काठमाडौ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएका छन्। लिगमा बलियो टोलीमध्येमा हेरिएका यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। मुख्य खेलाडी चोटबाट गुज्रँदा दुबै टोलीको आक्रमण कमजोर देखिएको थियो संकटाका राष्ट्रिय टोलीका खेलाडी आयुस घलान घाइते हुँदा आर्मीका कप्तान भरत खवास, जगजित श्रेष्ठलगायतका खेलाडी चोटका कारण…
काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईलाई हराएको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका…
शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ। ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो। त्यसैगरी, हिन्दीसहित तमिल र तेलुगु संस्करणको कुल कमाई भने ५२९.९…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा ५२ सांसदले मतदान गरेका छन्। शाह पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको जानकारी दिए। माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्। अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्। शनिवार अध्यक्ष नेपालका भाइ सरोजको छतबाट खसेर मृत्यु भएको थियो। 'पौडेलले नेपाल र उहाँका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिनुभएको हो,' भेटबारे पौडेलको सचिवालयले जनायो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तिय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।आइतवार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तिय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रचण्डले वित्तिय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिबारे सरकार गम्भीर भएको बताएका हुन्। 'बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही…
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी नबनाउन चेतावनी दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा विप्लवले यस्तो गर्न खोजे क्रान्ति रिभाइभ हुने चेतावनीसमेत दिए। 'यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो। इतिहास दोहोरिन्छ। हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ,' विप्लवले भने, 'माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले डा बाबुराम भट्टराईले तथ्यको तोडमोड गरेको आरोप लगाएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बास्तोलाले उक्त आरोप लगाएका हुन्। 'बाबुरामले त तथ्यको तोडमोड गर्नुभयो। प्रचण्ड्ले अहिले प्रम हुँदा धेरै गर्न सक्दिन भन्नुभो नभयको भए सक्नु हुन्थ्यो?' बास्तोलाले भने। बाबुरामले कम्युनिस्टहरु कूर्सीमै टाँस्सिएर…
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी शक्ति कमजोर हुँदै आएको बताएका छन्। 'अभागीलाई खानेबेला रिस उठ्छ भने झैं भयो माओवादीलाई,' आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बाबुरामले भने, 'भीरबाट लडेको ढुंगा झै हामी ओरालो लागेको छ लागेको छ। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि हामी कमजोर हुँदै गयौँ।' अब माओवादी…
काठमाडौं: हलमा प्रदर्शनरत फिल्महरु ‘छक्का पञ्जा ४’ र 'छड्के २' का भिडियो क्लिपहरु टिकटकमा छ्यापछ्याप्ती भेटिन थालेका छन। जसकारण टिकटक अहिले फिल्म निर्माताका लागि टाउको दुखाईको विषय बनेको छ। ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहदाँ १५ सेकेन्डदेखि १० मिनेटसम्मका क्लिपहरु टिकटकमा भेटिन थालेका छन्। पुरै फिल्म नै टिकटकमा 'लिक' हुन थालेपछि निर्माण टिमले कानुनी प्रक्रिया अगाडि बढाएको छ। कलाकार…
काठमाडौँ: यूएईले फितलो ब्याटिङ गर्दै पपुवा न्युगिनीलाई सामान्य लक्ष्य दिएको छ। यूएईमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आज जारी खेलमा घरेलु टोलीले पीएनजीसामू ९८ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो। शीर्ष चारबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा यूएईले ब्याटिङमा निरिह प्रदर्शन गरेको…
काठमाडौं : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। शाहले प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन्। माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। सोहीदिन नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र…
काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वेपत्ता योद्धका परिवारले आफूलाई लागेको आरोपबारे प्रष्ट पार्न आग्रह गरेका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा वेपत्ता योद्ध विपिन भण्डारीका बुवा अधिवक्ता एकराज अधिकारीले उक्त आग्रह गरेका हुन्। अधिकारीले नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणलाई संसदबाहिर राखेर विरोध गर्न लगाउने प्रचण्ड…
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि जनयुद्धका समयमा भएका आन्दोलनलाई संस्थागत गर्न सफल भएको बताएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले उक्त भनाई राखेका हुन्। 'म पार्टीको अध्यक्ष भए पनि अहिले मैले नेपाल सरकारको प्रधानमन्त्रीका रुपमा बोल्नुपर्ने भएकोले धेरै बोल्न सम्भव छैन,' प्रचण्डले…
काठमाडौः निर्माणाधीन घरको तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-८ ढल बिकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको हो। उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पश्चिमी मुलुकहरूले अनुसन्धानको विश्वव्यापी प्रतिस्पर्धा गुमाउँदा चीनले ४४ वटा महत्वपूर्ण र उदीयमान प्रविधिहरूमध्ये ३७ मा ‘आश्चर्यजनक नेतृत्व’ पाएको छ। सुरक्षा, अन्तरिक्ष, ऊर्जा र बायोटेक्नोलोजी क्षेत्र 'ट्रयाक' गरिरहेको एक सुरक्षा थिंक ट्याङ्कले यस्तो जनाएको हो। अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट(एएसपीआई) ले अध्ययनमार्फत् विश्वका शीर्ष १० अनुसन्धान संस्थाहरू चीनमा अवस्थित रहेको बताएको छ। अध्ययन अनुसार अमेरिका प्राय: दोस्रो श्रेणीमा रहने गरेको देखिएको छ। यद्यपि अमेरिकाले…
काठमाडौं : गत शुक्रवार हलमा दुई नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ रिलिज भए। यी दुई फिल्मबिचको ‘हेभीवेट’ भिडन्त चलचित्रकर्मी र दर्शकका लागि पनि प्रतिक्षित थियो। किनकी ‘छक्का पञ्जा ४’ आफैमा 'ब्रान्ड' फिल्म हो भने ‘छड्के २’ अनमोल केसी अभिनित फिल्म हो। तर, बक्सअफिसमा 'ब्रान्ड'को अगाडि अनमोलको ‘स्टारडम’ ले जादु देखाउन सकेन। ‘लभर ब्वाई’ भूमिकामा देखिँदै आएका अनमोलको ग्याङ्स्टर अवतारलाई…
काठमाडौँ: नेपाली क्रिकेट टोलीका ओपनर ब्याट्स्म्यान कुशल भुर्तेलले सोमवार हुने यूएईसँगको खेल गुमाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले भुर्तेललाई 'ग्रोइन इन्ज्युरी' भएको भन्दै उनको स्थान सुन्दिप जोराले लिने जनाएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, यूएई र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली टोली यूएईमा छ। सोमवार नेपालले यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। भुर्तेलले सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीविरुद्ध…
काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरको आम्दानी र समायोजित आम्दानीमा गत डिसेम्बरमा ४० प्रतिशतको गिरावट आएको छ। ट्वीटरको वार्षिक आम्दानी वृद्धि दरमा इलन मस्कले गत अक्टोबरमा कम्पनीको जिम्मेवारी लिएपछि भारी गिरावट आएको हो। मस्कले ट्वीटर खरिद गरेपछि यस प्लेटफर्मका शीर्ष विज्ञापनदाताहरूले सबै विज्ञापनहरू रोकेका छन्। अनुसन्धान फर्म पाथमेटिक्सले तयार पारेको तथ्यांकअनुसार शीर्ष ३० विज्ञापनदाताहरूमध्ये १४ जनाले प्लेटफर्ममा सबै विज्ञापन रोकेका थिए भने चार जनाले मस्कको अधिग्रहण…
काठमाडौं : ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। दुर्घटनामा परी ११ घाइते भएका छन्। तीमध्ये केहीलाई…