सुदर्शन सापकोटा/दिनेश खड्का- काठमाडौं : सम्पति शुद्धिकरण विभागको अनुसन्धानले नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीले स्रोत नखुलेको सम्पति आर्जन गरेको देखाएको छ। विभागले केसीविरुद्ध मुद्दा हाल्ने तयारीसमेत गरेको छ। 'मुद्दा हाल्ने अन्तिम चरणमा छौं। सबै कागजपत्रको अनुसन्धान भइरहेको छ,' विभागका एक अनुसन्धान अधिकृतले भने, 'अहिले पनि कोठा थुनेर केही फाइल अध्ययन गरिरहेका छौं।' राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेलगत्तै समानुपातिक सांसद बनेका…
काठमाडौं : बालाजुमा एक युवतीको शंकास्पद मृत्युको बिषयमा प्रहरीले अनुसन्धानकालागि दुई जनालाई नियन्त्रणमा लिएको छ। १६ वर्षीय जेनी तामाङले आत्महत्या गरेको भन्दै अस्पताल पुर्याएका दुई जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद एक युवक र युवतीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए गत सोमबार युवती तामाङ सलमा झुन्डिएको भन्दै दुई जनाले विनायक अस्पताल पुर्याएका थिए। प्रहरी नियन्त्रणमा रहेका उनीहरूले जेनीले सलमा…
काठमाडौँः चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस गर्न गठित समितिले उपाध्यक्ष सिफारिसका लागि पुनः दरखास्त आह्वान गरेको छ। यसअघिको प्रक्रिया स्थगन गर्दै समितिले नयाँ प्रक्रिया आरम्भ गरेको हो। समितिको सूचना अनुसार १५ दिनभित्र आवेदन दिन माग सूचित गरेको छ। यसअघिको प्रक्रियाबाट आवेदन मूल्याङ्कनमा ऐनले तोकेको योग्यता पुष्टि गर्ने कुनै पनि उम्मेद्वारको आवेदन नपरेको सिफारिस समितिले जनाएको छ। सिफारिस समितिको छनोट कार्यविधि…
अमेरिकाको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित भएको छ। सदनका चार महिला सदस्यविरुद्ध ट्रम्पले ट्विटरबाट 'नश्लीय टिप्पणी' गर्दै आक्रमण गरेकोमा प्रस्ताव पारित गरिएको हो। डेमोक्रेटिक पार्टीको वर्चस्व रहेको तल्लो सदनमा प्रस्तावका सम्बन्धमा भएको मतदानमा पक्षमा २४० मत परेको थियो। विपक्षमा १८७ मत परेको थियो। ट्रम्पले केहीदिनअघि ट्विट गर्दै चार महिला सांसद् अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इलहान ओमर, अयाना प्रेसलेबारे…
काभ्रेपलाञ्चोकः धुलिखेल नगरपालिका–१ देवीटारमा गएराति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ। राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इञ्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १…
बर्दिवासः महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका -३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन्। विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास -३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मंगलबार मध्यरातमा थापा मृत फेला परेका हुन्। रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो। घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ। शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक…
काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणको एसियाली ड्र आज हुँदैछ। सन् २०२३ मा चीनमा हुने र एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ। ड्र मा एसियाका ४० राष्ट्रहरुलाई समावेश गरिनेछ र ड्र पछि ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ५-५ टम रहनेछ। ड्र का लागि छुट्याइएको भाँडो 'पट'मा नेपाल पाँचौमा…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले स्वतन्त्र, निष्पक्ष, सक्षम र प्रभावकारी न्यायप्रणाली विकास गर्ने प्रक्रियामा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना ९२०७६/७७–२०८०/८१० सार्वजनिक गर्दै उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै सरोकारवाला निकायबाट सक्रिय सहयोग र समन्वय हुने विश्वास व्यक्त गरे। प्रधानन्यायाधीश राणाले भने, “तेस्रो राष्ट्रिय सम्मेलनलगायत विभिन्न तहका सरोकारवालाबीच भएका छलफल तथा परामर्श कार्यक्रमबाट…
काठमाडौँः प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुंग्याएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए। पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी…
काठमाडौँः सर्वोच्च अदालतले बिना परीक्षण भारतबाट तरकारी आयात गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ। असार २६ गते एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलपछि न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार विषादी परीक्षण गरेरमात्र आयात गर्ने निर्णय असार २ गते राजपत्रमा…
काठमाडौं : श्रीलंकाको कोलोम्बोमा भइरहेको १४औं बीएफए वेष्ट एसियन बेसबल कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहको पहिलो खेलमा नेपाल मंगलवार डिफेन्डिङ च्याम्पियन श्रीलंकासँग १३-० ले पराजित भएको हो। सोमवार भारतलाई हराएको श्रीलंका सेमिफाइनल प्रवेश गरेको छ। अब बिहीवार नेपालले भारतसँग खेल्नेछ र यस खेलको विजेता सेमिफाइनल पुग्नेछ। यस्तै अर्को समुहबाट पाकिस्तान दुई खेल जित्दै अन्तिम चारमा पुगेको छ। पाकिस्तानले…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७५-७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो। जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको…
काठमाडौं : अठारौं फिना वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ। जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता नेपालबाट २ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै महिलामा गौरिका सिंहले…
काठमाडौः अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मङ्गलवार खुशीबुबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय आकिब जावेद, २० वर्षीय एमडी सगिर शेख र २२ वर्षीय यमदादुल मोमिन रहेको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका आकिब तारा ग्याजेट्सका सञ्चालक समेत हुन्। दुईजना भने कामदारको रूपमा कार्यरत रहेको खुलेको छ। उनीहरूले मोबाइल, फेसबुक, इमो, भाइबर लगायतका…
काठमाडौँ : लोकसेवा आयोगको विज्ञापनका विषयलाई लिएर विभिन्न संघसंस्थाले आज काठमाडौंको माइतीघर मण्डलमा विरोध कार्यक्रम आयोजना गरेका छन्। आरक्षण बचाउ अभियानको नेतृत्वमा आन्दोलन भएको हो। झरीकै बीच सयौंको संख्यामा उपस्थित आन्दोलनकारीले विज्ञापन खारेजको माग गरेका थिए। विभिन्न अल्पसंख्यक र जातीय संस्थाहरुको अगुवाइमा भएको कार्यक्रममा वक्ताहरुले संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत विज्ञापन आएको भन्दै विरोध गरेका थिए।…
काठमाडौं : सिंगापुरमा यही जुलाई अन्तिम साता हुने आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल मलेसियामा छ। क्वालिफायरको लागि तयारी गर्न एक साता अघि नै मलेसिया पुगेको नेपालले त्यहाँ घरेलु टोलीसँग २ खेलको टी २० आई सिरिज समेत खेलिसकेको छ। नेपालले दिपक्षिय सिरिज क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारिसकेको छ। तर…
हेटौँडाः प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन्। देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए। मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन…
उदयपुरः उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका -८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ। राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै…
दमौलीः नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र…
काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने 'शक्तिशाली व्यक्ति भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको हो। न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो आदेश गरेको हो। अदालतले भण्डारीलाई शर्तसहितको…