काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनका लागि शुक्रबार मात्रै बनेको नयाँ समीकरणको बैठकले पौडेलका पक्षमा माहोल बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। 'राष्ट्रपतिको चुनावका लागि ८ दलले उम्मेदवार उठाएको हुनाले सांसदहरुका बीचमा प्रचारप्रसार गर्नुपर्यो भन्ने कुरा भएको छ,' गुरुङले भने। राष्ट्रपतिमा…
काठमाडौं : एलिजा गौतम नायिका हुन्। पत्रकार ऋषि धमालाकी पत्नि भएकाले पनि उनी चर्चामा आइरहन्छिन्। कहिले उनको नाच भाइरल भइरहेको हुन्छ त कहिले आफ्नै पति धमालालाई दिएको अन्तवार्ता। पछिल्लो पटक उनी चर्चामा आउने विषय अलि बदलिएको थियो। 'राजनीतिमा एलिजा' भन्ने शिर्षकमा समाचार आएपछि उनी नेता बनेर पनि हेडलाइन बनिन्। नागरिक उन्मुक्ति पार्टीमा माघ १४ गते प्रवेश गरेकी एलिजा आइतवार बालुवाटारमा…
काठमाडौं : राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धन गरेका ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एमाले- माओवादी गठबन्धनलाई फुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १२ गते मात्रै कांग्रेस लगायतका दलसँग गठबन्धन गरेका…
काठमाडौं : उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहविरुद्धको अभियोग नपुग्ने ठहर गर्दै उच्च अदालत पोखराले सफाइ दिने फैसलासमेत गरेको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पलविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । फैसलाको पूर्णपाठ भने आइसकेको छैन। अदालतको…
बुटवल : कपिलवस्तु प्रहरीले १६ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका-९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका छन्। घर्तीको घरमा लागुऔषध चरेश लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध चरेश…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदनमा शुक्रवार सर्वोच्च अदालतले थप निवेदन माग गरेको थियो। सर्वोच्चका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले शुक्रवार थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा…
काठमाडौं : नुवाकोटको ककनी गाउँपालिकास्थित वडा ७ मा एकदिने स्वास्थ्यशिविर सम्पन्न भएको छ। शनिवार वडाको स्वास्थ्य चौकीमा भएको पाठेघरको मुख क्यान्सर स्क्रिनिङ(भिआइए) तथा मधुमेह परीक्षण शिविरमा १६० भन्दा बढी लाभन्वित भएको स्थानीय सुरेश ब्लोनले बताए। वडाध्यक्ष रामकृष्ण तामाङ विशेष पहलमा भएको शिविरमा १०४ जना महिलाले पाठेघर जाँच गराएका थिए। जसमा १५ जनामा भिआइएको प्रारम्भिक लक्षण देखिएको चिकित्सकले जनाएको ब्लोनले बताए।…
काठमाडौं : सुरज पाण्डे निर्देशित ‘परस्त्री’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको असार १५ गते रिलिज हुनेछ। यसअघि यस फिल्मले फागुन १९ गतेका लागि रिलिज डेट फिक्स गरेको थियो। तर, सोही मितिमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिड्ने भएपछि पछि हटेको हो। दीपेन्द्र के खनालको लेखन रहेको फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक र सामाजिक संकटको कथा…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाजको आरोप लगाएका छन्। राष्ट्रिय नाचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा ओलीले प्रचण्डमाथि धोकेबाज भन्दै प्रहार गरेका हुन्। उनले प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कचौरामा दुध राखेपछि छिमेकी घरमा पल्किएको आरोप लगाए। उनले प्रचण्ड ६२/ ६३ सालको आन्दोलनपछि सबैभन्दा बढी सत्तापक्ष नै प्रचण्ड भएको भन्दै पद…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नाममा हिंसाको राजनीति शुरु गरेको आरोप लगाएका छन्। राष्ट्रपति निर्वाचनअघि सत्ता समीकरणमा गढबढी आएपछि ओलीले पछिल्लोपटक प्रचण्डमाथि प्रहार थालेका हुन्। बिहीवारमात्र प्रचण्डको सार्वजनिक विरोधमा उत्रिएका ओली काठमाडौंको जमलस्थित नाचघरमा शहीद, घाइते तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा पनि पुन: प्रचण्डमाथि खनिएका हुन्। 'जनयुद्धका नाममा प्रचण्डले हिंसाको…
