काठमाडौँः सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय तत्काल यथास्थितिमा राखी दुबै पक्षलाई छलफलका लागि बोलाएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले वैशाख ३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको…
नेपालगंज: रमन रानाको ह्याट्रिक मद्दतमा अन्तिम खेल जित्दै नेपाल पुलिस अपराजित रहेर आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ। सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ। खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।…
काठमाडौं : सलिनमान बनियाँ अभिनित फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार टार्गेट गरेर 'हाजिरी जवाफ' प्रतियोगिता गर्ने भएको छ। निर्माण टिमले मकै एपसँगको सहकार्यमा एउटा प्रश्नमाथि हाजिरी जवाफ गर्ने भएको हो। प्रतियोगिताको विजेतालाई नगद १ लाख उपहार दिइने बताइएको छ। प्रतियोगिताको प्रश्न हो, फिल्ममा तपस्याको भूमिका निर्वाह गरेकी मलिका महतले आँखाको ज्योति कसरी…
काठमाडौँ : मलेसियामा यही बुधवारदेखि सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट क्वालिफायर (एसिया) खेल्नका लागि नेपाली यू-१९ क्रिकेट टोली हाल मलेसियामा छ। सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ वर्ल्डकपको लागि एसियन रिजनल क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट एक टोली वर्ल्डकपमा छानिनेछन्। प्रतियोगितामा नेपालसहित मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत सहभागि छन्। नेपालले अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्नेछ।…
काठमाडौँ: बसुन्धाराको ओइसिस क्याफेसँगै जोडिएको घरमा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएर डिस्पोज गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी बोगटीले जानकारी दिए। कोठाभित्र झन्डामा बेरेर राखेको बम नेपाली सेनाको टोलीले रंगको बाल्टिनमा बोकेर बाहिर ल्याएको थियो। बाल्टिनमा ल्याएको बम सेनाले सडक छेउमा सुरक्षित डिस्पोज गरायो। आज…
काठमाडौँ : विद्यालय स्तरदेखि नै भलिबलको विकास गर्ने उद्देश्यले कक्षा ८ देखि १२ सम्मको विद्यार्थीलाई सहभागि गराउदै पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। एन्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर मनमैजुको आयोजना तथा एन्जल्स् हार्ट सेकेण्डरी स्कुलको प्रायोजनमा प्रथम राष्ट्रिय एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज स्तरिय पुरुष भलबिल प्रतियोगिता हुने भएको हो। आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०७६ साल जेठ १५…
काठमाडौँ : यू-१६ अन्तरस्कुल राष्ट्रिय क्रिकेट लिगको उपाधि प्रदेश नम्बर ३ ले जितेको छ। सोमबार भएको फाइलनमा प्रदेश नम्बर ५ लाई ३३ रनले हराउँदै प्रदेश ३ च्याम्पियन बनेको हो। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अर्धशतकको मद्दतमा निर्धारित ३० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा…
काठमाडौं : फोर्ट साल्सा स्टूडियोले आयोजना गरेको दोस्रो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९' सम्पन्न भएको छ। इभेन्टको समापन ठमेलको फरेनहाइट क्लवमा सम्पन्न भएको हो। इभेन्टमा अमेरिका, फिलिपिन्स, थाइल्यान्ड, चाइना, स्वीटजरल्यान्ड, भारत लगायत ३० देशका २०० जना व्यक्तिहरू सहभागी भएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा ल्याटिन डान्सकै 'बचता डान्स'मा ५ पटकसम्म विश्व विजेता अस्ट्रेलियाका नेस्टर डान्स वर्कसप भयो।
अभिनेता रणवीर सिंहका दुई फिल्म 'सिम्बा' र 'गल्ली बोई'ले बलिउड बक्स अफिसमा राम्रे छाप बनाए। उनी हालै मनिस शर्माले निर्देशन गर्ने 'यस राज फिल्मस' ब्यानरको फिल्ममा अनुबन्धित भएका छन्। बलिउड हंगामाका अनुसार फिल्ममा उनको अपोजिटमा अभिनेत्रीको रुपमा मिस मिस वर्ल्ड २०१७ मानुषी चिल्लर देखिने भएकी छिन्। मानुषी फराह खानको फिल्मबाट डेब्यू गर्ने तयारीमा छिन्। यो फिल्मको सुटिङ पछि नै हुनेछ। फिल्मको नाम अझै…
भरतपुरः चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका…
काठमाडौँः बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस समितिले आयोगको पदाधिकारीका लागि आवेदन माग गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस कार्यविधि अनुसार वैयक्तिक विवरण पठाउन समितिले आह्वान गरेको हो। प्राप्त विवरण अनुसार समितिले आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्नेछ। सरकारले दुई साताअघि सिफारिस समिति गठन गरेको थियो।…
काठमाडौँः नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो। समितिका संयोजक…
भक्तपुरः अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी…
काठमाडौँ : कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को शीर्ष स्थानमा उक्लेको छ। उत्कृष्ट बलिङ अनी क्रिस लिनको अर्धशतक मद्दतमा कोलकताले राजस्थान रोएल्सलाई ८ विकेटले पराजित गरेको हो। यस सिजन ५ खेल खेलेको कोलकताले ४ जितबाट चेन्नाई सुपर किंग्स समान ८ अंक जोड्दै रनरेटमा चेन्नाईलाई पछि पारेको हो। राजस्थान भने २ अंकका साथ सातौँमा छ। लिनको ५० रन…
बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्याराफिटको छानो लगाउने काम सुरु भएको छ। बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउन थालिएको हो। अवको दुई दिनभित्र छानो लगाउने काम सकिने गरि काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम…
पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ। आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गते बाट शुरु हुनेछ। आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह बैशाख ५ गते हुने भएपनि केही खेलहरु २०७५ साल चैत २७ बाटै सुरु हुँदैछ। नेपालको राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो।…
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा चौथो स्थानको आर्सनल पराजित भएको छ। आर्सनललाई एभरटनले १-० ले पराजित गरेको हो। घरेलु मैदानमा एभरटनलाई ३ अंक दिलाउन फि जगेइल्काले खेलको दशौँ मिनेटमै गरेको गोल निर्णायक बनेको हो। हारपछि पनि ३२ खेलबाट ६३ अंकसहित आर्सनल चौथो स्थानमा यथावत छ। तर यस हारले शीर्ष चारमा पर्ने आर्सनलको अभियानमा धक्का लागेको हो। यस्तै तेस्रो स्थानमा…
काठमाडौँ : विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार छैटौँ हार बेहोरेको छ। आइतवार भएको खेलमा बैंगलोरलाई दिल्ली क्यापिटल्सले ४ विकेटले पराजित गरेको हो। कप्तान श्रेयास अयेरले अर्धशतक प्रहार गरेपछि बैंगलवरले दिएको १५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले यस…
महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल - दशैँ सुरु हुनु दुई दिनअघि मिडियामा एउटा समाचार आयो- ‘निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको आरोपमा थप दुई प्रहरी निलम्बनमा परेका छन्।‘ ती मध्ये एक थिइन् प्रहरी जवान चाँदनी साउद। आफू निलम्बनमा परेको खबर चाँदनीले समाचार हेरेर मात्र थाहा पाइन्। समाचारहरुको त के भर हुनु र। एउटा मिडियाले त…
काठमाडौँ : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा ५० विकेट लिएका छन्। भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत रोएल च्यालेन्जर्स बैगलोर विरुद्धको खेलमा १ विकेट लिएपछि सन्दीपले उक्त उपलब्धी हात पारे। दिल्ली क्यापिटल्सका लागि खेलिरहेका सन्दीप बैँगलोर विरुद्ध भने महँगा सावित भए। उनले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिन सके। यस सिजन आइपीएलमा…