बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। मंगलबार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘विपद् जुनसुकै बेला पनि आउन सक्छ। विपद् आउनु पूर्व नै यसको रोकथाम गर्ने तयारी थाल्नुपर्छ। जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्नुपर्दछ। यसतर्फ लाग्न ढिलाइ नगरौं।’ प्रदेशभित्र विपद्को उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै मुख्यमन्त्री गिरीले विपद्बाट हुने…
काठमाडौँ: प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताको एकदिन अघि मात्र टोलीको घोषणा गरेका हुन्। बुधवारबाट सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित छन्। प्रतियोगितामा सहभागी हुन दुबै टोली नेपाल आइसकेका छन्। मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पत्रकार सम्मेलनमा यी दुबै टोलीका प्रशिक्षकले मैदानमा जितको लक्ष्य भएको…
रसिया र युक्रेनबिचको युद्ध ३९० दिन पुग्दा चिनियाँ राष्ट्रपति सि चिनफिङ हिजो मस्को पुगे। युद्ध चलिरहँदा र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा सिको रसिया भ्रमण भएको हो। मस्कोमा सि र पुटिनबिच 'सीमा बिहीन सहकार्य' बारे छलफल भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार क्रेमलिनमा भएको भेटमा पुटिन र सीले एकअर्कालाई ‘प्रिय मित्र’को रूपमा अभिवादन गरेका…
सुशीला रेग्मी- रामपुर (पाल्पा) : सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जान थालेका छन्। अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ। यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बिच सेवालाई फराकिलो बनाउँदै गएको छ। सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताए। राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई…
चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिले रसिया भ्रमणमा छन्। युक्रेनसँग युद्ध लडिरहेको मस्कोमा सि र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सि मस्को पुगेका हुन्। सि मस्को पुगेको बेला जापानका प्रधानमन्त्री फुमिओ किशिदा भने युक्रेनको राजधानी किभ पुग्ने तयारीमा छन्। भारत भ्रमणमा रहेका किशिदा त्यहाँबाट सिधै…
रसिया-युक्रेन युद्ध जारी रहँदा सोमवार चिनियाँ राष्ट्रपति सी चिनफिङ मस्को पुगेका छन्। सीको स्वागतमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा रात्रिभोजको आयोजना समेत गरेको रोयटर्सले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सी मस्को पुगेका हुन्। युक्रेनको पूर्वी शहर बखमुतमा युद्ध उत्कर्षमा रहेका बेला सी मस्को भ्रमणमा निस्किएका हुन्। यता, अमेरिकाले…
काठमाडौं : आज घोडेजात्रा पर्व मनाइँदैछ। यो प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने पर्व हो। स्थानीय जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावा-हुरी/असिनासहित…
वीरगंजः वीरगंज-२५ श्रीसिया सुख्खा बन्दरगाह भन्सार कार्यालय अगाडि स्थानीयले पुनः चक्काजाम गरी प्रदर्शन गरेका छन्। ७ वर्षको अवधिमा पनि मुआब्जाको काम पूरा नभएको भन्दै दबाबका लागि स्थानीयले पुनः धर्ना तथा चक्काजाम गरेका हुन्। सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म श्रीसिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको मूल गेटमा वडाबासीले चक्काजाम गरी धर्ना दिएका थिए। सरकारले २०७३ सालदेखि बन्दरगाह भन्सार कार्यालय र वीरगंज…
बुटवलः लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको छनोटमा पुर्याउने ६ खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्न लागिएको हो। प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको बताइएको छ। लगत्तै उक्त फोनमा प्रधानमन्त्रीलाई बधाई…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले शिष्टाचार भेट गरेका छन्। सोमवार शितल निवासमा राजदूतले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए। उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादबारेबारे महान्यायधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। जसमा रविको खराब नियत नदेखिएको भन्दै उनलाई 'किल्न चिट' दिइएको थियो। सरकारी वकिल कार्यालयले रविविरुद्ध मुद्दा नचल्ने भन्दै फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचल्ने सरकारी…
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण झन्डै दुई तिहाईको सत्ता गुमेको बताएका छन्। सोमवार सदनमा विश्वासको मत माग्ने क्रममा शीर्ष सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले यसको समीक्षा हुनुपर्ने बताए। यसमा जनताले भन्दा नेताकै कारण सत्ता गुमेको प्रचण्डको तर्क थियो। 'जनताले टिकाउन सकेको हैन। हामीले नै टिकाउन सकेनन्। झन्डै दुई तिहाई…
काठमाडौं : तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगको सोमवार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतवारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर…
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालकी मञ्जु शर्मा समानुपातिक सांसदमा निर्वाचित भएकी छिन्। सोमवार निर्वाचन आयोगले मञ्जु समानुपातिक सांसदमा निर्वाचित भएको जनाएको हो। 'शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोमा सो रिक्त हुन आएको पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहनुभएका मन्जु शर्मालाई प्रतिनिधि सभा सदस्य…
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनमा अहसहमति भए पनि देशमा स्थिरताका लागि सबै पार्टीहरु मिल्नुपर्ने बताएका छन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावबारे सम्बोधन गर्ने क्रममा उनले देशलाई अस्थिरता तिर लग्न नहुने बताएका हुन्। प्रचण्डले दुई महिनामा नै फेरि विश्वासको मत लिँदैछन्। त्यसैले आफूलाई खुसी नलागेको भन्दै राउतले भने, 'म खुसी छु भनेर भन्न सक्दिँन।…
काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारको ठुलो घटक एमालेलाई प्रचण्ड सरकारबाट 'आउट' गर्नुको कारण खोजको विषय हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेपालले एमाले प्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्। एमालेले आफूलाई घोक्राएर निकालेको भनेको सुनेको दाबी गर्दै नेपालले भने, 'एमालेलाई घोक्राएर किन निकालयो भन्ने कुरा पनि सुनियो। आफै…
काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सबै सांसदलाई आग्रह गरेका छन्। प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावका क्रममा सम्बोधन गर्दै उनले जसपाले विश्वासको मत दिने बताएका हुन्। 'जसपालाई विश्वासको मत दिने कुरा जानकारी गराउन चाहन्छौं,' उनले भने। प्रदीपले प्रचण्डलाई सहासी प्रधामन्त्री भन्दै यो सरकार विशेष परिस्थिति बनेको बताए। प्रदीपले आजको…