काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा छुटेका सञ्चारकर्मी रवि लामिछाने जिल्ला अदालतको निर्णयको बदर माग गर्दै उच्च अदालत हेटौडा पुगेका छन्। गत भदौ ९ गते संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको थियो। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन। सिंगापुरमा उपचाररत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न महासचिव पौडेल आज दिउँसो थाइ एअरबाट सिंगापुर गएका हुन्। 'उहाँ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर जानुभएको हो' पौडेलका स्वकीय सचिव यम पाण्डेले भने, 'उहाँको अन्य कार्यक्रम छैन। हालसम्म शुक्रबार प्रधानमन्त्री ओलीसँगै फर्कने कुरा छ।'…
काबुल : अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको कार बम विस्फोटमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। विस्फोटको जिम्मेवारी तालिवानले लिएको छ। अमेरिकाका कुटनीतिज्ञ तालिवानसँग भएको वार्ताको बारेमा जानकारी गराउन अफ्गानिस्तानका राष्ट्रपति अश्राफ घानीलाई भेट्न गएको केही घण्टामै विस्फोट भएको रोयटर्सले जनाएको छ। उक्त आत्मघाती कार बम विस्फोट भयानक भएको र विस्फोटको प्रभाव केही किलोमिटर परसम्म महशुस गरिएको थियो। अमेरिका…
बलिउड स्टार अक्षय कुमारको फिल्म 'मिशन मंगल'ले बक्स अफिसमा आक्रमक व्यापार गरेको छ। जगन शक्ति निर्देशित मिशन मंगलले भारतमा मात्र नभएर अस्ट्रेलियामा पनि नयाँ रेकर्ड कायम गरेको छ। अस्ट्रेलियामा प्रर्दशन भएको अक्षय कुमारको अन्य फिल्मको तुलनामा मिशन मंगल सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। १५ अगस्टदेखि प्रर्दशनमा आएको यस फिल्मले हालसम्म १८७ करोड (भारती रुपैयाँ) को व्यापार गरेको आजतकले…
राजु आचार्य- विकास राईले नेपालबाट समाजशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट हुबर्ट हमफ्री फेलोसिप प्राप्त गरेका छन्। गत स्थानीय चुनावमा उम्मेद्वार लागि अनुरोध गर्दा सुरुमा उनी अलमल्ल परे। जीवनको लामो कालखण्ड सामाजिक अभियन्ताको रूपमा परिचय बनाएका राईलाई राजनीतिमा प्रवेश गर्ने निम्तो अनपेक्षित थियो। व्यक्तिगत मतले मात्रै पनि विजय हुने सम्भावना देखेपछि गाउँका समाजसेवी दानबहादुर राईले उम्मेद्वार बन्न प्रस्ताव गरेका थिए।…
काठमाडौँः राजधानी काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ। भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे। काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौँ महानगरपालिकामै रहेको एकाइले जनाएको छ।…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मङ्गलबार सिङ्गापुर जाँदै छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो १ बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री ओली भदौ ५…
वीरगन्ज : वीरगन्ज पावरहाउस नजिक रहेको जिएचपी बोर्डिङ स्कुलबाट गत बिहीवार बेपत्ता भएका विद्यार्थी अमितकुमार चौरसिया फेला परेका छन्। स्कुल प्रशासनले भारत बिहारको सुगौली रेल्वे स्टेसनबाट १३ वर्षीय अमितलाई फेला पारी पर्सा प्रहरीको रोहबरमा सोमबार राति ७ बजे परिवारको जिम्मा लगाएको पर्साका डीएसपी गौतम थापाले जानकारी गराए। दिल्ली पुगेर रक्सौल आइरहेको अवस्थामा स्कुलका कर्मचारी प्रेमचन्द्र गुप्ताले सुगौली रेल्वे स्टेसनमा देखेको र अमितलाई बोलाएर वीरगन्ज ल्याएको…
रुकुम पश्चिमः खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई…
काठमाडौं : चिनियाँ ह्याकरहरुले सिस्टम ह्याक गरी नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममार्फत लुटेको पैसा बैंकले फिर्ता पाएको छ। ह्याकरहरुले इन्भेष्टमेन्ट बैंकलगायत नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकालेका थिए। जसअन्तर्गत इन्भेष्टमेन्ट बैंकको एटिएमबाट निकालिएको ५० लाख रुपैया बैंकले फिर्ता पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए। पाण्डेले भने, 'हाम्रो एटिएमबाट ह्याकरहरुले ५० लाख रुपैयाँ निकालेका थिए। त्यो पैसा हामीलाई भिसा नेटवर्कले…
काठमाडौंः जिल्ला अदालत कञ्चनपुरले सञ्चारकर्मी रवि लामिछाने लगायत ३ जनाविरुद्ध दिएको उजुरी अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। आज बसेको न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उजुरी दर्ता नगर्ने निर्णय गरेको हो। गत २०७५ भदौ ४ गते १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्गबहादुर विष्टले रवि लामिछाने र डिएसपी अंगुर जिसीले अदालतको मानहानी गरेको भन्दै उजुरी…
