काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने जनाइएको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिग वानमा घरेलु मैदानमा सन् २०२१ को अप्रिलयता पहिलो पटक पीएसजीले पराजय ब्यहोरेको हो। विश्वकपका स्टार किलियन एम्बाप्पे तथा लियोनल मेस्सी सम्मिलित पीएसजी रेनेससँग २-० गोलअन्तरले पराजित भएको हो। खेलको ४५ औँ मिनेटमा कार्ल टोको एकाम्बीको गोलमा रेनेसले अग्रता बनाएको थियो। पार्क डी प्रिन्सेस स्टेडियममा घरेलु टोलीले…
स्पेनिस ला लिगमा गएराति सम्पन्न एल क्लासिकोमा लिग लिडर बार्सिलोनाले जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले मड्रिडमाथि २-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफमा बार्सिलोनाले खेलमा राम्रो पकड बनाएर पटक पटक आक्रमण गरे पनि मड्रिडका गोल किपर थिबाउट कोउर्टओसले केही उत्कृष्ट बचाउ गरेका थिए। खेलमा अग्रता भने मड्रिडले लिएको थियो। खेलको ९ औँ मिनेटमा मड्रिडका भिनिसियस जुनियरको…
बुटवलः दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठानको नौबहिनी गाउँपालिका ६ का ३२ वर्षीय राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए। दुर्घटनामा उनकी श्रीमती र दुई वर्षीया छोरी गम्भीर घाइते भएको प्रहरी प्रमुख वलीले बताए। घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश…
बुटवलः नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचनमा जनमत पार्टी निकट विद्यार्थी संगठन ‘विद्यार्थी जनमत संघ’ को प्यानल नै विजयी भएको छ। विद्यार्थी जनमत संघका अध्यक्ष पदका उम्मेदवार बृजनन्दन कुर्मीले प्रतिद्धन्द्धी संयुक्त प्यानलका कृष्ण पटेललाई २८ मतान्तरले हराउँदै विजयी भएका हुन्। सचिव पदका उम्मेदवार प्रेमसागर यादवले प्रतिद्धन्द्धी नेविसंघका शिवप्रसाद हजारमलाई ४९ मतान्तरले पराजित गरे। कोषाध्यक्ष पदका उम्मेदवार सितु…
बुटवलः रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अभिषेककुमार यादव निर्वाचित भएका छन्। आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो। पहिलोपटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु, आशीष जयसवाल र लक्ष्मी वि.क.…
बुटवल : कपिलवस्तु प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही ठाउँका ४२ वर्षीय बिनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। यशोधरा गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले सञ्चालन गरेको करन वाइन सेन्टरमा सामान…
काठमाडौं : राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदको सचिवालयमा दर्ता भएको छ। आइतवार सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम गर्न बनेको विधेयक संघीय संसदको सचिवालयमा दर्ता भएको हो। अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने,…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने प्रचण्डले बताए। आइतवार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा राष्ट्रिय सहकारी विकास बोर्डको बैठकमा उनले वित्तिय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। 'कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण…
पोखरा : बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला प्रहरी कार्यालयले कास्कीले एक जनालाई पक्राउ गरेको छ। पीडित पक्षबाट बालयौन दुरुपयोग शीर्षकमा आइतवार जाहेरी परेपछि पीडक बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले जानकारी दिए। प्रहरीका अनुसार बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन कार्य अगाडि बढाइएको छ। १४ वर्षकी नाबालिकले आफूलाई यौन दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्।…
हेटौंडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानल नै विजयी भएको छ। आइतवार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानल नै निर्वाचित भएको हो। अनेरास्ववियू सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन्। यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा…
बुटवल : पाल्पामा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। आइतवार दिउँसो रिब्दिकोट गाउँपालिका–२ मसारस्थित हार्थोक–सर्देवा कच्चि सडकमा टिपरको ठक्करबाट सोही ठाउँका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। रिब्दिकोटको सिद्धेश्वर खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले सडकमा पैदल हिँडिरहेका होमबहादुरलाई ठक्कर…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको उक्त पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले भोलि सोमवार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधिसभामा रास्वपाका १९ सांसद हुन्।
काठमाडौं : सांसद बिराजभक्त श्रेष्ठले सरकार जवाफदेही नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै श्रेष्ठले जनताको आवाज संसदमा सुनिएको भए पनि सरकारले जवाफ नदिएको बताए। 'माननीय सांसदले उठाएका विषयमा सरकार जवाफदेही भएको देखिएकै छैन,' उनले भने। उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ लाई संसदीय समितिमा छानबिन नभइ सिधै संसदमा आएको र सभामुख देवराज घिमिरेले…
काठमाडौं : सञ्चारमन्त्री रेखा शर्माले संक्रमणकालीन विषय तत्काल टुंग्याउनुपर्छ भन्ने सरकारको धारणा भएको बताएकी छिन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९' माथि उठेका प्रश्नको जवाफ दिँदै उनले युद्धले भएको परिवर्तनका कारण अहिले आफू संसदमा भएको बताइन्। 'युद्धको जगमा भएको आन्दोलनले अहिले हामी यहाँ छौं। मानव…
काठमाडौं : प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै सञ्चारमन्त्री रेखा शर्मालाई उक्त विधेयक प्रस्तुत गर्न दिइएको भन्दै एमाले सांसदहरुले आपत्ति जनाएका हुन्। संवैधानिक परिषद् सम्बन्धि विधेयक सञ्चार मन्त्रीले प्रस्तुत गर्न लागेकोमा एमालेका योगेश भट्टराईले शुरुमै प्रश्न उठाए। 'प्रधानमन्त्री नै उपस्थित भएको अवस्थामा अर्का मन्त्रीले प्रस्तुत गर्दा यो सुहाउने विषय भएन।…
काठमाडौं : सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेले दिएको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा सुवालले सभामुखले पत्रकार बिक्रीमा छन् भनेकोमा आपत्ति जनाएका हुन्। 'पत्रकारहरुबारे यहाँले अनुसन्धन गरेर बोलेको भए छानबिन समिति नै बनाउनु पर्यो। सबै पत्रकार त्यस्तो नहोला। कुन कुन हो त्यस्तो पित पत्रकारिता चलाउने?,' सुवालको प्रश्न थियो। सुवालले घिमिरेको छोरीको फोन ह्याक गरेर अमेरिकामा बस्नेको पैसा ठगिएको भन्दै…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई पार्टीको महासचिव बनाएको छ। आइतवार बसेको पार्टी सचिवालयको ५३ औं बैठकले भुसाललाई महासचिव बनाएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। यसअघि महासचिव रहेको डा. बेदुराम भुसाललाई उपाध्यक्ष चयन गरिएको तुलाधरले बताए। गत फागुन २९ गते घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गरेका हुन्। प्रतिनिधि सभामा एमालेले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेका भुसाल स्वतन्त्र उम्मेदवारका रुपमा…
काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमवार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ। यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका हुन्। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ। निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको…