काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रदेश नम्बर २ का ६ जिल्लाको प्रदेश कमिटीलाई पूर्णता दिएको छ। केन्द्रमा पार्टी एकताको काम अल्झिरहेका बेला प्रदेश २ ले ६ जिल्लामा कमिटी सदस्य चयन गरेको हो। प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरीको कमिटीलाई पूर्णता दिइएको हो। प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलको संयोजनमा नामावली टुंगिएको हो।…
घरेलु टोली इजिप्ट र नाइजेरिया अफ्रिकन कप अफ नेशन्स २०१९ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। समूह चरणमा लगातार दोस्रो जित हात पारेपछि दुवै टोलीले एक खेल खेल्नुअघि नै नकआउट राउण्डमा स्थान पक्का गरेका हुन्। समूह बी मा लगातार दोस्रो जित हात पार्ने क्रममा नाइजेरियाले गिनियलाई १-० ले पराजित गर्यो। नाइजेरियाका लागि केनेथ ओमेरुले ७३औं मिनेटमा एक मात्र गोल गरे। नाइजेरियाले…
रत्ननगरः बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका -१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ। साँझ ६ बजे ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर ठोक्किएर दुर्घटना भएको हो। दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर -१८ का १७ वर्षीय राजन भट्ट र…
धादिङः माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग बिहीबार रातिदेखि अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका -६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो। लेदोमा केही सवारीसाधन समेत फँसेका छन्। सडकभन्दा माथि बालुवा निकालिएको छ। बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो। राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको…
डडेल्धुराः डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण सुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम सुरु भएको छ। डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो। पूर्वाधार विकास कार्यालय डडेल्धुराको करिब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो। हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। सिएसटी प्रविधिमा सडक कालोपत्रे…
जिरीः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ। माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ। एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याइएसँगै जडानकार्य सुरु भएको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान सुरु भएको हो। मंगलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन…
बाबर आजामले शतक प्रहार गरेपछि पाकिस्तानले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पार्दै न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गाएको छ। बाबरले नटआउट १०१ बनाएपछि पाकिस्तानले न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य ४९.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो। ७ खेलपछि तेस्रो जित हात पारेको पाकिस्तान ७ अंकसहित छंटौँ स्थानमा उक्लेको छ। बंगलादेशसमा अंक भएपनि पाकिस्तान रनरेटमा पछि रहेको हो।…
काठमाडौं : नेपाल भलिबल संघका उपाध्यक्ष पदमा मनोनीत भएका कुमार राज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन्। राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई सपथ गराएका थिए। ३९ सद्यीय संघको कार्यसमितिमा निर्वाचनबाट ५ उपाध्यक्ष नियुक्त भएको र दुई जना मनोनित गर्न पाउने प्रावधान अनुसार सुवेदीलाई मनोनित गरिएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। अर्का उपाध्यक्ष…
उमेश श्रेष्ठ र सविन ढकाल - निर्मला पन्तको बलात्कार र हत्या हुनु एक दिनअघि (२०७५ साउन ९ गते) पुलिस हेडक्वार्टरस्थित आइजीको सचिवालय र कानुन शाखासहितमा एउटा उजुरी दर्ता भयो। आइजीको सचिवालयमा दर्ता नम्बर ९८ दिइएको त्यो उजुरीमा महिला प्रहरीलाई यौन दुर्व्यवहारका गम्भीर आरोपहरु मात्र थिएनन्, डिएनए रिपोर्टमा पैसा घुस लिने गरेको पनि भनिएको थियो। हेर्नुस् उजुरी। नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि…
काठमाडौँ : स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएका सांसदलाई समाजवादी पार्टी नेपालले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ। स्वन्तन्त्र तिब्बत माग्दै लाटभियामा भएको एक कार्यक्रममा दुई नेपाली सांसद सहभागी भएका थिए। तत्कालिन संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव र राजपा नेपालका सांसद एकवाल मियाँ कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा नेपाली सांसद् सहभागी भएसँगै चीनले चासो व्यक्त गरेको थियो। काठमाडौँस्थित चिनियाँ दूतावासले…
काठमाडौँः नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा आठ जना प्रहरी घाइते भएका छन्। सङ्घीय प्रहरी इकाई कार्यालय काभ्रे (बागमती) को गाडी दुर्घटना भएको हो। पनौती नगरपालिका वडा नम्बर ५ को सुब्बा गाउँमा दुर्घटना भएको थियो। दुर्घटना परि घाइते भएका प्रहरी हवलदार बलराम तामाङको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए। अफ साइटमा रहेको गाडीसँग पछाडिको…
काठमाडौं: फिल्म 'सानो मन' युनिटले रिलिज टार्गेट पर सारेको छ। असार २० गते प्रदर्शनमा आउने भनेको फिल्म एक साता ढिला सार्वजनिक हुने भएको हो। प्राविधिक पाटोको काम बाँकी रहेकाले असार २७ गते मात्र रिलिज हुने फिल्म निर्माता राजेन्द्र मानन्धरले बताए। सुयोग गुरुङको डेब्यू निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी…
स्वेच्छा राउत - इन्द्रचोक नजिकै किलागलका १४ वर्षीय सञ्जय कपाली एकाएक टोलबाट हराए। टोलमा बारम्बार दौडिरहने किशोर नदेखेपछि टोलबासीको चासो बढेको थियो। यो विक्रम संवत् २०५९ सालको कुरा हो। सञ्जयका बुबा सन्तोष किलागलमै टेलर सञ्चालन गर्थे। सन्तोष दिनभर कपडा सिलाउँथे। आमा मैँयादेवी उनलाई काममा सघाउँथिन्। निम्न आर्थिक परिवारका सन्तोषका छोरा हराएपछि टोलबासीमा चासो बढ्यो। सन्तोषकै घरपछाडि भारत बिहारका मिथुन ठाकुरको कपाल…
अष्ट्रलिया देब्रे हाते तीब्र गतिका बलर मिचेल स्टार्टकले आइसीसी विश्वकप क्रिकेट २०१९ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। मंगलबार घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दा स्टार्क र जासोन बेहरोनडपले उत्कृष्ट बलिङ गरे। यी दुई देब्रे हाते बलरले ९ विकेट लिँदा स्टार्कले ४ विकेट लिए। उक्त ४ विकेटपटि स्टार्क इंग्ल्याण्ड र वेल्समा भइरहको १२औं संस्करणको विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको…
साविक विजेता अष्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट २०१९ मा सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। लिग चरण अन्तर्गत मंगलवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले २ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४.४ ओभरमा २२१ रनमा अलआउट भयो। अष्ट्रलियाका लागि कप्तान फिन्चले शतक प्रहार गरे भने जासोन बेहरोनडफले ५…
महेन्द्रनगर : कञ्चनपुरमा भइरहेको चौथो संस्करणको मिराई प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ भिड्ने भएका छन्। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलमा मंगलवार भएको दोस्रो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई डिएल मेथडमा ४ रनले पराजित गर्दै फाइनलमा सुदूरपश्चिमसंग भेट पक्का गरेको हो। त्यसअघि पहिलो सेमिफाइनल वर्षाले रद्ध हुँदा समूह चरणमा विजेता भएको…
हिन्दी गायक आदित्य नारायण झाको नेपाल कन्सर्ट हुने भएको छ। नेपालका लागि उनको दोस्रो कन्सर्ट काठमाडौंमा हुने भएको हो। यसअघि उनले पोखरामा प्रस्तुति दिएका थिए। आदित्य काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा प्रस्तुति दिने भएका हुन्। आउँदो असार २१ गते ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले बलिउड तथा नेपाली गीतहरु गाउने छन्। आदित्यले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू आउने जानकारी…
काठमाडौं : मलेसियामा जुलाई पहिलो साता हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा प्रतिस्पर्धा गर्नको लागि नेपाल आगामी आइतवार मलेसिया जाने भएको छ। हाल कीर्तिपुरस्थित टीयू मैदान प्रशिक्षण गरिरहेको नेपाली युवा टोली वैदेशिक प्रशिक्षणबिनै मलेसिया जान लागेको हो। नेपालले भारतमा गएर प्रशिक्षण गर्ने योजना बनाए पनि आइसीसी र एसीसीबाट स्वीकृति नपाएपछि नेपाल घरेलु मैदानमै अभ्यास गरेर प्रतियोगिता खेल्न जान लागेको हो।…
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा खुशी रहन नसकेका ब्राजिलयन स्टार फुटबलर नेमार आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने भएका छन्। नेमारले स्पानिस जायन्ट बार्सिलोनासंग ५ वर्षको सम्झौता समेत गरेको स्पानिस मिडियाले जनाएको छ। स्पानिस पत्रिका स्पोर्ट्सका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्६मेउ र नेमारबीच ५ वर्षको मौखिक सम्झौता भएको हो। र नेमारले उक्त अफर स्वीकार गरिसकेको पनि उक्त मिडियाले दावी गरेको…
काठमाडौं : एसिएन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता एएफसी कप खेल्ने पहिलो नेपाली क्लब बनेको मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा हुने अन्तिम खेलमा सुखद नतिजा ल्याउन चाहन्छ। उता भारतीय क्लब चेन्नायी एफसी समूह चरण पार गर्नको लागि अन्तिम खेल जित्ने लक्ष्यमा छ। यी दुई क्लब एएफसी कप २०१९ को समूह ई को अन्तिम खेलमा बुधवार प्रतिस्पर्धा गर्दै छन्। यसै समूहमा रहेका दुई टोली…