काठमाडौं : 'औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६' का लागि विभिन्न २२ विधामा उत्कृष्ट पाँच गीतहरुको मनोनयन सार्वजनिक भएको छ। अवार्ड आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो। विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै पर्यटन तथा आर्थिक क्षेत्रमा…
इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुलाई समर्थकहरुले रंगीय दुर्व्यवहार गरेका छन्। इटालियन सिरी ए अन्तर्गत गएराति इन्टर मिलान र क्याग्लिआरीको खेल थियो। जसमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दा इन्टरले २–१ ले खेल जितेको थियो। पेनाल्टीमार्फत गोल गरेसँगै क्याग्लिआरीका समर्थकले उनलाई बाँदरको संज्ञा दिँदै दुर्व्यवहार गरेका थिए। बेल्जियमका खेलाडी लुकाकु रंगीय दुर्व्यवहार भोग्ने पछिल्ला खेलाडी हुन। पोस्ट म्याच कन्फ्रेन्समा इन्टरका डिफेन्डर स्किृनिअरले समर्थकको क्रियाकलापको भत्सना गरे। ‘ती यस्ता कुरा हुन,…
काठमाडौँः चिनियाँहरूले प्रणाली ह्याक गरेर एटिएम बुथबाट पैसा लुटेको विषयमा नेपालीको संलग्नताको आशंका गरिएको छ। शुक्रबार नेपाल आएका चिनियाँहरुले सरासर होटेल गएर शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म एटिएम बुथ लुट्दै हिँडेका थिए। उनीहरूले कुन बैंकको एटिएम कहाँ छ? होटलसम्म पैसा पुर्याउन कति समय लाग्छ? भन्ने सबै अध्ययन गरेर आएको अनुसन्धान स्रोतले जानकारी दियो। पक्राउ परेका पाँच चिनियाँ नागरिकहरुको विच्याटमा…
काठमाडौँः मङ्सिर १४ गतेका लागि प्रस्तावित उपनिर्वाचनमा सत्तारुढ दुई दलले पुनः निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने भएको छ। निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीले दल दर्ता गर्नुपर्ने भएको हो। एकापसमा गाभिएका दलहरूलाई उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान पनि गरेको छ। निर्वाचन आयोगले दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ। तत्कालीन…
काठमाडौंः दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली फुटबल टिम (यु २३)को दोस्रो चरणको छनोटबाट ३२ खेलाडी छानिएका छन्। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ जना खेलाडीबाट ३२ जनाको छनोट गरेका हुन। नेपाल दक्षिण एसियाली खेलकुदको फुटबलमा डिफेन्डिङ च्याम्पियन हो। छानिएकाे ३२ सदस्यीय टिम गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, रोमन रसाईली डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी,…
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन्। पुरुष/महिलामा समान १०–१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली,…
स्पेनिस ला लिगा अन्तर्गतको गएराति भएको खेलमा रियल मर्डिड भिल्ला रियालसँग २/२ को बराबरीमा रोकिएको छ। खेलको १२ औं मिनेटमा भिल्लारियलले आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो। भिल्लाका लागि जेरार्ड मोरेनोले पहिलो गोल गरेका थिए। त्यस्तै, ४५ औं मिनेटमा रियलका गारेथ बेलले गोल गर्दै पहिलो हाफ बराबरीमा पुर्याएका थिए। दोस्रो हाफमा पनि भिल्लारियलले नै अग्रता बनायो। खेलको ७४ औं मिनेटमा…
डा.राजु अधिकारी- नेपालमा मृत्युदण्ड १९९१ देखि नै कानुनद्वारा बर्जित छ। २०७२ को गणतान्त्रिक संविधानमा पनि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत ‘सम्मानपूर्वक बाँच्न पाउने हक’मा ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन बनाइने छैन’ भनेर स्पष्ट लेखिएको छ। त्यसो त संसारका धेरै जसो प्रजातान्त्रिक मुलुकहरूमा मृत्युदण्डको कानुन बर्जित नै छ तर अझै पनि निकै धेरै राष्ट्रहरूमा मृत्युदण्डको कानुन जीवितै छ। विश्वका…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ। प्रस्तावित विधेयकका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन कांग्रेसले माग छ। प्रस्तावित विधेयकमा पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। यस्तै आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाह गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ। दुबै व्यवस्था हटाउन…