PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • भिक्षु अश्वघोष महास्थवीरको निधन, आइतबार अन्तिम संस्कार हुने

    भिक्षु अश्वघोष महास्थवीरको निधन, आइतबार अन्तिम संस्कार हुने

    काठमाडौँ : बौद्ध धर्मगुरु संघमहानायक भिक्षु अश्वघोष महास्थवीरको अन्तिम संस्कार आइतबार हुने भएको छ।  उनको ९३ वर्षको उमेरमा शुक्रबार दिउँसो ग्रान्डी अस्पतालमा निधन भएको थियो।  तत्कालीन नेकपा एमालेको कोटामा २०४७ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका भिक्षु अश्वघोष २०५१ सालमा लुम्बिनी विकास कोषका उपाध्यक्ष पनि नियुक्त भएका थिए।  उनका करिब डेढ सय पुस्तक प्रकाशित छन्।  भिक्षु अश्वघोषको पार्थिव शरीरलाई शनिबार क्षेत्रपाटी, ढल्कोस्थित संघाराम…

    विस्तृतमा पढ्नुस्

  • ‘फातसुङ’ अर्थात् माटोको कथा अब उपन्यासमा

    ‘फातसुङ’ अर्थात् माटोको कथा अब उपन्यासमा

    लेप्चा भाषामा ‘फातसुङ’ भनेको माटोको कथा हो। सोही शब्दलाई उपन्यासको नाम दिइयो। र, शुक्रबार पुस्तक सार्वजनिक भयो। फातसुङले धरतीको कथा भन्छ, अर्थात् दार्जिलिङको कथा भन्छ। ठेट दार्जिलिङे लवजमा प्रस्तुत उपन्यासका लेखक हुन् नेपालीभाषी भारतीय लेखक छुदेन काविमो। उनले उपन्यास जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा आँखीझ्याल भएको बताए। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • कलाकार र राष्ट्रिय खेलाडीबीचको क्रिकेट मौसमका कारण स्थगित

    कलाकार र राष्ट्रिय खेलाडीबीचको क्रिकेट मौसमका कारण स्थगित

    काठमाडौं: शनिबार कीर्तिपुरको मैदानमा हुन लागेको कलाकार र राष्ट्रिय खेलाडीहरुबीचको मातृभूमिक कप वर्षाका कारण स्थगित भएको छ।   धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ हुने भनिएको खेलमा मदनकृष्ण विरुद्ध हरिवंश र पारस खड्काविरुद्ध ज्ञानेन्द्र मल्लको टिमबीच प्रतिस्पर्धा हुन लागेको थियो।  बिहानैदेखि मौसम खराब भएका कारण खेल रद्द भएको हो।  खेलका लागि टिकट…

    विस्तृतमा पढ्नुस्

  • मौसम बिग्रिएपछि आन्तरिक उडान प्रभावित, पोखरा विमानस्थल पनि बन्द

    मौसम बिग्रिएपछि आन्तरिक उडान प्रभावित, पोखरा विमानस्थल पनि बन्द

    काठमाडौँ : देशको मध्य तथा पश्चिमको केही भूभागमा विकसित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षा भइरहेको छ।  यसका कारण बिहान सबेरैदेखि काठमाडौँ विमानस्थलबाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन्। पोखरा विमानस्थल पनि मौसमका कारण बन्द हुँदा यति एयरलाइन्सले बिहान ८ बजेको उडान रद्द गरिसकेको छ भने कयौँ उडानहरु डिले छन्। यति र बुद्धका पोखराका ५…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान महाशाखाको विशेष अपडेट : काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा मेघ गर्जन सहित वर्षा जारी रहने

    मौसम पूर्वानुमान महाशाखाको विशेष अपडेट : काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा मेघ गर्जन सहित वर्षा जारी रहने

    काठमाडौँ : शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम अपडेट जारी गर्दै काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा मेघ गर्जन सहित वर्षा भइरहेको जनाएको छ।  देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित वर्षा गराउने बादल विकसित हुनुको साथै काठमाडौँ उपत्यका लगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ। शनिबार दिउँसो के हुनेछ त अवस्था? महाशाखा भन्छ- देशको मध्य तथा पश्चिमको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : आन्द्रे रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि बैंगलोरमाथि कोलकताको शानदार जित

    आइपीएल : आन्द्रे रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि बैंगलोरमाथि कोलकताको शानदार जित

    आन्द्रे रसेलले विष्फोट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध २ सय भन्दा बढी रनको स्कोर चेस गर्दै शानदार जित हात पारेको छ। छैटौँ नम्बरमा ब्याटिङ गरेको रसेलले १३ बलमा नटआउट ४८ रन बनाएपछि कोलकताले २०६ रनको लक्ष्य कोलकताले ५ बल अगावै पुरा गरेको हो। तेस्रो जितपछि कोलकता ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न चेक गणतन्त्रको चासो

    नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न चेक गणतन्त्रको चासो

    काठमाडौं : युरोपेली मुलुक चेक गणतन्त्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ। आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालका लागी चेक गणतन्त्रका राजदूत मिलन हेवोर्काले नेपालमा सौर्य ऊर्जा तथा जलविद्युतका क्षेत्रमा लगानी गर्ने चासो व्यक्त गरेका हुन्। चेक राजदूतले नेपालमा एक सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरु इच्छुक रहेको जानकारी दिएको उर्जामन्त्रीको सचिवालयले…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा धनगढीका १४ वर्षे किशोर पक्राउ

    तीन वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा धनगढीका १४ वर्षे किशोर पक्राउ

    कैलाली : जबरजस्ती करणी गरेको आरोपमा धनगढीका एक १४ वर्षीय किशोर पक्राउ परेका छन्।   तीन वर्षीया नाबालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले छिमेकी १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो। उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेको समयमा घटना भएको थियो। पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा किशोरलाई हिरासतमा…

    विस्तृतमा पढ्नुस्

  • अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन? (#WhoKilledNirmala शृङ्खला २३ )

    अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन? (#WhoKilledNirmala शृङ्खला २३ )

    महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल - स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगरमा रहँदा अचानक एउटा खबर आयो-  निर्मला प्रकरणमा अछामबाट शंकास्पद दुईजना पक्राउ। समाचारमा पक्राउ परेका व्यक्तिको बारेमा केही पनि जानकारी थिएन।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको दावी समाचारमा थियो। तर प्रहरीले औपचारिक रुपमा यसबारे केही बताएको छैन।  समाचारमा पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते…

    विस्तृतमा पढ्नुस्

  • 'द डार्क एण्ड लाइट'को शुभ मुहूर्त सम्पन्न

    'द डार्क एण्ड लाइट'को शुभ मुहूर्त सम्पन्न

    काठमाडौं:  फिल्म 'द डार्क एण्ड लाइट'को शुभमुहूर्त सम्पन्न भएको छ। खालिङ्ग सिस्टर्स मुभिजको ब्यानरमा फिल्म बन्ने भएको हो। फिल्मलाई राजु अर्यालले निर्देशन गर्दैछन्। फिल्ममा कलाकार पिटर खालिङ्ग, सरस्वती लामाको मुख्य अभिनय रहनेछ। फिल्ममा पिटर र सरस्वतीसँगै सेसुका राई, सुमन मगर, प्रिन्सा राईलगायतको अभिनय रहनेछ। फिल्म १ महिनाको सुटिङ सेड्यूल लिएर छायाँकनमा जानेछ। फिल्मलाई दसैंअघि नै दर्शकमाझ ल्याउने तयारीमा रहेको निर्माण टिमले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता माग, आयोगका सदस्य सिफारिस गर्न गठित समितिलाई ६ सुझाव

    संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता माग, आयोगका सदस्य सिफारिस गर्न गठित समितिलाई ६ सुझाव

    काठमाडौं: संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितहरुको अर्थपूर्ण सहभागिताको माग गर्दै द्वन्द्वपीडितहरुले नवगठित सिफारिस समितिलाई ध्यानाकर्षणसहित सुझावपत्र बुझाएको छ।   दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही दुबै पक्षबाट पीडितहरुको साझा संगठन द्वन्द्व पीडित साझा चौतारीले बिहीबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालसहित नवगठित समितिलाई पत्र बुझाएको हो।   चौतारीले पछिल्लो पटक संक्रमणकालीन न्यायको विकसित घटनाक्रमप्रति ध्यानाकर्षण जनाएको…

    विस्तृतमा पढ्नुस्

  • मेकअप नगरेको भन्दै गाली खाएकी 'मिस नेपाल' सहभागी टप २६ मा

    मेकअप नगरेको भन्दै गाली खाएकी 'मिस नेपाल' सहभागी टप २६ मा

    चश्मा लगाएकी, मेक अप नगरेकी एक सहभागीको मिस नेपाल अडिसनको भिडियो शुक्रबार बिहान सामाजिक सञ्जालमा चर्चामा आयो। भिडियो सार्वजनिक भएसँगै उनको पक्षमा र सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजरको विरोधमा विभिन्न टिप्पणी भए। ती सहभागीले आफू कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउँछिन्। तर निर्णायकले भने उनले मेकअप नगरेको, चश्माको सट्टा लेन्स नलगाएको भन्दै प्रश्न गर्छिन्। प्रश्न गर्ने रचना गुरुङ शर्मालाई गाली गर्नेको ओइरो छ।…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'लभ स्टेशन'सँगै दुई विदेशी फिल्म

    फ्राइडे रिलिजमा 'लभ स्टेशन'सँगै दुई विदेशी फिल्म

    काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'लभ स्टेशन' प्रदर्शनमा आएको छ।  उज्जवल घिमिरे निर्देशित फिल्ममा 'लिलिबिली' जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय छ। 'लभ स्टोरी' जनरामा बनेको फिल्ममा प्रदीप खड्का र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय छ। काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले…

    विस्तृतमा पढ्नुस्

  • अदालतको आदेशपछि भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु, मिडियाले टिकटकका भिडियो प्रसारण गर्न नपाउने

    अदालतको आदेशपछि भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु, मिडियाले टिकटकका भिडियो प्रसारण गर्न नपाउने

    मदरास: भारतमा चर्चित मोबाइल म्युजिक एप 'टिकटक'माथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु भएको छ। बुधबार मदरास उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशनात्मक आदेश दिएपछि भारत सरकारले यसको प्रक्रिया अघि बढाएको हो। अदालतले उक्त एपले बच्चा र युवाहरुमा नकारात्मक प्रभाव पारिरहेको र यसले उनीहरूको भविष्य बिग्रिन सक्नेबारे सचेत गराएको छ। अन्तरिम आदेश दिँदै अदालतले केन्द्र सरकारलाई बुधबार नै उक्त एप डाउनलोड…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरबाटै भएको त्यो अकल्पनीय हत्या, सुनिताका दाजु भन्छन्: 'धम्की र पैसाको लोभ देखाउने क्रम जारी छ'

    डाक्टरबाटै भएको त्यो अकल्पनीय हत्या, सुनिताका दाजु भन्छन्: 'धम्की र पैसाको लोभ देखाउने क्रम जारी छ'

    सागर बुढाथोकी/बीपी साह- वीरगंज: 'मेरो बहिनीको जस्तो अरुको अवस्था नआउनको लागि पनि त्यो हत्यारालाई कारबाही गर्नुपर्छ, सर।' गएको शुक्रबार मोहन यादव जिल्ला प्रहरी कार्यालय पर्साका अपराध महाशाखाका प्रहरी निरीक्षक राजेश दत्तलाई पीडा सुनाउँदै थिए। पीडा उनले आफ्नै घरमा सुनाइरहेका थिए। उनले हत्यारालाई कारवाहीको माग गरिरहँदा सिंगो घरमा सन्नाटा छाएको थियो। भुई तल्लामा बसेर प्रहरी निरीक्षक दत्त सुनिताको बारेमा सोधपुछ गरिरहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा, सन्दीपको टोली दिल्लीको तेस्रो हार

    आइपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा, सन्दीपको टोली दिल्लीको तेस्रो हार

    आंइपीएल २०१९ अन्तर्गत नेपाली खेलाडी सन्दीप रहेको दिल्ली क्यापिटल्सले तेस्रो हार बेहोरेको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको हो। लगातार तेस्रो जितपछि हैदरावाद अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ। पहिलो खेलमा कोलकता नाइट राइडर्ससँग पराजित भएको हैदरावादले त्यसयता राजस्थान रोएल्स, रोएल च्यालेन्जर्स बैँगलोर र दिल्लीलाई पराजित गरेको हो। चार खेलपछि पञ्जाव र चेन्नाई समान…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट

    आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट

    इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत बिहीवार भएको खेलमा नेपालि लेगस्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावाद विरुद्ध १ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि यस सिजन तेस्रो खेल खेलेका सन्दीपले हैदरावाद विरुद्ध ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। खेलको पहिलो ओभ।नै बलिङ गरेका सन्दीपले विकेट लिन आफ्नो स्पेशलको अन्तिम बलसम्म कुर्नुपरेको थियो। १६औँ ओभरको अन्तिम बलमा सन्दीपले हैदरावादका दिपक…

    विस्तृतमा पढ्नुस्

  • सरकारी चिकित्सकले भोलिदेखि सेवा बहिस्कार गर्ने, हड्ताल निषेध गर्ने सरकारको निर्णय, ६ महिना कैदको प्रावधान

    सरकारी चिकित्सकले भोलिदेखि सेवा बहिस्कार गर्ने, हड्ताल निषेध गर्ने सरकारको निर्णय, ६ महिना कैदको प्रावधान

    काठमाडौं : सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट शुक्रबारदेखि सरकारी चिकित्सकहरुले अनिश्चितकालीन स्वास्थ्य सेवा बहिस्कार गर्ने भएका छन्।  यसअघि जारी सूचनाको म्याद चैत १२ गते सकिएकाले नयाँ सूचना प्रकाशन गर्न लागिएको हो। एक पटक जारी सूचनाको म्याद ६ महिना रहन्छ।  यो सूचनाको अवज्ञा गरी हड्ताल गरेमा ६ महिनासम्म कैद गर्न…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

    यस्तो बन्यो 'यात्रा : अ म्यूजिकल भ्लग'को नयाँ गीत

    काठमाडौं : फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। प्रचार टार्गेट गरेर निर्माण टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ। फिल्मको 'डुली डुली'बोलको गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा गायिका मेलिना राईको स्वर छ। गीतको भिडियोमा भने यसै फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी कलाकार मलिका महत फिचर्ड छिन्। भिडियोमा उनी टुङ्गना बजाइरहेको देख्न सकिन्छ। फिल्मको लागि उनले…

    विस्तृतमा पढ्नुस्

  • आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला तीन निर्णय

    आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला तीन निर्णय

    काठमाडौं: सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। आज सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गरी सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यसबारे जानकारी दिएका हुन्।  चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए।  यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरू १. सार्वजनिक हितका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell