काठमाडौं : सरकारले ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने भीमकाय प्रक्षेपण सार्वजनिक गर्दै गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भने नेपालको आर्थिक वृद्धिदर (जीडीपी) ४.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। आइएमएफले सन् २०२२/२३ का लागि मुलुकको वृद्धिदर प्रक्षेपण गरेको हो। आइएमएफले विस्तारित कर्जा सुविधा (इसीएफ) को पहिलो र दोस्रो किस्ताको समीक्षा उपर छलफलमार्फत उक्त जानकारी गराएको छ। आइएमएफका अनुसार नेपालले उपयोग गरेको…
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय निकुञ्जमा भेटिएको शवको सनाखत हुन सकेको छैन। फागुन ५ गते साँझ घोप्टो परेको अवस्थामा अन्दाजी ४० वर्षीय महिलाको शव भेटिएको थियो। प्रहरीले अहिलेसम्म महिलाको सनाखत गर्न सकेको छैन। कसैको आफन्त हराएको भए र हुलिया मिलेको खण्डमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। कालो लामो कपाल भएको, दाहिने हातमा रातो रङको चुरा,…
काठमाडौं : बुधबार सुनचाँदीको मूल्य पुनः बढेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको छ। मूल्य घट्ने क्रममा 'ब्रेक' लाग्दै बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत आइतबार तोलाको १ लाख २ हजार रहेको सुन सोमबार २ सय घटेर कारोबार…
काठमाडौं : उच्च अदालत पाटनले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नेपाल विद्यत प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले प्राधिकरण, ऊर्जा मन्त्रालयसहिका विपक्षीहरुलाई पोलभाडाको विषयलाई लिएर इन्टरनेटको तार काटेर इन्टरनेट सेवा अवरुद्ध हुने कार्य नगर्न आदेश दिएको हो। प्राधिकरणले मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै पोलभाडा नतिर्ने र सम्झौता…
काठमाडौं : प्रतिनिधि सभाको बुधवारका लागि बोलाइएको बैठक स्थगित भएको छ। अर्को बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने छ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि मात्रै बस्नेछ। 'सभामुखज्यूले सभाको बैठक मिति २०७९ चैत ५ गते आइतवार १ वजेका बस्ने…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजका बाँकी तीन खेल खेल्न सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले गरेको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले लामिछानेलाई आज यूएई पठाउने तयारी भएको बताए। 'आजै पठाउने भनेर हामी तयारी गरिरहेका छौं,' पाठकले भने, 'आईसीसीसँग कुरा गरिरहेका छौं। खेलाडी रिप्लेसमेन्टका लागि कुरा भइरहेको छ। उता…
काठमाडौंः कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो। बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ।
नाइजेरियाको राष्ट्रपति पदमा बोला तिनुबु विजयी भएका छन्। 'फादर अफ मोर्डन लागोस्' भनेर चिनिने तिनुबुले अतिकु अबुबेकार र पिटर ओबीलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। तिनुबुले लागोसको गर्भनर भएर दुई कार्यकाल काम गरिसकेका छन्। उनलाई नाइजेरियाको इतिहासको सबैभन्दा प्रभावशाली 'पोलिटिकल गडफार्डर' भनेर समेत लिने गरिन्छ। तिनुबुले ८० लाख ८० हजार मत ल्याउँदा अतिकुले ६० लाख ९० हजार र…
जनकपुरधाम : धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ परेका छन्। आइतवार साँझ करिब ७ बजे धनुषाको शहीदनगर नगरपालिका-३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा हाम फालेर भागेका सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मंगलवार राति करिब सावा १२ बजे जिल्ला प्रहरी कार्यालय र…
काठमाडौं : नेपालको अहिलेसम्मको उच्च विद्युत माग (पिक डिमाण्ड) १७४८ मेगावाट पुगेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म विद्युतको उच्च माग १७४८ मेगावाट रेकर्ड भएको हो। गएको जाडोमा घरायसी सामानहरुको प्रयोग बढ्दा विद्युतको माग बढेर १७४८ मेगावाट पुगेको थियो। जडित क्षमता २४३० मेगावाट पुगेको छ। विद्युतको कुल माग ११०६४ गिगावाट आवर रहेको छ। सोमवार साँझको पिक डिमाण्ड १६८५ मेगावाट…
बिजीशा बुढाथोकी- काठमाडौं : नेपाली परम्परागत विवाहको औसत खर्च निकै बढेको छ। लुगा-गहना, सजावट, होटल-पार्टी प्यालेस र बाजा सबैको खर्च बढेको हो। बेहुला-बेहुलीका जोडाका लुगा-कपडा, गरगहनादेखि सजावट, बाजागाजा र भोजको खानेकुरामा लाग्दै आएको औसत खर्च ह्वात्तै बढ्दा सहरी क्षेत्रमा नेपाली विवाह झन्-झन् खर्चिलो भएको छ। सकेजति खर्च गर्ने सहरी हावा गाउँलाई पनि लागिसकेको छ। वैवाहिक समारोह होटल तथा पार्टी प्यालेसमा…
काठमाडौं : आइएमई पे र सिटी एक्स्प्रेसबिच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी भुक्तानी पाउने छन्। सम्झौताले ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झटबिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको विज्ञप्तिमा उल्लेख छ। यो सुविधा केही समयपछि लाइभ हुनेछ। लाइभपछि रेमिटेन्स वालेटमै प्राप्त हुने छ।
काठमाडौं : बैशाखबाट तोकिएको समयभन्दा बढी समय नेटवर्क नचलेर सेवाग्राहीले हैरानी खेपे क्षतिपूर्ति दाबी गर्न पाउने भएका छन्। नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवाको गुणस्तरसम्बन्धी विनियमावली जारी गर्दै क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले मोबाइल डेटा/भ्वाइस प्याकेज सेवा खरिद गरेको तर, उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भएर सेवा पाउन नसकेको बखत ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गर्न…
उत्तरी ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौं घाइते भएको ग्रीसका आपतकालीन सेवाहरूलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। मंगलवार साँझ लारिसा सहर नजिकै भएको दुर्घटनाका कारण घाइते यात्रुहरूको उद्धारमा उद्धारकर्ताहरू लागिरहेका छन्। यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किएर सो दुर्घटना भएको बताइएको छ। घटनास्थलमा १७ वटा दमकल आगो निभाउने प्रयासमा रहेको अग्नि नियन्त्रण…
काठमाडौंः विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा बहालवाला सांसद टेकबहादुर गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको छ। मनाङबाट नेपाली कांग्रेसबाट निर्वाचित गुरुङसमेत ९ जनालाई अदालतले कसुर ठहर गरेको हो। यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर गरेको छ। अदालतले सजाय निर्धारणका लागि फागुन २५ गतेको पेसी तोकेको छ। १४ प्रतिवादीमध्ये गुरुङ तथा न्यौपानेसहित, प्रमोद मेहता,…
एल साल्भाडोर का राष्ट्रपति नाइब बुकेलेले 'ग्याङ्स्टर'हरु विरुद्ध 'युद्ध' घोषणा गरेपछि हजारौं मानिस पक्राउ परिरहेका छन्। ग्याङ्स्टरहरुप्रति निर्मम बनेका बुकेलेले उनीहरुलाई थुन्न 'मेगा जेल' नै बनाएका छन्। ४० हजारलाई राख्न सक्ने क्षमताको नयाँ जेल 'सेन्टर फर द कन्फाइन्मेन्ट अफ टेरोरिजम' मा पहिलो चरणमा दुई हजार संदिग्ध ग्याङ्स्टरहरुलाई राखिएको छ। शरीर भरि ट्याटु खोपेका पुरुषहरु हातमा हतकडी लगाउँदै प्रहरीको आदेश पालना…
काठमाडौं : नेपालमा पर्यटनको सम्भावना र चिनियाँ लगानीको अवसरबारे बेइजिङमा छलफल भएको छ। बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ पर्यटक र लगानीकर्ताका लागि नेपालमा सुनौलो अवसर रहेको बताएका थिए। उनले चीन र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै पर्यटनले दुई देशलाई जोड्न सकिने पनि बताएका थिए। कार्यक्रममा दूतावासका अधिकृतसँगै, चिनियाँ अधिकारी र लगानीकर्ताहरुको…
भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न 'रोबोट' हात्तीको प्रयोग गरिएको छ। जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न 'हात्तीनुमा रोबोट' प्रयोगमा ल्याइएको हो। त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो। मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ। जस अनुसार रोबोट हात्ती पनि प्रयोगमा ल्याइएको हो। पिपुल फर…
काठमाडौं : यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई १० विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले बिना कुनै विकेटको क्षति १० औं ओभरमै लक्ष्य भेट्टाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि मोहम्मद अक्रमले…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस अवार्ड अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको छ। खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ। फागुन २३ मा हुने १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो। मञ्चले ९ विधामा खेलाडी…