काठमाडौं: २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौताले १० वर्षसम्म सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरायो। २०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भयो। अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार नै पहिलोपटक राष्ट्रपतिका लागि निर्वाचन भएको थियो। माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै दलहरुबीचमा गठबन्धन बन्ने र भत्कने क्रम सुरु भइसकेको…
काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। 'राप्रपा मतदानमा सहभागी नहुने, तठस्थ बस्ने निर्णय भएको छ,' प्रवक्ता श्रेष्ठले भने। भोलि राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन्। दुबै उम्मेदवारमा जतातिर लागे पनि राप्रपा…
राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ। उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्। राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन्। उनले मंगलबार महासचिव गुटरेस पोल्याण्डमा रहेको र बुधबार किभ पुगेर भेटवार्ता भएको जानकारी दिए। सो…
काठमाडौं : १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको ‘टिभी फिल्मी’ को नाम परिवर्तन भएको छ। नारी दिवसको अवसरमा फिल्मको नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखिएको सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले जानकारी दिइन्। ‘कुनै समय थियो जति बेला टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मञ्च थियो। आज परिस्थिति बदलिएको छ। अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई विभागीय टोलीले पराजय ब्यहोरेका छन्। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लबसँग पराजित हुँदा च्यासल स्टेडियममा सम्पन्न खेलमा नेपाल एपीएफ क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको हो। दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा पुलिस र शेर्पा गोलरहित बराबरीमा रोकिएका थिए। पहिलो हाफमा पुलिसका गोलकिपर शत्रुधन चौधरीले पेनाल्टी बचाउँदै…
काठमाडौं : अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन्। पारिवारिक जमघटबिच उनीहरुले औँठी साटेका हुन। सुरक्षाले फेसबुकमार्फत आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन। 'आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला,' उनले लेखेकी छिन। ओस्कार फिल्म कलेजबाट अध्ययन गरेका मानव अभिनेताका साथै निर्देशक पनि हुन। ६ वर्षको प्रेमसम्बन्धलाई सुरक्षा र मानव विवाहमा परिणत गर्न लागेका…
काठमाडौं : इलन मस्कले ट्वीटरको आम्दानी बलियो हुँदै जाने प्रक्षेपण गरेका छन्। आउने त्रैमासमा आक्रामक रूपमा लागत कटौती गरिरहेकाले कम्पनीको नगद प्रवाह सकारात्मक हुने दाबी उनले गरेका हुन्। मोर्गन स्टेनली लगानीकर्ता सम्मेलनमा बोल्दै मस्कले ट्वीटर खरिद गर्नु अघि ट्वीटरले कसरी आफ्नो मेसेजिङ सेवाबाट कमजोर रूपमा पैसा कमाउनको लागि व्यवस्थित गरेको पनि बताए। केही दिन अघिमात्रै ट्वीटरको वार्षिक आम्दानी वृद्धि दरमा भारी गिरावट…
काठमाडौं : हवाई मार्ग हुँदै अमेरिकाबाट आएको पार्सल खोल्दा प्रतिबन्धित लागूऔषध गाँजा भेटिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरूको सूक्ष्म निगरानी तथा चेकजाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरूबाट लागूऔषध गाँजा बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए। अमेरिकाबाट नेपालमा गाँजा पठाउने कार्यमा संलग्न एक भारतीय नागरिक सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान…
तीन शताब्दी देखेकी दक्षिण अफ्रिकाकी १२८ वर्षीया जोहन्ना माजिबुकोको मृत्यु भएको छ। विश्वमा सबैभन्दा बढी उमेर बाँच्ने रेकर्ड बनाएकी उनको जन्म सन् १८९४ मे ११ मा भएको थियो। आउँदो मे महिनामा उनी १२९ वर्ष पुग्दैथिइन्। जोहन्नाको परिवारको अनुसार उनको निधन मार्च ३ मा भएको हो। मजिबुको स्ट्रोकको कारण मृत्यु भएको बताएको छ। १२८ औं जन्मोत्सवमा उनले आफू किन बाँचिरहेको छु भनेर आफैलाई…
काठमाडौं : मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ। पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप बिच्छाएको थियो। नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन…
काठमाडौं : अभिनेता प्रदीप खड्काले एक दिन मात्र नभई हरेक समय र पल नारीलाई सम्मान गर्नु वास्तविक नारीप्रतिको सम्मान भएको बताएका छन्। माइती नेपालले नारीदिवसको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा महिला तथा बालिकाहरुको हौसला बढाउन पुगेका प्रदीपले यसो भनेका हुन। सो कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रदीपले नारीलाई समाजको शक्ति रुपमा व्याख्या गरे। ‘नारीहरु समाजको शक्ति हुन।…
काठमाडौं : देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ। कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ। बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै…
काठमाडौं : बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ नेपालमा पनि आजबाट प्रदर्शन हुने तय भएको थियो। जसकारण मल्टिप्लेक्स हलहरुले तीनदिनअघि नै 'शो टाइम' सहित अग्रिम टिकट खुला गरेका थिए। तर, प्रदर्शन हुने दिनसम्म पनि फिल्मको सेन्सर पास नहुँदा सबै शोहरु रद्द भएका छन्। बिहानसम्म पनि फिल्म सेन्सरको प्रमाणपत्र नहुँदा सबै शोहरु हटाएको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले जानकारी दिइन्। ‘फिल्मको लागि…
बुटवल : रुपन्देहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। सैनामैना नगरपालिका-२ स्थित बाँबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। टाउकोमा चोट लागेको अवस्थामा भेटिएको उक्त शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरणको क्षेत्रमा नेपालमा धेरै कामहरु भइसकेको बताएका छन्। महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओलीले यस्तो बताएका हुन्। ओलीले महिला राष्ट्रपति, सभामुखदेखि, प्रधानन्यायाधीशसम्म भइसकेको उल्लेख गर्दै अब प्रधानमन्त्रीमात्र बन्न बाँकी रहेको बताए। 'महिला सशक्तीकरण भइसकेको छ। हाम्रै देशका महिला मन्त्री भइसके। रक्षामन्त्री भइसके। आज…
काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'महिला मुक्ति' किताब विमोचन गरिएको छ। अखिल नेपाल महिला संघले प्रकाशन गरेको कितावको आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका हुन्। महिला मुक्ति किताबको कभर पेजमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर राखिएको छ। सो किताब भण्डारीको राजनीति र संघर्षमा आधारित रहेको छ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला दिवस एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताएकी छिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने बताएका हुन्। दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हुँदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम…
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. अरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नु पर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम…
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई उनले स्वागत गरेका हुन्। काठमाडौं-दुबई-काठमाडौं उडान भरेका महिला चालक दल आज काठमाडौं आइपुगेको हो। महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक…