दमक : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल-५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन्। पूर्वतर्फ गइरहेको मे १ ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी…
अफगानिस्तान र पाकिस्तानमा हिजो राति गएको भूकम्पका कारण हालसम्म १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सो भूकम्पमा परि २०० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६.६ म्यग्नेच्युडको भूकम्पका कारण कयौं घरहरु क्षतिग्रस्त भएको बीबीसीले उल्लेख गरेको छ। भूकम्पपछि धेरै ठाउँमा पहिरो पनि गएको छ। सो भूकम्पको कम्पन काजकिस्तान, टर्किमिस्तान, कीर्गिस्तानसँगै भारतको…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थित वनकालीमा वृक्षरोपण गरेका छन्। चैत्र शुक्ल प्रतिपदालाई ब्रमाण्डको सृष्टि भएको दिन मानिन्छ। उक्त अवसरमा वनकाली क्षेत्र पुगेर राष्ट्रपति पौडेलले नागचम्पा फूलको बिरुवा रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। राष्ट्रपति पौडेल वनकाली पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारीले स्वागत गरेका थिए। वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव…
काठमाडौं : सुनको मूल्य बढ्ने क्रममा बुधबार 'ब्रेक' लागेको छ। सुन बुधबार तोलाको २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन सुनको मूल्य तोलामा…
वीरगंज : चितुवाको आक्रमणबाट बुधबार बिहान पर्साको पोखरियामा एक प्रहरीसहित तीन जना घाइते भएका छन्। जंगलबाट गाउँमा पसेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका-४ सतवरिया टोलका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये मियाँको अवस्था गम्भीर रहेको छ। उनलाई पोखरिया अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल वीरगंज ल्याइएको छ। तेली…
काठमाडौं : लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा माओवादी केन्द्र रोजेका छन्। उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन्। पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए। पुनले माओवादी केन्द्रभित्र विद्रोह गरि स्वतन्त्र…
सांघाई : चिनियाँ विदेश मन्त्री छिन काङको निमन्त्रणामा न्यूजिल्याण्डका विदेश मन्त्री नानया माहुता बेइजिङ भ्रमण गर्ने भएकी छन्। यो भ्रमण कोभिड-१९ पछि न्यूजिल्याण्डबाट हुन लागेको पहिलो उच्चस्तरीय विदेश भ्रमण हो। न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिपकिन्सले यो भ्रमणलाई 'विश्वव्यापी महामारीपछि देशको पहिलो महत्वपूर्ण व्यक्तिगत मन्त्रीस्तरीय भ्रमण' भनेका छन्। त्यस्तै यो भ्रमण सन् २०१९ यता न्यूजिल्याण्डबाट बेइजिङमा हुन लागेको पहिलो मन्त्रीस्तरीय भ्रमण हो।…
चिनियाँ राष्ट्रपति सि चिनफिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले 'नयाँ युग'मा समन्वयलाई व्यापक बनाउन र रणनीतिक साझेदारीलाई गहिरो बनाउने घोषणा गरेका छन्। रसिया भ्रमणमा रहेका सि र पुटिनले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन्। संयुक्त वक्तव्यमाफर्त दुवै राष्ट्रपतिले अहिले चीन र रसियाको सम्बन्ध शीतयुद्धको समयमा भएको सैन्य-राजनीतिक गठबन्धन जस्तो नभएको उल्लेख गरेका छन्। 'स्टेट टु स्टेट' सम्बन्धको…
काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले आज पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरि आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। आजको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। उनका अनुसार यसरी निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र…
वीरगंज : वीरगंज महानगरपालिकाले वीरगंजमै पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ। वीरगंजवासीको माग अनुसार महानगरपालिका प्रमुख राजेशमान सिंहको निर्देशनमा ‘रात्री बजार’ लगाउन लागिएको हो। नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा यही चैत ३० गते बेलुका देखि वैशाख २ गते मध्य रातिसम्म वीरगंजको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने सिंहले जानकारी दिए। आर्थिक नगरी भनेर वीरगंजलाई चिनिने…
