काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ। यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता…
काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता फागुन १७ देखि लागू हुने भएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको आचार संहिता लागू गर्ने आयोगले निर्णय गरेको हो। फागुन १३ गतेका लागि तोकिएको मनोनयमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न कार्यतालिका छ। आचार…
काठमाडौंः मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय…
हेटौंडा : हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १/१ लाख रुपैयाँ राहत दिने वाग्मती प्रदेश सरकारले निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवार राहत दिने निर्णय गरेको हो। हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरको मनहरी-४ की ६४ वर्षीया राधा अधिकारी, बकैया-५ का सन्तलाल माझी र कमलामाई-१३ सिन्धुलीका ४० वर्षीय डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १/१ लाख रुपैयाँ…
फुटबलकै सर्वकालिन महान् खेलाडी मध्येका एक लियोनल मेस्सीले सन् २०२२ को फिफा पुरुष वर्ष खेलाडीको उपाधि जितेका छन्। सो अवार्ड अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेसँगै फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले आफ्नो बोली फेरेका छन्। मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने 'डिबेट' पछिल्लो दशकअघि देखि नटुंगिने बहस हो। मेस्सी बार्सिलोना र रोनाल्डो रियल मड्रिडमा हुँदादेखि नै उनीहरुको प्रतिद्वन्दीतालाई लिएर समर्थकहरु विभाजित बन्दै गएका थिए।…
काठमाडौं : बैतडीमा दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका-४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए। उनीसँगै वनभोज…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। सो मौसम प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। मंगलवार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा…
काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको ‘२.० छड्के’को पहिलो गीत सार्वजनिक भएको छ। ‘छड्के खालास’ बोलको गीतमा र्यापर भिटेन (समीर घिसिङ)को शब्द, संगीत र स्वर रहेको छ। हिप-हप जनराको गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ। निगम श्रेष्ठको लेखन र निर्माण रहेको फिल्मले तीन ग्याङको कथा भन्छ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबिचको…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टी २० लिगको कमर्सियल तथा रणनीतिक साझेदार सेभेनथ्री स्पोर्ट्ससँग सम्झौता तोड्ने निर्णय गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बसेको क्यानको साधारणसभाले सेभेनथ्री स्पोर्ट्सले सम्झौता अनुरुप काम नगरेको र स्पट फिक्सिङको विषयमा अदालतमा अभियोगपत्र दर्ता गराइएको उल्लेख गर्दै सम्झौता तोड्ने निर्णय गरेको हो। ‘निजले नेपाल क्रिकेट संघलाई भुक्तानी गर्न बाँकी बक्यौता रकम असुल उपर गर्नका लागि…
काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजिक कार्यक्रमबिच सार्वजनिक भएको ट्रेलरले विद्रोहको कथा भन्छ। ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई मुख्य थिम बनाएको फिल्मको ट्रेलर सुरक्षा वरिपरि घुमेको छ। जहाँ सुरक्षालाई विद्रोही पात्रको रुपमा देखाइएको छ। फरक विचारधारा हुँदा परिवारमा आएको असमझदारी र द्वन्द्वको कथालाई ट्रेलरले समेटेको छ। प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यो…
बुटवलः रुपन्देही प्रहरीले चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बिक्री गर्ने २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन्। उनीहरुले नेपाली ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको पावर बैंक पर्ने भनी झुक्याएर ठगी गर्दै आएको…
काठमाडौँ: नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनीलाई हराउँदै जितको शृङखलालाई कायम राखेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीलाई ४ विकेटले हराउँदै जितको शृङखलालाई निरन्तरता दिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा…
काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने बताएका छन्। कामु प्रधानन्यायाधीशसँग संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिको आज भएको भेटमा उनले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताएका हुन्। 'न्यायपालिकामाथि जनविश्वास वृद्धि गर्नुपर्ने जरुरी छ। सबै न्यायाधीशलाई मैले कानुन…
काठमाडौं : देशको नै प्रिमियम ब्राण्ड तथा रेष्टुरेन्ट हब मानिएको दरबारमार्ग पार्किङ हटाएपछि केही महिनादेखि सुनसान जस्तै छ। पार्किङ हटाएपछि दरबारमार्ग क्षेत्रको व्यवसाय ६० प्रतिशतले घटेको भन्दै व्यवसायीहरुले आन्दोलन थालेका छन्। पार्किङ हटाउने निर्णय विरुद्ध दरबारमार्ग विकास बोर्डले गत महिना नै आन्दोलन गर्ने चेतावनी दिएको थियो। यसै अनुरूप सोमबारदेखि हरेक साँझ ४:३० बजेदेखि ५:३०सम्म एक घण्टाको लागि बन्द हुने भएको छ। आज…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सोमबार न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेश सदर गरेको हो। अदालतले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएको छ। उच्च अदालतले लामिछानेलाई देशबाहिर जान रोक लगाएको थियो। सर्वोच्चले स्थान हदको प्रतिबन्ध हटाउने आदेश…
टर्कीएमा फेरि भूकम्प गएको छ। टर्कीएको मलताया प्रान्तमा ५.६ म्यग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। गत फेब्रुअरी ६ मा टर्कीएमा भूकम्प जाँदा सिरियासम्म त्यसको असर परेको थियो। दुवै देशमा गरेर ५० हजारभन्दा बढीको मृत्यु हुँदा हजारौं घाइते भएका थिए। भूकम्पका कारण लाखौं मानिस विस्थापित भएका छन्। युद्धग्रस्त सिरिया पनि भूकम्पका कारण धेरै प्रभावित भएको छ। आज गएको नयाँ…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद अब ७ सदस्यीय भएको छ। नेकपा एमालेका ८ जना मन्त्रीले सोमवार राजीनामा दिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्री मात्रै बाँकी रहेका हुन्। माओवादीका तर्फबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, संघीय मामिला तथा सामान्य…
काठमाडौँ: आईसीसी यू १९ पुरुष विश्वकप एसिया छनोटको आज सम्पन्न खेलमा नेपालले हङकङलाई हराएको छ। यूएईस्थित मलेका क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको हङकङका लागि पार्थ भागवतले…
काठमाडौं : नेकपा (एमाले)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार बाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री विमला पौड्याल, रक्षा मन्त्री हरि उप्रेती, महिला,…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्। पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका नेपालले संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए। पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने नेपालको भनाइ थियो। उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष…