काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँ छ। यसको…
काठमाडौं : पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो। यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताए। उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा आज विश्वासको मत लिँदैछन्। यही प्रयोजनका लागि आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभा बैठक बोलाइएको छ। माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। सोहीदिन नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको…
काठमाडौं : आज बिहान काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा काभ्रे केन्द्रविन्दु भइ ४.३ म्याग्नेच्युडको भूकम्प गएको छ। यस्तै, आज बिहान ८ बजेर ३५ मिनेटमा अछामलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको छ।
काठमाडौं : दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ। सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो…
काठमाडौं : बृहस्पति विद्यासदन ले नेपालका विभिन्न जातजाति भेषभूषा झल्किने गरि सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। नक्सालमा रहेको विद्यालयमा शनिवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले मौलिक बाजाहरुको प्रयोग गरेर सांगितिक प्रस्तुती दिएका थिए। साथै कार्यक्रममा लाखे, सोरठि नाच जस्ता मौलिक नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सानो उमेरदेखि नै आफ्नो संस्कृति र पहिरनको बारेमा बालबालिकालाई जानकारी दिनुपर्ने बताएकी थिइन्।…
सुन्दरहरैँचा : लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः संचालनमा आएको छ। 'बिराट सिने' नामबाट उक्त हल संचालनमा आएको हो। सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको संचालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए। उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल संचालनका लागि स्थानीयको साथ…
कोलम्बियाले आफ्नो देशमा 'कोकेन हिप्पोज' (जलगैँडाको एक प्रजाति) को बढ्दो संख्यालाई नियन्त्रण गर्ने अभियान थालेको छ। जसअनुरुप कोलम्बियाले दर्जन बढी हिप्पोलाई भारत र मेक्सिको पठाउने तयारी गरेको छ। हाल कोलम्बियामा १३० देखि १६० वटा हिप्पो रहेका छन्। सुरुमा त्यहाँको हिसेन्डा नेपोलेसमा ४ वटा हिप्पोमात्रै थिए। अहिले भने हिप्पोको संख्या ह्वात्तै बढ्न थालेको र उनीहरु मगडेलने रिभर बेसिनसम्म पुग्न थालेका छन्।…
कम्बोडियाका विपक्षी नेता केम सोखालाई २७ वर्षको जेल सजाय सुनाइएको छ। घरमै नजरबन्दमा रहेका सोखालाई अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा सजाय सुनाइएको हो। सोखा हाल विघटित कम्बोडियन नेश्नल रेस्क्यू पार्टीका नेता हुन्। उनलाई जुलाइमा हुने चुनावमा उठ्न र मत हाल्नसमेत रोक लगाइएको छ। सोखाले भने आफूविरुद्ध लगाइएको आरोपहरुको खण्डन गरेका छन्। सोखालाई पहिलोपटक सन् २०१७…
काठमाडौं : आइतवार बिहान देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाको दैनिक मौसम बुलेटिन…
काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन्। कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसिज)को पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले धेरै सङ्कटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गरे। अतिकम विकसित मुलुकलाई ऊर्जा, यातायात,…
फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी)को सर्वाकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। फ्रेन्च लिग वानमा गएराति सम्पन्न खेलमा नान्तेसमाथि जित निकाल्दा गोल गरेसँगै एम्बाप्पे पीएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन्। घरेलु मैदान पार्क डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ४-२ गोल अन्तरले जित निकालेको थियो। खेलको १२ औं मिनेटमै मेस्सीको गोलमा अग्रता बनाएको पीएसजीले विपक्षी टोलीका जोउएन हदजमले १७ औं मिनेटमा आत्मघाती…
बिजीशा बुढाथोकी काठमाडौं : काठमाडौंमा 'ड्रोन म्यापिङ' कम्पनी सञ्चालन गर्दै आएका तीन साथी राजविक्रम महर्जन, जनम महर्जन र अशोन शाक्यले कोरोना महामारीताका नेपालका लागि डिजिटल म्याप बनाए। र, नाम दिए- गल्ली म्याप्स्। गल्ली म्याप्सलाई उनीहरुले आफ्नो कम्पनी, एयरलिफ्ट टेक्नोलोजी प्रालिको 'प्रोडक्डट'को रूपमा नै विकास गर्दै अघि बढे। गल्ली म्याप्सको प्रोटोटाइपदेखि लञ्च गर्नुसम्म आफ्नै ३० लाख हाराहारी पैसा लगाए। हाल आइओएस भर्जनका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडमाथि कठिन जित निकालेसँग चेल्सीलाई राहत मिलेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लिड्समाथि १-० गोलको जित निकालेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन ५३ औं मिनेटमा वेस्ले फोफनाले निर्णायक गोल गरे। हारको शृङखला पछि जित निकाल्दा प्रशिक्षक ग्राहम पोटरलाई पनि राहत मिलेको छ। पछिल्लो १५…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हराएको छ। इतिहाद स्टेडियममा खेलमा घरेलु टोली सिटीले न्युक्यासलमाथि २-० गोलको जित निकालेको हो। खेलको १५ औं मिनेटमा रोड्रीको पासमा फिल फोडेनले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको सिटीका लागि दोस्रो गोल बर्नान्डो सिल्भाले ६७ औं मिनेटमा गरे। उनले अर्लिङ हल्याण्डको पासमा गोल गर्दा सिटीले…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पा र मनाङ १-१ गोलको बराबरीमा रोकिएका छन्। खेलको १५ औं मिनेटमै रोशन रानामगरको गोलमा मनाङले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको शेर्पाले निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदा गोल…
वीरगंजः वीरगंजका सामाजिक अभियन्ता एवम् युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। शनिबार जनमत पार्टीको कार्यालयमै आयोजित कार्यक्रममा अध्यक्ष राउतले सर्राफलाई पार्टी प्रवेश गराएका हुन्। सर्राफ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर १(२) बाट हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए। त्यसअघि २०७४ मा पनि स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा…
बुटवलः पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। शनिबार रैनदेवी छहरा गाउँपालिका ७ बल्ढेङगढीका १७ वर्षीय भीमबहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव…
कास्कीः फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका ६ स्थित फेवातालमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते भएका थिए। दुर्घटनामा परेका दश जनाकै सशस्त्र प्रहरीले जीवित उद्धार गरेको थियो। तर घाइतेमध्ये एक वृद्धाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। पोखरा महानरपालिका १ बगरकी याममाया गिरीको उपचारका क्रममा निधन भएको प्रहरीले…
काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्यायको छतबाट खसेर मृत्यु भएको छ। शनिबार दिउँसो शंखमूलस्थित एक कफी शपको छौंटौ तलाबाट खसेर मृत्यु भएको हो। समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहेका उपाध्ययलाई छतबाट खसेर घाइते भएपछि दुई युवकले नयाँ बानेश्वरको सिभिल अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि माइतीघरस्थि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा निधन…