काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ। यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनायो। पहिलो बलमै ओपनर दीपक बोहोरालाई गुमाएको नेपालले अर्का ओपनर अर्जुन कुमाललाई पनि ३ रन बनाउँदै गुमायो। त्यस्तै तेस्रो विकेटका…
काठमाडौं : पछिल्लो केही महिनायता दूरसंचार कम्पनीका प्रयोगकर्ता लाखौं संख्यामा घटिरहेको तथ्य भेटिएको छ। देशमा संचालनमा रहेका दुई ठूला टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक संख्या ह्वात्तै घटेको देखिएको हो। एकै महिनामा ६ लाख ७४ हजार भन्दा बढी जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगकर्ता घटेको तथ्यांक नेपाल दूरसंचार प्राधिकरणको छ। गत वैशाखदेखि मंसिरसम्मको तथ्यांक केलाउँदा साउनमा सरकारी स्वामित्वको टेलिकमको…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको नेतृत्वमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा नयाँ कार्यसमिति चयन भएको छ। लोकतन्त्रका आधारभूत विषयहरुका बारेमा चिन्तन गर्नका लागि झण्डै एक दशकदेखि क्रियाशील यो संस्थामा यसअघि गणेशचन्द्र अधिकारी र डा इन्जिनियर कमल रिजालले नेतृत्व दिएका थिए। तेस्रो कार्यकालका लागि कांग्रेस केन्द्रीय सदस्य आचार्यको नेतृत्वमा नयाँ कार्यससमिति बनेको हो। आचार्य यसअघि सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बिहीवार सिराहाको लहान नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो राष्ट्रपतिको निर्वाचन र उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। '२५ गते राष्ट्रपतिको निर्वाचन हुन्छ। चैत ३ गते उपराष्ट्रपतिको हुन्छ। त्यसपछि यो सरकारको नयाँ किसिमले यो ८ दलको गठबन्धन छ। यही गठबन्धनको समझदारीअनुसार क्याबिनेट फेरबदल…
काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको यूएईसँगको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको छ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले लगातार छैटौँ खेलमा टस जितेर पहिला फिल्डिङ छनोट गरेका हुन्। जसमा पछिल्ला पाँचवटा खेलमा नेपालले जित निकालेको छ। लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ। नेपालले पछिल्ला पाँच मध्ये…
काठमाडौं : सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा बिहीबार स्थिर छ। बुधबार तोलामा १५ रुपैयाँले…
काठमाडौं : नेपाली क्रिकेट टोलीले आज दुई महत्वपूर्ण खेल खेल्दैछन्। यू १९ टोली र सिनियर राष्ट्रिय टोलीले आज यूएईमा खेल्दैछन्। र, दुवै टोलीको प्रतिस्पर्धी हो घरेलु टोली यूएई। यू १९ टोलीले आज अजमानमा हुने खेलमा बिहान पौने ११ बजे आमनेसामने हुनेछन्। दुवै टोलीका लागि यो खेल फाइनल सरह हुनेछ। ६ टोली सम्मिलित यू १९ पुरुष विश्वकप एसिया छनोटमा दुवै टोलीले समान ४ खेल…
विश्वका ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको विदेश मन्त्रीहरु भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। जी-२० देशका विदेश मन्त्रीहरु दिल्लीमा भेटिरहँदा भारतीय कूटनीति तर्फ धेरैको नजर परेको छ। भारतमा विदेश मन्त्रालयलाई निकै शक्तिशाली मानिन्छ। राष्ट्रपतिको भ्रमण, प्रधानमन्त्रीले कसलाई भेट्ने नभेट्ने भन्ने विषयमा विदेश मन्त्रालयको प्रत्यक्ष संलग्नता रहने गर्छ। अहिले युक्रेन र रसियाबिचको युद्ध एक वर्ष नाघेको केही दिनमा नै दिल्लीमा विदेश मन्त्रीहरु…
हेटौंडा : काठमाडौं-हेटौंडा कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने भएको छ। हेटौंडा हुँदै काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ मर्मतको लागि बन्द हुने भएको हो। आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुने बताइएको छ। कान्ति लोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरिएको छ। मकवानपुरको ठिङ्गन नजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग भिड्दै छ। खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान ११:४५ बजे सुरु हुनेछ। लगातार जित निकालिरहेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ भने यूएई आफ्नो हारको श्रृंखला तोड्ने दाउमा छ। नेपालले पछिल्ला पाँच मध्ये पाँचै खेलमा जित निकालेको छ भने यूएईले एक खेल मात्र जितेको छ। नेपाल र यूएईबिचका…
कम्तिमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको प्रधानमन्त्रीले बताएका छन्। प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि यस्तो बताएका हुन्। स्थानीय स्टेशनमास्टरलाई हत्याको आरोप पक्राउ गरिएको छ। ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन्। उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन्। दुर्घटना मंगलवार मध्यरातअघि भएको…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीवार कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।…
काठमाडौंः कोशी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार साँझ प्रदेश सभाबाट प्रदेशको नामकरण भएको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
विराटनगरः स्थापनाको ६ वर्षपछि प्रदेश नम्बर १ ले प्रदेशका नामकरण गरेको छ। संघीय संरचनामा निर्वाचन भएको पहिलो कार्यकालमा नाम टुंगो लगाउन नसकेको प्रदेश सभाले बुधबार अबेर बहुमतका आधारमा नाम टुंगो लगाएको हो। चार मुख्य राजनीतिक दल नेकपा ९एमाले०, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने सहमति जुटेपछि बुधबार सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो। प्रदेश…
बुटवलः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा ओसारपसार भइरहेको साढे १४ लाख रुपैयाँभन्दा बढीको कपडा र खाद्यान्न बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले १४ लाख ५७ हजार ९९० रुपैयाँ बराबरका कपडा र खाद्यान्न बरामद गरिएको बताए। प्रहरीले मर्चवारी गाउँपालिका ७ श्रीरामपुरस्थित महादेव पाल र शिवनाथ भनिने सूर्यनाथ पालको घरबाट ३ लाख १२ हजार…
काठमाडौंः सर्वोच्च अदालतले कोर्टमार्सल जारी रहेका अवकाशप्राप्त मेजर जनरल प्रेम शाहीलाई समर्थन गरेको अभियोगमा पक्राउ परेको दुई उच्च सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन नेपाली सेनालाई आदेश गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तीन दिनभित्र लगाइएको अभियोगसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश गरेको हो। शाहीलाई सहयोग गरेको अभियोगमा सेनाले पक्राउ गरेका प्राड विवाकका प्रमुख सेनानी कुलदीप तिमिल्सिना र महासेनानी महेन्द्रजंग शाहलाई…
काठमाडौँ: मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मछिन्द्रले उपाधि जितेको हो। खेलको पाँचौँ मिनेटमै अफिज ओलावालेको गोलमा मछिन्द्र क्लबले अग्रता बनाएको थियो। तर, जोर्डन जुनियर ओवनाले १८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। पहिलो हाफमै १-१ गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७९-२०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरि कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिएका हुन्। प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै गिरीले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने बताए। भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने विषयमा…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ। आज बसेको एन्फा कार्यसमिति बैठकले इटालियन नागरिक एनेसलाई पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षणमा नियुक्त गर्ने निर्णय गरेको हो। एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो। एन्फालाई १६८ जनाले आवेदन पठाएकोमा २० जनालाई एन्फाको कमिटीले 'सर्टलिस्ट' गरेको थियो। एनेससँगै युएफा प्रो…
भारतमा आजबाट कयौं नियमहरु परिवर्तन भएका छन्। ग्यास सिलिन्डर महंगो देखि बैंकबाट ऋण लिन पनि आजबाट महंगो भएको छ। १ मार्चबाट भारतमा घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँ बढेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। व्यवसायिक ग्यास सिलिन्डरको मूल्य ३५० रुपैयाँ बढाइएको छ। विपक्षी पार्टीले भने ग्यासको मूल्य बढेकोमा सत्तारुढ दलको विरोध गरिरहेको छ। यस्तै, आजबाट भारतका बैंकहरुबाट ऋण लिँदा तिर्नुपर्ने…