PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • पीएनजीविरुद्ध नेपालको कसिलो बलिङ, जितका लागि १ सय ८० रनको लक्ष्य

    पीएनजीविरुद्ध नेपालको कसिलो बलिङ, जितका लागि १ सय ८० रनको लक्ष्य

    काठमाडौँ: आइसिसी लिग २ अन्तर्गतको आजको खेलमा पपुवा न्युगिनी(पीएनजी) ले नेपाललाई १ सय ८० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। यूएईको दुबईमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दा उराले सर्वाधिक ३९ रन र डोरिगाले २६…

    विस्तृतमा पढ्नुस्

  • 'राष्ट्रपतिको मतपत्रमा उम्मेदवारको फोटो हुन्छ, यस्तोमा पनि भोट बदर गर्ने सांसदलाई लाजै हुन्छ'

    'राष्ट्रपतिको मतपत्रमा उम्मेदवारको फोटो हुन्छ, यस्तोमा पनि भोट बदर गर्ने सांसदलाई लाजै हुन्छ'

    काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले यसपटक राष्ट्रपतिको निर्वाचनका लागि मतपत्रमा उम्मेदवारको फोटो हुने बताएका छन्। शुक्रवार सत्तारुढ ८ दलले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा थापाले उक्त भनाई राखेका हुन्। 'हरियो चिन्ह संघको, रातो चिन्ह प्रदेशको हुन्छ। यसपटक हस्ताक्षर हुँदैन,' वाग्मती प्रदेशका प्रदेश सभा सदस्यहरुलाई नयाँ बानेश्वरको आनन्द इभेन्ट्समा सम्बोधन गर्दै थापाले भने, 'दुई जना राष्ट्रपतिको उम्मेदवारको फोटो…

    विस्तृतमा पढ्नुस्

  • सितापाइलास्थित अनुपम मलमा आजबाट सञ्चालनमा आयो सिके सिनेमाज्

    सितापाइलास्थित अनुपम मलमा आजबाट सञ्चालनमा आयो सिके सिनेमाज्

    काठमाडौं : शुक्रवारबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ। नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सिके सिनेमाज् हलको बिहीवार उद्धघाटन गरेका छन्। कार्यक्रममा केसीसहित काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थियो। अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको…

    विस्तृतमा पढ्नुस्

  • पूरा होला धिरजको हिपहप डान्सर बन्ने सपना?

    पूरा होला धिरजको हिपहप डान्सर बन्ने सपना?

    काठमाडौं : आगामी बैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरमा अभिनेता धिरज मगरलाई स्थान दिइएको छ। धिरजको हिपहप डान्सर बन्ने सपना वरिपरि टिजर घुमेको छ। तर, परिवार सपना विपरित हुँदा उनले गरेको संघर्ष टिजरमा देखाइएको छ। फिल्ममा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु,…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग बालेनले उद्घाटन गर्ने, विद्यार्थीलाई नि:शुल्क प्रवेश

    ए डिभिजन लिग बालेनले उद्घाटन गर्ने, विद्यार्थीलाई नि:शुल्क प्रवेश

    काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार साँझ साढे ५ बजे फ्रेन्डस् क्लब र खुमलटार एफसी आमनेसामने हुँदैछन्। योसँगै शहीद स्मारक ए डिभिजन लिग सुरु हुनेछ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गर्नेछन्। उद्घाटन समारोह साढे ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। डबल राउन्ड रोबिन प्रणालीमा हुने खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने तालिका रहेको छ। खेलको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनले गर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रसाद २’को ट्रेलरमा अन्तरजातीय बिहे गर्दाको संघर्ष

    ‘प्रसाद २’को ट्रेलरमा अन्तरजातीय बिहे गर्दाको संघर्ष

    काठमाडौं : फिल्म ‘प्रसाद २’को प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक भएको छ। यसअघि २०८० बैशाख १ गते डेट तोकिएको यो फिल्म अब आगामी चैत २४ गतेबाट रिलिज हुनेछ। सुदर्शन थापाद्वारा निर्देशित फिल्मको ट्रेलरले राजनीतिक र सामाजिक विषयवस्तुलाई समेटेको छ। फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन। अन्तरजातीय बिहे गरेपछि आउने समस्या र उनीहरुले गर्नुपरेको संघर्षको कथा ट्रेलरमा छ। सुभाष थापाको प्रस्तुतिमा तयार…

    विस्तृतमा पढ्नुस्

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?

    काठमाडौं : साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ। शुक्रवार सुन तोलामा १०० र चाँदी ५ रुपैयाँले घटेको हो। शुक्रवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा ३०० बढ्दा बिहीवार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : एक विदेशी फिल्मसहित ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ प्रदर्शनमा

    फ्राइडे रिलिज : एक विदेशी फिल्मसहित ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘छक्का पञ्जा ४’, ‘२.० छड्के’ र विदेशी फिल्मतर्फ हलिउड फिल्म ‘क्रिड -आईआईआई’ रिलिज भएका हुन्। हेमराज बिसीको निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष तीनमा रहन छैन नेपाललाई हारको छुट : नेपाल टस हारेर फिल्डिङमा, टोलीमा एक परिवर्तन

    शीर्ष तीनमा रहन छैन नेपाललाई हारको छुट : नेपाल टस हारेर फिल्डिङमा, टोलीमा एक परिवर्तन