खेमराज गौतम- गलकोट : काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन्। तर, काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन। यसबारे अनुमान लगाउन मुश्किल पर्छ। मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ। पछिल्लो…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन्। उनको विश्वासको मतसम्बन्धी प्रस्ताव आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा टेबल हुनेछ। प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। तत्कालीन सत्ता साझेदार…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने…
ललितपुर : आम जनतामाझ विज्ञान सम्बन्धी सञ्चारमा सञ्चार माध्यमको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न भएको छ। मंगलवार नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहअन्तर्गत नेपालस्थित युनेस्को, द स्मल अर्थ र नेपाल फोरम अफ साइन्स जर्नालिस्ट(एनएफएसजे)ले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीले नेपालमा विद्यामान विज्ञान पत्रकारिताबारे प्रकाश पारे। नेपालमा विज्ञान पत्रकारितालाई सञ्चार गृहले छुट्टै…
काठमाडौँ: राष्ट्रिय फुटबल टोलीमा रहेका महत्वपूर्ण खेलाडी विदेश पलायन भइरहँदा टोलीमा चुनौती थपिएको कप्तान किरण चेम्जोङले बताएका छन्। राष्ट्रिय टोलीमा रहेका र 'ए' डिभिजन लिग खेल्ने खेलाडी गरी करिब ४० जनाको हाराहारीमा खेलाडी नेपाली फुटबल छाडेर विदेसिएका छन्। जसमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य विशाल राई, सुनिल बल, दिनेश राजवंशी, सुमन अर्याल लगायतका खेलाडी छन्। लिग पाँचौँ चरण सकिएपछि इन्टरनेशनल विन्डोमा लाओस र भुटानसँग…
काठमाडौं : विश्व कविता दिवसका अवसरमा काठमाडौं स्थित दरबार हाइस्कुलको सभा हलमा मंगलवार दिउँसो विभिन्न भाषाको कविता गुञ्जिए। बालसिर्जना मञ्च, भक्तपुरले आयोजना गरेको 'बहुभाषिक कवि गोष्ठी एवम् रचना वाचन कार्यक्रम' कार्यक्रममा आनन्द गुप्ताले भोजपुरी भाषामा कविता वाचन गरेका भने बालकृष्ण श्रेष्ठले दोलखाली भाषामा कविता सुनाए। जिवी नेपालीले दर्जी भाषामा कविता सुनाउँदा नेत्र तामाङले तामाङ भाषाको बाल कविता सुनाएका थिए। श्याम…
काठमाडौंः संवैधानिक परिषद्सम्बन्धी विचाराधीन विधेयक चाँडो टुंगोमा पु¥याउन नेपाल बार एसोसिएसनले सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ। परिषदको ऐन संशोधन प्रक्रियाले पूर्णता नपाउँदा अहिले प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन। २०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशले चलाइरहेका छन्। परिषदको विधेयक चैत ५ गते प्रतिनिधि सभामा पेस भएको छ। तर, अन्य प्रक्रिया अघि बढेको छैन। बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अन्तराष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपमा हेरिरहेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा कोइरालाले शान्ति प्रक्रियाको विषयमा गम्भीर हुनुपर्ने उनले बताएका हुन्। सरकारले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको र जनयुद्धका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरेको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो। सोही कार्यक्रममा उनले कांग्रेस चाँडै सरकारमा सहभागी हुने पनि…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालीन विषयमा द्वन्द्वपीडितको भावना समेटिनुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया टुंग्याउदा पीडितिलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्। 'संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेटिएन भने अप्ठेरोमा पर्छौ,' उनले भने। उनले अन्तराष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठीक देखिनुपर्ने तर्क गरे। 'यो विषय केवल हाम्रा विषय…