भारतको नागपुरमा एक १५ वर्षीया किशोरी युट्युब भिडियो हेर्दै सुत्केरी भएकी छिन्। कसैले थाह नहोस् भन्दै ती युवतीले युट्युबमा गर्भवती हुने प्रक्रिया हेर्दै सुत्केरी भएको बताइएको छ। ती किशोरीले जन्म दिएको केही बेरमै बच्चाको घाँटी थिची हत्या गरेको खुलेको छ। शिशु जन्मेको केहीबेरमा रुन थालेपछि घाँटी थिची हत्या गरेको बताइएको छ। ती किशोरीले हत्यापछि शिशुलाई घरकै एक बाकसभित्र लुकाएर राखेको…
काठमाडौँ: नेपाली क्रिकेट टोलीले यूएईलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी सिरिजको अन्तिम खेलमा नेपाली टोलीले सुरुबाटै ब्याटिङमा संघर्ष गरेको थियो। तर मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्दा राम्रो फिनिसिङ गर्न सफल भयो। यसक्रममा…
काठमाडौँ: भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाएका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी सिरिजको अन्तिम खेलमा उनले अर्धशतक बनाएका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो। उनले ३९.३ ओभरमा पाँच चौकाको सहायतमा अर्धशतक प्रहार गर्दै ब्याटिङमा संघर्ष गरिरहेको नेपाललाई राहत दिलाएका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालको फितलो सुरुवात भयो। ओपनर आशिफ शेख ६ र ज्ञानेन्द्र मल्ल…
काठमाडौं : होली पर्वलाई मध्यनजर गरि आज काठमाडौं उपत्यकाको ट्राफिक चेकिङमा कडाइ गरिएको छ। आज उपत्यकामा होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो। काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ। यसैगरि विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ।…
काठमाडौं : भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ। फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन्। फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका हुन्। मुलुकमा विविध जाति, समुदायका फरक-फरक पर्व…
काठमाडौं : नेपाली क्रिकेट टोली यूएईविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको छ। यूएईस्थित दुबई क्रिकेट स्टेडियममा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपाल र यूएई नयाँ प्रतिद्वन्द्वी होइनन्। पछिल्ला पाँच खेलमा यूएई र नेपालबिच भएका पाँच खेलमा यूएईले तीन जित निकाल्दा नेपालले दुईवटा खेलमा जित निकालेको छ। युएई सिरिजकै यसअघिको खेलमा पनि यूएईले नेपाललाई…
काठमाडौं : निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमवार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ। आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन…
काठमाडौं : राष्ट्रपति पदका उमेदवार एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालबिच भेटवार्ता भएको छ। पौडेल र खनालबिच सोमवार बिहान भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई नेताबिच समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको बताइएको छ।
काठमाडौं : नेपाली क्रिकेट टोलीले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र यूएई आज आमनेसामने हुनेछन्। खेल दिउँसो पौने १२ बजे यूएईस्थित दुबई क्रिकेट स्टेडियममा सुरु हुनेछ। नेपाल र यूएई नयाँ प्रतिद्वन्द्वी होइनन्। पछिल्ला पाँच खेलमा यूएई र नेपालबिच भएका पाँच खेलमा यूएईले तीन जित निकाल्दा नेपालले दुईवटा खेलमा जित…
दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ शरणार्थीहरु आश्रयविहीन बनेका छन्। हाल नियन्त्रणमा आइसकेको आगोका कारण आइतवार कक्सबजार शिविरमा रहेका करिब २ हजार आश्रयस्थल ध्वस्त भएको बीबीसीले उल्लेख गरेको छ। लगभग १२ हजार शरणार्थीहरुको आवास नष्ट भएको अनुमान गरिएको छ। जसमध्ये अधिकांश छिमेकी म्यानमारको हिंसाबाट भागेकाहरु थिए। आगलागीको कारण खुल्न सकेको छैन भने मानवीय क्षतिको रिपोर्ट आएको छैन। स्थानीय…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले युनाइटेडलाई ७-० गोलअन्तरले हराएको हो। खेलको ४३ औं मिनेटमा कोडी गाक्पोको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुललाई ४७ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै, गाक्पोले ५० औं मिनेटमा गोल…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका…
म्याग्दी : जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ। सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो। जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए। ‘बनौदेखि पाङ-अर्मादी-मालढुङ्गा-लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो…
बुटवल : जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ। पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित ५ वटा पम्पहरुमा आइतवार समितिले अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्डविपरीत तेल बिक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा शिल गरिएको छ। उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहे पनि ६५…
काठमाडौं : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्। राष्ट्रपति…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ताको आदेश भएसँगै शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुंग्याउने प्रतिवद्धता सत्तारुढ गठनबन्धले गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले सर्वोच्चको आदेश अनुसार संसदको चालु अधिवेशनमा नै कानुन निर्माणको प्रक्रिया अघि बढाउने पनि प्रतिवद्धता जनाएको छ। माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल…
काठमाडौंः नेपाल चीन सीमा क्षेत्र मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न अनुमति दिएको भन्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई नेपाल सरकारले खण्डन गरेको छ। चीनलाई चिढ्याउने हिसाबले भारतको स्वार्थ पूरा गर्न सरकारले मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय खोल्ने अनुमति दिएको दाबी ओलीले गरेका थिए। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वक्तव्य जारी गर्दै उक्त अभिव्यक्तिको खण्डन गरेकी हुन्। मन्त्रिपरिषद्बाट…
काठमाडौँ: साविक लिग विजेता मछिन्द्र क्लब जारी शहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमै पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङको गोलमा अग्रता बनाएको मछिन्द्र पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने जावलाखेल पुनरागमन गर्न सफल भयो। खेलको ५९ औं मिनेटमा…
काठमाडौंः तीन वर्षअघि सार्वजनिक रुपमा गरेको स्वीकारोक्तिको विषयले अदालतमा प्रवेश पाएपछि द्वन्द्वकालीन मुद्दालाई लिएर नेकपा (माओवादी केन्द्र) पुनः एकपटक झस्किएको छ। द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले यतिबेला आपत सिर्जना गरेको हो। २०७६ को माघीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले हत्या स्वीकार गरेका थिए। तर, अभिव्यक्तिको लामो समयपछि सर्वोच्चमा पेश भएको रिट दर्ताको आदेश…