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। यूएईमा जारी लिग २ को नेपाल, यूएई र पीएनजीबिचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पीएनजीविरुद्ध टस हारेर फिल्डिङमा उत्रँदैछ। नेपाल र पीएनजी एकदिवसीय क्रिकेटमा सातपटक आमनेसामने हुँदा पाँच खेल नेपालले र दुई खेल पीएनजीले जितेको छ। बिहीवारको खेलमा यूएईसँग पराजय…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले दियो २४ घण्टाको अल्टिमेटम

    पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले दियो २४ घण्टाको अल्टिमेटम

    काठमाडौं : पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए। उनले भने, 'हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन। तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीमा सफल भएन मोदी र जयशंकरको प्रयास, रसिया-युक्रेन युद्धको छायाँमा पर्‍यो जी२० एजेन्डा

    नयाँ दिल्लीमा सफल भएन मोदी र जयशंकरको प्रयास, रसिया-युक्रेन युद्धको छायाँमा पर्‍यो जी२० एजेन्डा

    रसिया र युक्रेनबिच युद्ध भएको आज ३७३ दिन पुगेको छ। हजारौं मानिसको मृत्यु र लाखौं विस्थापित भइसक्दा पनि युद्ध रोकिने सम्भावना देखिएको छैन। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै सुरु भएको युद्ध एक वर्ष नाघ्दा भारतमा विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेश मन्त्रीहरु भेला भए। सेप्टेम्बरमा जी २० सम्मेलनका लागि तयारी स्वरुप भएको विदेश मन्त्रीहरुको बैठकमा पनि युक्रेन-रसिया…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा आज विद्यार्थी सङ्गठन दर्ताको कार्यतालिका

    स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा आज विद्यार्थी सङ्गठन दर्ताको कार्यतालिका

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन्। बिहान १०  बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ-आफ्नो सङ्गठन दर्ता गराउनुपर्नेछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए। निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले…

    विस्तृतमा पढ्नुस्

  • आज दोहा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, नेपालले एलडिसीको अध्यक्षता ग्रहण गर्ने

    आज दोहा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, नेपालले एलडिसीको अध्यक्षता ग्रहण गर्ने

    काठमाडौं : अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाँदैछन्। फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ दोहा जान लागेका हुन्।  नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो। श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • नगर बस सञ्चालनमा ल्याउँदै विराटनगर महानगरपालिका

    नगर बस सञ्चालनमा ल्याउँदै विराटनगर महानगरपालिका

    काठमाडौं : विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ। महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की,  प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए। महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक समस्या पछि 'ग्राउन्डेड' भएको विमानमा मर्मत गरेको दुई दिनमै देखियो समस्या, अनुसन्धान गर्दै क्यान

    प्राविधिक समस्या पछि 'ग्राउन्डेड' भएको विमानमा मर्मत गरेको दुई दिनमै देखियो समस्या, अनुसन्धान गर्दै क्यान

    काठमाडौं : नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ। आइतबार दुबईमा ग्राउण्डेड भएको ९ एन-एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक समस्या आएपछि प्राधिकरणले अनुसन्धान गर्न लागेको हो। ‘ध्वजावाहक जहाजमा पटक पटक समस्या आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको छ। हामी अन्तर्गत सुरक्षा अधिकारी परिचालन गरेर अनुसन्धान गर्नेछौं,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : शुक्रवार बिहान  देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनुका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। कोशी…

    विस्तृतमा पढ्नुस्

  • जापानमा भेटियो ७ हजार नयाँ टापु

    जापानमा भेटियो ७ हजार नयाँ टापु

    जापानले आफ्ना टापुहरुको गणना गर्दा नयाँ टापुहरु फेला परेका छन्। सो क्रममा पहिला 'रेकर्ड' गरिएका भन्दा ७ हजार बढी टापुहरु फेला परेको हो। जियोस्पाटियल इन्फर्मेसन अथोरिटी अफ जापान (जीएसआइ)ले गरेको 'डिजिटल म्यापिङ'मा जापानी भूमिभित्र १४ हजार १२५ वटा टापु रहेको देखिएको हो। सन् १९८७ मा जापानको कोस्ट गार्डको रिपोर्टमा ६ हजार ८५२ वटा टापुहरु रहेको उल्लेख थियो। नयाँ टापुहरु 'आर्टिफिसियल…

    विस्तृतमा पढ्नुस्

  • ग्रीस रेल दुर्घटना : मृतकको संख्या ५७ पुग्यो

    ग्रीस रेल दुर्घटना : मृतकको संख्या ५७ पुग्यो

    ग्रीसमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। मंगलवार भएको दुर्घटद्दामा हालसम्म ५७ शवको डिएनए परीक्षणको तयारी भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारणमा सरकारको कमजोरी रहेको भन्दै रेलमा कार्यरत कर्मचारीहरुले बिहीवार एक दिन हड्तालसमेत गरेका थिए। हड्तालमा करिब दुई हजार मानिस सहभागी भएका थिए। सरकारले समेत रेलवेको अवस्था सुधार गर्नुपर्ने रहेको बताएको छ। दुर्घटना भएको क्षेत्रमा अझै…

    विस्तृतमा पढ्नुस्

  • साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

    साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

    काठमाडौं : सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए। सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदलाई अभिमुखीकरण दिँदै ८ दल

    राष्ट्रपति निर्वाचन : आज काठमाडौंमा वाग्मती प्रदेशका सांसदलाई अभिमुखीकरण दिँदै ८ दल

    काठमाडौं : राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र  पौडेललाई विजयी गराउन आज वाग्मती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ। यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ। संयन्त्रको निर्णयबमोजिम वाग्मती प्रदेशका आठवटै राजनैतिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell