काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको छ। सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ। कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष उक्त पूजाको प्रसाद पुर्याउने परम्परा छ। सोही परम्पराअनुसार शनिवार राष्ट्रपति निवास शितल…
नविन लामिछाने- मनाङ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भएपछि अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँछन्। चामेमा पढाइ सकेर यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सक्ने अवस्था नभएको रविन बताउँछन्। उनी भन्छन्, ‘जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई राष्ट्रपतिमा जिताएको सम्पूर्ण संघीय सांसद र प्रदेश सांसदलाई धन्यवाद दिएका छन्। शनिवार राष्ट्रपति निवासमा चियापान समारोह आयोजना गर्दै राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन गरेका हुन्। बिहान ९ बजेका लागि डाकिएको चियापानमा पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व भएको बताए। 'संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावा हुरीसहित क्षणिक/हल्का देखि…
हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध वारेन्ट जारी गरेको छ। युक्रेनविरुद्ध युद्ध अपराध गरेको आरोपमा उक्त वारेन्ट जारी भएको हो। पुटिनसँगै बाल अधिकारसम्बन्धी एक आयुक्त मारिया अलेक्सेइभनाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। बालबालिकालाई गैरकानुनी रुपमा देश निकाला गरेको आरोपमा वारेन्ट जारी भएको हो। गैरकानुनी रुपमा मानिसहरुको स्थानान्तरणको आरोप पनि पुटिनमाथि लगाइएको…
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। शीतल निवासमा शुक्रबार साँझ भेटवार्ता भएको हो। पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रचण्ड पहिलोपटक शीतल निवास पुगेका हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको निजी सचिव चिरञ्जीवी अधिकारीले बताए।
काठमाडौंः विशेष अदालतले ९ सिमेन्ट उद्योगी र ९ जना कर्मचारीविरुद्ध परेको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। शुक्रबार न्यायाधीश रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा दाबी नपुगेको भन्दै सफाइ दिने फैसला सुनाएको हो। एक साता लामो…
काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले आफूलाई निर्वाचित गराउने सम्पूर्ण सांसदहरुलाई धन्यवाद दिएका छन्। यादवले निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रिय एकतालाई मजबुद पार्न आफूले इमानदारीपूर्ण भूमिका खेल्नेसमेत बताए। 'राष्ट्रिय एकतालाई मजबुद पार्न र प्रवर्द्धन गर्न मेरो इमानदारीपूर्वक मेरो भूमिका रहनेछ,' नवनिर्वाचित उपराष्ट्रपति यादवले भने, 'यो मुलुक समृद्ध रुपमा अघि बढोस्।' यसैगरी यादवले शान्ति प्रक्रियालाई पूर्णता दिन आफूले प्रयास गर्नेसमेत…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटघाट सम्पन्न भएको छ। एनआरएनएका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै शुक्रवार राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। गैरआवासीय नेपालीको नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मान स्वरुप ५० हजार नगद दिने भएको छ। शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका-९ का खेलाडी भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट टिमका…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसद र प्रदेश सांसदलाई शितल निवास डाकेका छन्। भोलि शनिवार ९ बजेका लागि राष्ट्रपति पौडेलले सांसदहरुलाई शितल निवास डाकेका हुन्। आफू राष्ट्रपतिमा निर्वाचित भएपछि धन्यवाद दिन सांसदहरुलाई राष्ट्रपति निवासमा डाकेको बताइएको छ। उपराष्ट्रपति निर्वाचनमा भाग लिन अहिले प्रदेशका सांसदहरु पनि राजधानीमा छन्। भोलि बिहानको लागि राष्ट्रपति कार्यालयबाट चियापानको निम्तो आएको कोसी प्रदेशका कांग्रेसका प्रमुख…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन्। केन्द्रमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएसँगै वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने निर्णय गरेका हुन्। २५ पुसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली…
काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा र सीके राउत नेतृत्वको जनमत पार्टीसहितका साना दलले मोर्चा कस्ने तयारी गरेको छ। मोर्चामा अन्य पाँच दलसमेत सहभागी हुने बताइएको छ। यसका लागि यी दलका नेताहरुबीच काठमाडौंमा शुक्रवार काठमाडौंमा अनौपचारिक छलफलसमेत भएको थियो। यो मोर्चामा रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरु बधाई दिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय शितलनिवासमा क्रिकेट खेलाडीहरुलाई राष्ट्रपति पौडेलले बधाई दिएका हुन्। नेपाली क्रिकेट टोली युएईलाई ९ रनले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो।
काठमाडौं : राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेद्वारलाई समर्थन गरेको जनमत पार्टीले उपराष्ट्रपतिमा महिला हुनैपर्ने भन्दै आफ्नै पार्टीबाट उम्मेदवारी दियो। उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनमतकी ममता झाले प्रदेशबाट १५ मत पाइन् भने संघीय सांसदबाट २३ मत पाइन्। ममतालाई राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत समर्थन गरेको थियो। ६ जना संघीय सांसद रहेको जनमतकी ममताले २३ जना संघीय सांसदको मत पाएकी हुन्।
हेटौंडा : वाग्मती प्रदेशभित्र नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा)लाई सरकारी कामकाजको भाषा बनाउन एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ। शुक्रवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा बसेको तामाङ/नेवारी (नेपाल भाषा) कार्यान्वय तयारीसम्बन्धी समितिको बैठकले उक्त निर्णय गरेको हो। अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए। भने, ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको वाग्मती प्रदेशमा आम…
काठमाडौं : तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान…
काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनमा संघका ३११ र प्रदेशका ५१८ जनाले मतदान गरेका छन्। संघमा कुल मतदाता ३३२ र प्रदेशमा ५५० रहेकोमा तोकिएको समयमा जम्म ८२९ जनालेमात्र मतदान गरेका हुन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएकोमा ३ बजे मतदान सम्पन्न भएको हो। मतगणना साढे तीनबाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। उपराष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) का…
बलेवा : भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो। मन्दिरको छानो ताम्रपत्रले छाइएको छ। भक्तपुरबाट ल्याइएका साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो। मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको…
काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताएका छन्। आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ। नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न भूमिका निर्वाह गर्न मेरो जोड हुनेछ।’ यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह…