काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा चढेको छ। लामिछानेले विदेश जान पाउनु पर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए। शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको थियो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ। सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाको आग्रहमा मन्त्रालयले आवश्यक पहल सुरु गरेको हो। मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए। सहकारी…
काठमाडौं : आज बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाद्वारा जारी मौसम बुलेटिनमा आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने उल्लेख छ। प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ…
साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले डमाकमाथि ३-० गोलको सहज जित निकाल्यो। नासरको जितमा तीनवटै गोल गरे पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले। अर्थात ह्याट्रिक। साउदीमा रोनाल्डोको यो पहिलो ह्याट्रिक भने होइन्। यसअघि लिगकै खेलमा रोनाल्डोले अल वेहदाविरुद्धको खेलमा त चार गोल नै गरेका थिए। रोनाल्डोको गोलमा जित निकालेको नासर १८ खेलबाट ४३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ। दोस्रो…
विश्वका ठूला अर्थतन्त्रका अर्थमन्त्रीहरूको बैठक समापन वक्तव्य निकाल्न असफल भएको छ। भारतमा सेप्टम्बरमा हुने जी २० सम्मेलन को तयारी स्वरुप बसेको अर्थमन्त्रीहरुको बैठकमा चीनले युक्रेनमा रसियाको आक्रमणको निन्दा गर्न अस्वीकार गरेपछि समापन वक्तव्य निकल्न नसिकिएको हो। चीनले जी २० वक्तव्यमा रसियाको आलोचना गर्ने शब्दहरु राखिन लागेपछि विरोध जनाएको हो। भारतको बेङ्गलोरमा भएको बैठकमा युक्रेनको विषयले प्रवेश पाएको थियो। तर, जी…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एट्लेटिको मड्रिड १० खेलाडीमा समेटिएको थियो। खेलको ६४ औं मिनेटमा एट्लेटिकोका फर्वाड एन्जेल कोरेरा रियलका डिफेन्डर एन्टोनियो रुडिगरमाथि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथमाथि फराकिलो जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली बर्नेमाउथमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १५ औं मिनेटमै जुलियन अल्भारेजको गोलमा अग्रता बनाएको सिटीका लागि २९ औँ मिनेटमा अर्लिङ हल्याण्डले फिल फोडेनको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ४५ औं मिनेटमा फिल फोडेनलेले गोल थप्दा…
काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन्। धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगरलाई अध्यक्षमा निर्विरोध चुनिएको हो। प्रतिष्ठानले मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष हुन। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल…
हेटौंडाः वाग्मती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा बुझाएका हुन्। राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले राजीनामा बुझाएका हुन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको…
हेटौंडाः वाग्मती प्रदेशका मकवानपुरबाट निर्वाचित सांसदहरुले हात्तीको आतंक रोक्न सरकालाई आग्रह गरेको छ। शनिबार प्रदेश सभामा मकवानपुरको मनहरी, हेटौंडा र बकैयामा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै सांसहरुले सरकारको ध्यानाकर्षण गरेका हुन्। नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्र मनहरी गाउँपालिका ४ का राधा अधिकारीको फागुन ८ मा हात्तिको आक्रमण बाट मृत्यु भएको त्यसैगरी बकैया गाउँपालिका ५ का सन्तलाल माझीको…
काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। यू १९ पुरुष एसिया कप क्रिकेटको छनोट अन्तर्गत आज मलेक क्रिकेट मैदान अजमनमा सम्पन्न खेलमा नेपालले कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा दुईवटा शतकको सहायतामा ७ विकेट गुमाएर ३४३ रन बनाउन सफल भयो। नेपाललाई विशाल स्कोरतर्फ डोहोर्याउन कप्तान देव खनालले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति अझै के हुने हो भन्ने चिन्ता कायमै रहेको बताएका छन्। राजनीतिमा फेरि पनि उतारचढाव आउने प्रचण्डको भनाइ छ। 'राजनीतिमा उतारचढावहरु हुन्छन्। परिवर्तनका पक्षधरलाई केन्द्रित गरेर हामी इतिहासलाई डोर्याउन सक्छौं कि सक्दैनौ चुनौतीपूर्ण छ,' उनले भने। प्रचण्डले राजनीति अझै के हुने भन्ने चिन्ता कायमै रहेको टिप्पणी गर्दै भने,' देशमा अहिले अप्ठेरो स्थिति छ भन्ने सबैले…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गणतन्त्र मार्फत भएका परिवर्तन उल्ट्याउन प्रयास भइरहेको बताएका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले नयाँ ८ दलीय गठबन्धनमा पनि लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताए। उनले नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल विजयी हुने पनि बताए। 'बधाई त पछि नै दिउला, रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका छौं। उहाँ…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन्। राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै ओलीले पत्र लेखेका हुन्। 'तपाईँको पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्सका साथ हार्दिक अनुरोध गर्दछु,' पत्रमा भनिएको छ। एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति भएको बताएका छन्। रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मनोनयन दर्ता गर्न संसद् भवन पुगेका यादवले पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको बताएका हुन्। ‘रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको हो। एमालेकोमा त्यो सहमति हुन सकेन,’ यादवले भने। राष्ट्रपतिमा नेपाली कांग्रेसबाट पौडेल र नेकपा (एमाले)बाट…
हेटौंडा : वाग्मती प्रदेश सरकारमा रहेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्। केन्द्रमा भएको राजनीतिक उतारचढावको कारण राप्रपाका प्रदेश सरकारमा सहभागी मन्त्रीले पदबाट शनिवार राजीनामा दिन लागेका हुन्। राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री उद्दव थापाले राप्रपाबाट मन्त्री बनेका आफूसहित ३ जनाले राजीनामा दिन लागेको जानकारी दिए। उनले शनिवार भएकोले मुख्यमन्त्रीको अनुकूल…
काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसहित नयाँ बानेश्वरस्थित संघीय संसद्को भवन पुगेर नेम्वाङले उम्मेदवार गर्दा गराएका हुन्। उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्। यसैगरी, उनको समर्थकमा नेताहरू योगेश कुमार भट्टराई, टोपबहादुर…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन्। उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्। सरकारको नेतृत्व…
काठमाडौं : लामो रस्साकस्सीपछि अन्तत: सभामुखमा दुई मुख्य ठुला दल नेपाली कांग्रेस र एमालेले उम्मेदवार तय गरेको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार प्रस्ताव गरेको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई। शनिवार बिहान कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो भने एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उम्मेदवार…
काठमाडौँ: नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्न आज साँझ यूएई जाँदैछ। साँझ पाँच बजेको फ्लाइटबाट नेपाली टोली यूएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। युएई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ। टोलीमा नाबालिक बलात्कारको अभियोग ब्यहोरिरहेका पूर्वकप्तान सन्दीप लामिछाने समावेश छैनन्। टोलीमा प्रतिस जिसी, श्याम ढकाललगायतका नयाँ…