बलिउड अभिनेता अक्षय कुमारका फिल्महरु बक्सअफिसमा फ्लप भइरहेका छन्। गत शुक्रवारबाट रिलिज भएको उनी अभिनित ‘सेल्फी’ले पनि कमजोर व्यापार गरिरहेको छ। सोही विषयमा भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अक्षयले लगातार फिल्म फ्लप हुनुमा आफ्नो दोष रहेको बताएका छन्। उनले भने, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन्। यसमा मेरो बाहेक कसैको दोष छैन। दर्शक बदलिदै गएकाले अब मानिसहरु फिल्ममा अर्कै कुरा हेर्न चाहन्छन्। यसका…
काठमाडौं : किशोरीहरूलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले अनुसन्धानको क्रममा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। ती चिनियाँ नागरिकले देशका विभिन्न जिल्लाबाट प्रलोभनमा पारेर काठमाडौंभित्र ल्याएर बन्धक तथा दुर्व्यवहार गर्ने गरेको खुलेको हो। झापाबाट किशोरी ल्याएको खुलेको छ। प्रहरीले बन्धक बनाएका पाँच जना किशोरीलाई उद्धार गरेको समेत दाबी गरेको छ। घटनाको…
काठमाडौं : वाग्मती प्रदेशमा फागुन १ गतेदेखि चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भयो। यो व्यवस्था लागू भएसँगै ट्रायल पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। वाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, 'गाउँगाउँमा सहकारीले आर्थिक…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन्। प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा जाने भएका हुन्। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनका क्रममा…
काठमाडौं : परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछिन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन्। नेपाल परिषद्को सदस्य राष्ट्र हो। सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका…
काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्। काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रसियाबिचको युद्ध अन्त्य गराउनका लागि भारत कुनै पनि शान्त्ति प्रकियाको सहभागी भएर सहयोग गर्न तयार रहेको बताएका छन्। जर्मनीका चान्सलर ओलाफ शाल्ससँगको भेटमा मोदीले सो प्रतिक्रिया दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चहरुमा रसियाको आलोचना गर्न भारतले अस्विकार गरेको भन्दै आलोचना भइरहेको छ। यसबिच ओलफ हाल भारत भ्रमणमा पुगेका हुन्। ओलफसँगको भेटमा मोदीले…
काठमाडौं : पछिल्ला दिन आर्थिक कारोबार बढ्न थालेको संकेत नेपाल राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले माघसम्मको तथ्यांक सार्वजनिक गर्दै आर्थिक गतिविधि सामान्य बढेको जनाएको छ। दशैंपछि क्रमश: घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको हो। पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तिको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको छ। दशैंताका अर्थात असोजमा…
काठमाडौं : गायक स्वप्न सुमनले नयाँ गीत ‘आज फेरि’ ल्याएका छन्। आफ्नो ब्यान्ड ‘द एस्टर्स’सँगको सहकार्यमा उनले नयाँ ल्याएका हुन्। यो गीत औपचारिक रुपमा शनिवार रिलिज भएपनि उनले यो आफू कलेजमा हुँदा नै लेखेको बताएका छन्। त्यतिबेला उनले आफ्नो मिल्ने साथी सुरजसँग मिलेर ओरिजिनल गीत निकाल्ने लक्ष्यसहित ब्यान्ड बनाएका थिए। एकदिन सुरजले फोन गरेर उनलाई आफ्नो ब्रेकअप भएको बारे सुनाए…