता सार्वजनिक गरेको छ। नयाँ बरियतामा नेपाली क्रिकेट टिमका ३ खेलाडीले स्थान बनाएका छन्।  नेपालका पारस खड्का, साेमपाल कामी र बसन्त रेग्मीले नयाँ बरियतामा स्थान बनाएका हुन्। नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का टी २० अलराउण्डर तर्फ २७ औं स्थानमा रहेका छन्। उनले राशिद खान,दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई…

    विस्तृतमा पढ्नुस्

  • दुई थान पेस्तोल सहित काठमाडौंमै सात जना पक्राउ

    दुई थान पेस्तोल सहित काठमाडौंमै सात जना पक्राउ

    काठमाडौँ : प्रहरीले अवैध हतियार पेस्तोल सहित सात जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘हतियार सहित सात जनालाई नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान भइरहेको छ,‘ प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र चार थान गोली समेत बरामद गरेको डिएसपी बोगटीले पुष्टि गरे। पक्राउ गरेका उनीहरू लुटपाट…

    विस्तृतमा पढ्नुस्

  • कुवेतबाट नेपाल फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने

    कुवेतबाट नेपाल फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने

    विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्स अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाल फर्किएको नेपाली टोली आजै चाइनिज ताइपेइ प्रस्थान गर्ने भएको छ। विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा कुवेतसँग खेलेर नेपाली टोली आजै बिहान काठमाडौं ओर्लिएको थियो। नेपालले कुवेतसँगको खेलमा ७–० को पराजय भोगेको थियो। खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ५…

    विस्तृतमा पढ्नुस्

  • म्यारोडोनाले फेरि प्रशिक्षकको भूमिका निभाउने

    म्यारोडोनाले फेरि प्रशिक्षकको भूमिका निभाउने

    अर्जेन्टिनी लिजेन्ट डिएगो म्यारोडोनाले फेरि प्रशिक्षकको भुमिका निर्वाह गर्ने भएका छन्। म्यारोडोनाले अर्जेन्टिनाको पहिलो डिभिजन क्लब जिम्नासियाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन्। अर्जेन्टिनी क्लब जिम्नासियाले ट्वीट गर्दै म्यारोडोनालाई स्वागत गरिसकेको छ भने म्यारोडोनाले पनि इन्टाग्राममा तस्बीर हाल्दै यसको जानकारी दिएका छन्। ‘विश्व फुटबलका स्टार डिएगो म्यारोडोना जिम्नासियाको नयाँ कोचको रुपमा हस्ताक्षर गरेका छन्’, क्लबले भनेको छ। जिम्नासिया अहिले अर्जेन्टिनाको सुपरलिगमा…

    विस्तृतमा पढ्नुस्

  • राज्य कब्जाको बाटोमा कम्युनिस्ट सरकार

    राज्य कब्जाको बाटोमा कम्युनिस्ट सरकार

    कृष्णप्रसाद सिटौला - कांग्रेसको वर्तमान स्थिति नेपाली कांग्रेसको नेतृत्वमा अत्यन्त ठूलो परिवर्तन आयो। गणतन्त्र नेपालको अत्यन्त ठूलो मौलिक परिवर्तन हो २०६२/६३ को आन्दोलन। यो गणतन्त्रसँग जोडिएर अधिकार धेरै आए। सात सालको क्रान्तिको मौलिक परिवर्तन लोकतन्त्र थियो। लोकतन्त्रसँग जोडिएर जनताका धेरै अधिकार आए। २०६२/६३ को आन्दोलनको मौलिक परिवर्तन गणतन्त्र थियो। निकै ठूलो उपलब्धि देशले पायो, राष्ट्रले प्राप्त गर्‍यो। ती उपलब्धिलाई संस्थागत…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा पनि तीन जनालाई डेंगु

    सुर्खेतमा पनि तीन जनालाई डेंगु

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि तीन जनालाई डेंगु संक्रमण देखिएको छ। प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार गर्नेक्रममा उक्त संक्रमण देखिएको हो। वीरेन्द्रनगर–४ का ३५ वर्षीय उदय सुनार, बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ वर्षीया एलिना पुलामी र वीरेन्द्रनगर–६ का ३५ वर्षीय जयकिसन विकलाईलाई डेंगुको संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell