काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताएका छन्। शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रचण्डले कर्मचारीको तलब कम हुँदा एकातिर कार्यक्षमतामा ह्रास आउने बताए। ‘कर्मचारीहरूको सेवासुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउँछ, अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहन्छ,’ प्रचण्डले भने। तलब कम हुँदा…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ क्लबले थ्रीस्टारलाई हराउँदै सुखद सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टोली एपीएफले ललितपुरे क्लब थ्री स्टारमाथि २-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एपीएफले दुबै गोल गरेको थियो। खेलको खेलको ७१ औं मिनेटमा मणीकुमार लामाको गोलमा एपीएफले अग्रता…
जनकपुरधाम : धनुषाको एक मन्दिरबाट मूर्तिसहित लाखौँको सामान चोरी गरेको अभियोगमा धनुषा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरबाट मूर्तिलगायतका सामान चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए। पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-५ का रजाक मोहम्मद, विदेह नगरपालिका-४ सुन्दरपुरका मोहम्मद हबगुल्ला साह, कमला नगरपालिका-७ हथमुण्डाका रमेश…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गर्दा पनि नमानेको बताएका छन्। स्थानीय तह कर्मचारी संघको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले राष्ट्रपतिका लागि प्रस्ताव गर्दा नेपालले कांग्रेससँग सल्लाह गर्ने भनेको बताए। ‘राष्ट्रपति खाउ भन्दा कांग्रेसलाई सोधेर आउँछु खा भन्छ कि भनेर भने, कांग्रेसले नखा रामचन्द्र पौडेललाई चाहिन्छ भन्यो,’ ओलीले भने। उनले ड्राइभर बनाउन…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट बुद्धिजिवीलाई बौद्धिक जगतमा हाबी हुन आग्रह गरेका छन्। शनिवार एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधीहरुलाई खतरा बढाउनसमेत आग्रह गरेका छन्। ओलीले धेरै नकारात्मक टिप्पणी आए तर्सनु नहुने सुझावसमेत दिए। 'सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित…
काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट सात लाख २० हजार भारतीय रुपैयाँ समेत…
कृष्ण न्यौपाने- दमौली : कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन्। कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन्। यो दृश्य तनहुँको व्यास नगरपालिका-१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो। सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा बहिरा व्यक्ति विद्यार्थीकारुपमा अध्ययन गर्छन्। तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका…
इङ्लिस क्लब लिभरपुलका ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले यो सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्। सिजनको अन्त्यमा ‘कन्ट्र्याक्ट’ सकिएसँगै उनले क्लब छाड्ने बीबीसीले उल्लेख गरेको छ। ३१ वर्षीय फर्मिनो जुन २०१५ मा होफेनहाइमबाट २९ मिलियन पाउन्डको सम्झौतामा लिभरपुल आएका थिए। फर्मिनोले एनफिल्डमा रहँदा लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन मद्दत गरे। उनले लिभरपुलका लागि…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण हाल कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…
कैलाश जोशी- अत्तरिया : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो। धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो। छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ। धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको छ। छ लेन सडकमा पहिलो…
काठमाडौंः सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न आदेश गरेको छ। ०७६ मा खुलामञ्चमा माघीका अवसरमा आयोजित कार्यक्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति प्रचण्डले दिएका थिए। सोविरुद्ध अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दायर गरेको रिट दर्ताको आदेश सर्वोच्चको संयुक्त इजलासले दिएको हो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालका संयुक्त…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी खुमलटार एफसीले जितसँगै सुखद् सुरुवात गरेको छ। 'बी' डिभिजनबाट पहिलोपटक ए डिभिजन लिगमा उक्लिएको खुमलटारले 'ए' डिभिजनको डेब्यु खेलमै फ्रेन्ड्स क्लबलाई हराउँदै सुखद् यात्रा सुरु गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ केही तनावपूर्ण पनि बनेको थियो। खेलाडीबीच विवादको अवस्था आइपर्दा रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड बर्साएका थिए। खेलको निर्धारित समयको…
बुटवलः अर्घाखाँचीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार जिल्लाको शितगंगा नगरपालिका १४ मा ५५ वर्षीय भुपाल पुन मृत फेला परेको इलाका प्रहरी कार्याय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार सडक निर्माणको काम गर्दै आएका प्युठानको नौबहिनी गाँउपालिकाका पुन सुतेकै ठाउँमा मृत फेला परेका हुन्। बिहीबार बेलुका खाना खाएर सुतेका पुन शुक्रबार बिहान अबेरसम्म नउठेपछि…
काठमाडौः सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मूल्य बढाएको हो। प्रतिलिटर ९.२ रुपैयाँ मूल्य बढाइएको हो। दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गरेको थियो। त्यसैको आधारमा सरकारले मूल्य बढाएको हो। 'पहिले ५६ दशमलव ४ रुपैयाँ थियो अहिले ६५ दशमलव ६ रुपैयाँ बनाएका छौं,'…
काठमाडौँ: आशिफ शेख र सन्दीप लामिछानेले सुझबुझपूर्ण साझेदारी गर्दा नेपालले पपुवान्युगिनीमाथि नाटकीय जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले पीएनजीमाथि ३ विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १०५-७ को संकटको अवस्थाबाट पुनरागमन गर्दै पीएनजीमाथि नाटकीय…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले रेफ्रीलाई बल दिएर लिगको उद्घाटन गरे। लिगको उद्घाटन खेलमा खुमलटार एफसी र फ्रेन्ड्स क्लब प्रतिस्पर्धामा छन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। डबल राउन्ड रोबिन प्रणालीमा हुने खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने तालिका रहेको छ। खेलको प्रत्यक्ष प्रसारण स्पेस…
सन्तोष पुर्कुटी- ताप्लेजुङ : पाथीभरा मन्दिर जाने पदमार्गको फोहोर व्यवस्थापनका लागि बुधवार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन्। यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए। तर, फोहोरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन्। विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहोरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन्। पदमार्गमा यसरी…
काठमाडौं : सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बसुन्धरास्थित रास्वपाको कार्यालय पुगेका नेता पौडेलले राष्ट्रपतिमा आफ्नो पक्षमा मत दिन अध्यक्ष रवि लामिछानेसँग आग्रह गरेका छन्। अध्यक्ष लामिछानेले पार्टीमा छलफल गरेर अघि बढ्ने जवाफ दिएको रास्वपाका नेता सन्तोष परियारले बताए। 'राष्ट्रपतिका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानको अक्षरस: पालना गर्न म…
काठमाडौं : उपसभामुख इन्दिरा रानामगरले उपसभामुखले पाउने सेवा सुविधा नपाएको गुनासो गरेकी छिन्। काठमाडौंमा आयोजित कार्यक्रममा रानाले आफूलाई विभेद भएको बताइन्। पुरुष र महिलालाई दिने सुविधामा समेत विभेद भएको उनको भनाइ छ। 'सांसद हुँदा त्यति वास्ता गरिनँ। उपसभामुख भएको एक महिना भयो। काम, कर्तव्य र अधिकार खोज्दै जाँदा मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधा रहेछ,' रानाले गुनासो गरिन्,'यो कस्तो…
काठमाडौं : बिन्ध्यवासिनी म्यूजिक कम्पनीका संचालक सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रेग्मीलाई फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत मुद्दा दर्ता गराएको हो। उनी थाइल्यान्डबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए। गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी दिएका थिए। विद्युतीय कारोबार ऐन विपरीत कसुर गरेकाले सुवास रेग्मीलाई विपक्षी…