काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका हलबाट उत्रेको छ। दर्शक नआएपछि प्रदर्शन भएको ६ दिनमै फिल्म हटाउन बाध्य भएको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी बताउँछिन्। त्यस्तै, क्युज सिनेमाजले पनि यो फिल्मको शो हटाएको छ। वान सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिने प्लेक्स, सिडीसी सिनेमाज लगायतका मल्टिप्लेक्स हलहरुले भने बुधवार एक-एक शो उपलब्ध…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष…
काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ। ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ। आशा शर्मा निर्माता रहेको फिल्ममा गणेश देव पाण्डे निर्देशकको रुपमा…
काठमाडौं : उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ। मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो। जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ। लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए। मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताए। 'जमिन तातेकाले हिउँ जमिसकेको छैन,' उनले भने…
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार पाँच सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको छ। यसको मूल्य…
काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले बैङ्क तथा वित्तीय संस्थालाई लक्षित गरेर कालो मोसो दल्न बनाएका समितिका संयोजक पक्राउ परेका छन्। चितवन संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो मोसो दल्ने अभियान चलाउने जानकारी पाएपछि संयोजक थापालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले सामाजिक सञ्जाल मार्फत बैंक तथा वित्तिय सस्थाको व्यक्तिलाई कालोमोसो दल्ने अभियव्यक्ति दिएका थिए। 'कालो मोसो दल्ने…
जर्जियाको राजधानी तिबिलिसीमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। जर्जियाको संसदले प्रेस स्वतन्त्रतालाई सीमित पर्ने र नागरिक समाजलाई दमन गर्न पाउने प्रावधानसहितको विधेयकको समर्थन गरेपछि प्रदर्शन भएको हो। प्रहरीले संसद भवन बाहिर प्रदर्शन भइरहँदा भिड नियन्त्रण गर्न पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीको कदमपछि धेरै प्रदर्शनकारी जमिनमा ढलेका थिए। केही भने जर्जिया र युरोपियन युनियनको झण्डा लिएर…
पर्वत : राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा-बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा विगत तीन वर्षदेखि फलेवास नगरपालिका-६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो। फलेवास-६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयवासीले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए। स्थानीयको…
काठमाडौं : अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय रहेको छ। जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९ सय ६९ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशत मात्र छ। तर, पनि अझै प्रहरी संगठनको उच्च दर्जामा भने महिला प्रहरीको सङ्ख्या न्यून नै रहेको छ। ६ दशक लामो इतिहासमा अहिलेसम्म महिला प्रहरी प्रहरी महानिरीक्षकको भूमिकामा…
काठमाडौं : हाल काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। उपत्यकामा केही बेरअघिबाट हल्का वर्षा भएको हो। वर्षाका कारण चिसो बढेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्। ‘सहरदेखि…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन्। राष्ट्रपति भण्डारीले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएकी हुन्। ‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…
फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका कपको उपाधि फाइनल खेलै नखेली वडा नम्बर १२ ले उचालेको छ। फाइनल नखेली कप उचालेको वडा १२ लाई गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उपाधिसँगै नगद एक लाख पुरस्कार प्रदान गरे। तेस्रो संस्करणको खेलमा विवाद चर्किएपछि अनौठो मोडमा पुगेको खेलसँगै दोस्रो पुरस्कार लिने टिमसमेत भेटेन आयोजकले। योसँगै दोस्रो उपाधि आयोजक इन्द्रावती गाउँपालिकाले नै राखेको छ।…
काठमाडौं : फागुन २७ गते स्ववियु निर्वाचन हुँदैछ। कार्यतालिकाअनुसार सोमवार नै मतदाता सूची प्रकाशन हुनुपर्ने हो तर त्रिचन्द्र कलेजमा भने अझै नामावली प्रकाशन भएको छैन। अनेरस्ववियुलगायत ९ वटा संगठनले फागुन ४ गतेदेखिको भर्ना खारेज गर्नुपर्ने माग राखेपछि मतदाता नामावली प्रकाशन रोकिएको हो। त्रिचन्द्र नेविसंघले भने यसको विरोध गरेको छ। 'त्रिवि निर्देशिकाले फागुन ४ गतेसम्म भर्ना गर्न पाउने भनेकोले मेरो…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मुद्दाको पूर्णपाठ झन्डै डेढ महिनापछि प्रकाशन भएको छ। माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुर्नकायम नगरेको ठहर गर्दै संक्षिप्त फैसला सुनाएको थियो। लगत्तै लामिछानेको उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद, पार्टीको सभापति पद खारेज भएको थियो। संवैधानिक इजलाजको फैसलासँगै उनको पद खारेज भएको थियो। लगत्तै नागरिकता पुनर्कायम गरेका लामिछाने अहिले पार्टीका सभापति…
काठमाडौं : नेपाल भलिबल महिला टिमकी कप्तान अरुणा शाही यो वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा शाहीलाई यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। यस्तै, यो यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड अन्जन विष्टले जितेका छन्। फुटबलर विष्टलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो। सम्बन्धित समाचार : उषा…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा उषा भण्डारीले 'पिपल्स च्वाइस अवार्ड' जितेकी छिन्। आज आयोजित कार्यक्रममा भण्डारीलाई यो वर्षको 'पिपल्स च्वाइस अवार्ड' दिइएको छ। भण्डारी राष्ट्रिय भलिबल फुटबल खेलाडी हुन्। यो वर्ष पिपल्स च्वाइस अवार्डका लागि आशिफ शेख, दुवाना लामा अञ्जन विष्ट र अभिलाषा विष्ट पनि मनोनयनमा परेका थिए। यस्तै, रघुराज वन्तलाई यस वर्षको…
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकार समक्ष आग्रह गरेको छ। जनयुद्धकालीन मुद्दालाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध रिट दर्ता भएको अवस्थामा आयोगले सङ्क्रमणकालीन न्यायको विषयमा भइरहेका बहसका सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ। २०६३ साल मङ्सिर ५ गते राज्य पक्ष र तत्कालीन सशस्त्र विद्रोही पक्षबिच भएको विस्तृत शान्ति सम्झौतामा सङ्क्रमणकालीन न्यायका माध्यमबाट द्वन्द्वपीडितलाई न्याय प्रदान…