काठमाडौं : विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिई रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ घर भई हाल बानेश्वर बस्ने विश्वराज शर्मा, झापाकै भद्रपुर नगरपालिका वडा नम्बर ८ घर भई हाल भक्तपुर बस्ने सुवाश कोईराला र भद्रपुरकै सुभम घिमिरेलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। आफू विप्लव…
काठमाडौं : चिनियाँ नागरिकले एटिमको प्रणाली नै ह्याक गरेर पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको पाइएको छ। तीन वटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड उनीहरुले प्रयोग गरेको पाइएको छ। प्रहरीले नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग भएको आशंका गरेको छ। शुक्रबार मात्र नेपाल आएका चिनियाँहरुले शनिबार बिहान ११ बजेदेखि बैंकहरुको कार्ड प्रयोग…
काठमाडौं : फिल्म 'पानी फोटो' को शुभ मुहुर्त गरिएको छ। ललितपुरको बगलामुखी मन्दिरमा आइतबार बिहान शुभ मुहुर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन समेत शुरु गरेको छ। 'पानी फोटो' मा खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहने छ। यही फिल्मबाट खगेन्द्रले निर्देशनमा डेब्यु गर्दैछन्। रविन्द्र बज्राचार्य र रोजिना सिटौलाको लगानीमा निर्माण हुने यस फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश…
काठमाडौं : नेपाली साहित्यमा श्रृंगारिक धारको शुरुवातकर्ता मानिन्छ मोतिराम भट्टलाई। उनको जीवन छोटो रहे पनि नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा उनको ठूलो योगदान छ। उनै स्रष्टाको सम्मानमा स्थापित युवा वर्ष ‘मोती’ पुरस्कारबाट यसपटक काभ्रेका स्रष्टा फूलमान बल र धनकुटाका शंकर चापागाई (धनकुटे कान्छा) सम्मानित भए। १५४ औं मोती जयन्तीको अवसरमा संंस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे।…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन्। मन्त्री भट्टराईले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षणको आइतबार काठमाडौंमा उद्घाटन गर्दै कार्यालय समयमा मोबाइल प्रयोग नगर्न निर्देशन दिएका हुन्। कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको फोटो आफूले संकलन गरेको बताए। उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई निर्देशन…
काठमाडौः चिनियाँ ह्याकरले बैंकको एटिएमबाट लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताबाट नझिकिएको देखिएको छ। राष्ट्र बैंकका भुक्तानी तथा फर्छ्यौंट विभागका कार्यकारी निर्देशक बमबहादुर क्षेत्रीले खातावालाहरुतिर नपुग्दै ह्याकरले प्रणालीबाट एकोहोर पैसा झिकेको बताए। 'अब बैंकहरुबाट कति पैसा झिकियो भन्ने चै पछि थाहा हुन्छ' उनले भने, 'यति कुरा हो कुनै पनि ब्यक्तिको खाताबाट पैसा झिकिएको छैन।' राष्ट्र बैंकले केही समयअघि बैंकर, प्रणाली…
इटालियन सिरि ए फुटबलमा युभेन्टसले नेपोलीमाथि ४–३ गोल अन्तरले जित निकालेको छ। गएराति भएको खेलमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डो, गोञ्जालो हिग्वुइन र ड्यानिलोले समान १/१ गोल गरेका थिए। त्यस्तै, नेपोलीका खेलाडी कौलिबालेले खेलको अन्तिम समयमा आएर आत्माघाती गोल गर्दा युभेन्टसले खेल जितेको हो। खेलको १६ औं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट भित्र गोञ्जालो हिग्विनले गोल गर्दा…
काठमाडौं: विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ। प्रतियोगितामा नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेल सेप्टेम्बर १० मा हुनेछ। खेलाडीहरुलाई शुक्रवार एन्फाले एक कार्यक्रमबीच बिदाइ गरेको थियो। नेेपाली टिमकाे कप्तानी यसपटक किरण चेम्जोङले गर्ने छन्। यस अघिको जोहोर…
काठमाडौं: पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने चिनियाँ आपराधिक समूह सक्रिय भएका छन्। नबिल बैंकको एटिएमबाट पैसा झिकेपछि चिनियाँ समूह सक्रिय रहेको खुलेको हो। प्रहरीले शनिवार साँझ चार चिनियाँ नागरिकलाई ५ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्। स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा…
इङलिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राख्दै तालिकाको शीर्ष स्थान कायम राखेको छ। गएराति भएको खेलमा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा जारी राखेको हो। लिभरपुलले खेलको ३३ औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो। बर्नलीका क्रिस उडले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो। त्यस्तै, खेलको ३७ औं मिनेटमा सार्डियो मानेले र ८० औं मिनेटमा रोबर्टो फिरमिनोले…
जाजरकोटः जाजरकोट भेरी नगरपालिका -२ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ। आबइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका…
पर्वतः पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। मादक पदार्थ सेवन गरी तीन जना सवार ध १ प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। शव परीक्षणका लागि…
स्पेनिस ला लिगाको हिजो भएको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ। मेस्सी, स्वारेजलगायतका खेलाडी चोटका कारण बाहिर रहेको अवस्थामा बार्सिलोनाले ओसासुनासँग बराबरी खेलेको हो। खेलको ७ औं मिनेटमै रोबेर्टो टोरेसले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको हाफटाइमसम्म दुवै टिम गोल गर्न असफल रहे। दोस्रो हाफमा अन्सुमान फाटीले खेलको ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। १६ वर्षीय…
दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा सम्पन्न यू १५ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित भएको छ। पहिलो खेलमा भारतसँगै पराजित भएर सुरु गरेको नेपाल अन्तिम खेलमा पनि भारतसँगै लज्जास्पद हार ब्यहोर्न पुग्यो। यता भारतले भने अपराजित रहँदै उपाधि हात पारेको छ। आज भारतको कल्याणीमा भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० को गोल अन्तरले पराजित गरेको हो। भारतका लागि खेलको १५…
काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरिक्षक (एसएसपी) सहित ३५ जना एसएसपी सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा लिष्टमा परिसरमा एसएसपी रविन्द्र धानुकको स्थानमा एसएसपी टेकप्रसा राई र महाशाखाका भिम ढकाललाई सरुवा गरेको छ। को कहाँ सरुवा? हेर्नुहोस् सुचि सहित
जलेश्वर : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश - २ अन्तर्गतका जिल्लाहरुको संगठन बिस्तार र सुदृढीकरण अभियान शुरु गरेको छ। अभियान अन्तर्गत सर्लाही, महोत्तरीको बिस्तारित बैठक सम्पन्न भैसकेको छ भने आज सिरहा र सप्तरीको बिस्तारित बैठक सम्पन्न हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्। महोत्तरीको जलेश्वरमा आयोजित बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी आएका ब्यक्तिहरु पार्टी प्रवेश गरेको प्रवक्ता सुशील…
राजु आचार्य - पोखरामा ‘युरोपियन युनियन फिल्म फेस्टिवल २०१९’को सुरुवात भएको छ। सृजना चोकमा रहेको मिड टावनमा सञ्चालन भइरहेको फेस्टिवलको उद्घाटनमा उल्लेख्य युवा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। पहिलो दिनको उद्घाटन सत्रमा देखाइएको ‘बेल्जियनका राजा’ हेरिसकेपछि पोखरेली वातावरणकर्मी दीपक गुरुङले चलचित्रको प्रशंसा गर्दै भने, ‘भोलि परिवार लिएर आउँछु, यस्ता चलचित्रहरूले युरोपको संस्कृतिलाई प्रतिनिधित्व गर्छ। सामाजिक सञ्जालमा समेत हेर्न…
भारतसँगको शुक्रबारको टेस्ट म्याचमा वेस्टइण्डिजले आफ्ना सबैभन्दा वजनदार खेलाडीलाई मैदानमा उतारेको छ। भारतसँगको खेलमा टेस्ट म्याचमा डेब्यु गरेका रहकिम कर्नवाल १४० केजीका छन्। कर्नवालले यसअघिको अस्ट्रेलियाका खेलाडी वारविक आर्मस्ट्रङ्को बढी तौल भएको खेलाडीको रेकर्ड तोडेका हुन्। आर्मस्टङको तौल उनको खेलजीवनमा १३३ केजी देखि १३९ केजीसम्म थियो। ६ फिट ६ इन्च उचाइ भएका रहकिम दायाँ हाते अफब्रेक बलर हुन। उनी आवश्यकता…
जनतालाई भोटभन्दा बढी केही नदेख्नेहरु राजनीतिकर्मी र बाचुन्जेल उत्पिडनमा पारिएकाहरुको कथा देखाएको नाटक ‘महाभोज’ मञ्चन आजदेखि सुरु हुँदैन। गरिब जनताको लासमाथि हुने राजनीतिमा केन्द्रित छ नाटक। मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन्। हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रुपान्तरण विप्लव प्रतीकले गरेका हुन्। नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईँ, दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा,…
काठमाडौँ : सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही मिडियामार्फत भ्रम फैलाइएको हुँदा मिडिया काउन्सिल विधेयकको माध्यमबाट त्यसलाई नियन्त्रण गर्न खोजिएको बताएका छन्। मन्त्री बाँस्कोटाले शुक्रबारको राष्ट्रिय सभामा युट्युबले जे गरेपनि पत्रकारिता भइरहेको बताए। युट्युबमार्फत भ्रम फैलाउन केही मानिसहरु लागिपरेको प्रति उनले आक्रोश व्यक्त गरेका छन्। मन्त्री बाँस्कोटाले भने, 'युट्युबमा जसलाई जे पनि भनिएको छ। जे पनि आरोप…