काठमाडौं : नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट हटाएको जनाएको छ। शनिवार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईलाई पार्टीबाट हटाएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। 'हाम्रा पार्टीको केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हामीले पार्टीबाट हटाएका छौं,' सचिवालयको निर्णय सुनाउँदै सुब्बाले भने। प्रसाईं पछिल्ला दिनहरुमा गणतन्त्रविरोधी क्रियाकलापमा सहभागी भएपछि एमाले नेतृत्वको आलोचना हुँदै आएको थियो। आलोचना खेपेका प्रसाईंले आफूलाई पार्टीबाट निकाल्न चेतावनी…
काठमाडौं : नेकपा एमाले तत्काल सरकारबाट फिर्ता नहुने भएको छ। राष्ट्रपति टुंगो नलागेसम्म पुस १० गतेको गठबन्धन कायम रहने एमाले प्रवक्ता एवं सचिव पृथ्वीसुब्बा गुरुङले बताए। राष्ट्रपतिको उम्मेदवार चयनपछि पुस १० गतेकै सहमतिअनुसार अघि बढ्नुपर्ने एमालेको अडान रहेको गुरुङले बताए। 'सरकारबाट बाहिरिने भन्ने कुरै भएन नि। २५ गतेसम्म राष्ट्रपति चयनको नीति भएकोले त्योबेलासम्म यही गठबन्धन पुस १० कै सहमतिअनुसार अघि…
काठमाडौं : नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिवार बिहान बसेको पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। 'हाम्रो पार्टीको १७ औं सचिवालय बैठकले पुस १० गते गठबन्धनको बीचमा भएको सहमतिअनुसार एमालेले आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत रुपले हाम्रो पार्टीको उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभाका अध्यक्ष माननीय सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादीले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने गरी नयाँ गठबन्धन बनाएपछि राप्रपा सरकारबाट बाहिरिने भएको हो। यसबारे निर्णय लिन शनिवार बिहान राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको थियो। उक्त बैठकले केन्द्र र प्रदेश सरकारबाट आजै बाहिरिने निर्णय…
काठमाडौं : राष्ट्रपतिको उम्मेदवारमा आफूलाई सर्वसम्मत प्रस्ताव गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कांग्रेसले न्याय गरेको बताएका छन्। 'नेपालको संविधानको भावना र मर्मलाई अँगल्दै संघीय समावेदी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हौसियतको जिम्मेवारी लिँदै,' कांग्रेस केन्द्रीय सम्पादन बैठकपछि पौडेलले भने, 'प्रथम चरणमा नेपाली कांग्रेसबाट प्रेरणा पाएको छु। नेपालको संविधानले नेपाली जनतालाई अभूतपूर्व अधिकार सबै जनतालाई अहिले प्रदान गरेको…
काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो। पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन्। 'नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आदरणीय नेता रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ,' कांग्रेस उपसभापति धनराज गुरुङले भने। राष्ट्रपतिमा आफ्नो नाम पनि…
सुमनजङ्ग थापा- कुश्मा : डेढ दशकअघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो। धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे। केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे। उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए। रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो। स्थानीय गुफाको संरक्षणमा जुटे। सुरुका दिनमा केही बाह्य पर्यटक…
काठमाडौंः एयर होस्टेजलाई यौन दुर्ब्यवहार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणले पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमका एक पाइलटले सात महिनाअघि एयर होस्टेजलाई यौन दुर्ब्यवहार गरेको भन्दै उडानमा रोक लगाइएको हो। प्राधिकरणले सात महिनाअघि भएको घट्नाको उजुरीसँगै गरेको अनुसन्धान गर्दा दुर्ब्यवहार भएको पुष्टि भएपछि कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। प्राधिकरणले ‘ह्यारेसमेन्ट एट वर्क प्लेस’ अन्तर्गत कारबाही…
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका सत्तापक्षका दलहरुले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन्। बालुवाटारमा बसेको दलहरुको बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्। निर्णयसँगै औपचारिक रुपमा वर्तमान एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेको छ। बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए। आठ दलले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारको वार्ताबाट बाहिरिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि ओली बालुवाटारबाट बाहिरिएको प्रचण्डको सचिवालयले जनाएको छ। 'वार्ता सकिसक्यो। त्यति सकारात्मक भएन,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। ओली फाइनल वार्ताका लागि बालुवाटार पुगेका थिए। पुस ११० गते भएको सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडानका साथ ओली बालुवाटार पुगेका हुन्। तर वार्तामा प्रचण्डले राष्ट्रिय…
काठमाडौं : सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स’ को दोस्रो संस्करण फागुन २६ गतेदेखि प्रसारण हुने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो दिन ब्लाइन्ड अडिसनका भागहरु प्रसारण हुनेछन। डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छनोट भएका ६५ जना प्रतिभाहरूलाई पहिलो चरणमा समावेश गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। शो शुक्रवार र शनिवार राति ८ बजे प्रसारण हुने कार्यतालिका रहेको…
काठमाडौंः किशोरीलाई जबर्जस्तीकरणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले विदेश जान पाउने सुनुवाईमा थप निवेदन माग गरेको छ। आइतबार अदालतको निवेदन माग गर्ने आदेश दिएको छ। सर्वोच्च अदालतमा न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि…
काठमाडौं : क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीप महतोलाई मनसायपूर्वक हत्या गरिएको विषयमा सजाय निर्धारण गरेको छ। जिल्ला अदालत धनुषाले केही साताअघि हत्या भएको ठहर गरेको थियो। शुक्रवार जिल्ला अदालत धनुषाले मुख्य अभियुक्त विपिन महतो र मुनिन्द्र महतोलाई जनही २५ वर्ष कैद सजाय निर्धारण गरेको हो। त्यस्तै हत्याका मतियार ठहरिएका जितेन्द्र महतोलाई १२ वर्ष कैद र…
बलिउड अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्याग्ने बताएका छन्। उनले आफ्ना लागि भारत सबथोक भएको बताउँदै भारतीय नागरिकता पुन: प्राप्तिका लागि आवेदन समेत बताए। आजदेखि प्रदर्शन भएको फिल्म ‘सेल्फी’ को प्रमोसनका क्रममा अक्षयले नागरिकताबारे बोलेका हुन। उनले अन्तर्वातामा राहदानी परिवर्तनका लागि आवेदन दिइसकेको दाबी गरे। क्यानेडियन नागरिकताको कारण नजानेर मानिसहरूले केही बोल्दा नराम्रो लाग्ने उनको भनाई छ। ‘मैले जे कमाएको छु,…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेकै राष्ट्रपति हुने अडान दोहोर्याएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले पुस १० गते नै एमालेको राष्ट्रपति हुने सहमति भइसकेको बताए। 'भोलि मनोनयन छ। पुस १० गते नै एमालेको उम्मेदवार टुंगो लगाइसक्यौं। अरु घटनाक्रम थाहा छैन,' ओलीले भने। उक्त प्रतिक्रियापछि ओली बालुवाटार लागेका थिए। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबिच…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आजै राष्ट्रपतिबारे टुंगो लाग्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति छानिने बताए। उनले एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति नगर्ने बताए। 'संविधानको रक्षाका लागि, विकास समृद्धिका बारेमा पनि छलफल भइरहेको छ। अबको गठबन्धनको सरकार कसरी जान्छ भन्नेमा छलफल हुन्छ आज,' उनले भने। राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा सहमति जुटेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच निर्णायक वार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड- ओलीबिच भेटवार्ता भइरहेको हो। बिहीवार जनता समाजवादी पार्टी, नेपाल जसपा र नेकपा एकीकृत समाजवादीसँगको छलफलपछि प्रचण्डले शुक्रवार ओलीसँग वार्ता गर्ने बताएका थिए। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न प्रचण्डले ओलीसँग पनि वार्ता गरेका हुन्। राष्ट्रपतिका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी,…
काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले देशभर विभिन्न कारण थन्किएका गाडी र मोटरसाइकलबारे संसदमा प्रश्न उठाएका छन्। संसदको शून्य समयमा शुक्रवार सिंहले करोडौंको सामान कवाडीमा परिणत हुँदा सफा सहर अभियानमै असर पुगेको दाबी गरे। 'काठमाडौंलगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल गाडीहरु थन्क्याएर राखिएको छ। वर्षौंसम्म यसरी थन्क्याइँदा ती प्रयोगविहीन भएका छन्। ती सवारी साधनहरु लैजान भनेर…
काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल शुक्रवारदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने फेस्टिभलको शुक्रवार साँझ उद्घाटन गरिने फोटो काठमाडौंले जानकारी दिएको छ। फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन्। प्रवचन र कार्यशाला प्रशिक्षणको समेत आयोजना गरिनेछ भने परामर्श एवं रेजिडेन्सी कार्यक्रम पनि हुनेछ। ललितपुरका ६…
काठमाडौं : राष्ट्रपतिको उम्मेदवार चयन गर्न दलहरुबीच रस्साकस्सी छ। सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसक्दा मुखमा आएको सत्ता गुमायो। यही झोंकमा कांग्रेस राष्ट्रपति जसरी पनि आफ्नो पक्षमा पार्ने दाउमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपतिमा 'ढोक्सा' थाप्यो। कांग्रेसको विश्वासले अविश्वास सत्ता गठबन्धनमा पैदा भयो। एमाले सशंकित मात्रै भएको छैन्, सत्ताबाट बाहिरिए कस्तो नीति बनाउने…