महेन्द्रनगर : प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्ध भएको छ। महेन्द्रनगरस्थित खुला मैदान मंगलबार हुने तय भएको सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो। वर्षाको कारण भिजेको मैदान नसुक्दा खेल हुन नसकेको हो। हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ। सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७५ का लागि चार विधाको नोनयन मंगलवार सार्वजनिक भएको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र उत्कृष्ट प्रुशिक्षकको लागि ५-५ जनाको मनोनयन सार्वजनिक भएको हो। जसमा क्रिकेटको वर्चस्व रहेको छ। क्रिकेटबाट सर्वाधिक ५ जना मनोनयनमा परेका छन् भने कूल १० खेलबाट कम्तीमा १ खेलाडी मनोनयनमा परेका छन्। …
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७५ को लागि चार भिन्न विधाको मनोनयन सार्वजनिक भएको छ। मंगलवार आयोजित कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा अनी उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो। जसमा क्रिकेटबाट सर्वाधिक ५ जना परेका छन्। यस्तै फुटबलबाट ३, भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोबाट २-२ जना मनोनयनमा पर्दा ब्याडमिन्टन, कराते,…
स्वेच्छा राउत - भक्तपुरको बालकोट मूल सडकभन्दा केही भित्र जालीले घेरेको ठूलो कम्पाउन्डभित्र प्रि-फ्याब्रिक भवनहरु सजिएका देखिन्छन्। कम्पाउन्डको मूलगेटबाट भित्र छिरेपछि देखिन्छ ठूलो चौर। त्यही चौरमा छन् ब्याडमिन्टन कोर्ट, दुबोको बगैँचा र केटाकेटीले खेल्ने ठाउँ। झट्ट हेर्दा कुनै पार्क वा महँगो निजी विद्यालयजस्तो देखिन्छ। तर यसका संस्थापक बाबा हुन्। विदेशी हैन, नेपाली साइबाबा जसलाई सञ्जय साईको नामले चिनिन्छ। नाम राखिएको…
काठमाडौँः नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको भन्दै प्रहरीलाई खबर भइरहेका छन्। सोही क्रममा ललितपुर प्रहरीलाई एकाबिहानै शंकास्पद बस्तु फेला परेको सूचना प्राप्त भयो। ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुईँ तलामा रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा शंकास्पद झोला फेला परेको सूचना प्रहरीलाई पुग्यो। सूचनाका आधारमा तत्काल खटिएको नेपाल…
काठमाडौँः जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुण्डी कारोबारमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो विशेष सूचनाको आधारमा भएको प्रहरी अप्रेशनमा ४१ लाख ९२ रुपैयाँसहित ८ जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सोमेन्द्र राठौरले जानकारी दिए। पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिकाका विनोद सुनार, पर्सा छिपहरमाई नगरपालिकाका राज कुपुर साह, भारत बिहार मोतिहारीका सुनील कुमार प्रसाद र गुलाब साह पक्राउ परेका…
सिन्धुलीः सिन्धुलीको सुनकोशी गाउँपालिका -२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई घाइते भएका छन्। दुर्घटनामा कार चालक दीपक लामिछानेकी पत्नी काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। यस्तै दुर्घटनामा कार चालक दीपक…
सुर्खेतः कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको राजीनामा माग गरेका छन्। महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखहरुले राजीनामा माग गरेका हुन्। अधिकारवादीको संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन् गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ।” माग सरकारले सुनुवाइ नगरे देशभरका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन्। अश्लील अभिव्यक्ति दिने…
उमेश श्रेष्ठ/सविन ढकाल - "आन्दोलन नगर भनेर ३५ लाख दिन्छु भनेका थिए। आन्दोलन गर, मर्नुपर्छ, मार्नुपर्छ - सेवा सुविधा सबै दिन्छु भनेर पनि आएका थिए।" कञ्चनपुरमा सुरुका दिनमा भएको आन्दोलनको नेतृत्व गर्ने हेलेन श्रेष्ठले स्थलगत रिपोर्टिङका लागि गएको चैतमा महेन्द्रनगर पुगेका हामीलाई गल्ली नम्बर १ स्थित आफ्नै घरमा भेट्दा आफूलाई आएका विभिन्न अफर सुनाउँदै थिइन् - 'तपाईँ क्यापेबल मान्छे, तपाईँमा…
बेट अवार्ड २०१९ भएको छ। ब्ल्याक इन्टर्टेन्मेन्ट टेलिभिजनको आयोजनामा हुने यस समारोहमा अफ्रिकन अमेरिकन र अन्य अमेरिकन अल्पसंख्यक कलाकार, संगीतकर्मी, खेलाडी लगायतको सहभागिता रहन्छ। यो वर्षको अवार्ड कार्यक्रम अमेरिकाको लस एन्जेलसमा आइतबार राती सम्पन्न भयो। समारोहमा अधिकांश पप र र्याप संगीतकर्मीको उपस्थिति थियो। अमेरिकन र्यापर निप्सी हसललाई सम्मान तथा श्रद्धाञ्जली समारोहको केन्द्रमा थियो। सामाजिक अभियान्ता समेत रहेका उनको गत मार्च ३१…
बालबालिका केन्द्रित गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चौथो संस्करण हुने भएको छ। आयोजक सनसाइन प्रोडक्शन हाउसले प्रतियोगिताका लागि नुवाकोट, धादिङमा र काठमाडौंमा अडिसन सम्पन्न गरिसकेको छ। आगामी अडिसनहरु चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते हुने जानकारी आयोजकले दियो। दुई अडिसन सम्पन्न भए लगत्तै नयाँ शहरहरुको अडिसन मिति तय हुने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन्। बालबालिकाको…
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा जनप्रतिनिधिलाई दिइएको सलामी चर्चामा छ। सामाजिक सञ्जालमा पिर्के र टेबुले सलामी भन्दै चर्चा गरिएको छ। रातो कपडा ढाकिएको पिर्का र टेबुललाई बाँसको लिंगो माथि चढाएर सलामी दिइएका फोटा सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। टेबुलमा उभिएका व्यक्तिलाई कतै क्रेनमा उचालिएको छ। कतै फोहोरको थुप्रोमा त कतै फोहोर बोक्ने गाडीमा राखिएको छ। सामाजिक सञ्जालमा सलामी लिइरहेको…
पोखरा : पोखरामा भएको राष्ट्रिय बिच भलिबलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ च्याम्पियन भएको छ। सोमवार भएको सातौं पुरुष बिच भलिबलको उपाधि आर्मीको ‘ए’ का मान बहादुर श्रेष्ठ र दिल कुमार सुनारले जिते। यस्तै छैटौं महिला बिच भलिबलको उपाधि एपीएफका विनि बुढाथोकी र नेविक चौधरीको जोडीले जितेका छन्। आर्मीले गण्डकी प्रदेश ‘बि’ टिमका राजु बिक र अर्जुन दर्लामी…
केशव विष्ट काठमाडौं : असार समय बितेको पत्तै नहुँदो रहेछ। मैले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी बहन गरेको पनि चार वर्ष पूरा भइसकेको छ। मेरो विचारमा, आफ्नो चार वर्षे कार्यकालमा भएका र गरेका कार्यहरूको विषयमा ‘समीक्षा’ गर्ने यो सही र उपयुक्त अवसर हो। किनभने यति बेला हामी अर्को एउटा महत्वपूर्ण उपलब्धिको संघारमा छौं। ३३ वर्षयता देशकै सबैभन्दा ठूलो…
वीरगञ्जः नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ। भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महिनाभित्र पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन्। परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको…
काठमाडौँः चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएको चार महिनापछि सरकारले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने प्रक्रिया अघि बढाएको छ। प्रक्रिया अनुसार उपाध्यक्ष चयनका लागि सिफारिस समितिले योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ। ऐनको व्यवस्था अनुसार लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठन हुने सिफारिस समितिले नियुक्तिका लागि सम्भावित उम्मेदवारहरूको सूची सरकारसमक्ष पेस गर्नेछ। लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली अध्यक्ष रहेको सिफारिस समितिले…
महोत्तरीः महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ। एकाबिहानै सम्सी गौशाला सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो। गाडीको ठक्करबाट निजको मृत्यु भएता पनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। टाउकोमा गम्भीर रुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी…
चितवनः राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ। भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ। काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी…
उपाधिको दाबेदार मध्ये एक रहेको अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको सुरुवाती दुई खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। समूहकै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेपछि अर्जेन्टना कोलम्बियापछि समूहमा दोस्रो भएको हो। अर्जेन्टिनाले पहिलो खेलमै कोलम्बियासँग पराजित भएको थियो भने…
उपाधि जित्न सक्ने टोलीको रुपमा लिइए पनि दक्षिण अफ्रिका आइसीसी विश्वकप क्रिकेट २०१९ को लिग चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका दुई खेल खेल्नुअघि नै बाहिरिएको हो। दक्षिण अफ्रिकाको यो पाँचौ हार हो। एक खेलमात्र जितेको दक्षिण अफ्रिकाको ७ खेलबाट ३ अंक मात्र छ। दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो जित हात पारेको पाकिस्तानले भने ६…